नरक वास्तवमा के हो?
स्वभाविकतः, मृत्यु पश्चात सजाय पाउने विश्वासको आधारभूत सिद्धान्त नै यो हो: शरीर मरेर जाँदा, मानिस मर्दैन तर अकसर प्राण कहलाइने एउटा चीज, बाँची रहन्छ। अघिल्लो लेखमा हामीले देखि सक्यौं, कि यो विश्वास मेसोपोटामियाका प्राचीन सुमेरीहरू र बेबिलोनीहरूको समय देखि थियो। पछि, यो विश्वासलाई युनानीहरूले अपनाए र प्लेटो जस्ता युनानी दार्शनिकहरूले यसमा केही संशोधन् पनि ल्याए। तिनीहरूले “शरीर र प्राण” बारे बनाएको संशोधित् विश्वास, पछि गएर धर्मत्यागी यहूदीहरूको विश्वासको एउटा भाग हुन गयो।
मसीही भनाउँदाहरूले चाहिं कहिले देखि मृत्यु पश्चात्को जीवनमा विश्वास गर्न थाले? निश्चय नै, येशू र उहाँका प्रेरितहरूका समय देखि होइन। फ्रान्सीसी एनसायक्लोपेड्या युनिवर्सालिस भन्छ: “गोप्य लेखहरू मध्यका, पत्रुसको आविष्करण (सा. यु. दोस्रो शताब्दी) प्रथम मसीही लेख थियो जसमा पापीहरूले नरकमा भोग्ने सन्तापको विवरण दिइएको थियो।”
यर्थाथमा, गिर्जाहरूका प्राचीन धर्म-गुरूको आपसमा नरकबारे निकै नै वाद-विवाद चलेको जस्तो देखिन्छ। जस्टिन मारटियर, एलेक्सेन्ड्रियाका क्लिमेन्ट, टरटुलियन र सायप्रियन सबै एउटा अग्निमय नरकको शिक्षाका पक्षमा थिए। ओरिगेनले चाहिं अन्तत्वगत्वा सबै पापीहरू बाँच्ने छन् भन्दै नरक एउटा सुधारको ठाउँ हो भनी सिकाउन खोजे। उनको यस विचारलाई, नाजियानजसका ग्रेगरी र निस्साको ग्रेगरीले पनि, पछि केही हदसम्म अपनाए। तर अगस्टिनले नरकबारे यस प्रकारका नरम धारणाको अन्त गरी दिए। अर्ली क्रिश्चियन डकट्रिन भन्ने आफ्नो पुस्तकमा, अक्सफर्डका प्राध्यापक, जे. एन. डी. केली भन्छन्: “यस जीवन पछि, पापीहरूले दोस्रो मौका पाउने छैनन् र तिनीहरूलाई भस्म पार्ने आगो कहिले पनि निभ्ने छैन भन्ने कड़ा धर्म-शिक्षाले, पाँचवा शताब्दीसम्म, सबै ठाउँमा प्राथमिकता पाइसकेको थियो।”
परगेटरीबारे चाहिं, अरफियस—ए जेनरल हिस्टरी अफ रिलिजन्स एसो भन्छ: “सन्त अगस्टिनको भनाइ अनुसार, भविष्यमा अनुभव गरिने सुख र सन्तापको बीच एउटा जाँच हुने ठाउँ थियो जहाँ आगो द्वारा प्राणको शुद्धिकरण हुन् थियो। अरफिक [गैर मसीही युनानी], भर्जिलियन र परगेटेरीको शिक्षा [गैर मसीही रोमी] हो: यस विषयमा, येशूका जीवनीबारे लेखिएका सुसमाचारहरूमा एउटा शब्द पनि छैन . . . छैठौं शताब्दी देखिन् परगेटरीको यो शिक्षाको शुरूआत भयो र फ्लरेन्सको सभा (१४३९ सा. यु.) पछि गिर्जाको यो एउटा धर्म शिक्षा हो भनी घोषणा गरियो।” न्यु कैथोलिक एनसायक्लोपेड्यामा यो एउटा कुरा स्वीकारेको पाउँछौं: “परगेटरी, कैथोलिक शिक्षाको परम्परामा आधारित् छ, पवित्र शास्त्रमा होइन।” लिम्बोबारे चाहिं, कार्डिनल रेत्सिंगर भन्छन्: “धर्मदर्शन सम्बन्धी यो एउटा अनुमान मात्र हो।”
मृत्यु पश्चात् सजाय छैन
तर यस विषयमा बाइबल के भन्छ? मृत्यु पछि प्राण अमर रहन्छ र यसलाई एउटा अग्निमय नरकमा सजाय दिन सकिन्छ भनेर के बाइबलले पनि शिक्षा दिन्छ? न्यु कैथोलिक एनसायक्लोपेड्या भन्छ: “मृत्यु पछि प्राण बाँची नै रहन्छ भन्ने धारणा बाइबलमा स्पष्टसँग देखिन्दैन . . . पुरानो नियम अनुसार, प्राणको अर्थ मानिसको एउटा भाग होइन तर सम्पूर्ण मानिस हो—एउटा जीवित प्राणी हो। यसैगरी, नया नियममा पनि, प्राण भन्नाले मनुष्य जीवनलाई बोध गराउँछ।”
यसकारण, मृत्यु पश्चात सजाय पाउने शिक्षाको मूल आधार नै भताभुङ्ग हुन्छ। बाइबल भन्छ: “जुन प्राणीले पाप गर्छ, त्यही मर्छ।” (इजकिएल १८:४, रिवाइज्ड स्टेन्डर्ड वर्सन, कैथोलिक अनुवाद) बाइबलमा यो पनि घोषणा गरिएको पाउँछौं: “पापको ज्याला मृत्यु हो।” (रोमी ६:२३, रिवाइज्ड स्टेन्डर्ड वर्सन) यसकारण, बाइबलले दुष्ट मानिसहरू “गिहेन्नामा” “अनन्त आगोमा” अथवा “अग्निकुण्डमा” जाने कुरा गर्दा, तिनीहरूले अनन्तकालीन मृत्यु अथवा “दोस्रो मृत्यु” पाउने छन् भन्दै, लाक्षणिक भाषा मात्र प्रयोग गरेको हो।—मत्ती २३:३३; २५: ४१, ४६; प्रकाश २०:१४; २१:८a र २ थिस्सलोनिकी १:७-९ तुलना गर्नु होस्.
पुनरुत्थान द्वारा नरक रित्तो पारिनेछ
के नरक एउटा अग्निमय ठाउँ हो त? बाइबल अनुसार, होइन। वास्तवमा, कुनै कुनै बाइबलहरूमा नरक भनेर अनुवाद गरिएका केही हिब्रू र युनानी मूल शब्दहरूको अर्थ मरेका मानिसहरूको चिहान मात्र हो। त्यो कुनै सन्ताप भोग्ने ठाउँ होइन। बरू, त्यो एउटा आराम पाउने ठाउँ हो, जहाँबाट मरेका मानिसहरू पुनरुत्थान द्वारा फर्केर आउनेछन्। (उपदेशक ९:१०; प्रेरित २४:१५) पेरिसको सोरबोन विश्वविद्यालय साथै स्विजरल्याण्डको युनिर्वसिटि अफ बाजेलका धर्मदर्शन विभागका प्राध्यापक, अस्कर कलमेनले “मरेकाहरूको पुनरुत्थान हुने मसीही आशा र प्राणको अमरत्वमा युनानीहरूले गर्ने विश्वास बीचको मौलिक भिन्नता” बारे कुरा गरेका छन्। उनले यो अर्को उचित कुरा पनि भने: “पछिबाट आएको मसीही धर्मले यी दुई प्रकारको शिक्षालाई जोर्नुको सट्टा, . . . एउटा शिक्षाको [मानव प्राण अमर छ भन्ने गैर मसीही शिक्षा] पक्ष लिंदै अर्को शिक्षा [बाइबलमा पाइने पुनरुत्थानको शिक्षा] इनकार गरी दिए।”—विशेष अक्षरको प्रयोग हामीले गरेका हौं।
यहोवाका साक्षीहरूले प्राण अमर छ भन्ने धारणाको पक्ष लिंदै, पुनरुत्थानको शिक्षामा आफ्नो विश्वास त्यागेका छैनन्। तिनीहरूको यो आनन्ददायी आशाबारे तपाईंसँग पनि कुरा गर्न र वास्तवमा, नरक कुनै अग्निमय ठाउँ होइन भनेर तपाईंलाई बाइबलबाट देखाउन, तिनीहरू अति नै खुशी हुनेछन्। (w89 10/1)
[फुटनोट]
a एउटा अग्निमय नरकको शिक्षालाई समर्थन दिन, कसै कसैले बाइबलबाट प्रयोग गरेका पदहरूबारे अझ जानकारीका निम्ति, वाचटावर बाइबल एण्ड ट्रेक्ट सोसाइटी द्वारा प्रकाशित्, इज दिस लाइफ अल देर इज भन्ने पुस्तक हेर्नु होस्।