गीत १२२
लाखौं हजारौं भाइ
छापिएको संस्करण
१. लाखौं हजारौं यी भाइ,
छन् सारा संसारमा,
हरेक वफादार साक्षी,
राख्छन् अटल निष्ठा।
लाखौं हजारौं हामी;
बढ्दैछ हाम्रो भीड।
हर भाषा, कुल अनि राष्ट्रले,
गाउँछन् याहको गीत।
२. लाखौं हजारौं छौं हामी,
जान्छौं टाढाटाढा,
सुनाउँछौं सुसमाचार,
मेट्छौं तिर्खा सबको।
चाहे प्रचारमा आज,
कष्ट होस् जे जति,
सम्हाल्छन् येशूले हामीलाई,
दिन्छन् मनमा शान्ति।
३. लाखौं हजारौं छौं हामी,
या’को सुरक्षामा।
गर्दछौं सेवा रातदिन,
रम्दै पृथ्वीमा।
लाखौं हेर न लाखौं,
बाँड्छौं सुसमाचार;
यहोवाको सहकर्मी हौं,
गर्छौं उनको सेवा।
(यशै. ५२:७; मत्ती ११:२९; प्रका. ७:१५ पनि हेर्नुहोस्)