प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lfb lesson ९८ p. २२८-p. २२९ par. ५
  • ख्रिष्टियन धर्म थुप्रै ठाउँमा फैलिन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ख्रिष्टियन धर्म थुप्रै ठाउँमा फैलिन्छ
  • बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • मिल्दोजुल्दो सामग्री
  • मसीही मिसनरी कार्यको एउटा प्रेरित नमुना
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • यहोवाका मानिसहरू विश्‍वासमा दह्रो बनाइन्छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • “चेलाहरू रमाहट र पवित्र शक्‍तिले भरिपूर्ण भइरहे”
    परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
  • ‘यहोवाबाट अख्तियार पाएको हुनाले साहसी भई बोले’
    परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
थप हेर्नुहोस्
बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
lfb lesson ९८ p. २२८-p. २२९ par. ५
प्रेषित पावल र बर्णाबास साइप्रसका राज्यपाल सर्गियस पौलसलाई प्रचार गर्छन्‌

पाठ ९८

ख्रिष्टियन धर्म थुप्रै ठाउँमा फैलिन्छ

पूरै पृथ्वीमा सुसमाचार फैलाउनू भनेर येसुले दिनुभएको आज्ञा प्रेषितहरूले पालन गरे। इस्वी संवत्‌ ४७ मा एन्टिओकका भाइहरूले पावल र बर्णाबासलाई प्रचार-यात्रामा पठाए। यी दुई जोसिला प्रचारकले डर्बि, लिस्त्रा र आइकोनियमलगायत पूरै एसिया माइनरमा प्रचार गरे।

पावल र बर्णाबासले धनी, गरिब, जवान र वृद्ध सबैलाई प्रचार गरे। थुप्रैले ख्रिष्टको विषयमा सत्य कुरा स्विकारे। पावल र बर्णाबासले साइप्रसका राज्यपाल सर्गियस पौलसलाई प्रचार गर्दा एक जना तान्त्रिकले तिनीहरूलाई रोक्न खोजे। पावलले ती तान्त्रिकलाई भने: ‘यहोवा परमेश्‍वर तँविरुद्ध उठ्‌नुभएको छ।’ उत्तिखेरै ती तान्त्रिक अन्धो भए। यो देखेर राज्यपाल पौलसले ख्रिष्टमा विश्‍वास गर्न थाले।

पावल र बर्णाबासले घरघरमा, बजारमा, बाटोमा र सभाघरमा सबैतिर प्रचार गरे। तिनीहरूले लिस्त्रामा एक जना लङ्‌गडोलाई निको पारे। त्यो चमत्कार हेरिरहेकाहरूले तिनीहरूलाई देवता भन्ठाने र तिनीहरूलाई पुज्न खोजे। तर पावल र बर्णाबासले ती मानिसहरूलाई यसो भनेर रोके: ‘परमेश्‍वरको मात्र उपासना गर्नुहोस्‌। हामी तपाईँहरूजस्तै मानिसहरू हौँ।’ त्यतिबेला केही यहुदी त्यहाँ आए र भीडलाई पावलविरुद्ध उक्साए। अनि भीडले तिनलाई ढुङ्‌गाले हाने र तिनी मरे होलान्‌ भन्ठानेर सहरबाहिर घिसार्दै लगे। तर पावल मरेका थिएनन्‌! भाइहरू तुरुन्तै तिनलाई बचाउन आए र फेरि सहरभित्र लगे। पछि पावल एन्टिओक फर्के।

इस्वी संवत्‌ ४९ मा पावल दोस्रो यात्रामा निस्के। पावल एसिया माइनरका भाइहरूलाई भेट्‌न फेरि त्यहाँ फर्के। त्यसपछि तिनी सुसमाचार सुनाउन युरोपसम्म गए। तिनी एथेन्स, एफिसस, फिलिप्पि, थिस्सलोनिका अनि अरू ठाउँहरू पनि गए। यस यात्रामा पावलसँगै सिलास, लुका अनि तिमोथि नाम गरेका जवान भाइ पनि गए। मण्डलीहरू स्थापना गर्न र त्यहाँका भाइबहिनीलाई बलियो बनाउन तिनीहरूले सँगै मिलेर काम गरे। पावल कोरिन्थमा साढे एक वर्ष बसे र भाइहरूलाई सुदृढ बनाए। तिनले त्यहाँ प्रचार गरे, सिकाए अनि थुप्रै मण्डलीलाई पत्रहरू लेखे। तिनले पाल सिलाउने काम पनि गरे। केही समयपछि पावल एन्टिओक फर्के।

प्रेषित पावल बजारमा प्रचार गर्छन्‌

पछि इस्वी संवत्‌ ५२ मा पावल तेस्रो यात्रामा निस्के। तिनले एसिया माइनरबाट आफ्नो यात्रा सुरु गरे। तिनी उत्तरमा फिलिप्पिसम्म र पछि दक्षिणमा कोरिन्थसम्म गए। पावल केही वर्ष एफिससमा बसे। तिनले त्यहाँ मानिसहरूलाई सिकाए, बिरामीहरूलाई निको पारे अनि मण्डलीलाई मदत गरे। तिनी हरेक दिन पाठशालाको ठूलो हलमा भाषण दिन्थे। थुप्रैले तिनको कुरा सुने र आफ्नो जीवनमा परिवर्तन गरे। यसरी थुप्रै ठाउँमा सुसमाचार प्रचार गरेपछि पावल यरुसलेम गए।

“त्यसैले जाओ र सबै जातिका मानिसहरूलाई चेला बनाओ।”—मत्ति २८:१९

प्रश्‍नहरू: बाइबलमा (नयाँ संसार अनुवाद, अतिरिक्‍त लेख ख१३) भएको नक्सा हेरेर पावल प्रचार-यात्रामा कहाँ-कहाँ गए, के तिमी बताउन सक्छौ?

प्रेषित १३:१–२३:३५

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने