प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w11 ७/१ pp. २२-२३
  • साँचो भगवान्‌ को हुनुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • साँचो भगवान्‌ को हुनुहुन्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • मिल्दोजुल्दो सामग्री
  • साँचो परमेश्‍वर को हुनुहुन्छ?
    परमेश्‍वरबाट आएको सुसमाचार!
  • परमेश्‍वर को हुनुहुन्छ?
    बाइबलले हामीलाई के सिकाउँछ?
  • परमेश्‍वर वास्तवमा कस्तो हुनुहुन्छ?
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • साँचो भगवान्‌बाट किन सिक्नुपर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
w11 ७/१ pp. २२-२३

पवित्र शास्त्रबाट सिक्नुहोस्‌

साँचो भगवान्‌ को हुनुहुन्छ?

यस लेखमा तपाईंको मनमा उठ्‌न सक्ने प्रश्‍नहरूको छलफल गरिएको छ। साथै ती प्रश्‍नहरूको जवाफ बाइबलमा कहाँ पाउन सक्नुहुन्छ भनेर पनि यसमा बताइएको छ। यहोवाका साक्षीहरू यी प्रश्‍नका जवाफहरू तपाईंसित छलफल गर्न खुसी हुनेछन्‌।

१. साँचो भगवान्‌ को हुनुहुन्छ?

उहाँ सबै थोकका सृष्टिकर्ता हुनुहुन्छ। बाइबलमा उहाँलाई “युगयुगका महाराजा” भनिएको छ। यसको अर्थ हो, न त उहाँको सुरु छ न त अन्त नै। (प्रकाश १५:३) उहाँ जीवनको स्रोत हुनुहुन्छ। त्यसैले हामीले उहाँको मात्रै उपासना गर्नुपर्छ।— प्रकाश ४:११ पढ्‌नुहोस्‌।

२. के साँचो भगवान्‌ मानिसजस्तै हाड र मासुको हुनुहुन्छ?

उहाँ अदृश्‍य व्यक्‍ति हुनुहुन्छ। त्यसैले अहिलेसम्म उहाँलाई कुनै मानिसले कहिल्यै देखेको छैन। उहाँको जीवन पृथ्वीमा भएका सबै जीवित-जीवातहरूभन्दा उच्च छ। (यूहन्‍ना १:१८; ४:२४) तर यसको अर्थ परमेश्‍वरको कुनै भावना नै छैन भन्‍नेचाहिं होइन। उहाँले सृष्टि गर्नुभएका कुराहरूमा उहाँका गुणहरू झल्किन्छन्‌। उदाहरणको लागि, स्वादिष्ठ फल अनि सुन्दर फूलहरूको डिजाइन र विविधतालाई विचार गर्दा हामीले साँचो भगवान्‌कत्तिको मायालु र बुद्धिमान्‌ हुनुहुन्छ भनेर बुझ्न मदत पाउँछौं। ब्रह्‍माण्डको विशालतालाई विचार गर्दा उहाँ कत्तिको शक्‍तिशाली हुनुहुन्छ भनेर स्पष्ट हुन्छ।— रोमी १:२० पढ्‌नुहोस्‌।

बाइबलबाट साँचो भगवान्‌का गुणहरूबारे अझ धेरै सिक्न सक्छौं। जस्तै:- उहाँलाई के मन पर्छ र के मन पर्दैन, उहाँ मानिससित कस्तो व्यवहार गर्नुहुन्छ, विभिन्‍न परिस्थितिमा कस्तो प्रतिक्रिया देखाउनुहुन्छ आदि।— भजन १०३:७-१० पढ्‌नुहोस्‌।

३. साँचो भगवान्‌को नाम छ?

येशूले भन्‍नुभयो: “हे स्वर्गमा बस्नुहुने हाम्रा बुबा, तपाईंको नाम पवित्र पारियोस्‌।” (मत्ती ६:९) साँचो भगवान्‌का थुप्रै पदवी भए तापनि उहाँको नाम भने एउटै मात्र छ। भाषाअनुसार उहाँको नाम फरक-फरक तरिकामा उच्चारण गरिन्छ। नेपालीमा चाहिं “यहोवा” भन्‍ने गरिन्छ।—भजन ८३:१८, पढ्‌न सजिलो संस्करण; प्रकाश ११:१७ पढ्‌नुहोस्‌।

थुप्रै बाइबलबाट साँचो भगवान्‌को नाम हटाइएका छन्‌ अनि त्यसको ठाउँमा परमप्रभु वा परमेश्‍वरजस्ता पदवीहरू राखिएका छन्‌। तर सुरुमा बाइबल लेखिंदा लगभग ७,००० पटक परमेश्‍वरको नाम प्रयोग गरिएको थियो। मानिसहरूलाई बाइबलमा भएका कुराहरू बुझाउँदा येशूले परमेश्‍वरको नाम प्रयोग गर्नुभयो। यसरी उहाँले मानिसहरूलाई परमेश्‍वरलाई चिन्‍न मदत गर्नुभयो।— यूहन्‍ना १७:२६ पढ्‌नुहोस्‌।

४. के यहोवा हाम्रो ख्याल गर्नुहुन्छ?

हाम्रा बिन्ती तथा प्रार्थनाहरू यहोवा आफैले सुन्‍नुहुन्छ। यसबाट उहाँ हाम्रो ख्याल गर्नुहुन्छ भनेर स्पष्ट हुन्छ। (भजन ६५:२) संसार दुःखको मारमा परेको छ। के यसको अर्थ परमेश्‍वर हाम्रो ख्याल गर्नुहुन्‍न भन्‍ने हो? कोही-कोही मानिस दुःखमा पर्दा यसो भन्‍ने गर्छन्‌, ‘भगवान्‌ले मेरो परीक्षा लिंदै हुनुहुन्छ।’ तर यो कुरा साँचो होइन। बाइबलमा यसो भनिएको छ: “परमेश्‍वरले कहिल्यै खराबी गर्नुहुन्‍न।”— अय्यूब ३४:१०; याकूब १:१३ पढ्‌नुहोस्‌।

मानिसलाई के सही, के गलत भनेर आफै निर्णय गर्न सक्ने क्षमता दिएर भगवान्‌ले तिनीहरूप्रति आदर देखाउनुभएको छ। उहाँको सेवा गर्ने कि नगर्ने भन्‍ने कुरा भगवान्‌ले हाम्रै हातमा छोडिदिनुभएको छ। के हामी यसको मोल गर्दैनौं र? (यहोशू २४:१५) थुप्रै मानिसले खराब काम गर्ने छनौट गरेकाले दुःखकष्ट व्याप्त भएको छ। त्यस्ता अन्यायहरू देख्दा यहोवा साह्रै दुःखित हुनुहुन्छ।— उत्पत्ति ६:५, ६ पढ्‌नुहोस्‌।

यहोवाले येशूमार्फत चाँडै दुःखकष्ट अनि त्यसका कारक तत्त्वहरू नामेट पार्नुहुनेछ। तर केही समयसम्म दुःखकष्ट रहिरहन दिनुको पछाडि यहोवासित जायज कारण छ। यस शृङ्‌खलाको आगामी लेखमा भगवान्‌ले दुःखकष्ट रहिरहन दिनुको कारणबारे बताइनेछ।— यशैया ११:४ पढ्‌नुहोस्‌।

५. साँचो भगवान्‌ हामीबाट के चाहनुहुन्छ?

यहोवालाई चिन्‍न र प्रेम गर्न सक्ने क्षमतासहित उहाँले हामीलाई सृष्टि गर्नुभयो। हामीले उहाँबारे सत्य कुरा सिकेको उहाँ चाहनुहुन्छ। (१ तिमोथी २:४) बाइबल अध्ययन गऱ्‍यौं भने परमेश्‍वरलाई साथीको रूपमा नजिकबाट चिन्‍न सक्नेछौं।— हितोपदेश २:४, ५ पढ्‌नुहोस्‌।

यहोवा हाम्रो जीवनदाता हुनुहुन्छ। त्यसकारण उहाँलाई नै हामीले सबैभन्दा धेरै प्रेम गर्नुपर्छ। उहाँलाई प्रार्थना गरेर अनि उहाँको इच्छाअनुसार गरेर उहाँलाई प्रेम गरेको देखाउन सक्छौं। (हितोपदेश १५:८) अरूलाई मायालु व्यवहार गर्न यहोवा हामीलाई भन्‍नुहुन्छ।— मर्कूस १२:२९-३१; १ यूहन्‍ना ५:३ पढ्‌नुहोस्‌। ( w11 -E 02/01)

थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित इबलले वास्तवमा के सिकाउँछ? किताबको अध्याय १ हेर्नुहोस्‌।

[पृष्ठ २३-मा भएको चित्र]

केही समयसम्म दुःखकष्ट रहिरहन दिनुको पछाडि जायज कारण छ कि?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने