भाग ४ को परिचय
यस भागमा युसुफ, अय्युब, मोसा र इस्राएलीहरूबारे बताइएको छ। सैतानले तिनीहरूलाई दुःख दियो। कसैले अन्याय भोग्नुपऱ्यो, कसैले कैदी त कसैले दास भएर जीवन बिताउनुपऱ्यो र कसैले मृत्युसमेत भोग्नुपऱ्यो। तर यहोवाले तिनीहरूलाई विभिन्न तरिकामा जोगाउनुभयो। तपाईँ आमाबुबा हुनुहुन्छ भने छोराछोरीलाई यहोवाका ती सेवकहरूले दुःख भोगे पनि तिनीहरू कसरी विश्वासी रहे, बुझाउनुहोस्।
यहोवाले उहाँ सबै मिश्री देवीदेवताभन्दा शक्तिशाली हुनुहुन्छ भनेर प्रमाणित गर्न १० विपत्ति ल्याउनुभयो। यहोवाले विगतमा आफ्ना सेवकहरूलाई कसरी जोगाउनुभयो अनि अहिले कसरी जोगाउनुहुन्छ, जोड दिनुहोस्।