प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lfb lesson ७४ p. १७६-p. १७७ par. ४
  • येसु मसीह बन्‍नुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येसु मसीह बन्‍नुहुन्छ
  • बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • मिल्दोजुल्दो सामग्री
  • यूहन्‍ना येशूलाई बप्तिस्मा दिन्छ
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • येसु बप्तिस्मा गर्नुहुन्छ
    येसु—बाटो, सत्य र जीवन
  • तिनी मसीहका पूर्वगामी थिए
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • युहन्‍ना बाटो तयार पार्छन्‌
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
थप हेर्नुहोस्
बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
lfb lesson ७४ p. १७६-p. १७७ par. ४
युहन्‍नाले येसुलाई बप्तिस्मा गराएपछि परमेश्‍वरको पवित्र शक्‍ति ढुकुरको रूपमा येसुमाथि ओर्लँदै छ

पाठ ७४

येसु मसीह बन्‍नुहुन्छ

युहन्‍नाले यसो भनेर प्रचार गरिरहेका थिए: ‘मभन्दा अझै ठूलो कोही आउँदै हुनुहुन्छ।’ येसु लगभग ३० वर्षको हुनुहुँदा उहाँ गालिलबाट यर्दन नदीमा आउनुभयो, जहाँ युहन्‍नाले मानिसहरूलाई बप्तिस्मा गराउँथे। येसु युहन्‍नाले आफूलाई बप्तिस्मा गराएको चाहनुहुन्थ्यो तर तिनले भने: ‘मैले तपाईँलाई होइन, तपाईँले चाहिँ मलाई बप्तिस्मा गराउनुपर्ने हो।’ तब येसुले तिनलाई भन्‍नुभयो: ‘यहोवा परमेश्‍वर तिमीले मलाई बप्तिस्मा गराएको चाहनुहुन्छ।’ त्यसैले उहाँहरू यर्दन नदीमा जानुभयो र युहन्‍नाले येसुलाई पानीमा चुर्लुम्मै डुबाए।

उहाँले पानीबाट निस्कनेबित्तिकै प्रार्थना गर्नुभयो। त्यसैबेला आकाश उघ्रियो र परमेश्‍वरको पवित्र शक्‍ति ढुकुरको रूपमा उहाँमाथि ओर्लियो। अनि आकाशबाट यहोवा परमेश्‍वरको यस्तो आवाज आयो: “तिमी मेरो प्यारो छोरा हौ। मैले तिमीलाई स्विकारेको छु।”

परमेश्‍वरको पवित्र शक्‍ति येसुमाथि आएपछि उहाँ ख्रिष्ट अर्थात्‌ मसीह बन्‍नुभयो। यहोवा परमेश्‍वरले उहाँलाई जुन कामको लागि पठाउनुभएको थियो, अब उहाँले त्यो काम सुरु गर्नुहुने थियो।

येसु बप्तिस्मा गर्नुभएलगत्तै निर्जनभूमिमा जानुभयो र त्यहाँ ४० दिन बिताउनुभयो। त्यहाँबाट फर्किएपछि उहाँ युहन्‍नालाई भेट्‌न जानुभयो। तिनले येसु आफूतिर आइरहनुभएको देखेपछि भने: ‘उहाँ परमेश्‍वरको पाठो हुनुहुन्छ, जसले संसारको पाप हटाउनुहुनेछ।’ यसरी युहन्‍नाले येसु नै मसीह हुनुहुन्छ भनेर मानिसहरूलाई बताए। येसु निर्जनभूमिमा हुनुहुँदा के भएको थियो, तिमीलाई थाह छ? अब थाह पाऔँ है त।

“आकाशबाट यस्तो आवाज आयो: ‘तिमी मेरो प्यारो छोरा हौ। मैले तिमीलाई स्विकारेको छु।’”—मर्कुस १:११

प्रश्‍नहरू: येसुले किन बप्तिस्मा गर्नुभयो? युहन्‍नाले येसुलाई किन परमेश्‍वरको पाठो भने?

मत्ति ३:१३-१७; मर्कुस १:९-११; लुका ३:२१-२३; युहन्‍ना १:२९-३४; यसैया ४२:१; हिब्रू १०:७-९

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने