प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lfb lesson ७३ p. १७२-p. १७३ par. २
  • युहन्‍ना बाटो तयार पार्छन्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • युहन्‍ना बाटो तयार पार्छन्‌
  • बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • मिल्दोजुल्दो सामग्री
  • तिनी मसीहका पूर्वगामी थिए
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • बप्तिस्मा गराउने युहन्‍ना बाटो तयार पार्छन्‌
    येसु—बाटो, सत्य र जीवन
  • येसु मसीह बन्‍नुहुन्छ
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • यूहन्‍नाले बाटो तयार पार्छन्‌
    सबैभन्दा महान्‌ पुरुष
थप हेर्नुहोस्
बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
lfb lesson ७३ p. १७२-p. १७३ par. २
बप्तिस्मा गराउने युहन्‍ना यर्दन नदीको किनारामा मानिसहरूलाई सिकाउँदै छन्‌

पाठ ७३

युहन्‍ना बाटो तयार पार्छन्‌

जकरिया र इलिसिबाको छोरा युहन्‍ना हुर्केपछि भविष्यवक्‍ता भए। मसीह आउँदै हुनुहुन्छ भनेर मानिसहरूलाई सिकाउन यहोवा परमेश्‍वरले युहन्‍नालाई चलाउनुभयो। तर युहन्‍नाले सभाघर वा सहरमा गएर सिकाउनुको सट्टा निर्जनभूमिमा गएर प्रचार गरे। तिनको कुरा सुन्‍न मानिसहरू यरुसलेम र सारा यहुदियाबाट आउँथे। परमेश्‍वरलाई खुसी बनाउन खराब कामहरू गर्न छोड्‌नुपर्छ भनेर तिनले मानिसहरूलाई सिकाए। तिनको कुरा सुनेपछि धेरै जनाले आफ्नो पापको पश्‍चात्ताप गरे र तिनले तिनीहरूलाई यर्दन नदीमा बप्तिस्मा गराए।

युहन्‍ना सरल जीवन बिताउँथे। तिनी उँटको रौँबाट बनेको लुगा लगाउँथे अनि सलह र वन-मह खान्थे। मानिसहरू युहन्‍नाबारे जान्‍न उत्सुक थिए। घमन्डी फरिसी र सदुकीहरूसमेत तिनलाई हेर्न आउँथे। तिनले तिनीहरूलाई भने: ‘तिमीहरू परिवर्तन हुनुपर्छ र पश्‍चात्ताप गर्नुपर्छ। अब्राहामको सन्तान हौँ भनेर आफैलाई अरूभन्दा ठूलो नठान। तिमीहरू अब्राहामको सन्तान हौ भन्दैमा परमेश्‍वरका सन्तान हुँदैनौ।’

धेरै जनाले युहन्‍नाकहाँ आएर सोधे: ‘त्यसोभए परमेश्‍वरलाई खुसी बनाउन हामी के गरौँ त?’ तिनले यहुदीहरूलाई जवाफ दिए: “दुई वटा लुगा हुनेले केही पनि नहुनेलाई एउटा देओस्‌।” तिनले किन त्यसो भने, के तिमीलाई थाह छ? परमेश्‍वरलाई खुसी बनाउने हो भने मानिसहरूलाई माया गर्नुपर्छ भनेर आफ्ना चेलाहरूले बुझेको तिनी चाहन्थे।

युहन्‍नाले कर उठाउनेहरूलाई भने: ‘इमानदार भएर काम गर अनि कसैलाई लुट्‌ने काम नगर।’ तिनले सैन्य सेवामा लागेकाहरूलाई भने: ‘कसैबाट घूस नलेओ अनि झूट पनि नबोल।’

पुजारीहरू र लेवीहरूले पनि युहन्‍नाकहाँ आएर सोधे: ‘तिमी को हौ? सबै जना जान्‍न चाहन्छन्‌।’ तब युहन्‍नाले जवाफ दिए: ‘यसैयाले भनेझैँ मानिसहरूलाई यहोवा परमेश्‍वरकहाँ पुऱ्‍याउन उजाड ठाउँमा कराउने मानिस मै हुँ।’

युहन्‍नाले सिकाइरहेको कुरा मानिसहरूलाई मन पर्थ्यो। युहन्‍ना नै मसीह हुन्‌ कि भनेर धेरै जना अलमलमा परेका थिए। तर तिनले तिनीहरूलाई भने: ‘मपछि आउनुहुने मभन्दा महान्‌ हुनुहुन्छ। उहाँको जुत्ता खोल्न समेत म लायकको छैनँ। म पानीले बप्तिस्मा गराउँछु तर उहाँले पवित्र शक्‍तिले बप्तिस्मा गराउनुहुनेछ।’

“ती मानिस ज्योतिको गवाही दिन साक्षीको रूपमा आए ताकि तिनीद्वारा हरकिसिमका मानिसले विश्‍वास गर्न सकून्‌।”—युहन्‍ना १:७

प्रश्‍नहरू: यहोवा परमेश्‍वरले युहन्‍नालाई मानिसहरूकहाँ किन पठाउनुभयो? तिनको सन्देश सुनेपछि मानिसहरूले के गरे?

मत्ति ३:१-११; मर्कुस १:१-८; लुका ३:१-१८; युहन्‍ना १:१९-२८; यसैया ४०:३

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने