‘हामी जान्दछौं तिनीहरू पुनरूत्थानमा बिउँतनेछन्’
सर्वशक्तिमान परमेश्वरले मानिसजातिलाई जीवन दिनु भयो। मरेका मानिसहरूलाई पनि उहाँले पुन: जीवन दिन सक्नु हुनेछ। जीवन र मृत्यु बारे सबै भन्दा भर परदो जानकारीको स्रोत पनि हामीले उहाँ बाटै पाएका छौं: ती हुन्, बाइबलका दुइ भागहरू अर्थात्, हिब्रु शास्त्र र युनानी शास्त्र। मरेका धेरै जसो मानिसहरू फर्केर आउन सक्छन् र आउनेछन् भन्ने, वास्तविकतामा आधारित् समाचार तिनै शास्त्रहरूमा पाईन्छन्।—यूहन्ना ५:२८, २९ .
उदाहरणका लागि, बेथानीका लाजरस भन्ने मानिसको एतिहासिक घटना बारे विचार गर्नु होस्। लाजरस सँग येशू ख्रीष्टको राम्रो चिन जान थियो। लाजरस बिरामी भएका थिये र केहि समय पश्चात् तिनको मृत्यु भयो। यस पछि येशूले लाजरसकी दिदी मारथालाई एसो भन्नु भयो: “तिम्रो भाइ फेरि बिउँतनेछ।” मारथाले जवाबमा एसो भनी: “म जान्दछु, पछिल्लो दिनको पुनरूत्थानमा त्यो फेरि बिउँतनेछ।” (यूहन्ना ११:२३, २४) हो, उसलाई यो थाह थियो। उसको प्यारो भाइ लाजरस “पछिल्लो दिनको” पुनरूत्थानमा फर्केर निश्चय आउनेछ भनेर मारथालाई पूर्णतया विश्वास थियो। उसको यो विश्वास भरपर्दो जानकारीमा आधारित् थियो।
यूहन्ना ११ अध्यायमा दिइएका एतिहासिक् उल्लेख पढ़दै लैजानु हुँदा, त्यहाँ घटेका घटनाहरूको जम्मै विवरण पाउनु हुनेछ। लाजरस मरेर चार दिन बिति सकेको भएता पनि, येशूले त्यो मानिसलाई जीवित् पार्नु भयो। त्यो पुनरूत्थान, परमेश्वरले आफ्नो प्रतिज्ञा पुरा गर्नु हुँदै, “पछिल्लो दिनमा” मरेकाहरूलाई बिउँताउन सक्नुहुनेछ भन्ने कुराको एउटा प्रमाण हो। तर मारथाले लाजरसलाई फेरि कुन ठाउँमा भेटने आशा गरेकी थिइ? अरू विश्वासी यहूदीहरूले पनि पुनरूत्थान कहाँ हुन्छ भनेर कल्पना गरेका थिये?
‘के त्यहाँ बाट फेरि कहिले फर्केर आउन नसक्ने हो?’
परमेश्वरले पृथ्वीलाई मानिसको प्राकृतिक निवास स्थान होस भनेर छान्नु भएको थियो। यो कुरा भजन संग्रहका लेखकले यी शब्दहरूमा व्यक्त गर्नु भएको छ: “स्वर्ग ता परमप्रभु (न्यु वल्ड ट्रान्सलेशनमा: यहोवा) कै हो, तर पृथ्वी चाहिं उहाँले मानिस जातिलाई दिनु भएको छ।” (भजन संग्रह ११५:१६) आदम र हव्वा परमेश्वर प्रति विश्वासी रहेका भए तिनीहरूले पृथ्वी बाहेक अर्कै ठाउँमा अनन्त जीवन पाउने थिये भनेर पवित्र शास्त्रमा कतै पनि सङ्केत गरिएको छैन। वास्तवमा, के त्यो “जीवनको रूख” यहीं पृथ्वीमा, त्यो प्रथम प्रमोदवन मै थिएन र जहाँ प्रथम मानव दम्पती, परमेश्वर प्रति अनाज्ञाकारी हुन भन्दा अघि, आनन्दपूर्वक बस्द थिये? (उत्पति २:९; ३:२२) परमेश्वरले यस विषयमा अर्कै जानकारी अर्थात् सङ्केत न दिनु भएको हुनाकारण, अदनको बगैंचा बाहिर जन्मेका उहाँका जम्मै विश्वासी सेवकहरूको मनमा (ईश्वरको भय मान्ने आदमको पुत्र हाबिल देखिन् एसो) पुनरूत्थान, तिनीहरूले जानेका एक मात्र घर—अर्थात् यो पृथ्वी सँग नै सम्बन्धित हुने भयो।
तर, ‘के अय्यूबले, १६ अध्यायको २२ पदमा, “जहाँ बाट म फर्कनेछैन, म नफर्कने बाटोमा लाग्ने” कुरा गर्नु भएन र?’ भन्दै बाइबलका केहि कुरा थाह हुने मानिसले प्रतिवाद उठाउनु सक्छन्। साथै, अय्यूबको ७को ९मा उहाँले यो पनि भन्नु भएको छ: “पातालमा जाने फेरि कहिल्यै फर्कनेछैन।” १०मा यो कुरा पनि थप्नु भएकोछ: “त्यो फेरि घरमा फर्केर आउँदैन, औ त्यसलाई चिन्नेहरूले त्यसलाई बिर्सनेछन्।”
यसकारण, बाइबलका यी र यी सँग मिल्ने अरू पदहरू अनुसार, अय्यूबको विचारमा मानिस मृत्यु बाट फेरि कहिल्यै फर्केर आउन सक्दैन थियो, भन्ने दाबी, बाइबलका केहि शास्त्रीहरू गर्छन्। तर के वास्तवमा, यी पदहरू अनसार, अय्यूबले भविष्यमा हुने पुनरूत्थानमा विश्वास गर्दैन थिये भन्नु मिल्छ र? उत्तरका लागि, हामीले यी पदहरूलाई तिनीहरूका सन्दर्भ अनुसार बुझ्नु पर्छ र यिनीहरूलाई पनि अय्यूबले प्रकट गरेका अरू विचारहरू सँग तुल्ना गर्नु पर्छ।
अय्यूबलाई आफ्नो क्लेशको कारण थाह थिएन। केहि समयका लागि ता, अय्यूबले आफू माथि आइ परेको दुखको निम्ति परमेश्वरनै जिम्मेवार हुनु हुन्छ होला भन्ने गलत विचार पनि राखे। (अय्यूब ६:४; ७:१७-२०; १६:११-१३) नैराश्यमा डूबेको बेलामा, अय्यूबले तुरन्त विश्राम पाउने ठाउँ एउटा चिहान मात्र देखे। (अय्यूब ७:२१; १७:१; ३:११-१३ सँग तुलना गर्नुहोस्) परमेश्वरले खटाउनु भएको समय भन्दा अघि, उनलाई त्यहाँ, उनका चिनेजानहरूले देख्ने थिएन, उनी आफ्नो त्यहाँ भएका घरमा फर्कनु हुने थिएन नता कसैले उनलाई केहि मान्यता दिने थिये। परमेश्वरले केहि हस्तक्षेप न गर्नु भएमा, अय्यूब र आदमका सबै सन्तान मृतक अवस्था बाट उठन असमर्थ छन्।a—अय्यूब ७:९, १०; १०:२१; १४:१२।
पुनरूत्थानमा विश्वास
तर आफूले भोगि रहेका सङ्कष्ट बारे अय्यूबको अनिश्चितताले गर्दा अथवा तुरन्तको भविष्य बारे उनले केहि तीता वचन प्रकट गरे भन्दैमा, अय्यूबले पुनरूत्थानमा विश्वास गर्दैन थिये भनि हामीले ठान्नु भएन। उनले पुनरूत्थानमा निश्चय विश्वास गर्द थिये भनेर, अय्यूब १४:१३-१५ले स्पष्ट गर्दछ। त्यहाँ, अय्यूबले ‘पातालमा लूक्ने’ इच्छा व्यक्त गरे र पछि परमेश्वरले उनलाई ‘समझना’ गरून भने। यस बाहेक, अय्यूब १९:२५-२७मा यो विश्वासी मानिसले आफ्नो एक जना ‘मुक्तिदाताको’ चर्चा गरे एक दिन ‘परमेश्वरलाई देख्नेछु’ पनि भने। हो, अय्यूब पुनरूत्थानमा विश्वास गर्थे। परमेश्वरले उनलाई पुन: जीवित पार्न सक्नु हुनेछ र अवश्य पार्नुहुनेछ भनेर विश्वास गर्थे। जसरी अब्राहामले पनि केहि समय अघि, ‘मरेका मानिसहरूलाई बिउँताउने’ शक्ति परमेश्वरमा छ भनेर विश्वास गरेका थिए।—हिब्रू ११:१०, १६, १९, ३५.
भविष्यमा, पुनरूत्थान भएर पृथ्वीमा पुन: जीवित हुने विश्वास, हाम्रो आधुनिक समय सम्म यहूदीहरूले गर्दै आएकाछन्। दी एनसायक्लोपेडिया जुडायका (१९७१) मा एसो भनिएकोछ: “अन्तत्वगत्वा, मरेकाहरू फेरि शारीरिक रूपमा पुन: जीवित भएर यस पृथ्वमा बाँच्नेछन् भन्ने विश्वास यहूदी धर्मको एउटा मुख्य शिक्षा हो।” त्यो एनसायक्लोपेडियाले अझ एसो पनि भन्छ: “यो विश्वास यहूदीहरूमा यति बलियो छ कि धार्मिक विचार धारा भएका कति यहूदीहरू ता मरने बेलामा उनीहरू कस्तो कपड़ामा गाड़िनेछन् र तिनीहरूका सम्पूर्ण अङ्गहरू पनि चिहानमा गाड़िनु पर्छ भन्ने विषय बारे निकै चिन्तित हुन्छन्।”
तर चासोको कुरा के हो भने, पुनरूत्थानमा परमेश्वरले मरेका मानिसहरूका कुहेका शरीरहरू जम्मा गरेर जोड़नु हुनेछ भनेर बाइबलमा भनेको छैन। धेरै समय देखिन् मरिसकेकाहरूको शरीरका अणुहरू पृथ्वी भरि फैली सकेका छन् र पछि गएर साग पात र जनावरहरू अथवा त्यस पछि मरेका अरू मानिसहरूका शरीरहरू सँग सम्मीलित् भइ सकेको हुनु पर्छ। कुरा स्पष्ट छ, पुनरूत्थान भएर आउने अन्य मानिसहरूका शरीरका लागि ठीक त्यही पुराना अणुहरूको प्रयोग गर्नु सकिन्दैन। यसको सट्टामा, परमेश्वरले आफ्नो इच्छा अनुसार, मानिसहरूलाई सुहाउँदो शरीरहरू दिनु हुनेछ। ती शरीरहरूमा कुनै पनि अङ्गको अभाव हुनेछैन, नता मृत्यु भन्दा अघि शरीरमा परेको कुनै चोट हुनेछ।—१ कोरिन्थी १५:३५-३८ सँग तुलना गर्नुहोस्।
पुनरूत्थान भएर आउनेहरूलाई के तिनीहरूका मित्रहरू अथवा कुटुम्बहरूले चिन्ने छन्? अवश्य चिन्न सक्ने हुनु पर्छ किनभने मरेकाहरूलाई हामीले चिन्न सकेनौं र तिनीहरूले हामीलाई चिन्न सकेनन् भने, हाम्रा प्रिय मरेका जनहरू वास्तवमा फर्केर आए भन्ने कुरा हामीलाई कसरी थाह हुने? लाजरसको शरीर कुहिरहेको भएता पनि, उसलाई येशूले बिउँताउनु भए पछि, उसका आफन्ताहरू र मित्रहरूले उसलाई चिन्न सके। यस कारण, पृथ्वीमा पुनरूत्थान भएर आउनेहरूलाई देख्ने र चिन्ने प्रेम पूर्ण मौका यहोवा परमेश्वरले हामीलाई दिनुहुनेछ भनेर हामी प्रतीक्षा गर्न सक्छौं।
केहि जनहरूका लागि चाँहि स्वर्गीय आशा
हामीले अघिनै पढ़े अनुसार, परमेश्वरले मानिसलाई दिनु भएको घर पृथ्वी हो। तापनि, मानिस जाति बाट छानिएका केहि जनहरू स्वर्गमा येशू सँग अमरत्व र अविनाशीपना प्राप्त गर्न बिउँतने छन् भन्ने कुरामा येशूले ज्योति दिनु भयो। (२ तिमोथी १:१०) येशूले स्वर्गीय जीवनको “नया र जीवित्” मार्गको उदघाटन् गर्नु भए पछि, केहि समयका लागि, सबै मसीहीहरूले त्यो आशामा भाग लिने निमंत्रणा पाए। (हिब्रू ९:२४; १०:१९, २०) अन्तमा, त्यो स्वर्गीय पुरस्कार कति जनाले पाउने भए? आफ्ना दासहरूलाई ‘चाँड़ै हुन आउने कुराहरू’ देखाउन, परमेश्वरले येशूलाई दिनु भएको प्रेरित् प्रकाश अनुसार, “पृथ्वी बाट किनिएकाहरू” १,४४,००० हुनेछन्।—प्रकाश १:१; ७:४-८; १४:१, ३
स्वर्गीय जीवनका लागि “पृथ्वी बाट” यति थोरै मानिस मात्र किन “किनिएका हुन्”? त्यही प्रकाशको पुस्तकले हामीलाई यो थोरै सङ्ख्याको कारण दिन्छ। २०वा अध्यायको ५ र ६ पदले एसो भन्दछ: “यो प्रथम पुनरूत्थान हो। प्रथम पुनरूत्थानमा भाग लिनेहरू धन्यका हुन्। किनभने तिनीहरू माथि दोस्रो मृत्युको केहि अधिकार हुनेछैन तर तिनीहरू परमेश्वर र ख्रीष्टका पुजाहारी हुनेछन् र उहाँ सँग पृथ्वी माथि हजार वर्षका लागि राज्य गर्नेछन्।”—प्रकाश ५:९, १० पनि हेर्नु होस्।
राजाका पार्थीव प्रजाहरू
स्वभाविक्त, सबै मानिसहरू राजा र पुजाहारीहरू भएर राज्य गर्ने छैनन्। किन भने सबै नै राजा भये भने, को माथि “राज्य” गर्ने? यसकारण, येशू ख्रीष्टका विश्वासी चेलाहरू देखिन् स्थापित्, यो छानिएका विशेष समूहले, पृथ्वीमा बसोबास गर्नेहरू माथि राज्य गर्नेछन्। ती पृथ्वीमा बस्नेहरू मध्य, प्रकाश ७ अध्यायको ९ देखिन् १७ पद सम्म उल्लेखित्, “ठूलो भीड़” पनि सम्मीलित् हुनेछन्। आज, यो भीड़का लाखौं मानिसहरू, चाँड़ै आउने “परमेश्वरको ठूलो दिनको युद्धको” प्रतिक्षामा छन् जसले यस पृथ्वी बाट सबै अधार्मिकता हटाइदिनेछ। परमेश्वरको अपार करूणाको कारण, ठूलो भीड़का यी जनहरूले न मरीकनै त्यो महा सङ्कष्ट पार गर्नेछन्।—प्रकाश १६:१४; २१:१४; हितोपदेश २:२१, २२
‘तर मरी गएका, मेरा प्रिय जनहरूको के हुने?’ भनेर तपाईंले सोधनु होला। येशूले स्वयं मारथा र अरूहरूलाई एसो भन्नु भयेको थियो: “तिनीहरू मरेता पनि, फेरि बाँच्नेछन्।” (यूहन्ना ११:२५) यो एउटा पार्थीव पुनरूत्थान हुनेछ। ख्रीष्ट र उहाँका १,४४,००० सङ्गी राजाहरू र पुजाहारीहरूले स्वर्ग बाट हजार वर्ष सम्म राज्य गर्नु हुँदा, परमेश्वरको समझनामा एउटा असल स्थान प्राप्त गरेका लाखौं मानिसहरूको पुनरूत्थान हुनेछ र तिनीहरूले यहोवाको साँचो उपासना बारे सिक्ने मौका पाउनेछन्। तिनीहरू विश्वासी साबित भएमा, तिनीहरूले एउटा पार्थीव प्रमोदवनमा अनन्त जीवनको पुरस्कार पाउनेछन्। यो त्यो “पछिल्लो दिनमा” हुनेछ, जसको चर्चा मारथाले आफ्नो भाई लाजरसको पुनरूत्थान बारे येशू सँग सहमति प्रकट गर्दा, गरेकी थिइन्।—यूहन्ना ५:२८, २९; ११:२४; लूका २३:४३
एउटा निश्चित आशा
बाइबलमा उल्लेखित्, इतिहासमा भएका पुनरूत्थानहरूले, पवित्र शास्त्रमा प्रतिज्ञा गरिएका पुनरूत्थानको आशालाई पुष्टि दिन्छन्। बाइबलमा हामी, एलीशा र एलिया अगमवक्ताहरूले यस पृथ्वीमा मानिसहरूको पुनरूत्थान गराएका उल्लेखका साथै, मसीही सालहरूमा, परमेश्वरको पुत्रले (लाजरसलाई समेत) र प्रेरित् पत्रुस र पावलले गरेका पुनरूत्थानहरूको बयान बाहेक स्वयं परमेश्वरले आफ्ना पुत्रको पुनरूत्थान गराउनु भएको कुरा पाउँछौं। तपाईंले यी घटनाहरू बारे आफ्नै बाइबलमा निम्न ठाउँहरूमा पढ़न सक्नु हुनेछ: १ राजा १७:१७-२४; २ राजा ४:३२-३७; मत्ती २८:१-१०; लूका ७:११-१७; ८:४०-५६; यूहन्ना ११:३८-४४; प्रेरित् ९:३६-४२; १०:३८-४२; २०:७-१२b
यतिका बलियो लिखित् प्रमाणहरूको आधारमा, पावलले एथेन्सका बासिन्दाहरूलाई यस बारे निश्चित् पार्नु भयो: “परमेश्वरले. . .एक दिन ठहराउनु भएकोछ, जुन दिनमा उहाँ आफूले नियुक्त गर्नु भएको मानिस द्वारा धर्मपूर्वक संसारको इन्साफ गर्नु हुनेछ, जसको बारेमा उहाँलाई मरेको बाट बिउँताएर सबै मानिसहरूलाई उहाँले विश्वास दिलाउनु भएकोछ।”—प्रेरित् १७:३०, ३१
हो, पुनरूत्थानको आशाको सबै भन्दा ठूलो निश्चित् प्रमाण येशूको पुनरूत्थान हो। यस बाट हामीले पनि यहोवा परमेश्वरको शक्ति र प्रेममा पूर्णतया भरोसा गर्ने बलियो आधार पाएकाछौं। “हामी जान्दछौं, मरेकाहरू पुनरूत्थानमा, पछिल्लो दिनमा, बिउँतनेछन्!” भन्दै, हामीले पनि, मारथाले झैं, यो दृढ़ विश्वास प्रकट गर्नु सक्छौं।
पावलले “मरेकाहरूको पुनरूत्थान” बारे साक्षी दिए पछि, त्यहाँ मार्स पर्वतमा भेला भएका श्रोतागणहरू तीन भागमा विभाजित भए। “कसै-कसैले गिल्ला गरे। अरूहरूले चाँहि ‘हामी फेरि यस विषयमा तिम्रा कुरा सुन्नेछौं’ भने। तर कुनै-कुनै मानिसहरूले तिनका साथ लागेर विश्वास गरे।”—प्रेरित् १७:३२-३४
पुनरूत्थानको आशा प्रति तपाईंको प्रतिक्रिया के छ? मरेका लाखौं अथवा अरबौंलाई पुनरूत्थान गराउनु भएर यहोवाले आफ्नो प्रतिज्ञा पुरा गर्नु हुनेछ। तर त्यस बखत तिनीहरूलाई तपाईंले देख्न पाउनुहुने वा नपाउनुहुने कुरा तपाईंले आज के गर्नुहुन्छ, त्यसमा निर्भर गर्दछ। अनन्त जीवन पाउन चाहनेहरूका निम्ति परमेश्वरले खटाउनु भएका आवश्यक्ताहरू बारे के तपाईं सिक्न र त्यस अनुसार जीवन बिताउन तैयार हुनुहुन्छ? मरेका मानिसहरूका निम्ति यो आशा र वर्तमान रीतिरिवाजको अन्त पार गर्ने विषयहरूमा, यहोवाका साक्षीहरूले तपाईंलाई अझ जानकारी दिन धेरै खुशी हुनेछन्।—यूहन्ना १७:३. (w89 6/15)
[फुटनोट]
a त्यही विचारधार अनुसार, भजन संग्रहका लेखकले पनि, परमेश्वरले हस्तक्षेप नगर्नु भएको खण्डमा, मरेकाहरूको अवस्था बारे एसो भनेर लेख्नु भयो: “औ उहाँले [परमेश्वरले] यही सम्झनुभयो, कि तिनीहरू [इस्राएलीहरू] शरीर मात्र हुन्, र तिनीहरू [दी न्य वर्ल्ड ट्रान्सलेशण अनुसार, आत्मा अथवा परमेश्वरले दिनुभएको जीवन शक्ति] बतास जस्तै बहन्छ र फर्केर आउँदैन।”—भजन संग्रह ७८:३९
b बाइबलको समयमा घटेका पुनरूत्थानहरू बारे र ख्रीष्टको शासनकाल भित्र, भविष्यमा हुने पुनरूत्थानहरू बारे, तपाईंले अझ बढ़ी जानकारी, यु केन लिव फरेवर इन प्याराडायज अन अर्थ, भन्ने पुस्तकमा पाउनु हुनेछ। २०वाँ अध्यायको शिर्षक हो “पुनरूत्थान—कस्कालागि र कहाँ?” यो पुस्तक तपाईंको इलाकाका यहोवाका साक्षीहरू बाट अथवा यो पत्रिकाका पाना २मा दिएको कुनै पनि कार्यालय बाट पाउनु सक्नुहुनेछ।