गीत १५२
हाम्रो बल, हाम्रो आशा, हाम्रो भरोसा
छापिएको संस्करण
१. हे यहोवा, दियौ हामीलाई
कत्ति सुन्दर आशा।
सुनाउँछौं सबै मानिसलाई
तनमन लगाई सारा।
तर जिन्दगीको फिक्रिले
भयौं है हामी निराश।
भयो बिस्तारै मधुरो
आशाको यो दियो।
(कोरस)
तिमी नै हाम्रो बल,
आशा, भरोसा।
दिन्छौ तिमी सबै कुरा।
ढुक्क भै सुनाउँछौं
तिम्रो नाउँ सदा।
भर पर्छौं सधैं तिमीमा।
२. हे याह, छौ तिमी मायालु;
दिन्छौ दुःखमा साथ।
मनमा गुनि राख्न सकौं:
‘कैल्यै छोड्दैनौ हात।’
यहोवामाथिको विश्वासले
दिनेछ बोल्ने साहस।
बल्नेछ आशाको दियो,
हुनेछौं बलियो।
(कोरस)
तिमी नै हाम्रो बल,
आशा, भरोसा।
दिन्छौ तिमी सबै कुरा।
ढुक्क भै सुनाउँछौं
तिम्रो नाउँ सदा।
भर पर्छौं सधैं तिमीमा।
(भज. ७२:१३, १४; हितो. ३:५, ६, २६; यर्मि. १७:७ पनि हेर्नुहोस्।)