भाग ६ को परिचय
इस्राएलीहरू प्रतिज्ञा गरिएको देशमा पुगेपछि वासस्थान साँचो उपासनाको केन्द्र भयो। पुजारीहरूले व्यवस्था सिकाए र न्यायकर्ताहरूले इस्राएललाई डोऱ्याए। यस भागमा कुनै मानिसको निर्णय र कामले अरूमा पार्ने गहिरो असरबारे बताइएको छ। सबै इस्राएली यहोवा र अरू इस्राएलीप्रति वफादार हुनुपर्थ्यो। दबोरा, नाओमी, यहोसु, हन्ना, यिप्तहकी छोरी र समुएलले सारा समुदायमाथि पारेको प्रभावबारे बताउनुहोस्। परमेश्वर इस्राएलीहरूको साथमा हुनुहुन्छ भनेर थाह भएकोले राहाब, रुथ, याएल र गिबोनीहरूजस्ता गैर-इस्राएलीहरूले समेत इस्राएलीहरूको पक्ष लिएको कुरामा जोड दिनुहोस्।