गीत ७६
शान्तिका परमेश्वर यहोवा
छापिएको संस्करण
१. शान्तिका हे याह,
अनन्त प्रेमको खानी।
छाओस् शान्ति बिन्ती छ है,
फलाउन सकौं हामी।
खोज्छौं तिम्रो डोऱ्याइ;
मोल तिऱ्यौ ख्रीष्टलाई पठाई।
देऊ है अब शान्ति तिम्रो
मानव सोचभन्दा उत्तम
२. खोज्छ शान्ति खोक्रो,
पीडा पाउँछ संसार यो।
तर तिम्रा प्यारा जनमाझ
पर्छ झरी शान्तिको।
सिक्छौं तिम्रो इच्छा,
गर्छौं सब वाचा पूरा,
बिन्ती अब आशिष् देऊ,
शान्ति देऊ अझै बुबा।
३. डोऱ्याउँछौ हामीलाई,
वचन र शक्ति चलाई।
अन्धकार यो संसारमा नि
जोगाउँछौ बाटो देखाई।
शीतझैं त्यो शान्तिले
भरिदेऊ नयाँ जाँगर।
मन र दिमाग सुरक्षित होस्
याह तिम्रो मदतले।
(भज. ४:८; फिलि. ४:६, ७; १ थिस्स. ५:२३ पनि हेर्नुहोस्)