प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • th study १ p. ४
  • प्रभावकारी परिचय

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रभावकारी परिचय
  • पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌
  • मिल्दोजुल्दो सामग्री
  • चासो जगाउने परिचय
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • व्यावहारिकता प्रस्ट पार्ने
    पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌
पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌
th study १ p. ४

बुँदा १

प्रभावकारी परिचय

उल्लिखित शास्त्रपद

प्रेषित १७:२२

सारांश: तपाईँले दिने परिचयले श्रोताको चासो जगाउनुपर्छ, प्रस्तुत गर्ने विषयलाई प्रस्ट पार्नुपर्छ अनि विषयको महत्त्व बुझाउनुपर्छ।

कसरी गर्न सकिन्छ?

  • चासो जगाउनुहोस्‌। श्रोतालाई चासो लाग्ने कुनै प्रश्‍न, भनाइ, वास्तविक अनुभव वा समाचार रोज्नुहोस्‌।

    व्यावहारिक सुझाव

    श्रोताको चासो र चिन्ताको विषयबारे पहिल्यै राम्ररी विचार गर्नुहोस्‌ अनि त्यसैअनुसार परिचय तयार पार्नुहोस्‌।

  • विषयलाई प्रस्ट पार्नुहोस्‌। तपाईँले कुन विषयमा कुरा गर्न लाग्नुभएको हो र त्यसको उद्देश्‍य के हो भन्‍ने कुरा परिचयबाट श्रोताहरूले बुझ्नुपर्छ।

  • विषयको महत्त्व बुझाउनुहोस्‌। श्रोतालाई व्यावहारिक लाग्ने तरिकामा परिचय प्रस्तुत गर्नुहोस्‌। प्रस्तुत गरिने विषयबाट कस्तो लाभ उठाउन सकिन्छ भनेर श्रोताहरूले स्पष्टसित बुझ्नु आवश्‍यक छ।

    व्यावहारिक सुझाव

    भाषण तयार गर्दा आफैलाई सोध्नुहोस्‌, ‘मेरो मण्डलीका भाइबहिनीहरूले कस्ता परिस्थितिहरूको सामना गरिरहेका छन्‌?’ अनि त्यसैअनुसार परिचय तयार पार्नुहोस्‌।

प्रचारकार्यमा

घरधनीलाई चासो लाग्ने विषय पत्ता लगाउन तिनी के गर्दै छन्‌, हेर्नुहोस्‌ र वरिपरि अवलोकन गर्नुहोस्‌। अनि त्यसबारे कुनै प्रश्‍न सोधेर वा केही भनेर कुराकानी सुरु गर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने