प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w05 ५/१ पृ. २९
  • पाठकहरूका प्रश्‍नहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रश्‍नहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • मिल्दोजुल्दो सामग्री
  • विश्‍वास र सुविवेक थामीराख
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • के प्रेरित पावल स्त्री विरोधी थिए?
    ब्यूँझनुहोस्‌!—१९९४
  • तिमोथी “विश्‍वासमा . . . सच्चा छोरा”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • २ तिमोथि १:७—“परमेश्‍वरले ... डरको आत्मा होइन”
    शास्त्रपदको व्याख्या
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
w05 ५/१ पृ. २९

पाठकहरूका प्रश्‍नहरू

मसीही पत्नीबारे पावलले किन यस्तो लेखे: “बालक जन्ममा तिनले सुरक्षा पाउनेछन्‌”?—१ तिमोथी २:१५.

यस पदको सन्दर्भले पावलले बताउन खोजेको कुराको अर्थबारे के प्रकट गर्छ? पवित्र आत्माद्वारा प्रेरित भएर तिनले मण्डलीमा मसीही स्त्रीहरूको भूमिकाबारे सल्लाह दिंदै थिए। तिनले यस्तो लेखे: “त्यही किसिमले स्त्रीहरू साधा पहिरनमा लज्जालु र सरल भई सिंगारिऊन्‌। कपाल सिंगारेर बाटेको, सुन, मोती र बहुमूल्य लुगाहरूले ता होइन। तर असल कामहरूद्वारा (जो भक्‍ति गर्ने स्त्रीहरूलाई सुहाउँछ)।” (१ तिमोथी २:९, १०) पावलले मसीही बहिनीहरूलाई भद्र हुन, व्यक्‍तिगत सिंगारपटार गर्दा सन्तुलित हुन अनि असल कामहरूद्वारा ‘सिंगारिन’ आग्रह गरिरहेका थिए।

त्यसपछि, पावलले मण्डलीमा शिरत्वको प्रबन्धबारे यसरी बताए: “स्त्रीहरूले सिकाउने र पुरुषमाथि अधिकार जमाउने काममा म अनुमति दिन्‍नँ, तर तिनीहरू चूपचापै रहून्‌।” (१ तिमोथी २:१२; १ कोरिन्थी ११:३) शैतानद्वारा आदम बहकिएका होइनन्‌ तर हव्वा “बहकिएर अपराधमा फँसेकी हुन्‌” भनेर देखाउँदै तिनी यस प्रबन्धको आधारबारे बताउँछन्‌। एक जना मसीही स्त्री कसरी हव्वाले जस्तो गल्ती गर्नबाट बच्न सक्छिन्‌? पावल यस्तो जवाफ दिन्छन्‌: “यदि तिनीहरू विश्‍वास, प्रेम र संयमसाथ पवित्रतामा रहिरहे भनेता बालक जन्ममा तिनले सुरक्षा पाउनेछन्‌।” (१ तिमोथी २:१४, १५) यी शब्दहरूद्वारा पावल के भन्‍न खोज्दै थिए?

कुनै-कुनै अनुवादहरूले एउटी स्त्रीको उद्धार तिनले बालकहरू जन्माउँछिन्‌ वा जन्माउँदिनन्‌ भन्‍ने कुरामा निर्भर छ भनेर सङ्‌केत गर्न खोजेको देखिन्छ। उदाहरणका लागि, टुडेज इंग्लिस भर्सन यसो भन्छ: “बालकहरू जन्माएर स्त्रीले उद्धार पाउनेछिन्‌।” तथापि, पावलका शब्दहरूको यो अनुवाद सही छैन। उद्धार पाउन यहोवालाई चिन्‍नुपर्छ, येशूमा विश्‍वास गर्नुपर्छ र आफ्नो विश्‍वास कामहरूद्वारा प्रकट गर्नुपर्छ भनेर थुप्रै शास्त्रपदहरूले देखाउँछ। (यूहन्‍ना १७:३; प्रेरित १६:३०, ३१; रोमी १०:१०; याकूब २:२६) साथै, विश्‍वासी स्त्रीले सुरक्षितसाथ बालक जन्माउनेछिन्‌ भन्‍ने ग्यारेन्टी पनि पावलले दिन खोजिरहेका थिएनन्‌। चाहे विश्‍वासी होऊन्‌ वा नहोऊन्‌, स्त्रीहरूले सुरक्षितसाथ बालक जन्माएका छन्‌। अनि दुःखको कुरा, चाहे तिनीहरू विश्‍वासी होऊन्‌ वा नहोऊन्‌ बालक जन्माउँदा केही स्त्रीहरूको मृत्यु भएको छ।—उत्पत्ति ३५:१६-१८.

पछि यही पत्रमा स्त्रीहरूबारे पावलले दिएको थप सल्लाहले हामीलाई तिनले भन्‍न खोजेको कुराको अर्थ बुझ्न मदत दिन्छ। तिनी केही यस्ता तरुणी विधवाहरूबारे चेतावनी दिन्छन्‌ जो “घरघर डुल्ने भई अल्छी हुन सिक्छन्‌, औ केवल अल्छी मात्र होइन तर कुरौटे, अरूको काममा हात हाल्ने, बोल्न नहुने कुराहरू बोल्ने, हुन्छन्‌।” पावलले कस्तो सल्लाह दिए? तिनी अझै यसो भन्छन्‌: “यसकारण तरूणी विधवाहरूले विवाह गरून्‌, छोरा-छोरी पाऊन्‌, गृहस्थी काम गरून्‌, विरोधीलाई बदनाम गर्ने मौका नदिऊन्‌ भन्‍ने म चाहन्छु।”—१ तिमोथी ५:१३, १४.

पारिवारिक प्रबन्धमा स्त्रीहरूको सकारात्मक भूमिकाबारे पावल जोड दिन्छन्‌। ‘छोराछोरी पाउने र गृहस्थी सँभाल्नेजस्ता’ क्रियाकलापहरूमा व्यस्त रहेर “विश्‍वास, प्रेम र संयमसाथ पवित्रतामा” रहिरहँदा तिनी उत्थानदायी नहुने प्रकारका आचरणहरूतर्फ आकर्षित हुनेछैनन्‌। तिनको आध्यात्मिकता बचाइनेछ वा ‘सुरक्षित’ हुनेछ। (१ तिमोथी २:१५) यस्तो मार्गले थुप्रै जवान स्त्रीहरूलाई शैतानका पासोहरूबाट जोगिन मदत गर्नेछ।

चाहे हामी पुरुषहरू होऔं वा स्त्रीहरू, पावलले तिमोथीलाई लेखेका शब्दहरूले हामी सबैलाई लाभदायी कुराहरूमा व्यस्त रहन सम्झाउँछ। परमेश्‍वरको वचनले सबै मसीहीहरूलाई यस्तो सल्लाह दिन्छ: “कसरी हिंड्‌छौ ठीकसँग हेर, निर्बुद्धि जस्तो होइन, तर बुद्धिमान मानिसजस्तो।”—एफिसी ५:१५.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने