वॅʹ शिङ्गटन् हस्तलेख सुसमाचारको पुस्तकको
एउटा धनाढ्य अमेरिकी उद्योगपति अनि शिल्प संग्रही, चार्ल्स एल. फ्रियरले, १९०६ को डिसेम्बर महिनामा गीज़ा, मिस्रमा अली नामक एउटा व्यापारीबाट केही पुरानो हस्तलेख किने। अलीको भनाइ थियो ती सोहाग छेउको व्हाइट मोनेस्ट्रीबाट आएको हो, तर संभव छ ती नील मुहानभूमिमा तेस्रो पिरामिड छेउ गीज़ाको व्हाइनड्रेसरको मोनेस्ट्रीको अवशेषमा पाइएका थिए।
फ्रियरलाई “कालो, मक्केको चर्मपत्रको डल्लो, जसको बाहिरी भाग गूँद जस्तै कडा र झुरो भइसकेको” तीन हस्तलेख दिइयो। यसको नाप केही ६.५ इञ्च लामो र ४.५ इञ्च चौडा थियो, र केही १.५ इञ्च मोटो र चर्मपत्रसँग यसकारण बेचियो किनकि यो त्योसँग सम्बन्धित थियो, न कि त्यसको केही मूल्य थियो भनेर। त्यो अंशिक पत्ताको जमेको थुप्रोलाई छुट्याउनु मेहनेती, अप्ठ्यारो चिरफार गर्नु पऱ्यो, तर अन्तमा ८४ प्रकट भए, जुन पावलका पत्रहरूका पाचौं या छैठौं शतकका हस्तलेख थिए।
ती बाँकि रहेका तीन हस्तलेखमा एउटा चाहिं व्यवस्था र यहोशूको पुस्तक थियो। अर्को चाहिं भजनसंग्रहको पुस्तक थियो, ग्रीक सेपटाजेन्टको अनुवादबाट। तर, तेस्रो र सबै भन्दा महत्त्वपूर्ण चाहिं चार सुसमाचारका पुस्तकहरुका हस्तलेख थियो।
यो पछिल्लो हस्तलेखमा मिहिन चर्मपत्रका १८७ पाता छन्, धेरैजसो भेडाचर्म, तेर्सो ग्रीक ढाँचामा लेखिएको। विराम चिह्न आकल झुक्कल पाइन्छ, तर वाक्यांशहुँदो लगातार ससाना ठाउँ छोडिएका छन्। हस्तलेखका किनार नराम्रो गरि मक्किएका थिए, तर धेरै जसो लेखाई जोगिएछ। पछि गएर यसलाई वॅʹशिङ्गटन, डी.सी. को फ्रियर ग्याʹलरि ॲफ् आर्ट ॲफ् द स्मित्सनियन् इन्सटिट्यूʹशनलाई उपहारस्वरुप दिइयो। वॅʹशिङ्गटन कोडेक्स् ॲफ् दी गोस्पल्स् कहलिएको, यसलाई “W” को परिचयात्मक अक्षर दिइयो।
यस चर्मपत्रलाई पछिल्लो चौथो शतक या पाचौं शतक सा. यु. को अघिल्लो भागको मिति दिएको छ, जसलेगर्दा साइनाइटिक, भेटिकन, र एलेक्ज़ेड्राइनका महत्वपूर्ण त्रय हस्तलेखको दर्जामा यो पछिपछि आउँछ। त्यो सुसमाचारको पत्रहरु (जो हराएको दुइवटा पाता बाहेक पूर्ण छ) मत्ती, यूहन्ना, लूका र मर्कूसको क्रममा छ, जुन तथाकथित पश्चिमी क्रम हो।
ती हस्तलेखलाई पढदा विभिन्न मूल लेखको असाधारण मिश्रण पाइन्छ, र प्रत्येक ठूला चालु भागले जनाएको छ। देखापर्छ कि प्रत्येक बेग्लै मूल लेखोट भएका विभिन्न हस्तलेखका बचेका अंशबाट यी सारिएका थिए। शास्त्राचार्य हच. ए. सेन्डर्सले अडकल्नु भयो कि यो ३०३ सा. यु. मा सम्राट डाइक्लेटियनले मसीहीहरु माथि ल्याएको आकस्मिक खेदो को समय तिरको हुनु पर्छ जसको आधिकारिक घोषणा अनुसार शास्त्रहरुका सबै नकलहरुलाई सार्वजनिक जलाउने मर्जी भयो। ऐतिहासिक प्रमाणबाट हामीलाई थाहा छ कि त्यो समयमा केही हस्तलेख दबाएर राखिए। यस्तो देखिन्छ केही शतक पश्चात एक जना अज्ञात व्यक्तिले विभिन्न हस्तलेखका अवशेष भागहरुको नकल गऱ्यो, जुन वॅʹशिङ्गटन् कोडेक्स् हुन गयो। पछि गएर, यूहन्नाको पुस्तक (यूहन्ना १:१ देखि ५:११) को पहिलो चाङ्ग कुनै समयमा बेपत्ता भयो र सातौं शतकमा फेरि यसलाई पुनः लेख्नु पऱ्यो।
ग्रन्थमा केही रुचिकर भिन्नता पाइन्छ, र एउटा असाधारण, तर मान्यता नभएको, मर्कूसको अध्याय १६ को थपुवा हो जुन शायद फडके टिप्पणीबाट उत्पन्न भएको थियो। त्यो हस्तलेखको विशेष मोल ल्यातीन र अरामी वृतान्तसँग यसको मातहतीले गर्दा हुनुगएको हो। मैनबत्ती बोसोले चर्मपत्रमा बनाएको धब्बाले इङ्गितगर्छ कि यिनका पूरो प्रयोग भएको थियो।
खेदो, विरोध र समयको ध्वंसात्मक परिणामको बावजुद, बाइबल धेरै हस्तलेख आकारमा हाम्रो निम्ति अदभूत प्रकारले जोगाइएको छ। साँचै नै, “यहोवाको वचन सधैंभरि अटल रहन्छ।”—१ पत्रुस १:२५; यशैया ४०:८. (w90 5/1)
[पृष्ठ २५-मा भएको चित्रको स्रोत]
Courtesy of Freer Gallery of Art, Smithsonian Institution