प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ypq question ३ pp. ९-११
  • आमाबाबुसित कसरी कुरा गर्ने?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आमाबाबुसित कसरी कुरा गर्ने?
  • युवाहरूको १० प्रश्‍नका जवाफहरू
  • मिल्दोजुल्दो सामग्री
  • हाम्रो प्रचुर आध्यात्मिक पैतृक सम्पत्ति
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • आमाबाबुले हामीलाई परमेश्‍वरलाई प्रेम गर्न सिकाउनुभयो
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • आमाबाबुको पदचिन्हलाई पछ्याउँदै
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • आमा वा बुबालाई गम्भीर रोग लाग्यो भने के गरूँ?
    युवाहरू सोध्छन्‌
थप हेर्नुहोस्
युवाहरूको १० प्रश्‍नका जवाफहरू
ypq question ३ pp. ९-११
एक जना युवा आफ्नो बुबाले कुरा गर्दा ध्यान दिएर सुन्दैन

प्रश्‍न ३

आमाबाबुसित कसरी कुरा गर्ने?

यसबारे किन चासो राख्नुपर्छ?

आमाबाबुसित मिलेर बस्नुभयो भने तपाईंको जीवन सुमधुर हुन्छ।

तपाईं के गर्नुहुन्छ?

कल्पना गर्नुहोस्‌: १७ वर्षीय जीवनले आफ्नो सबै काम सिद्धयाइसकेका छन्‌। बल्ल उनले आराम गर्ने फुर्सद पाए! उनी टिभी खोल्छन्‌ र सोफामा थचक्क बस्छन्‌।

त्यत्ति नै बेला उनको बुबा पनि आइपुग्नुहुन्छ। छोरालाई यसरी बसेको देखेर बुबालाई रिस उठ्‌छ।

“जीवन! टिभी हेरेर समय खेर नफाल त। तिमीलाई भाइलाई होमवर्क गर्न मदत गर भनेको होइन? भनेको जस्तो कहिल्यै गर्दैनौं!”

“उफ्‌! फेरि सुरु भयो।” बुबाले सुन्‍ने गरी जीवन भुतभुताउँछन्‌।

बुबाले कान थाप्दै भन्‍नुहुन्छ: “के भन्यौ?”

“केही पनि भन्या छैन, ड्याडी,” जीवनले नाक खुमच्याउँदै जवाफ दिन्छ।

अब बुबा रिसाउँदै भन्‍नुहुन्छ, “मसँग कुरा गर्ने तरिका यही हो?”

तपाईं जीवनको ठाउँमा हुनुभएको भए यस्तो परिस्थितिलाई कसरी सम्हाल्नु हुन्थ्यो?

एकछिन सोच्नुहोस्‌!

आमाबाबुसित कुराकानी गर्नु भनेको गाडी चलाउनुजस्तै हो। बाटोमा कुनै अवरोध आउँछ भने अर्को बाटो खोज्न सक्नुहुन्छ।

उदाहरणको लागि:

लुनिभा नाम गरेकी केटी यसो भन्छिन्‌,“मलाई मेरो बुबासित कुरा गर्न गाह्रो लाग्छ। कहिलेकाहीं त उहाँलाई केही भनिरहेको हुन्छु तर उहाँले ‘ए! तिमी मसित कुरा गर्दै थियौ?’ भनेर पो सोध्नुहुन्छ।”

यस्तो अवस्थामा लुनिभा के गर्न सक्छिन्‌?

  1. १. बुबासित झर्केर बोल्ने।

    लुनिभा चिच्याउँदै भन्छिन्‌, “यस्तो जरुरी कुरा गर्दै छु। तपाईंचाहिं आफ्नै तालमा!”

  2. २. बुबासित कुरै नगर्ने।

    लुनिभा आफ्नो समस्याबारे बुबासित कुरा गर्ने प्रयासै गर्न छोड्‌छिन्‌।

  3. ३. उपयुक्‍त समय पर्खेर त्यस विषयमा फेरि कुरा गर्ने।

लुनिभा बुबासित पछि भेटेरै कुरा गर्छिन्‌ वा आफ्नो समस्याबारे उहाँलाई चिठ्ठी लेख्छिन्‌।

यी तीन उपायमध्ये तपाईं लुनिभालाई कुनचाहिं अपनाउन भन्‍नुहुन्छ?

विचार गर्नुहोस्‌: लुनिभाको बुबा अरू नै कुरामा व्यस्त भएकोले लुनिभाको समस्यामा ध्यान दिन सक्नु भएन। लुनिभाले पहिलो उपाय रोज्छिन्‌ भने उनी किन चिच्याइरहेको भनेर बुबाले बुझ्न सक्नुहुन्‍न। अनि बुबालाई तिनको कुरामा ध्यान दिन गाह्रो हुन्छ साथै त्यसरी चिच्याउँदा उहाँलाई अनादर गरिरहेको हुन्छ। (एफिसी ६:२) त्यसैले यो उपाय उपयुक्‍त छैन।

एउटा गाडी सडकमा भएको अवरोधमा रोकिन्छ

यात्रामा कुनै अवरोध आउँदा अर्कै बाटो हुँदै जान सकिन्छ त्यसैगरि आमाबाबुसँग पनि अरू नै तरिका अपनाएर कुरा गर्न सकिन्छ

हुन त दोस्रो उपाय अपनाउनु सजिलो लाग्न सक्छ। तर यसो गर्नु बुद्धिमानी हुँदैन। किन? किनभने समस्याहरूको समाधान गर्न लुनिभाले आफ्नो बुबासित कुरा गर्नै पर्छ। अनि तिनलाई मदत दिन लुनिभाको जीवनमा के भइरहेको छ भनेर बुबालाई थाह हुनुपर्छ। चुप लागेर केही पनि हासिल गर्न सकिंदैन।

तेस्रो उपाय अपनाउँदा लुनिभाले अवरोध आए पनि बुबासित कुराकानी गर्ने प्रयास जारी राख्छिन्‌। अनि उपयुक्‍त समयमा त्यसबारे कुरा गर्ने कोसिस गर्छिन्‌। लुनिभाले बुबालाई चिठ्ठी लेखिन्‌ भने त झन्‌ हल्का महसुस गर्न सक्छिन्‌।

चिठ्ठी लेख्दा आफूले भन्‍न खोजेको कुरा स्पष्टसित व्यक्‍त गर्न सजिलो हुन्छ। बुबाले चिठ्ठी पढ्‌नुहुँदा लुनिभाले के भन्‍न खोज्दैछिन्‌ भनेर थाह पाउन सक्नुहुन्छ। साथै तिनको परिस्थिति राम्ररी बुझ्न सक्नुहुन्छ। त्यसैले तेस्रो उपाय अपनाउँदा लुनिभा र बुबा दुवैको फाइदा हुन्छ। चाहे भेटेर होस्‌ वा चिठ्ठी लेखेर, यो उपाय अपनाउनुभयो भने तपाईंले बाइबलको ‘शान्ति कायम हुने . . . कुराहरूको पछि लाग’ भन्‍ने सल्लाह पालन गरिरहेको हुनेछ।—रोमी १४:१९.

लुनिभा अझ अरू के गर्न सक्छिन्‌?

तपाईंको विचारमा तिनी के गर्न सक्छिन्‌। यो उपाय अपनाउँदा नतिजा कस्तो हुन्छ।

बाइबलको बुद्धिमानी सल्लाह

“तिमीले आफ्नो बुबा र आमाको आदर गर्नू।”—एफिसी ६:२.

“तिमीहरूको बोली सधैं . . . दयालु होस्‌।”—कलस्सी ४:६.

“चनाखो भई सुन्‍नुपर्छ, बोल्न हतार गर्नुहुँदैन अनि झट्टै रिसाइहाल्नुहुँदैन।”—याकूब १:१९.

दोहोरो सन्देश दिनदेखि होसियार हुनुहोस्‌!

नबिर्सनुहोस्‌, तपाईंले भनेको कुरा र तपाईंको आमाबाबुले बुझ्ने कुरा सधैं मेल खाँदैन।

उदाहरणको लागि:

आमाबाबुले तपाईंको मुड किन ठीक छैन भनेर सोध्नुभयो। तपाईं यसो भन्‍नुहुन्छ, “मलाई यसबारे कुरा गर्न मन छैन।”

तर तपाईंको आमाबाबुले भने यसरी बुझ्नुहुन्छ: “मेरो मनको कुरा तपाईंहरूले बुझ्नुहुन्‍न। बरु म साथीहरूलाई नै भन्छु।”

मानिलिनुहोस्‌, तपाईं एउटा समस्यामा हुनुहुन्छ र तपाईंको आमाबाबु मदत गर्न चाहनुहुन्छ। तर तपाईं यसो भन्‍नुहुन्छ: “चिन्ता नगर्नुहोस्‌। यो समस्या म आफै सुल्झाउन सक्छु।”

  • तपाईंको आमाबाबुले कसरी बुझ्नुहुन्छ?

  • तपाईंले दिनसक्ने राम्रो जवाफ के हुनसक्छ?

योजना बनाऔं!

  • आमाबाबुसित कुरा गर्न मन नलाग्दा मैले के गर्नुपर्छ?

  • आमाबाबुले मलाई कुरा गर्न मन नलाग्ने विषयमा छलफल गर्न कर गर्नुभयो भने मैले के गर्नुपर्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने