बायाँ: सन् १९४५ मा लन्डनमा यहोवाका साक्षीहरूले खुला आकाशमुनि सभा गरे, सन् २०१२, दायाँ: अफ्रिकाको मलावीमा आयोजना गरिएको विशेष सम्मेलन दिन
भाग ५
परमेश्वरको राज्यले दिने—शिक्षा राजा येशू ख्रीष्टका सेवकहरूले पाएका तालिम
मञ्चबाट भाषण दिंदै गरेका वक्तालाई हेर्दै तपाईं मुसुमुसु हाँस्नुहुन्छ। तिनी तपाईंको मण्डलीका जवान भाइ हुन्। तिनी सम्मेलनमा पहिलो पटक भाषण दिंदै छन्। तिनको भाषण सुन्दै गर्दा तपाईं मनमनै भन्नुहुन्छ, ‘साँच्चै परमेश्वरका जनहरूले धेरै राम्रो तालिम पाएका छन्!’ तिनले पहिलो पटक भाषण दिएको क्षण तपाईं झलझली सम्झनुहुन्छ। अहिले हेर्नुहोस् त, तिनले कत्ति प्रगति गरिसके! तिनले अग्रगामी सेवा स्कुलबाट तालिम पाएपछि धेरै राम्रो उन्नति गरे। हालसालै तिनी र तिनकी पत्नी राज्य प्रचारकहरूका लागि स्कुलमा गएका थिए। तिनको भाषण सिद्धेपछि श्रोताले ताली बजाउँदै गर्दा तपाईं आफ्नो वरपर हेर्नुहुन्छ र परमेश्वरका जनहरूले पाएको तालिमबारे सोच्नुहुन्छ।
परमेश्वरका सबै जनहरू “परमप्रभुबाट सिकाइएका हुनेछन्” भनेर बाइबलमा भविष्यवाणी गरिएको थियो। (यशै. ५४:१३) यो भविष्यवाणी पूरा भइरहेको आज हामी आफैले अनुभव गरिरहेका छौं। हामीले प्रकाशनहरूबाट मात्र होइन तर सभा, सम्मेलन, अधिवेशन र विभिन्न स्कुलहरूबाट पनि तालिम पाउँछौं। यस्ता स्कुलहरूबाट पाइने तालिमले हामीलाई यहोवाको सङ्गठनमा विभिन्न जिम्मेवारी सम्हाल्न सक्षम बनाउँछ। यी विभिन्न शैक्षिक कार्यक्रमहरूले परमेश्वरको राज्यले शासन गर्दै छ भन्ने कुराको सशक्त प्रमाण कसरी दिन्छ, त्यो हामी यस भागमा छलफल गर्नेछौं।