नया विचारधाराहरू प्रति के तपाँईको मन खुला छ?
कुनै-कुनै मानिसहरू सबै नया विचारहरू प्रति आफ्नो मन बन्द गर्छन्। ती विचारहरू, आफ्नो दृष्टिकोण भन्दा बेग्लै हुन् भनेर अस्वीकार गरेका होलान्। उदाहरणका लागि, डेनमार्कका एक जना महिलाले यमेट नामको साप्ताहिक पत्रिकालाई एसो भनेर लेखिन्: “यहोवाका साक्षीहरू हाम्रा ढोकामा घरिघरि आई रहन्छन्। तिनीहरू मलाई दिक्क पार्दछन्। तर तिनीहरूलाई के गरेर धपाउने? के तिनीहरूको यो वाक्क पार्ने काम कानूनन् बन्द गर्न सकिन्दैन र?”।
पश्चिमले तिनीहरूको ढोका घचघच्याउदा, उन्नाईसौ शताब्दीका जापानीहरूलाई पनि “वाक्क र दिक्क” नै लागेको थियो। तिनीहरू मध्य धेरैको नजरमा, बाहिरको मानिस सँग सम्बन्धित सबै कुरा नै व्यर्थका अथवा हानिकारक थियो। एउटा पूर्वीय उखान अनुसार: “सन्देहले अन्धकारमा राक्षसहरूको सृजना गर्छ।” धेरै जापानीहरूको मनोविचार तिनीहरूले कोरेको, कप्तान पेरीको नक्साहरू बाट बुझ्न सकिन्छ। लगभग ५० नक्साहरू आज सम्म छन् र ती मध्य २ वा ३ मा मात्र कप्तान पेरीलाई एउटा अमेरिकी जहाजको अफसर जस्तो चित्रित गरिएको छ। बाँकी जम्मैमा उहाँलाई एक जना लामो नाक भएको भूत अथवा एउटा पहेंलो अनुहार भएको राक्षस जस्तो चित्रित गरिएको पाईन्छ, यहाँ फोटोमा देखाएको झैं।
तर आफ्नो देश खुला भए पछि, विदेसीहरू असभ्य जङ्गलीहरू होइन रहेछन् भनेर, खुला मन भएका धेरै जापानीहरूले थाहा पाए। अमेरिकामा जाने प्रथम जापानी प्रतिनिधिहरूले नजीक बाट पाश्चात्य सभ्यता देख्दा आँखा बाट पर्दा हटेको जस्तै भयो। जापानी दृष्टिकोण बाट अमेरिकीहरू कति अशिष्ट रहेछन् भन्दै उच्चपदाधिकारीले बराबर शिकायत गरिनै रहे। तर नयाँ पुस्ताले चाँहि यो नया संस्कृतिलाई एउटा अझ सन्तुलित विचारले हेरे।
एकजना उच्च पदाधिकारीको एउटा १९ वर्षे कर्मचारीले पछि एसो भनेर लेखे: “यो शिष्टमण्डलका ७० जापानीहरू मध्य धेरै जसोले अमेरिकीहरूलाई घृणा गर्दथिए। तर वास्तविकता देखे पछि, हामी मध्यका केही व्यक्तिहरूले आफ्नो भूल स्वीकार गर्यौं र त्यस प्रकारका भावनाहरूलाई मनमा ठाउँ दिएकोमा दुख: मान्यौं। विदेसीहरूलाई कुक्कुर र घोंड़ा जस्तै नीच ठानेर तिनीहरूको अपमान गर्दा, तिनीहरूको नजरमा हामी आफैले पनि आफूलाई निदर्यी र कठोर साबित गर्दछौं।” यो जवान कर्मचारीको जस्तै निष्पक्ष विचार राखेर नया ढँगका सोंचाइहरूलाई हेर्न के तपाईंको मन खुला छ?
बेरियाका मानिसहरूको उदाहरण
प्रथम शताब्दिमा धेरै यहूदीहरूले इसाई शिक्षाहरू न सुनी न बुझीकनै अस्वीकार गर्दथिए। यो कुनै कुनै कुरामा, बाहिरको संसार बाट अलग्गिएर बस्न चाहने जापानी हठबाद जस्तै थियो। प्राचीन रोममा यहूदीहरूले एसो भने: “जताततै मानिसहरू यस पन्थको (इसाई धर्म) विरूद्ध मात्रै बोल्दछन्।” (प्रेरित २८:२२) थिस्सलोनिकाको शहरका केही मसीहीहरूबारे कट्टर यहूदीहरू एसो भन्दै चिच्याए: “संसारलाई उलट-पुलट पार्नेहरू यता पनि आएछन्।”—प्रेरित १७:६.
तर आफ्नो पक्षपातपूर्ण विचारमा सीमित न भएर अझ टाढा सम्म दृष्टिगर्न तैयार हुने मानिसहरू पनि थिये। उदाहरणकालागि, प्रेरित पावल र उहाँको सङ्गी सिलासले प्रचार गरेका सुसमाचार प्रति बेरियाका बासिन्दाहरूले के कस्तो प्रतिकृया प्रकट गरे? यी बेरियाका बासिन्दाहरू बारे बाइबलका एक जना लेखकले एसो भन्नु भयो: “यिनीहरू थिस्सलोनिकीहरू भन्दा उत्तम थिए। किनभने यिनीहरूले हृदयमा ज्यादै तैयारी भएर धर्मशास्त्र ग्रहण गरे, र ती कुराहरू ठीक हुन् कि होइनन् भनेर दिनहुँ धर्मशास्त्रमा खोजी गर्थे।” (प्रेरित १७:११) के तपाईं बेरियाका बासिन्दाहरू जस्तै “उत्तम हृदयका” हुनुहुन्छ?
कृपया, मासाजी नामका एक जना व्यक्तिको अनुभव विचार गर्नु होस्। कुनै बेलामा, उनले इसाई धर्मलाई अत्यन्त घृणा गर्दथिए। तिनी, जापान खोल्दा विरोध गर्ने ती हठबादीहरू जस्तै थिये। आफ्नी पत्नीले बाइबल अध्ययन गर्न शुरू गर्दा उनले हिंसात्मक ढँगमा विरोघ गरे। आफ्नो परिवारको हत्या गरेर आफू पनि आत्म हत्या गर्ने विचार सम्म उनको मनमा आयो। उनको हिंसात्मक व्यवहारले गर्दा, परिवार जापानको उत्तरी भागमा, साचिकोको दाईको घरमा भागेर जानु पर्यो।
तर अन्तमा, मासाजीले आफ्नो मन खोल्ने फैसला गरे। उनले आफ्नो पत्नीको धर्मलाई जाँच गरेर हेर्ने भये। बाइबल सम्बन्धी केही पुस्तकहरू पढ़े पछि, मासाजीले आफ्नो जीवनमा परिवर्तनहरू ल्याउने खाँचो देखे। शास्त्र अध्ययन गर्दै लैजादा, उनको हिंसात्मक व्यवहारको ठाँउमा परमेश्वरको आत्माको फलहरू देखिन थाल्यो। (गलाती ५:२२, २३) तर यहोवाका साक्षीहरूको सभाहरूमा जान मासाजी अझै हिचकिचाये। तिनीहरूले उनको हिंसात्मक व्यवहारका लागि बदला लिने होलान् भन्ने डर उनलाई थियो। भएता पनि, तिनी एक दिन, एउटा राज्य-गृहमा गये। त्यहाँ सबैले उनको हार्दिक स्वागत गरे। यो देखेर उनको आँखा भरि आँसु आयो।
हो, पक्षपात हटाएर नया विचारहरूको जाँच गर्नाले हाम्रो दृष्टिकोण फराकिलो हुन सक्दछ र यो हाम्रो लागि धेरै कुरामा लाभदायक हुनु सक्दछ। तर के यसको अर्थ, सामुन्ने आउने हर नया विचार प्रति खुला मन राख्नु हो?
रोज्नु सिक्नु होस्
जापानको एकान्तवास समाप्त भए पछि नया विचारहरू बाहिर बाट देशमा प्रवेश गर्न थाल्यो। यी मध्य कुनै कुनै विचारहरू जापानीहरूको लागि लाभदायक भयो। तर कुनै चाँहि देशमा प्रवेश नगरेको भए पनि हुन थियो। दोस्रो विश्व युद्ध पश्चात्, जापानको आत्मसमर्पण स्वीकार गर्दै, अमेरिकी जर्नेल, डगलस मकार्थरले एसो भन्नु भयो: “कप्तान पेरीको इच्छाको विपरीत, जापानले पाश्चात्य ज्ञानलाई अत्याचार र दासत्वको साधन बनायो।” आफ्नो पाश्चात्य अगुवाहरूको अनुसरण गर्दै, अनेक युद्धहरू लड़नु पर्ने मार्ग जापानले अपनायो। अन्तमा गएर, उसले दोस्रो विश्वयुद्धमा पनि भागलिनु पर्यो। जसले गर्दा, जापानी इलाकामा दुई पटक अणुबम खसालियो।
यसबाट हामी के सिक्न सकदछौं? नया विचारहरू ग्रहण गर्नु भन्दा अघि राम्रो सँग रोज्न सिक्नु पर्छ। हामीले पनि बेरियाका बासिन्दाहरू जस्तै “ती कुराहरू (पावलले सिकाएका कुराहरू) ठीक हुन् कि होइनन् भनेर दिनहूँ धर्मशास्त्रमा खोजी” गर्न उचित हुनेछ। (प्रेरित १७:११) यहाँ “खोजी” भनेर अनुवाद गरिएको युनानी शब्दको अर्थ “सावधानी साथ, कानूनी ढँगमा ठीक अनुसन्धान गर्नु हो।” (ए टी रबर्टसनको Word Pictures in the New Testament) साम्ने प्रस्तुत गरिएको प्रत्यक विचार अन्धो भएर स्वीकार गर्नु भन्दा, कानूनी मुद्दामा न्यायाधीशले गरेको जस्तै, हामीले पनि सावधानी साथ ठीक, ठीक अनुसन्धान गर्नु आवश्यक छ।
हामीलाई रोज्न आउँछ भने, प्रत्येक नया हानिकारक विचार र दुई दिनको सनकीले हामी हल्लने छैनौं। उदाहरणका लागि, १९६० को दशकको नया नैतिकता, कसै कसैलाई एउटा असल नया विचार जस्तो लाग्यो। तर, सावधानी साथ जाँचेर हेरेको भए, त्यो एउटा नया नाम लिएर आएको पुरानो नैतिकता रहेछ भनेर थाहा हुने थियो। साथै, १९२० को दशकको पीड़ित जर्मनीमा नात्सीबादलाई धेरैले एउटा चाखलाग्दो नया विचार ठानेका थिये। तर त्यसले गर्दा कत्रो ठूलो क्लेश आयो !
तर खुशीको कुरा के हो भने, नया विचारहरू जाँच्दा प्रयोग गर्नको निम्ति परमेश्वरले एउटा पक्का आधार दिनु भएको छ। त्यो हो, उहाँको प्रेरित वचन, बाइबल। त्यसमा दिइएका निर्देशनहरू हामीले पारिवारिक जीवन र मानव सम्बन्धहरूमा प्रयोग गर्यौं भने, आजका समाज-शास्त्रीहरू, मनोवैज्ञानिकहरू र यस क्षेत्रमा विशेषज्ञ मानिएका अन्य व्यक्तिहरू बाट आउने नया विचारहरूको जाँच गर्न सकने छौं। (एफिसी ५:२१–६:४; कलस्सी ३:५-१४) परमेश्वर र छिमेकी सँगको हाम्रो सम्बन्ध बारे बाइबलमा दिइएको उपदेशले, आजको धर्म सम्बन्धी प्रचलित नया विचारहरू जाँच्ने आधार दिन्छ। (मर्कूस १२:२८-३१) कुनै नया विचार वास्तवमा लाभदायक र मूल्यवान छ छैन भन्ने कुरा थाहा पाउन, हामीलाई बाइबलको यथार्थ ज्ञानले निपुण बनाउनेछ। यसरी, हामी, “सबैकुरोको जाँच गर्दै, जुन असल छ, त्यसैमा लागि रहनेछौं।”—१ थिस्सलोनिकी ५:२१।
बाइबलको ज्ञान लिनुहोस्, र नया विचारहरू राम्रो सँग जाँच गर्नं सक्ने हुनुहोस् भन्दै प्रोत्साहन दिन, यहोवाका साक्षीहरू आफ्ना छिमेकीहरूकहाँ भेट गर्न जान्छन्। यी साक्षीहरूले बाइबलका धेरै शिक्षाहरू पनि औंलाएर देखाउँछन् र थुप्रै मानिसहरूका निम्ति यी विचारहरू नया होलान्। ती मध्य एउटा हाम्रो समयसालहरू र मनुष्यजातिको भविष्यबारे हो। (मत्ती २४:३-४४; २ तिमोथी ३:१-५; प्रकाश २१:३, ४) यस कारण, यहोवाका साक्षीहरू तपाईंको घरमा आँउदा, अलग्गिएर बस्ने विचार नअपनाउनुहोस्। बरू, ढोका खोलेर तिनीहरूले भन्न आएका कुरालाई ध्यान दिनुहोस्। तपाईंलाई अनन्त लाभ गराउने कुराहरू प्रति आफ्नो मन बन्द न गर्नुहोस्। (w89 1/5)