विश्वास र सुविवेक थामीराख
पहिलो तिमोथीको विवरणिका
ई. स. ५६ तिर प्रेरित पावलले एफिसस्का मण्डलीका प्राचीनहरूलाई तिनीहरूको माझमा “डरलाग्दा ब्वाँसाहरू” आउनेछन् र “बराल्ने कुरा बोलेर चेलाहरूलाई आफ्ना पछिपछि” लैजानेछन् भनेर होशियारी दिलाएका थिए। (प्रेरित २०:२९, ३०) केही वर्ष पछि मात्र, धर्म-त्यागी शिक्षाहरू एउटा गम्भीर समस्या भयो जसले गर्दा, मण्डलीको पवित्रता कायम राख्न र सङ्गी विश्वासीहरूको विश्वासलाई दह्रो पार्न, मण्डली भित्रै पनि आत्मिक लड़न्त लड़नु भनेर पावलले तिमोथीलाई आग्रह गरे। अरू मध्य यो एउटा मुख्य कारण थियो जसले गर्दा पावलले तिमोथीलाई यो प्रथम पत्र मेसिडोनियाबाट, प्राय ई. स. ६१-६४ मा लेखे।
प्राचीनका कर्त्तव्यहरू, स्त्री जातिलाई परमेश्वरले दिनुभएको स्थान, प्राचीनहरू र सहायक सेवकहरूमा हुनु पर्ने गुणहरू र अन्य विषयहरूबारे तिमोथीलाई उपदेश दिइयो। यस प्रकारको उपदेश आजको निम्ति पनि लाभदायक छ।
विश्वासकालागि अर्ती
पावलले विश्वास र सुविवेक थामी राख्ने शिक्षा साथ आफ्नो उपदेश शुरू गरे। (१:१-२०) तिनले तिमोथीलाई एफिसस्मै बस्न र त्यहाँका “कुनै कुनै मानिसलाई विभिन्न सिद्धान्तहरू सिकाउन नदिनू” भनेर प्रोत्साहन दिए। अज्ञानता र विश्वासको अभावले गर्दा येशूका अनुयायीहरूलाई पहिले खेदो गरेको कुरालाई स्वीकार गर्दै, तिनलाई सेवकाईको जिम्मा दिइएकोमा पावल कृतज्ञ थिए। प्रेरितले तिमोथीलाई “विश्वासको जहाज” डुबाउने कुनै कुनै मानिसहरू जस्तो नहुनू तर “विश्वास र सुविवेक थामेर” आत्मिक लड़न्तको युद्ध लड़नु भनी आदेश दिए।
उपासना सम्बन्धी उपदेश
यी कुराहरू पछि, पावल “विश्वास र सत्यमा अन्यजातिहरूको शिक्षक . . . नियुक्त” भएको हुनाले, यस सम्बन्धमा उपदेश दिन्छन्। (२:१-१५) मसीहीहरू शान्ति र चैनको जीवन बिताउन पाउँन भनेर उच्च पदाधिकारीहरूका लागि पनि प्रार्थना गर्नु परेको थियो। परमेश्वरको इच्छा, सबै मानिसहरूले उद्धार पाउनु हो र ख्रीष्टले “सबैको छुटकाराको मोलको निम्ति आफैलाई सुम्पिदिनुभएको” कुरा एउटा मुख्य शिक्षा हो। स्त्री लज्जालु भएर सिङ्गारिनु पर्छ र पुरूषमाथि अधिकार चलाउनु हुँदैन भनेर पावलले बताए।
मण्डली सुव्यवस्थित् हुनु पर्छ। (३:१-१६) यसकारण, पावलले प्राचीनहरू र सहायक सेवकहरूमा हुनु पर्ने गुणहरू प्रस्तुत गरे। प्रेरितले लेखेका कुराहरूबाट, मण्डली अर्थात् “सत्य र खामाको जग” भित्र व्यवहार कसरी गर्नु पर्ने हो, तिमोथीलाई थाह हुने थियो।
पावलले तिमोथीलाई झूटा शिक्षाबाट सुरक्षित् हुने मदद पाउन, व्यक्तिगत् उपदेश दिए। (४:१-१६) पछि आउने समयमा कोही कोही विश्वासबाट पतित हुनेछन्। तर आफ्नो विषयमा र आफ्नो शिक्षाको विषयमा निरन्तर होशियार रहेमा, तिमोथीले ‘आफूलाई र तिनलाई सुन्नेहरूलाई समेत उद्धार’ गर्न सक्ने थिए।
साथै, तिमोथीले दुवै जवान र बृद्धहरू सँग गर्नु पर्ने व्यवहार बारे उपदेश पाए। (५:१-२५) उदाहरणकालागि, उमेर पुगेकी र मसीहीहरू मध्य असल नाउँ चलेकी विधवाहरूकालागि सुहाउँदो प्रबन्ध गर्न उचित थियो। तरूणी विधवाहरूकालागि चाहिं, कुरौटे हुनुको सट्टा विवाह गर्न र छोरा-छोरी पाउन राम्रो थियो। असल ढङ्गमा अध्यक्षता गर्ने प्राचीनहरू चाहिं दोहोरो आदरका योग्य थिए।
सन्तुष्टि सहितको भक्ति
ईश्वरीय भक्ति सम्बन्धी उपदेश साथ पावलको पत्र समाप्त हुन्छ। (६:१-२१) “सन्तुष्टि सहितको भक्तिनै” ठूलो लाभ हो तर धनीहुने अभिलाषाले विनाश र सर्वनाश तर्फ लैजान्छ। पावलले तिमोथीलाई विश्वासको लड़न्त लड़न र ‘अनन्त जीवन पक्री’ राख्नु भने। त्यो यथार्थको जीवन पक्रनुका लागि धनवानहरूले “परमेश्वरमाथिनै आशा” राख्नु परेका थिए। (w91 1/15)
[पृष्ठ २७-मा भएको पेटी/चित्र]
बालक जन्ममा सुरक्षा पाउनेछन्: “यदि तिनीहरू विश्वास, प्रेम र संयमसाथ पवित्रतामा रहिरहे भनेता बालक जन्ममा तिनले सुरक्षा पाउनेछन्।” पावलले ती शब्दहरू लेख्दा, अनन्त जीवन पाउने मुक्तिबारे छलफल होइन तर एउटी ईश्वरीय स्त्रीले निभाउनु पर्ने भूमिका बारे कुरा गरिरहेका थिए। (१ तिमोथी २:११-१५) बालकहरू जन्माएर, बच्चाहरूको हेरचाह र घरजाम गर्ने स्त्री, कुरौटे हुन र अरूहरूको काममा हात हाल्न देखिन् “सुरक्षित” रहने थिइन्। (१ तिमोथी ५:११-१५) तिनले यहोवाको निम्ति गरेको सेवालाई तिनको गृहस्थी काम-कुराले अझ बल दिने थियो। तर सबै नै मसीहीहरू आफ्नो चालचलनबारे होशियार हुनु पर्छ र आफूसँग भएको समयको सुप्रयोग गर्नु पर्छ।—एफिसी ५:१५, १६.