प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lfb lesson ७२ p. १७०-p. १७१ par. २
  • येसु बाह्र वर्षको हुनुहुँदा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येसु बाह्र वर्षको हुनुहुँदा
  • बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • मिल्दोजुल्दो सामग्री
  • उनले ईश्‍वरीय निर्देशन स्वीकारे
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • असल पति, असल बुबा, असल सेवक
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
  • नासरतमा हुर्कनुहुन्छ
    येसु—बाटो, सत्य र जीवन
  • येशूको प्रारम्भिक पारिवारिक जीवन
    सबैभन्दा महान्‌ पुरुष
थप हेर्नुहोस्
बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
lfb lesson ७२ p. १७०-p. १७१ par. २
बाह्र वर्षीय येसु मन्दिरमा शिक्षकहरूको बीचमा बसिरहनुभएको छ

पाठ ७२

येसु बाह्र वर्षको हुनुहुँदा

युसुफ र मरियम येसुलगायत अरू छोराछोरीसँग नासरतमा बस्थे। युसुफ परिवार पाल्न सिकर्मी काम गर्थे। तिनले परिवारलाई यहोवा र उहाँको व्यवस्थाबारे सिकाए। युसुफको परिवार उपासना गर्न नियमित सभाघर जान्थे अनि हरेक वर्ष निस्तार चाड मनाउन यरुसलेम जान्थे।

येसु १२ वर्षको हुनुहुँदा हरेक वर्षजस्तै आफ्नो परिवारसँगै लामो यात्रा गरेर यरुसलेम जानुभयो। त्यहाँ निस्तार चाड मनाउन आएका मानिसहरूको भीड थियो। चाडपछि युसुफ र मरियमले घर फर्कन यात्रा सुरु गरे अनि तिनीहरूले येसु घर फर्किरहेका अरू यात्रीसँगै हुनुहुन्छ भन्ठाने। तर तिनीहरूले उहाँलाई नातागोतामाझ भेट्टाएनन्‌।

तिनीहरू यरुसलेम फर्के र तीन दिनसम्म आफ्नो छोरालाई खोजे। अन्तमा तिनीहरू मन्दिर गए। येसु त्यहाँ शिक्षकहरूको बीचमा बसिरहनुभएको थियो। उहाँ ध्यान दिएर सुन्दै र प्रश्‍नहरू सोध्दै हुनुहुन्थ्यो। शिक्षकहरू उहाँसँग यत्ति प्रभावित भए कि उनीहरूले उहाँलाई नै प्रश्‍नहरू सोध्न थाले। उनीहरू उहाँको जवाफ सुनेर छक्क परे। उहाँले परमेश्‍वरको व्यवस्था राम्ररी बुझ्नुभएको कुरा उनीहरूले थाह पाए।

युसुफ र मरियम एकदमै चिन्तित भएका थिए। त्यसैले मरियमले भनिन्‌: ‘बाबु, तिमीलाई हामीले कत्ति खोजिसक्यौँ! तिमी कहाँ थियौ?’ येसुले भन्‍नुभयो: “म आफ्नो बुबाको घरमा हुनुपर्छ भनेर के तपाईँहरूलाई थाह थिएन?”

येसु आफ्ना आमाबुबासितै नासरत फर्कनुभयो। युसुफले येसुलाई सिकर्मीको काम सिकाए। तिम्रो विचारमा येसु बालक छँदा कस्तो हुनुहुन्थ्यो? हुर्कँदै जाँदा येसु बुद्धिमान्‌ हुँदै जानुभयो अनि उहाँले परमेश्‍वर र मानिसहरूको अनुग्रह पाउनुभयो।

युसुफ र मरियम येसुलगायत अरू केही छोराछोरीसँगै बसेर कुरा गर्दै छन्‌

“हे मेरा परमेश्‍वर, म तपाईँको इच्छा पूरा गर्न पाउँदा रमाउँछु अनि तपाईँको व्यवस्था मेरो हृदयको गहिराइमा छ।”—भजन ४०:८

प्रश्‍नहरू: युसुफ र मरियमले येसुलाई कहाँ भेट्टाए? उहाँ किन त्यहाँ हुनुहुन्थ्यो?

मत्ति १३:५५, ५६; मर्कुस ६:३; लुका २:४०-५२; ४:१६; व्यवस्था १६:१५, १६

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने