येशूको जीवन र सेवकाई
रोटी र खमिर
डेकापोलिसमा येशूलाई सुन्न भीड़का मानिसहरू जम्मा भएका छन्। अन्यजातिहरूको बहुमत भएको यो इलाकामा धेरै मानिसहरू टाढ़ा-टाढ़ाबाट येशूलाई सुन्न र आफ्ना रोगहरू निको पार्न आएका छन्। अन्यजातिहरू बस्ने इलाकामा यात्रा गर्दा अकसर बोकेर हिड़ने ठूला-ठूला टोकरीहरू तिनीहरूले आफूसँग ल्याएका छन्।
आखिरमा, येशूले आफ्ना चेलाहरूलाई आफूकहाँ बोलाएर एसो भन्नु हुन्छ: “म यस भीड़माथि टिठाउँछु किनभने यिनीहरू मसँग रहेको आज तीन दिन भयो, र यिनीहरूसित खाने कुरा केही छैन। औ यिनीहरूलाई आफ्ना घरमा भोकै पठाऊँ भने, बाटैमा मूच्छा पर्लान्। यिनीहरूमध्य कुनै कुनै ता टाढ़ाबाट आएका छन्।”
चेलाहरू भन्छन्: “यहाँ एकलास ठाउँमा यी मानिसहरूलाई रोटीले तृप्त गर्नालाई कसले कसरी सक्ला र?”
येशू सोध्नु हुन्छ: “तिमीहरूसित कतिवटा रोटी छन्?”
तिनीहरू भन्छन्: “सातवटा रोटी र केही माछाहरू।”
मानिसहरूलाई भुइँमा बस्ने आज्ञा गर्नु भए पछि, येशूले रोटी र माछा लिनु हुन्छ, परमेश्वरसँग प्रार्थना गर्नुहुन्छ र रोटी र माछा भाँचेर चेलाहरूलाई दिन थाल्नु हुन्छ। चेलाहरूले चाहिं मानिसहरूलाई दिन्छन्, अनि तिनीहरू सबै खाएर तृप्त हुन्छन्। ४,००० पुरूष साथै स्त्रीहरू र बच्चाहरूले खाइसके पछि, सातवटा ठूला-ठूला टोकरीहरू रोटीका टुक्राहरूले भरिभराउ हुन्छन्!
भीड़हरूलाई बिदा गर्नु भए पछि, येशू आफ्ना चेलाहरूसँग एउटा डुँगामा चढ़नु हुन्छ र पारिपट्टि, गालीलको समुद्रको पश्चिम किनार तिर लाग्नु हुन्छ। यहाँ फरिसीहरू र सदुकीहरूको धर्म सम्प्रदायका केही मानिसहरू येशूको परीक्षा गर्दै, उहाँबाट स्वर्गमा एउटा चिन्ह देख्ने माँग गर्छन्।
तिनीहरूले उहाँलाई परीक्षामा पार्न खोजेको कुरा बुझ्नु हुँदै, येशूले यो उत्तर दिनु हुन्छ: “साँझ पर्दा तिमीहरू भन्छौ, दिन राम्रो हुन्छ। किनकि आकाश रातो हुन्छ। औ बिहान आकाश रातो छ भने, आँधी आउँछ भनी भन्छौ। तिमीहरू आकाशको अवस्थाबाट दिन छुट्याउन जान्दछौ र समयका चिन्हकाहरू चाहिं छुट्याउनसक्तैनौं।”
यति भन्नु भए पछि, येशूले तिनीहरूलाई दुष्ट र व्यभिचारी भन्नु हुन्छ र केही समय अघि फरिसीहरूलाई भन्नु भए झैं, तिनीहरूलाई योनाको चिन्ह बाहेक अरू कुनै चिन्ह दिइने छैन भनेर चेताउनी दिनु हुन्छ। यहाँबाट बिदा हुँदै, येशू र उहाँका चेलाहरू एउटा डुङ्गामा चढ़ेर गालीलको समुद्रको उत्तर-पूर्व, बेत्सैदा तिर जानु हुन्छ। रोटी ल्याउन बिर्सिएछ भनेर चेलाहरू आधा बाटोमा झसङ्ग हुन्छन् किनभने तिनीहरूसँग एउटा रोटी मात्र छ।
हेरोदको समर्थन गर्ने सदुकीहरू र फरिसीहरूसँग परेको विवाद ध्यानमा राख्नु हुँदै, येशूले यो जताउनु हुन्छ: “तिमीहरू फरिसीहरूको खमिर र हेरोदको खमिरदेखि बच।” तर चेलाहरूले चाहिं खमिरको कुरा सुन्ना साथै रोटी सम्झन्छन् र शायद तिनीहरूले रोटी ल्याउन बिर्सेको कुरालाई उहाँले सङ्केत गर्नु हुँदैछ भनी ठान्छन् र आपसमा विवाद गर्नथाल्छन्। तिनीहरूले कुरा न बुझेको देख्नु भएर, येशू भन्नु हुन्छ: “तिमीहरूसित रोटी छैन भनेर किन तिमीहरू बहस गर्दछौ?”
केही समय अघि मात्र येशूले चमत्कार द्वारा हजारौं मानिसहरूलाई खुवाउनु भएको थियो। भनौं भने, यो चमत्कार उहाँले एक अथवा दुई दिन अघि मात्र गर्नु भएको थियो। खाने रोटी बारे येशूलाई चिन्ता छैन भनेर तिनीहरूलाई थाह हुनु पर्ने हो। “के तिमीहरू अझ सम्झदैनौं?” येशू तिनीहरूलाई सोध्नु हुन्छ। “मैले जब पाँचवटा रोटी ती पाँच हजारका बीचमा भाँचेथें, तब कति डालो टुक्रा टुक्री तिमीहरूले उठाएथ्यौ?”
“बाह्र डालो” भनेर तिनीहरू उत्तर दिन्छन्।
“औ जब सातवटा चार हजारका बीचमा, तब कति डालो टुक्राहरू तिमीहरूले उठाएथ्यौ?”
औ तिनीहरूले उहाँलाई भने, “सात।”
येशूले तिनीहरूलाई सोध्नुहुन्छ: “के तिमीहरू अझ बुझ्दैनौं? मैले रोटीको विषयमा भनेको होइन, तर फरिसी र सदुकीहरूको खमिरबाट होशियार रहो भनेको, तिमीहरू कसरी बुझ्दैनौं?”
तब मात्र चेलाहरूले कुरा बुझ्छन्। कुनै कुरालाई कुहाउनका लागि र रोटीलाई फुलाउन प्रयोग गरिने खमिर शब्द अकसर भाषामा, भ्रष्टाचारलाई सङ्केत गर्न पनि प्रयोग गरिन्थ्यो। यसकारण, अब चेलाहरूले बुझ्दछन् कि येशूले यहाँ एउटा प्रतीकको प्रयोग गर्नु हुँदै रहेछ र उहाँले तिनीहरूलाई “फरिसीहरू र सदुकीहरूको शिक्षादेखि” होशियार बस्नू भन्नु हुँदैछ किनभने तिनीहरूको शिक्षाले मानिसलाई भ्रष्ट पार्न सक्छ। मर्कूस ८:१-२१; मत्ती १५:३२–१६:१२.
◆ मानिसहरूसँग खानेकुरा हाल्ने ठूला ठूला डालोहरू किन छन्?
◆ डेकापोलिसबाट बिदा हुँदै, येशू डुङ्गामा कता तिर लाग्नु हुन्छ?
◆ येशूले खमिरको कुरा गर्नु हुँदा, येशूका चेलाहरूले के भनी ठान्छन्?
◆ येशूले “फरिसीहरू र सदुकीहरूको खमिर” भन्नुको अर्थ के थियो? (w87 12/1)