प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lfb पाठ ७१ पृ. १६८-पृ. १६९ अनु. १
  • यहोवा परमेश्‍वरले येसुको रक्षा गर्नुभयो

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवा परमेश्‍वरले येसुको रक्षा गर्नुभयो
  • बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • मिल्दोजुल्दो सामग्री
  • ताराले डोऱ्‍याएका मान्छेहरू
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • क्रूर शासकबाट बचाइयो
    सबैभन्दा महान्‌ पुरुष
  • तिनीहरू दुष्ट शासकबाट भाग्छन्‌
    येसु—बाटो, सत्य र जीवन
  • येशू र ज्योतिषीहरू
    सबैभन्दा महान्‌ पुरुष
थप हेर्नुहोस्
बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
lfb पाठ ७१ पृ. १६८-पृ. १६९ अनु. १
गधामाथि चढेका मरियम र बालक येसुलाई युसुफ डोऱ्‍याउँदै छन्‌

पाठ ७१

यहोवा परमेश्‍वरले येसुको रक्षा गर्नुभयो

इस्राएलको पूर्वतिर बस्ने मानिसहरू ताराले तिनीहरूलाई डोऱ्‍याउन सक्छ भनेर विश्‍वास गर्थे। एक रात पूर्वतिरका केही मानिसले आकाशमा ताराजस्तो चम्किलो केही कुरा अघि बढिरहेको देखे। ती मानिसहरूले त्यसलाई पछ्याए। त्यो “तारा”-ले तिनीहरूलाई यरुसलेमतर्फ डोऱ्‍यायो। तिनीहरूले मानिसहरूलाई यसो भनेर सोध्न थाले: ‘यहुदीहरूका राजा हुनुहुने बालक कहाँ हुनुहुन्छ? हामी उहाँको दर्शन गर्न आएका हौँ।’

नयाँ राजाबारे सुनेपछि यरुसलेमका राजा हेरोद निकै चिन्तित भए। तिनले मुख्य पुजारीहरूलाई सोधे: ‘नयाँ राजा कहाँ जन्मनुपर्ने हो?’ तिनीहरूले राजालाई भने: ‘भविष्यवक्‍ताहरूले भनेअनुसार उहाँ बेतलेहेममा जन्मनुहुनेछ।’ त्यसैले हेरोदले पूर्वतिरका ती मानिसहरूलाई बोलाएर भने: ‘बेतलेहेम जाओ र त्यस सानो बालकलाई खोज। उहाँलाई भेट्टाएपछि फर्केर मलाई खबर गर। म पनि उहाँको दर्शन गर्न चाहन्छु।’ तर हेरोद झूट बोलिरहेका थिए।

त्यो “तारा” फेरि अघि बढ्‌न थाल्यो। ती मानिसहरूले त्यसलाई बेतलेहेमसम्मै पछ्याए। त्यो “तारा” एउटा घरमाथि पुगेपछि अडियो र तिनीहरू त्यस घरभित्र पसे। तिनीहरूले येसुलाई उहाँकी आमा मरियमसँग भेट्टाए। तिनीहरूले घोप्टो परेर उहाँलाई दण्डवत्‌ गरे। साथै तिनीहरूले सुन, सेतो धूप र मर्र उहाँलाई उपहारस्वरूप दिए। येसुलाई खोज्न के यहोवाले साँच्चै ती मानिसहरूलाई पठाउनुभएको थियो? अहँ, थिएन।

त्यो रात यहोवाले युसुफलाई सपनामा भन्‍नुभयो: ‘हेरोद येसुलाई मार्न चाहन्छ। आफ्नी पत्नी र छोरालाई लिएर मिश्र भाग। मैले फर्कन सुरक्षित छ नभनेसम्म त्यहीँ बस।’ युसुफ र तिनको परिवार तुरुन्तै मिश्र गए।

यहोवाले पूर्वतिरका मानिसहरूलाई हेरोदकहाँ नफर्कनू भन्‍नुभएको थियो। तिनीहरू फर्कँदैनन्‌ भनेर थाह पाएपछि हेरोद रिसले आगो भए। येसुलाई भेट्टाउन नसकेपछि हेरोदले बेतलेहेममा येसुको उमेरका सबै बालकलाई मार्ने आदेश दिए। तर येसु निकै टाढा मिश्रमा सुरक्षित हुनुहुन्थ्यो।

पछि हेरोदको मृत्यु भयो। यहोवाले युसुफलाई भन्‍नुभयो: ‘अब कुनै खतरा छैन, तिमीहरू फर्कन सक्छौ।’ मरियम र येसुलाई लिएर युसुफ इस्राएल फर्के र नासरतमा बस्न थाले।

“मेरो मुखबाट निस्कने वचन . . . जुन कामको लागि म त्यसलाई पठाउँछु, त्यसमा त्यो सफल हुन्छ।”—यसैया ५५:११

प्रश्‍नहरू: येसु किन खतरामा हुनुहुन्थ्यो? यहोवा परमेश्‍वरले कसरी येसुको रक्षा गर्नुभयो?

मत्ति २:१-२३; मिका ५:२

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने