प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w91 ७/१ pp. १६-२०
  • वफादारी यस्को मूल्य के हुने हो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • वफादारी यस्को मूल्य के हुने हो?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • वफादारीको उदाहरण
  • कुलपिताहरूले वफादारी व्यक्‍त गरे
  • मसीही वफादारी
  • वफादारी—यसको मूल्य के हुने हो?
  • अमूल्य वफादारी
  • हेर, वफादार जन!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • वफादारीको चुनौती सामना गर्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • ”तपाईँ मात्र वफादार हुनुहुन्छ”
    यहोवासित नजिक हुनुहोस्‌
  • तपाईं कोप्रति वफादार हुनुपर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
w91 ७/१ pp. १६-२०

वफादारी यस्को मूल्य के हुने हो?

“वफादारसँग तपाईं वफादार नै देखा पर्नु हुनेछ।”—भजनसंग्रह १८:२५, [न्यु. व].

१, २. (क) वफादारी के हो र त्यसका विभिन्‍न रूपहरूले हाम्रो जीवनमा के असर पार्दछ? (ख) यहोवालाई नै हाम्रो सबै भन्दा महान उदाहरण ठान्‍न किन उचित हो?

विश्‍वासीलोपना, कत्तर्व्य, प्रेम, जिम्मेवारी, निष्ठा। यी सबै शब्दहरूमा के समानता छ? यी शब्दहरू वफादारीका विभिन्‍न रूप हुन्‌। वफादारी एउटा ईश्‍वरीय गुण हो र यो हृदयभरिको भक्‍तिबाट उत्पन्‍न हुन्छ। तर आज धेरै जसो मानिसहरूका लागि, वफादारीको कुनै अर्थ नै छैन। आफ्नो पति वा पत्नी प्रतिको वफादारी, परिवारमा आफू भन्दा उमेरमा पाको सदस्यहरू प्रतिको जिम्मेवारी, जागिर खाने मानिसको आफ्नो मालिक प्रतिको निष्ठा—सबै साधारण कुराहरू भइ सकेका छन्‌ र अकसर यी कुराहरूसँग सम्झौता गरिन्छ। तर कुनै बेला विभिन्‍न वफादारीहरू बीच द्वन्द उठदा, के हुन्छ? हालसालै, बेलायतमा, एउटा लेखापालले आफूले काम गरेको कम्पनीको आर्थिक मामिलाबारे करको एक जना निरिक्षकलाई साँचो कुरा भन्दा, उसको जागिर खोसियो।

२ वफादारीको विषयमा बोल्नु ता सजिलो छ तर भयपूर्ण सम्झौता बिना गरिएको काम द्वारा, साँचो वफादारी प्रमाणित हुनु पर्दछ। हामी असिद्ध मानिसहरू हुनाकारण, हामी यस मामिलामा अकसर असफल हुन्छौं। यसैकारण, अब त्यस व्यक्‍तिको उदाहरण हेर्न हाम्रोलागि उचित्‌ हुनेछ, जुन व्यक्‍तिको वफादारीमाथि कुनै पनि प्रश्‍न उठाउन सकिन्दैन र त्यो व्यक्‍ति स्वयं यहोवा परमेश्‍वर हुनु हुन्छ।

वफादारीको उदाहरण

३. उत्पत्ति ३:१५ मा उल्लेखित्‌ उहाँको उद्देश्‍य प्रति यहोवा कसरी वफादार हुनु भएको छ?

३ आदमले पाप गर्दा, त्यति बेलासम्म जन्म नलिएका मानव परिवारलाई छुटकारा दिने आफ्नो उद्देश्‍य यहोवाले स्पष्टसँग व्यक्‍त गर्नु भयो। मानव सृष्टिलाई प्रेम गर्नु भएको हुनाकारण, उहाँले यो कार्य गर्नु भएको हो। (यूहन्‍ना ३:१६) समय बित्दै गए पछि, येशू ख्रीष्ट अर्थात्‌ उत्पत्ति ३:१५ मा प्रतिज्ञा गरिएको सन्तान नै छुटकारा दिने बलिदान साबित हुनु भयो र आफूले एक चोटी व्यक्‍त गर्नुभएको उद्देश्‍य बदलन यहोवाको निम्ति सोंच्नै न सक्ने कुरा हो। येशूको बलिदान स्वीकारेमा, हाम्रो विश्‍वास पनि व्यर्थ जाने छैन।—रोमी ९:३३.

४. यहोवा येशू प्रति कसरी वफादर रहनु भयो र यसको परिणाम के भयो?

४ पुत्र पृथ्वीमा हुनुहुँदा, उहाँ प्रति यहोवाको वफादारी येशूको निम्ति एउटा ठूलो बलको स्रोत थियो। उहाँले मृत्युको सामना गर्नु पर्नेछ भनी येशूलाई थाह थियो र अन्तसम्मै आफ्नो परमेश्‍वर प्रति वफादार रहने उहाँको दृढ़ संकल्प थियो। पृथ्वीमा आउनु भन्दा अघि बिताउनु भएको आफ्नो स्वर्गीय जीवन बारे अझ ज्ञान उहाँले बप्तिस्मा र पवित्र आत्मा द्वारा अभिषिक्‍त हुने बेलामा पाउनु भयो। उहाँलाई विश्‍वासघात गर्ने राती, आफ्नो स्वर्गीय पितासँग उहाँको “जुन महिमा संसार हुन भन्दा अघि” थियो, त्यही महिमामा पुनःस्थापित हुने इच्छा प्रकट गर्दै उहाँले प्रार्थना गुर्न भयो। (यूहन्‍ना १७:५) यो कसरी सम्भव हुने थियो? यहोवाले आफ्नो वफादार पुत्रलाई चिहानमा कुहुन नदिनु भएर मात्र यो सम्भव भयो। यहोवाले उहाँलाई अमरत्व प्राप्त गर्नको निम्ति मृतावस्थाबाट उठाउनु भएर भजनसंग्रह १६:१० मा उल्लेखित्‌ यो भविष्यवाणी रूपी प्रतिज्ञा, वफादारीसाथ पूरा गर्नु भयो: “तपाईंले मेरो प्राणलाई पातालमा छोड़नु हुनेछैन।”—प्रेरित २:२४-३१; १३:३५; प्रकाश १:१८.

५. यहोवाले येशूसँग गर्नु भएका प्रतिज्ञाहरू सम्बन्धित्‌ अरू कुन वफादार कार्यहरू छन्‌?

५ उहाँको पुनरुत्थान पश्‍चात्‌, आफ्ना ‘शत्रुहरूलाई . . . [उनको] पाउदान तुल्याइ’ दिनु हुनेछ भनेर यहोवाले गर्नु भएको प्रतिज्ञाको पूर्तिमा उहाँ विश्‍वस्त हुनुहुन्‌थियो। (भजनसंग्रह ११०:१) यो प्रतिज्ञा पूरा गर्ने बेला १९१४ मा आयो, जब “अन्यजातिहरूको समय” समाप्त भयो र स्वर्गमा राज्य पनि स्थापित्‌ भयो। आफ्ना शत्रुहरूमाथि येशू विजयी हुने प्रतिज्ञाको पूर्ति, स्वर्गबाट शैतान र त्यस्का दूतहरू बाहिर निकालिए पछि शुरू हुन थाल्यो। र तिनीहरूलाई हजार वर्षका लागि पातालमा थुने पछि र “पृथ्वीका राजाहरू र तिनीहरूका सेनाहरू” पनि नष्ट भए पछि, यो प्रतिज्ञा सम्पूर्णरूमा पूरा हुनेछ।—लूका २१:२४; प्रकाश १२:७-१२; १९:१९; २०:१-३.

६. परमेश्‍वरले के निश्‍चित आशा हाम्रो सामुन्‍ने राखिदिनु भएको छ र यसका लागि हामीले कसरी मुल्याङ्‌कन व्यक्‍त गर्न सक्ने छौं?

६ भजनसंग्रहका लेखकले आग्रह गरे: “परमप्रभुको [यहोवाको, न्यु.व.] बाटो हेर, उहाँकै मार्गमा हिंड़, र उहाँले तँलाई देश अधिकार गर्न बढ़ाउनु हुनेछ।” यहोवाले आफ्नो वचन पूरा गरी नै रहनु हुनेछ भनेर हामी विश्‍वस्त हुन सक्छौं र यो दुष्ट संसारको अन्त सम्मै, उहाँले “उहाँको मार्गमा हिंड़ने” पुरूष, स्त्री र बच्चाहरूलाई बचाउनु हुनेछ। हिब्रू भाषामा, यो वाक्यांशको मूल अर्थ यहोवाको सेवा गर्नुमा, विश्‍वासीलो र मेहनती हुनु हो। यसकारण, आज थकित हुने अथवा हामीलाई दिइएका सेवाका विशेषाधिकारहरूलाई इन्कार गर्ने समय होइन। हाम्रा परमेश्‍वर र उहाँको राज्यको निम्ति वफादारीसाथ जोड़तोड़ले सेवा गर्ने यो समय हो। (यशैया ३५:३, ४) हामीलाई प्रोत्साहन दिने असल उदाहरणहरू छन्‌। ती मध्य केहीलाई ध्यान दिएर हेरौं।

कुलपिताहरूले वफादारी व्यक्‍त गरे

७, ८. (क) यहोवाले नूह र तिनका परिवारलाई के काम अह्राउनु भयो? (ख) त्यो विश्‍व-व्यापी जलप्रलयमा नूहका परिवार ईश्‍वरीय बचाव पाउने योग्यका कसरी साबित भए?

७ एउटा दुष्ट मानव समाजलाई यहोवाले जलप्रलय द्वारा नष्ट गर्ने उद्देश्‍य रच्नु हुँदा, उहाँले कुलपिता र परिवारका शिर नूहको परिवारलाई बचाउने र यस पृथ्वीमा जीवन रहन दिने वाचा बाँधनु भयो। (उत्पत्ति ६:१८) ईश्‍वरीय बचाव पाउने यो आशाको निम्ति नूह कृतज्ञ थिए तर तिनी र तिनका परिवार त्यस योग्यको साबित हुनु परेको थियो। कसरी? यहोवाले अह्राउनु भएका कुराहरू पालन गरेर। सर्वप्रथम, तिनीहरूको सामुन्‍ने जहाज बनाउने एउटा असाधारण काम थियो। त्यो काम समाप्त भए पछि, नूहले हर प्रकारका जनावरहरूको जोडा-जोडी र तिनीहरूका निम्ति लामो समय सम्म पुग्ने मात्रामा आहारले जहाज भर्नु परेको थियो। तर त्यति मात्र होइन। सो तयारी गर्ने समयको त्यो लामो अवधिमा नूहले मानिसहरूलाई आउनै लागेको ईश्‍वरीय इन्सा- फबारे चेतावनी दिंदै, पहिले कहिले नभएको प्रचारको काममा आफूले सक्दो भाग लिइरहेका थिए।—उत्पत्तिको ६ र ७ अध्याय; २ पत्रुस २:५.

८ बाइबल हामीलाई भन्दछ कि “नूहले त्यसै गरे—परमेश्‍वरले तिनलाई आज्ञा गर्नु भए बमोजिम तिनले सबै गरे।” (उत्पत्ति ६:२२; ७:५) आफूलाई सुम्पिएको काम पूरा गर्नमा, नूह र तिनको परिवार वफादार साबित भए। तिनीहरूमा भएको स्वार्थ-त्यागको भावनाले गर्दा तिनीहरूले आफ्नो समय लाभदायी ढङ्‌गमा प्रयोग गरेता पनि, काम कठिन थियो र प्रचारको काम गाह्रो थियो। जलप्रलय भन्दा अघि बच्चाहरू न जन्माएर, नूहका छोराहरू र तिनीहरूकी पत्नीहरूले आफूलाई जिम्मा दिएको काममा पूरा ध्यान दिन सके। त्यो ध्वंसात्मक जलप्रलय द्वारा एउटा दुष्ट संसारको न्यायोचित विनाश भयो। नूह, तिनकी पत्नी, तिनीहरूका तीनवटा छोराहरू र तीन बुहारीहरू मात्र बाँचे। तिनीहरू परमेश्‍वर र उहाँले दिनु भएका निर्देशनहरू प्रति वफादार थिए भनेर हामी खुसी हुन सक्‍तछौं किनभने हामी प्रत्यक शेम, हेम अथवा येपेतबाट आएका नूहका प्रत्यक्ष सन्तान हौं।—उत्पत्ति ५:३२; १ पत्रुस ३:२०.

९. (क) यहोवाले अब्राहामको जाँच गर्नु हुँदा, अब्राहामको वफादारीको जाँच कसरी भयो? (ख) यस मामिलामा इसहाकले पनि कसरी वफादारीको प्रदर्शन गरे?

९ अब्राहामले इसहाकलाई बलिदान चढ़ाउने तयारी गर्दा, तिनले यहोवाको आदेश प्रति विश्‍वासपूर्ण आज्ञाकारिता प्रकट गरे। तिनको वफादारीको त्यो एउटा अति नै कठिन जाँच थियो! तापनि, यहोवाले अब्राहामको हातलाई रोक्दै भन्‍नु भयो: “अब मैले थाह पाएँ तँ परमेश्‍वरसँग डराउँदो रहेछस्‌, किनकि तेरो छोरो, तेरो एकमात्र छोरालाई पनि मबाट तैंले रोकेर राखिनस्‌।” तर यस्को केही समय अघि मात्र घटेको घटनामा हामीले ध्यान दिनु उचित हुनेछ। मोरायाहको पर्वत जाने तीन दिनको यात्रामा, अब्राहामलाई मनैमन पुनः विचार गर्ने र आफ्नो मनसाय बदलने मौका थियो। इसहाकको विषयमा के भन्‍न सकिन्छ, जसले बलिदानको निम्ति दाउरा बोके र पछि, आफ्नो पितालाई तिनको हात खुट्टा बाँधन दिए। तिनी न हिचकिचाइकन आफ्नो पिता, अब्राहाम प्रति वफादार रहे र वफादारीको मार्गमा हिड़दा, आफ्नो ज्यान समेत गुमाउनु पर्ला जस्तो देखिएता पनि, आफूले निभाउनु पर्ने भूमिकाबारे विवाद गरेनन्‌।—उत्पत्ति २२:१-१८; हिब्रू ११:१७.

मसीही वफादारी

१०, ११. प्राचीन मसीहीहरूले वफादारीका के उदाहरण छाड़ेर गएका छन्‌?

१० यहोवाले सधैं नै साँचो वफादारीसाथ काम गर्नु भएको छ। “परमेश्‍वरका देखा-सिकी गर्नेहरू होओ,” भनेर प्रेरित पावलले आग्रह गरे। (एफिसी ५:१, २) जुन प्रकारको प्रतिक्रिया कुल-पिताहरूले देखाए, ठीक त्यस्तै प्रतिक्रिया मसीहीहरूले पनि देखाउनु परेको थियो। वफादारी साथ उपासना गर्ने सम्बन्धमा, प्राचीन मसीहीहरूले असल उदाहरणहरू छाड़ेर गएका छन्‌ र यस कुराको प्रमाण निम्न अनुभवले दिनेछ।

११ रोमी सम्राट कन्सटेनटाइनको बुबाज्यु, रोमी सम्राट कन्सटेन्टीयस प्रथमले येशू ख्रीष्टका अनुयायीहरूलाई गहिरो सम्मान गर्द थिए। तिनको दरबारमा काम गर्ने मसीहीहरूको वफादारीलाई जाँच गर्न, तिनले तिनीहरूलाई भने कि तिनीहरूले मूर्तिहरूलाई बलिदान चढ़ाउन राजी भएमा मात्र दरबारमा काम गर्न पाउनेछन्‌। इन्कार गरेको खण्डमा, तिनीहरूको जागिर खोसिने मात्र होइन तर सम्राटको हातबाट कड़ा दण्ड पनि भोग्ने छन्‌ भनी तिनीहरूलाई भनिएको थियो। यो एउटा साधारण खेल द्वारा, वफादारीमा सधैं अडिग रहने मानिसहरूलाई कन्सटन्सले छुट्याउन चाहे। परमेश्‍वर र उहाँका सिद्धान्तहरू प्रति वफादारी कायम राख्ने मानिसहरू सम्राट कहाँ, आ-आफ्नो जागिरमा कायम रहे र ती मध्य कति त पछि विश्‍वासीलो सल्लाहकारहरू पनि भए। परमेश्‍वरको आज्ञा प्रति वफादार नहुनेहरूलाई चाहिं अपमानजनक ढङ्‌गमा जागिरबाट हटाइयो।

१२. मसीही प्राचीनहरूले वफादारी कसरी व्यक्‍त गर्नु पर्ने हो र मण्डलीका भलाइका लागि यो किन महत्वपूर्ण छ?

१२ वफादारी सबै मसीहीहरूको जीवनमा हुनु पर्ने गुण भएता पनि, तितस १:८ मा, यो गुण एउटा मसीही अध्यक्षमा हुनु पर्ने अन्य गुणहरू मध्य एउटा हो भनेर विशेष उल्लेख गरेको पाउँछौं। विलियम बार्कले भन्छन्‌ कि यहाँ वफादारी भनेर अनुवाद गरेको युनानी शब्द हो-सिओस्‌बाट “त्यो मानिसको बोध हुँदछ, जसले मानिसहरूका कानुन बनिनु भन्दा धेरै नै अगाड़ि देखि आएका अनन्तकालीन आज्ञाहरूको पालना गर्दछ।” प्राचीनहरूले परमेश्‍वरका कानुनहरू प्रति यस प्रकारको वफादारी व्यक्‍त गर्न अत्यावश्‍यक छ। यस प्रकारको सही उदाहरण द्वारा मण्डलीमा वृद्धि हुनेछ र मण्डलीमाथि सामूहिक रूपमा अथवा त्यसका सदस्यहरूमाथि व्यक्‍ति- गत रूपमा आइ पर्ने परीक्षा र दबाबहरूको सामना गर्ने बल उपलब्ध हुनेछ। (१ पत्रुस ५:३) नियुक्‍त भएका प्राचीनहरूले यहोवा प्रतिको आफ्नो वफादारी कहिले पनि कम गर्नु हुँदैन। बगालको निम्ति तिनीहरूले पूरा गर्नु पर्ने यो एउटा जिम्मेवारी हो किनभने मण्डलीलाई तिनीहरूको “विश्‍वासको देखा-सिकी” गर्नु भनिएको छ।—हिब्रू १३:७.

वफादारी—यसको मूल्य के हुने हो?

१३. “सबै मानिसले एउटा न एउटा मूल्यको निम्ति आफूलाई बेचि दिन्छ” भन्‍ने आहानको अर्थ के हो र यो आहानको सत्यतालाई कुन कुन उदाहरणले पुष्टि दिएको जस्तो देखिन्छ?

१३ “सबै मानिसको आफ्नो, आफ्नो एउटा मूल्य हुन्छ,” भन्‍ने आहान, १८ वाँ शताब्दीको ब्रिटिश प्रधान मन्त्री, सर रबर्ट वालपोलले शुरू गरेको हो भनेर मानिसहरू भन्छन्‌। र वास्तवमा, इतिहासभरि, मानिसहरूले स्वार्थका निम्ति आफ्नो वफादारीको सौदा गरेको कुरा यो आहानले व्यक्‍त गर्दछ। उदाहरणका लागि, बाइबल अनुवादक, विलियम टिनडेलको कुरा लिनुहोस्‌ जसले हेनरी फिलिप्‌सलाई गलतीले एउटा वफादार मित्र ठाने। १५३५ मा फिलिप्‌सले टिनडेलसँग विश्‍वासघात गर्दै, दुश्‍मनहरूको हातमा टिनडेललाई सुम्पी दियो र परणिमस्वरूप, टिनडेल तुरन्त झेलमा थुनिए र केही समय पछि, तिनको हत्या पनि गरियो। एउटा इतिहासकार भन्छ कि फिलिप्‌स या त बेलायती राजा अथवा बेलायतका कैथोलिकहरूको निम्ति काम गरिरहेको थियो होला र “यसरी यहूदाको जस्तै काम गरेको लागि, प्रशस्त इनाम पनि पाएको हनु पर्छ।” स्पष्ट छ, यहाँ इतिहासकारले यहूदा इस्केरियोतीलाई सङ्‌केत गरेको हो जसले येशूलाई पक्राउमा पार्ने कामको वापत, चाँदीको ३० टुक्रा स्वीकारेको थियो। तर यी उदाहरणहरूबाट, मानिसहरूले आफ्नो वफादारी पैसाको निम्ति मात्र बेच्ने गर्छन्‌ भन्‍ने निष्कर्षमा हामी आउनु भएन।

१४. यहोवा प्रति यूसुफको वफादारीको जाँच कसरी गरियो र यसको परिणाम के भयो?

१४ पोतीफरकी स्वास्नीले यूसुफलाई आफूसँग “सुत्न लगाउँदा,” यहोवाको निम्ति यूसुफको वफादारीको जाँच भयो। तिनले के गर्ने थिए? यसमा बिथोलित्‌ सिद्धान्तहरू तिनको मनमा स्पष्ट भएको हुनाकारण, “यस्तो घोर दुष्ट काम गरेर परमेश्‍वरको विरुद्धमा कसरी पाप गर्नु” भन्दै, दृढ़ संकल्प साथ, यूसुफ घरबाट निस्केर भागे। योनिक आनन्द उठाउन सक्ने मौकाले आफ्नो परमेश्‍वर यहोवा प्रतिको यूसुफको वफादारीलाई जित्न सकेन।—उत्पत्ति ३९:७-९.

१५. अव्शालोमले बेवफादारी कसरी प्रकट गर्‌यो र फलःस्वरूप के भयो?

१५ तर अरू खतराहरू पनि छन्‌; मानिस उच्चाभिलाषी भएको खण्डमा पनि वफादार हुन सक्‍तैन। अब्शालोमले आफ्नो बुबा, राजा दाऊदको विद्रोह यसै कारणले गरेको थियो। षड़यन्त्र र छली योजनासाथ, अब्शालोमले मानिसहरूको हृदय जितन खोज्यो। अन्तत्वगत्वा, उसले आफ्ना बुबाका वफादार समर्थकहरूको सामना गर्न, एउटा फौज जम्मा गर्‌यो। जोवाबको हातमा मरेर, अब्शालोमले आफ्नो बुबा प्रति गरेको विश्‍वासघातको अन्त भयो। तापनि, ईश्‍वरीय प्रबन्ध उल्टाउन खोज्दा उसले कति ठूलो मूल्य तिर्नु पर्‌यो!—२ शमूएल १५:१-१२; १८:६-१७.

अमूल्य वफादारी

१६. २ कोरिन्थी ११:३ ले शैतानको नियत बारे के भन्दछ?

१६ एउटा न एउटा मूल्यमा, सबैले नै आफूलाई बेचिदिनेछन्‌ भनेर शैतानले भनेतापनि र यो कुरा अब्शालोमको विषयमा साँचो साबित भएतापनि, यूसुफको विषयमा यो साँचो थियो भन्‍न मिल्दैन र यहोवाका साँचो उपासकहरूको विषयमा यो कुरा कहिले साँचो प्रमाणित भएको छैन। तापनि, आफ्नो सृष्टिकर्ता प्रतिको वफादारी भङ्‌ग गराउनका लागि, शैतानले हाम्रो सामुन्‍ने बढ़ी भन्दा बढ़ी मूल्य प्रस्तुत्‌ गर्नेछ। प्रेरित पावलले डर प्रकट गर्दै भने कि “जसरी सर्पले आफ्नो छलले हव्वालाई छकायो” त्यसरी नै हाम्रा सोंचाइ भ्रष्ट होला र यसबाट हामी यहोवाको उपासना र उहाँ प्रतिको आफ्नो वफादारीमा समझौता गर्न पुगौंला।—२ कोरिन्थी ११:३.

१७. कुनै कुनै मानिसहरूले के कस्ता कुराहरूका लागि, सेवा गर्ने अमूल्य विशेषाधिकारहरू बेचेका छन्‌?

१७ हामीले स्वयंलाई यो प्रश्‍न गर्नु उचित हुनेछ: ‘वफादारीसाथ मेरो सृष्टिकर्ताको सेवा गर्ने सौभाग्यको बदलामा, मैले स्वीकार गर्न सक्ने त्यस्तो कुनै मूल्य छ र?’ दुःख लाग्दो कुरा के हो भने, कुनै कुनै व्यक्‍ति जो पहिले यहोवाका समर्पित सेवकहरू थिए, तिनीहरूले बदलामा धेरै कम मूल्यका कुराहरू स्वीकार गरे। कुनै प्राचीनहरूले पनि पवित्र सेवा चढ़ाउने आफ्नो अमूल्य विशेषाधिकारलाई योनिक अनैतिकताको क्षणिक आनन्दका लागि बेची दिएका छन्‌। प्राचीनहरू साथ साथै अरूहरूले पनि फेरि कहिले फिर्ता नपाउने गरी पारिवारिक एकता, मण्डलीको प्रेम र सम्मान, र शैतानले ल्याएको कुनै पनि परीक्षाको सामुन्‍ने बलिया र वफादार भएर बस्न सक्ने शक्‍ति दिनु हुने स्वयं यहोवाकै अनुमोदन समेत गुमाएका छन्‌।—यशैया १२:२; फिलिप्पी ४:१३.

१८. १ तिमोथी ६:९, १० मा उल्लेखित चेतावनीलाई ध्यान दिन किन उचित हो?

१८ यस बाहेक, बाइबलमा स्पष्ट चेतावनी हुँदा हुँदै पनि, अरूहरूले चाहिं सांसारिक लक्ष्यहरू प्राप्त गर्न उच्चाभिलाषा राख्दै, आफ्नो “हृदयलाई छेंड़ेका” छन्‌। (१ तिमोथी ६:९, १०) देमासले पनि आफ्नो विशेषाधिकार, यसै कारणले गर्दा, केही समयका लागि अथवा सधैंका लागि, गुमायो भनेर पावलले आफ्नो पत्रमा उल्लेख गरेका छन्‌। (२ तिमोथी ४:१०) यहोवालाई दिने वफादारीको सौदा गरेको खण्डमा, परिणाम जहिले पनि दुर्भाग्यपूर्ण हुन्छ। “परमेश्‍वरको ठट्टा हुनेछैन, किनभने मानिसले जे रोप्तछ, त्यसैको कटनी पनि गर्नेछ।”—गलाती ६:७.

१९, २०. (क) टेलिवीजन हेर्नमा अति नै धेरै समय बिताउदा, के कस्ता खतराहरू आइ पर्न सक्दछन्‌? (ख) साक्षीहरूको एउटा परिवारले के असल उदाहरण दिएका छन्‌?

१९ कुनै बेला, यस प्रकारको सौदा गर्दा, थाहै न पाउने ढङ्‌गमा हामीले आफ्नो मूल्य तोक्न सक्छौं। उदाहरणका लागि, संयुक्‍त राष्ट्र अमेरिकाबाट प्राप्त एउटा रिपोर्ट अनुसार, धेरै परिवारहरूले तिनीहरू जागा बेसेको समयको आधा भाग टेलिवीजनको सामुन्‍ने बिताउने गर्छन्‌ र विशेषगरी जवान मानिहरूलाई यसको लत लागेको छ। एउटा मसीहीले टेलिवीजनमा प्रस्तुत्‌ गरिने योन-क्रिया र हिंसाले आफ्नो मन भर्ने गर्‌यो भने, चाँड़ै नै र थाहै नपाउने गरी, उसले मसीही सिद्धान्तहरूको महत्वलाई कम ठान्दै लैजानेछ। यसबाट उ सजिलैसँग यहोवाबाट टाढ़ा गएको, बेवफादार मानिस हुन सक्‍तछ। यस प्रकारको खराब आनीबानीले निश्‍चय नै असल आनीबानीलाई बिगार्न सक्दछ। (१ कोरिन्थी १५:३३) यहोवाको वचन पढ़न र त्यसमा मनन गर्न समय निकाल्नु पर्छ भनेर शास्त्रमा दिएको चेतावनी हामीले बिर्सनु भएन। यहोवाको एउटा वफादार उपासक भएर अनन्त जीवन तर्फ लैजाने ज्ञान प्राप्त गर्दै समय बिताउनुको सट्टा, टेलिवीजनको सामुन्‍ने अचकाली धेरै समय बिताउनु के एउटा सन्तुलित्‌ सौदा होला र? यस सम्बन्धमा, सत्यतामा आएका धेरैलाई आफ्नो सोंच-विचारमा ठूलो परिवर्तन ल्याउन आवश्‍यक परेको छ।—१ तिमोथी ४:१५, १६; २ तिमोथी २:१५.

२० टाकाशी, एक जना बेलायतमा बस्ने जापानी व्यापारी हुन्‌। तिनले धेरै जसो साँझ, आफ्नो परिवारसँग तीन अथवा चार घण्टा टेलिवीजन हेर्न बिताउने गर्द थिए। चार वर्ष अघि, तिनी र तिनकी पत्नीले बप्तिस्मा लिए पछि, व्यक्‍तिगत र पारिवारिक अध्ययनले प्राथमिकता लिन पर्छ भनेर तिनले दृढ़ फैसला गरे। टेलिवीजन हेर्ने समय, दिनको प्राय १५ देखि ३० मिनट सम्म घटाए पछि, तिनले परिवारमा राम्रो अगुवाइ लिन सके। टाकाशीले एउटा अङ्‌ग्रेजी भाषाको र अर्को जापानी भाषाको बाइबल प्रयोग गर्दै अध्ययन गर्न परेतापनि, तिनले तीब्र आध्यात्मिक प्रगति गरेकाछन्‌ र आज तिनी एक जना सहायक सेवकको हैसियतबाट सेवा गर्दैछन्‌। तिनकी पत्नी एउटी सहायक अग्रगामी छिन्‌। तिनी भन्छन्‌: “हाम्रा दुई जना छोराहरूको आध्यात्मिकतालाई सुरक्षित राख्नको निम्ति, तिनीहरूले टेलिवीजनमा कुन कार्यक्रम हेर्नु उचित छ र कुन हेर्न उचित छैन भन्‍ने विषयमा, म र मेरी पत्नीले विशेष चासो लिने गर्छौं। यस प्रकारको आत्म-संयम वास्तवमा लाभदायक हुन्छ।

२१. शैतानको चालहरूबारे हामी के जान्दछौं र हामीले आफैलाई कसरी बचाएर राख्न सक्छौं?

२१ हामी यो एउटा कुरा बारे निश्‍चित हुन सक्छौं: शैतानलाई हाम्रा कमजोरीहरू थाह छ। ती बारे शायद हामीलाई पनि त्यतिको राम्रो जानकारी छैन होला। यहोवा प्रतिको हाम्रो वफादारी र भक्‍ति कमजोर पारि दिन, त्यो जे पनि गर्न तयार हुनेछ। (मत्ती ४:८, ९ सँग तुलना गर्नुहोस्‌) यसकारण हामीले आफूलाई कसरी बचाउन सक्ने छौं? सधैं आँखाको सामुन्‍ने हाम्रो समर्पणा राख्नु आवश्‍यक छ र अरूहरूका आध्यात्मिक आवश्‍यकताहरूको निम्ति सेवा गर्दा, आफ्नो निपुणता बढ़ाउने खाँचो छ। यहोवाका वफादार सेवकहरू भएर, हामी उहाँको सेवामा व्यस्त हुनु बाहेक, सधैं उहाँको पवित्र वचनको निदेर्शन अनुसार हिड़नु पर्दछ। यसो गर्‌यौं भने, शैतानले हाम्रो सामुन्‍ने जस्तो सुकै मूल्य प्रस्तुत गरेतापनि, हामीलाई परमेश्‍वर प्रति वफादार हुन देखिन्‌ त्यसले कहिले हल्लाउन सक्ने छैन भन्‍ने हाम्रो दृढ़ संकल्प अझ बलियो हुनेछ।—भजनसंग्रह ११९:१४-१६. (w90 8/15)

तपाईं कसरी जवाफ दिनु हुनेछ?

◻ यहोवा र येशूले वफादारी कसरी व्यक्‍त गर्नु भएकोछ?

◻ बाइबलमा वफादारीका अरू के उदाहरणहरू पाउँदछौं?

◻ शैतानले हाम्रो सामुन्‍ने के प्रस्तुत गर्न सक्छ अथवा के गर्ने कोशिश गर्न सक्नेछ?

◻ यहोवाको उपासनामा सधैं वफादार रहनका निम्ति हामीले आफैलाई कसरी बलियो पार्न सक्नेछौं?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने