प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ypq प्रश्‍न १० पृ. ३०-३१
  • बाइबलले मलाई कसरी मदत गर्न सक्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बाइबलले मलाई कसरी मदत गर्न सक्छ?
  • युवाहरूको १० प्रश्‍नका जवाफहरू
  • मिल्दोजुल्दो सामग्री
  • सही र गलत: यसबारे खडा भएको एउटा प्रश्‍न
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२४
  • बाइबल कस्तो किताब हो?
    बाइबल कस्तो किताब हो?
  • परिवारको लागि थप मदत
    ब्यूँझनुहोस्‌!—२०१८
  • आमाबुबाको लागि थप मदत
    ब्यूँझनुहोस्‌!—२०१९
थप हेर्नुहोस्
युवाहरूको १० प्रश्‍नका जवाफहरू
ypq प्रश्‍न १० पृ. ३०-३१
एउटा जवान केटा बाहिर बसेर बाइबल पढ्‌दै छ

प्रश्‍न १०

बाइबलले मलाई कसरी मदत गर्न सक्छ?

यसबारे किन चासो राख्नुपर्छ?

बाइबल भन्छ: “धर्मशास्त्रमा भएका सबै कुरा परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको हो।” (२ तिमोथी ३:१६) यो कुरा साँचो हो भने बाइबलले तपाईंलाई आवश्‍यक डोऱ्‍याइ दिन सक्छ।

तपाईं के गर्नुहुन्छ?

कल्पना गर्नुहोस्‌: निष्पट्ट अँध्यारोमा दिवश हिंडिरहेको छ। अँध्यारो भएकोले उसले ठाउँ चिन्‍नै सकेन र ऊ हराउँछ। उसले गलत मोड लिएकोले हिंड्‌दा हिंड्‌दै बाटो हराएको हुनुपर्छ।

तपाईं दिवश हुनुभएको भए के गर्नुहुन्थ्यो?

एकछिन सोच्नुहोस्‌!

तपाईंसँग थुप्रै उपाय छन्‌:

  1. १. बाटो पत्ता लगाउन कसैलाई सोध्ने।

  2. २. टर्चलाइट प्रयोग गर्ने।

  3. ३. पत्ता लागिहाल्छ नि भनेर हिंडिरहने।

तेस्रो तरिका सबैभन्दा कम प्रभावकारी हुन्छ।

दोस्रो तरिका पहिलोभन्दा फाइदाजनक छ। किनभने यात्राभरि टर्चलाइटले तपाईंको बाटो उज्यालो बनाइदिन्छ।

बाइबलले पनि तपाईंलाई यसरी नै मदत दिन्छ!

सबैभन्दा लोकप्रिय किताब बाइबलले के-कस्तो मदत दिन सक्छ?

  • जीवनका समस्याहरूको सामना गर्न आवश्‍यक सल्लाह दिन्छ

  • आफू कस्तो व्यक्‍ति हुँ भनेर बुझ्न अनि असल व्यक्‍ति बन्‍न मदत गर्छ

  • उत्तम जीवन कसरी पाउने भनेर देखाउँछ

जीवनका महत्त्वपूर्ण प्रश्‍नहरूको जवाफ पाउनुहोस्‌

बोली फुटेदेखि नै हामी विभिन्‍न प्रश्‍नहरू गर्न थाल्छौं।

  • आकाश किन निलो हुन्छ?

  • ताराहरू किन चम्कन्छन्‌?

तर ठूलो भएपछि आफू वरपर भएका कुराहरूबारे प्रश्‍न गर्न थाल्छौं।

  • खराब कुराहरू किन हुन्छन्‌?

  • मानिसहरू किन मर्छन्‌?

यी सबै प्रश्‍नहरूको जवाफ बाइबलले दिन्छ।

थुप्रैको विचारमा बाइबल दन्त्य कथाहरूले भरिएको, पुरानो जमानाको अथवा बुझ्नै नसकिने किताब हो। के बाइबल साँच्चै यस्तै किताब हो? अथवा यो बाइबलबारे मानिसहरूको सोचाइ मात्र हो? बाइबलबारे उनीहरूलाई गलत जानकारी पो दिइएको हो कि?

उदाहरणको लागि, मानिसहरूको विचारमा यो संसार ईश्‍वरको हातमा छ। तर के यो साँचो हो? यो संसार दिन-प्रतिदिन खस्कँदै गइरहेको छ। जताततै आँसु अनि पीडा, रोग अनि मृत्यु, गरिबी अनि प्रकोप। हामीलाई माया गर्ने ईश्‍वरले के त्यसो गर्लान्‌ र?

के तपाईं यसको जवाफ थाह पाउन चाहनुहुन्छ? यो संसारको शासक को हो भन्‍ने विषयमा बाइबलको जवाफले तपाईंलाई छक्कै पार्नेछ!

यस पुस्तिकामा दिइएको सल्लाह बाइबलमा आधारित छ भनेर तपाईंले याद गरिसक्नुभयो होला। डोऱ्‍याइको लागि भरपर्दो स्रोत बाइबल नै हो भन्‍ने कुरामा यहोवाका साक्षीहरू विश्‍वस्त छन्‌। किनभने बाइबल ‘परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको हो र यो सिकाउन, सुधार्न, सच्याउन उपयोगी छ।’ (२ तिमोथी ३:१६, १७) बाइबल धेरै अघि लेखिएको भए तापनि यसमा पाइने जानकारी आधुनिक समयको लागि उपयोगी छ। तपाईं पनि यस अद्‌भुत किताबलाई जाँचेर हेर्नुहोस्‌।

थप कुराहरू हेर्नुहोस्‌!

बाइबल किन पढ्‌नुपर्छ?

www.jw.org/ne मा बाइबल किन पढ्‌नुपर्छ? भन्‍ने भिडियो हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने