प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • fg lesson २ ques. १-५
  • साँचो परमेश्‍वर को हुनुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • साँचो परमेश्‍वर को हुनुहुन्छ?
  • परमेश्‍वरबाट आएको सुसमाचार!
  • मिल्दोजुल्दो सामग्री
  • साँचो भगवान्‌ को हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • परमेश्‍वर को हुनुहुन्छ?
    बाइबलले हामीलाई के सिकाउँछ?
  • परमेश्‍वर वास्तवमा कस्तो हुनुहुन्छ?
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • परमेश्‍वर को हुनुहुन्छ?
    परमेश्‍वर हामीबाट के चाहनुहुन्छ?
थप हेर्नुहोस्
परमेश्‍वरबाट आएको सुसमाचार!
fg lesson २ ques. १-५

पाठ २

साँचो परमेश्‍वर को हुनुहुन्छ?

१. हामीले किन परमेश्‍वरको उपासना गर्नुपर्छ?

साँचो परमेश्‍वर सम्पूर्ण कुराहरूको सृष्टिकर्ता हुनुहुन्छ। उहाँको सुरुवात पनि छैन र अन्त पनि छैन। (भजन ९०:२) बाइबलमा पाइने सुसमाचारको स्रोत उहाँ नै हुनुहुन्छ। (१ तिमोथि १:११) परमेश्‍वर हाम्रो जीवनदाता हुनुभएकोले हामीले उहाँको मात्र उपासना गर्नुपर्छ।—प्रकाश ४:११ पढ्‌नुहोस्‌।

२. साँचो परमेश्‍वर कस्तो हुनुहुन्छ?

कुनै मानिसले परमेश्‍वरलाई कहिल्यै देखेको छैन किनकि उहाँको शरीर हामी मानिसजातिको जस्तो रगत र मासुले बनेको शरीर होइन। त्यसैले पृथ्वीमा भएका जीवजीवातभन्दा उहाँ उच्च हुनुहुन्छ। (युहन्‍ना १:१८; ४:२४) तैपनि उहाँले बनाउनुभएका कुराहरूबाट उहाँ कस्तो परमेश्‍वर हुनुहुन्छ भनेर हामी बुझ्न सक्छौँ। जस्तै: किसिम-किसिमका फलहरू र रङ्‌गीचङ्‌गी फूलहरूमा उहाँको माया र बुद्धि देखिन्छ। विशाल ब्रह्‍माण्डले उहाँ कत्ति शक्‍तिशाली हुनुहुन्छ भनेर बताउँछ।—रोमी १:२० पढ्‌नुहोस्‌।

बाइबल पढेर परमेश्‍वरको व्यक्‍तित्वबारे हामी अझ धेरै सिक्न सक्छौँ। बाइबलबाट हामी यस्ता कुराहरू सिक्न सक्छौँ: परमेश्‍वरलाई के मन पर्छ र के मन पर्दैन? उहाँ मानिसहरूसित कस्तो व्यवहार गर्नुहुन्छ? र विभिन्‍न अवस्थामा जस्तै, हामीबाट गल्ती हुँदा उहाँ कस्तो प्रतिक्रिया देखाउनुहुन्छ?—भजन १०३:७-१० पढ्‌नुहोस्‌।

३. परमेश्‍वरको नाम छ?

विभिन्‍न भाषामा परमेश्‍वरको नाम ‘यहोवा’

येसुले भन्‍नुभयो: “हे स्वर्गमा बस्नुहुने हाम्रा बुबा, तपाईँको नाम पवित्र पारियोस्‌।” (मत्ति ६:९) हुनत परमेश्‍वरका पदवीहरू धेरै छन्‌ तर उहाँको नाम भने एउटा मात्रै छ। भाषाअनुसार परमेश्‍वरको नाम फरक-फरक तरिकाले उच्चारण गरिन्छ। नेपालीमा यस नामलाई “यहोवा” भनेर उच्चारण गरिन्छ। तर कोही-कोही “यहवे” भनेर पनि उच्चारण गर्छन्‌।—भजन ८३:१८ पढ्‌नुहोस्‌।

थुप्रै बाइबलमा परमेश्‍वरको नाम हटाएर ‘प्रभु’ वा ‘परमप्रभु’-जस्ता पदवीहरू राखिएका छन्‌। तर सुरुमा बाइबल लेखिँदा परमेश्‍वरको नाम झन्डै ७ हजार पटक उल्लेख गरिएको थियो। येसुले मानिसहरूलाई परमेश्‍वरबारे सिकाउँदा उहाँको नाम पनि बताउनुभयो।—युहन्‍ना १७:२६ पढ्‌नुहोस्‌।

के परमेश्‍वरको नाम छ? भन्‍ने भिडियो हेर्नुहोस्‌

४. के यहोवा परमेश्‍वर हाम्रो ख्याल राख्नुहुन्छ?

बुबा र आमा आफ्नो बिरामी बच्चाको हेरविचार गर्दै

यी मायालु बुबाले झैँ यहोवा परमेश्‍वरले हाम्रो चिरकालीन हितको लागि कदम चाल्दै हुनुहुन्छ

संसारमा जताततै दुःखकष्ट छ। के यसको अर्थ यहोवा हाम्रो ख्याल नराख्ने परमेश्‍वर हुनुहुन्छ त? हाम्रो परीक्षा लिन परमेश्‍वर हामीलाई दुःखकष्ट भोग्न दिनुहुन्छ भनेर कोही-कोही भन्‍ने गर्छन्‌। तर यो साँचो होइन।—याकुब १:१३ पढ्‌नुहोस्‌।

परमेश्‍वरले हामी मानिसहरूलाई स्वतन्त्र इच्छा दिएर हाम्रो कदर गर्नुभएको छ। यस्तो स्वतन्त्रता पाएकोमा के हामी कृतज्ञ छैनौँ र? (यहोसु २४:१५) तर थुप्रै मानिस अरूलाई हानि पुऱ्‍याउने काम गर्छन्‌। त्यसकारण मानिसहरूले दुःख पाइरहेका छन्‌। यस्तो अन्याय देख्दा यहोवा परमेश्‍वरको मन दुख्छ।—उत्पत्ति ६:५, ६ पढ्‌नुहोस्‌।

यहोवा हाम्रो ख्याल राख्ने परमेश्‍वर हुनुहुन्छ। हाम्रो जीवन आनन्दित भएको उहाँ चाहनुहुन्छ। अब छिट्टै उहाँले दुःखकष्टलाई र दुःखकष्ट निम्त्याउनेहरूलाई नाश गर्नुहुनेछ। तर अहिले दुःखकष्ट रहन दिनुमा ठोस कारण छ। त्यसबारे हामी पाठ ८ मा सिक्नेछौँ।—२ पत्रुस २:९; ३:७, १३ पढ्‌नुहोस्‌।

५. हामी कसरी परमेश्‍वरको नजिक हुन सक्छौँ?

एउटी स्त्री परमेश्‍वरलाई प्रार्थना गर्दै

यहोवाले हामीलाई प्रार्थनामार्फत कुरा गरेर उहाँसित नजिक हुने निम्तो दिनुभएको छ। उहाँ हामी प्रत्येकको ख्याल राख्नुहुन्छ। (भजन ६५:२; १४५:१८) उहाँ क्षमा दिन तयार हुनुहुन्छ। हामी बेलाबेलामा चुक्ने भए तापनि उहाँलाई प्रसन्‍न पार्न हामीले गरेको प्रयास उहाँको नजरबाट लुक्दैन। त्यसैले हामीमा कमीकमजोरी भए पनि परमेश्‍वरसँग साँच्चै नजिकको सम्बन्ध गाँस्न सक्छौँ।—भजन १०३:१२-१४; याकुब ४:८ पढ्‌नुहोस्‌।

यहोवा परमेश्‍वर हाम्रो जीवनदाता हुनुभएकोले हामीले सबैभन्दा धेरै उहाँलाई नै प्रेम गर्नुपर्छ। (मर्कुस १२:३०) यहोवाबारे अझ धेरै सिकेर र उहाँले भन्‍नुभएझैँ गरेर उहाँप्रतिको प्रेम देखाउँदा तपाईँ उहाँसित झनै नजिक हुनुहुनेछ।—१ तिमोथि २:४; १ युहन्‍ना ५:३ पढ्‌नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने