गीत १३२
विजयगान
छापिएको संस्करण
१. गाऊ या’को लागि, महिमित भयो महान् नाउँ त्यो;
समुद्रमा फालिए मिश्री शत्रुहरू।
महान् यहोवा, को छ र उनीभन्दा उच्च!
यहोवा नाउँ उनको; विजयी भए उनी।
(कोरस)
हे सर्वोच्च यहोवा पिता,
परिवर्तन हुन्नौ कैल्यै तिमी।
नामेट पार्नेछौ शत्रुलाई चाँडै,
चोख्याउनेछौ आफ्नो नामलाई।
२. सर्वोच्च या’को विरोध गर्दछ संसार ऐले;
शक्तिशाली छन् होला तर पर्छन् लाजमा।
पर्खिरहेछ, आरमागेडोनले यो संसारलाई।
जान्नेछन् सबैले सर्वोच्च हुन् याहनै।
(कोरस)
हे सर्वोच्च यहोवा पिता,
परिवर्तन हुन्नौ कैल्यै तिमी।
नामेट पार्नेछौ शत्रुलाई चाँडै,
चोख्याउनेछौ आफ्नो नामलाई।
(भज. २:२, ९; ९२:८; मला. ३:६; प्रका. १६:१६ पनि हेर्नुहोस्)