गीत १३७
साहस हाम्रो बढाइ देऊ
१. तिम्रो नामको साक्षी दिंदा
राज्य सन्देश सुनाउँदा,
बाधा विरोध धेरै आउँछन्
हाम्रो उपहास गर्छन्।
चाहन्छौं निडर हुन;
वचन तिम्रो पालन गर्न।
माग्छौं हे याह तिम्रो शक्ति,
सुन न हाम्रो यो बिन्ती।
(कोरस)
साहस हाम्रो बढाइदेऊ
सकौं डर हटाउन।
आत्मविश्वास बढाइदेऊ
सकौं सन्देश सुनाउन।
आरमागेडोन छ नजिकै
तर त्यो दिन नआउन्जेल,
साहस हाम्रो बढाइदेऊ
गर्छौं बिन्ती।
२. डराएका हुन सक्छौं
हामी धुलो मात्र हौं।
तिमीले दिने मदतमा
गर्न सक्छौं भरोसा।
सताउने, दोष लाउनेले
दिने धम्कीमा ध्यान देऊ।
साहसी भै बोलिरहन
सहायता दिरहनू।
(कोरस)
साहस हाम्रो बढाइदेऊ
सकौं डरलाई हटाउन।
आत्मविश्वास बढाइदेऊ
सकौं सन्देश सुनाउन।
आरमागेडोन छ नजिकै
तर त्यो दिन नआउन्जेल,
साहस हाम्रो बढाइदेऊ
गर्छौं बिन्ती।
(१ थिस्स. २:२; हिब्रू १०:३५ पनि हेर्नुहोस्।)