प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • jy chap. ५८ p. १४०-p. १४१ par. २
  • उहाँ थोरै रोटीलाई धेरै बनाउनुहुन्छ र खमिरदेखि होसियार गराउनुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • उहाँ थोरै रोटीलाई धेरै बनाउनुहुन्छ र खमिरदेखि होसियार गराउनुहुन्छ
  • येसु—बाटो, सत्य र जीवन
  • मिल्दोजुल्दो सामग्री
  • रोटी र खमिर
    सबैभन्दा महान्‌ पुरुष
  • रोटी र खमिर
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • केही टुक्रा रोटी र माछाले हजारौँलाई खुवाउनुहुन्छ
    येसु—बाटो, सत्य र जीवन
  • “फरिसी र सदुकीहरूको खमीरबाट बच”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
थप हेर्नुहोस्
येसु—बाटो, सत्य र जीवन
jy chap. ५८ p. १४०-p. १४१ par. २
येसु र केही चेलाहरू डुङ्‌गामा

अध्याय ५८

उहाँ थोरै रोटीलाई धेरै बनाउनुहुन्छ र खमिरदेखि होसियार गराउनुहुन्छ

मत्ति १५:३२–१६:१२ मर्कुस ८:१-२१

  • येसु ४ हजार पुरुषलाई खुवाउनुहुन्छ

  • उहाँ फरिसीहरूको खमिरदेखि होसियार गराउनुहुन्छ

गालिल समुद्रको पूर्वतिर डेकापोलिसको इलाकामा येसु हुनुभएको ठाउँमा ठूलो भीड जम्मा हुन्छ। तिनीहरू उहाँको कुरा सुन्‍न अनि निको हुन उहाँकहाँ आएका छन्‌। तिनीहरूले ठूला डालाहरूमा खानेकुरा पनि ल्याएका छन्‌।

तर केही समयपछि येसु आफ्ना चेलाहरूलाई यसो भन्‍नुहुन्छ: “यो भीड देखेर मलाई साह्रै दया लाग्यो किनभने तिनीहरू यहाँ मसँगै बसेको तीन दिन भइसक्यो अनि तिनीहरूसित केही खानेकुरा छैन। मैले तिनीहरूलाई भोकै घर पठाएँ भने तिनीहरू बाटैमा मुर्छा पर्नेछन्‌। तिनीहरूमध्ये कोही-कोही त निकै टाढाबाट आएका छन्‌।” तर चेलाहरू उहाँलाई भन्छन्‌: “यस्तो अनकन्टार ठाउँमा यत्तिका मानिसहरूलाई पुग्ने रोटी कहाँबाट ल्याउने?”—मर्कुस ८:२-४.

येसुले रोटी भाँच्दै गर्नुहुँदा एक जना मानिस डालो समाउँदै

तिनीहरूको कुरा सुनेर येसु भन्‍नुहुन्छ: “तिमीहरूसित कति वटा रोटी छ?” तिनीहरू यसो भन्छन्‌: “सात वटा अनि हामीसित केही साना माछा पनि छन्‌।” (मत्ति १५:३४) त्यसपछि उहाँ भीडलाई चौरमा बस्न अह्राउनुहुन्छ। अनि उहाँ रोटी र माछा लिएर परमेश्‍वरलाई प्रार्थना गर्नुहुन्छ र बाँड्‌न चेलाहरूलाई दिनुहुन्छ। तर छक्कलाग्दो कुरा, सबैले पेटभरि खान्छन्‌। लगभग ४ हजार पुरुष र अरू थुप्रै स्त्री र केटाकेटीले खाए तापनि उब्रेको टुक्राटाक्री जम्मा गर्दा सात वटा ठूला डाला भरिन्छ!

भीडलाई बिदा गरेपछि येसु र चेलाहरू डुङ्‌गा चढेर गालिल समुद्रको पश्‍चिमी किनारामा पर्ने मगादानको इलाकामा जानुहुन्छ। यहाँ फरिसीहरू र सदुकी सम्प्रदायका केही सदस्यहरू उहाँकहाँ आउँछन्‌ र स्वर्गबाट एउटा चिन्ह देखाउनुहोस्‌ भनेर उहाँको परीक्षा लिन खोज्छन्‌।

तिनीहरूको मनसाय बुझेकोले येसु तिनीहरूलाई यस्तो जवाफ दिनुहुन्छ: “जब साँझ पर्छ, तब तिमीहरू यसो भन्छौ, ‘आकाश रातो छ, त्यसैले मौसम सफा हुनेछ।’ अनि बिहान यसो भन्छौ, ‘आकाश रातो भए पनि धुम्म बादल लागेको छ, त्यसैले आज झरी परेर चिसो हुनेछ।’ तिमीहरू आकाश हेरेर त्यसको अर्थ लगाउन सक्छौ तर अहिले भइरहेको कुरा हेरेर त्यसको चाहिँ अर्थ लगाउन सक्दैनौ।” (मत्ति १६:२, ३) त्यसपछि उहाँ ती फरिसी र सदुकीहरूलाई योनाको चिन्हबाहेक अरू चिन्ह दिइनेछैन भनेर बताउनुहुन्छ।

त्यसपछि येसु र चेलाहरू डुङ्‌गा चढेर गालिल समुद्रको उत्तर-पूर्वमा पर्ने बेथसेदातिर लाग्नुहुन्छ। जाँदै गर्दा चेलाहरूले रोटी ल्याउन बिर्सेको कुरा चाल पाउँछन्‌। तिनीहरूसित एउटा रोटी मात्र छ। फरिसीहरू र हेरोदलाई समर्थन गर्ने सदुकीहरूसित भर्खरै भएको कुराकानीलाई सम्झँदै येसु यस्तो चेतावनी दिनुहुन्छ: “तिमीहरूको आँखा खुला राख अनि फरिसीहरूको र हेरोदको खमिरदेखि होसियार रहो।” आफूहरूले रोटी ल्याउन बिर्सेकोले येसुले खमिरबारे बताउनुभएको होला भनी चेलाहरू भन्ठान्छन्‌। तिनीहरूले कुरा नबुझेकोले येसु तिनीहरूलाई यसो भन्‍नुहुन्छ: “रोटी नल्याएको विषयलाई लिएर तिमीहरू किन आपसमा भनाभन गर्छौ?”—मर्कुस ८:१५-१७.

येसुले भर्खरै मात्र हजारौँ मानिसलाई रोटी खुवाउनुभएको थियो। त्यसैले उहाँ रोटी नभएकोले चिन्तित हुनुभएको होइन भनेर चेलाहरूले बुझ्नुपर्ने हो। उहाँ तिनीहरूलाई भन्‍नुहुन्छ: “के तिमीहरूले बिर्स्यौ, मैले पाँच वटा रोटी भाँचेर ५ हजार पुरुषलाई खुवाउँदा तिमीहरूले कति डालो टुक्राटाक्री बटुलेका थियौ?” तिनीहरू भन्छन्‌: “बाह्र।” उहाँ तिनीहरूलाई अझै यसो भन्‍नुहुन्छ: “मैले सात वटा रोटी भाँचेर ४ हजार पुरुषलाई खुवाउँदा तिमीहरूले कति वटा ठूला डालामा टुक्राटाक्री बटुलेका थियौ?” तिनीहरू भन्छन्‌: “सात।”—मर्कुस ८:१८-२०.

येसु तिनीहरूलाई यस्तो प्रश्‍न गर्नुहुन्छ: “त्यसोभए मैले तिमीहरूसित रोटीको विषयमा कुरा गरेको होइन भनेर तिमीहरू किन बुझ्दैनौ?” उहाँ अझै यसो भन्‍नुहुन्छ: “मैले त फरिसी र सदुकीहरूको खमिरदेखि होसियार रहो पो भनेको हुँ।”—मत्ति १६:११.

बल्ल चेलाहरूले कुरा बुझ्छन्‌। रोटी फुलाउन खमिर प्रयोग गरिन्छ। तर येसुले यहाँ भ्रष्ट कुरालाई सङ्‌केत गर्न खमिर शब्द प्रयोग गर्दै हुनुहुन्छ। भ्रष्ट पार्न सक्ने “फरिसी र सदुकीहरूको शिक्षादेखि” होसियार रहन उहाँ चेलाहरूलाई चेतावनी दिँदै हुनुहुन्छ।—मत्ति १६:१२.

  • येसु हुनुभएको ठाउँमा मानिसहरूको किन ओइरो लाग्छ?

  • येसुले खमिरबारे बताउनुहुँदा चेलाहरू के भन्ठान्छन्‌?

  • “फरिसीहरूको र सदुकीहरूको खमिर” भनेर येसु के भन्‍न खोज्दै हुनुहुन्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने