प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lfb lesson ४ p. १६-p. १७ par. २
  • रिसले गलत काम गर्न लगाउन सक्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • रिसले गलत काम गर्न लगाउन सक्छ
  • बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • मिल्दोजुल्दो सामग्री
  • भिन्‍नाभिन्‍नै मनोवृत्ति विकास गर्ने दाजुभाइ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • असल छोरा र खराब छोरा
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • यहोवालाई ग्रहणयोग्य बलिदान चढाउने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
थप हेर्नुहोस्
बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
lfb lesson ४ p. १६-p. १७ par. २
हाबिलले यहोवालाई भेटी चढाउँदा कयिन रिसाउँछन्‌

पाठ ४

रिसले गलत काम गर्न लगाउन सक्छ

अदनको बगैँचाबाट निकालिएपछि आदम र हव्वाका धेरै छोराछोरी भए। तिनीहरूको जेठो छोरा कयिन किसान भए र माइलो छोरा हाबिल गोठालो भए।

एकदिन कयिन र हाबिलले यहोवा परमेश्‍वरलाई भेटी चढाए। भेटी भनेको के हो, तिमीलाई थाह छ? भेटी भनेको परमेश्‍वरलाई दिइने उपहार हो। उहाँ हाबिलको भेटीसित खुसी हुनुभयो तर कयिनको भेटीसित भने खुसी हुनुभएन। त्यसैले कयिन रिसले चूर भए। रिसले तिनलाई गलत काम गर्न लगाउन सक्छ भनेर यहोवा परमेश्‍वरले कयिनलाई सम्झाउनुभयो। तर कयिनले सुनेनन्‌।

बरु कयिनले हाबिललाई यसो भने: “आऊ हामी खेततिर जाऔँ!” खेतमा पुगेपछि कयिनले हाबिललाई आक्रमण गरेर मारे। त्यसपछि यहोवाले के गर्नुभयो? यहोवाले कयिनलाई परिवारबाट टाढा पठाएर सजाय दिनुभयो। तिनी कहिल्यै आफ्नो परिवार भएको ठाउँमा फर्केर आउन पाउने थिएनन्‌।

कयिन खेतमा हाबिल भएतिर जाँदै छन्‌

यस घटनाबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? आफूले सोचेजस्तो नहुँदा हामीलाई रिस उठ्‌न सक्छ। हामीले कहिलेकाहीँ भित्रभित्रै आफूलाई रिस उठेको चाल पाउन सक्छौँ अथवा अरूले हामी रिसाएको देखेर सम्झाउन सक्छन्‌। त्यस्तो बेला रिस हटाउन हामीले तुरुन्तै कदम चाल्नुपर्छ।

हाबिल यहोवालाई प्रेम गर्थे। तिनले यहोवाको नजरमा जे सही थियो, त्यही गरे। त्यसैले यहोवाले तिनलाई कहिल्यै बिर्सनुहुनेछैन। पृथ्वीलाई प्रमोदवन बनाउनुभएपछि यहोवाले हाबिललाई फेरि जीवित पार्नुहुनेछ।

“पहिले आफ्नो भाइसित मिलाप गर अनि फर्केर आएपछि आफ्नो भेटी चढाऊ।”—मत्ति ५:२४

प्रश्‍नहरू: आदम र हव्वाको पहिलो दुई छोराको नाम के थियो? कयिनले किन आफ्नो भाइलाई मारे?

उत्पत्ति ४:१-१२; हिब्रू ११:४; १ युहन्‍ना ३:११, १२

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने