भाग ५ को परिचय
लाल समुद्र पार गरेको दुई महिनापछि इस्राएलीहरू सिनै डाँडामा पुगे। त्यहाँ यहोवा परमेश्वरले इस्राएलीहरूसित एउटा करार गर्नुभयो र तिनीहरू उहाँको विशेष जाति बने। उहाँले तिनीहरूको सुरक्षा गर्नुभयो र चाहिने कुरा सबै दिनुभयो। जस्तै: खानको लागि मन्न, लगाउनको लागि लुगा जुन कहिल्यै फाटेन र बस्नको लागि सुरक्षित ठाउँ। तपाईँ आमाबुबा हुनुहुन्छ भने तपाईँको छोराछोरीलाई यहोवा परमेश्वरले इस्राएलीहरूलाई किन व्यवस्था, वासस्थान र पुजारीहरू दिनुभयो भनेर बुझाउनुहोस्। आफ्नो वचन पूरा गर्नु, नम्र हुनु र यहोवाप्रति सधैँ वफादार रहनुको महत्त्व बताउनुहोस्।