प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w92 ५/१ pp. १६-१९
  • शुद्ध भाषाद्वारा एकताबद्ध हुनु होस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • शुद्ध भाषाद्वारा एकताबद्ध हुनु होस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • ईश्‍वर प्रदत भाषा आज!
  • शुद्ध भाषा परिभाषित
  • शुद्ध भाषा अहिले सिक्नु होस्‌!
  • शुद्ध भाषा बोल्नुहोस्‌ र सदा बाँच्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • के तपाईं “शुद्ध भाषा” धाराप्रवाह बोल्दै हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • यहोवाका पुनर्स्थापित जनहरू संसारभरि उहाँको प्रशंसा गर्छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • “पृथ्वीका सबै मानिसको भाषा एउटै थियो”
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
w92 ५/१ pp. १६-१९

शुद्ध भाषाद्वारा एकताबद्ध हुनु होस्‌

“त्यस बेला देश देशका मानिसहरूलाई एउटा शुद्ध भाषा बोल्न लाउनेछु, र तिनीहरू सबैले परमप्रभुको [यहोवाको न्यु.व.] नाउँको पुकारा गरेर एकै हृदयको भएर उहाँको सेवा गर्नेछन्‌।”—सपन्याह ३:९.

१. यहोवा परमेश्‍वर बोल्नु भएको के मानिसहरूले कहिले सुनेका छन्‌?

यहोवा परमेश्‍वरको भाषा शुद्ध छ। तर उहाँले बोल्नु भएको के कहिले मानिसहरूले सुनेकाछन्‌ र? सुनेकाछन्‌! १९ वौं शताब्दी अघि, उहाँका पुत्र येशू ख्रीष्ट पृथ्वीमा हुनु हुँदा, यस्तो भएको थियो। उदाहरणका लागि, येशूको बप्तिस्मा हुँदा, परमेश्‍वरले एसो भन्‍नु भएको सुनियो: “यिनी मेरो प्यारो पुत्र हुन्‌, जोसँग म खुशी छु।” (मत्ती ३:१३-१७) शुद्ध सच्चाइको त्यो एउटा वचन थियो जसलाई येशू र बप्तिस्मा दिने यूहन्‍नाले मानव भाषामा सुने।

२. “स्वर्गदूतहरूको भाषा” बारे प्रेरित पावलले गरेका कुराबाट के बोध हुँदछ?

२ केही वर्ष पछि, मसीही प्रेरित पावलले “मानिसहरू र स्वर्गदूतहरूका भाषा” बारे कुरा गरे। (१ कोरिन्थी १३:१) यसले के सङ्‌केत गर्दछ? यही कि मानिसहरूको मात्र होइन तर आत्मिक व्यक्‍तिहरूको पनि भाषा र बोली हुँदो रहेछ! यथार्थमा, परमेश्‍वर र स्वर्गदूतहरू एक अर्कासँग हामीहरूले सुन्‍न अथवा बुझ्न सक्ने आवाज र भाषाको प्रयोग गर्दै बोल्ने गर्दैनन्‌। किन? किनभने मानिसहरूले सुन्‍न र बुझ्न सक्ने प्रकारका आवाजका तरङ्‌गहरूको प्रसारणका लागि, पृथ्वीको वरिपरि जस्तो वायु मण्डल छ, त्यस्तै चाहिन्छ।

३. मानव भाषाको शुरुआत कसरी भयो?

३ मानव भाषाको शुरुआत कसरी भयो? केही मानिसहरू भन्छन्‌ कि हाम्रा पुर्खाहरूले ङ्‌यारङ्‌यार-ङुरङुर गर्दै एक अर्कासँग बोल्ने प्रयास गरे। एवलुशन (लाइफ नेचर लाइब्रेरी) भन्‍ने पुस्तक भन्छ: “सम्भवतः, करीब दश लाख वर्ष अघिको एउटा बन-मान्छे, एक दुईवटा बोली उच्चारण गर्न सक्षम भयो।” तर प्रसिद्ध शब्दकोष लेखक-सम्पादक, लुडविक कइलरले भने: “मानव बोली एउटा रहस्य हो; त्यो एउटा ईश्‍वरीय वरदान हो, एउटा चमत्कार हो।” हो, मानव बोली एउटा ईश्‍वरीय वरदान हो किनभने परमेश्‍वरले नै प्रथम मानिस आदमलाई एउटा भाषा प्रदान गर्नु भयो। स्पष्टतया, त्यो भाषा पछि गएर हिब्रू कहलियो। त्यो भाषा “हिब्रू अब्रामका” इस्राएली सन्तानहरूले बोल्ने गर्थे। अब्राम एक जना विश्‍वासी कुलपिता थिए र तिनका पुर्खा शेम, जहाज बनाउने नूहका पुत्र थिए। (उत्पत्ति ११:१०-२६; १४:१३; १७:३-६) परमेश्‍वरले शेमलाई दिनु भएको भविष्यवाणी रूपी आशिष ध्यानमा राख्दा, ४३ शताब्दी अघि यहोवा परमेश्‍वरले चमत्कारपूर्ण ढङ्‌गमा जे गर्नु भयो, त्यसको प्रभाव शेमले बोलेको भाषामा परेको थिएन भन्‍ने निष्कर्षमा पुग्नु मुनासिब छ।—उत्पत्ति ९:२६.

४. निम्रोद को थियो र दियाबल अथवा शैतानले त्यसलाई कसरी प्रयोग गर्‌यो?

४ त्यस बेला ‘जम्मै पृथ्वीमा एउटै भाषा थियो औ शब्दहरू थोरै थिए।’ (उत्पत्ति ११:१) त्यसै समयमा, ‘परमप्रभुको दृष्टिमा [यहोवाको विरुद्धमा, न्यु.व.] शक्‍तिशाली शिकारी’ निम्रोद भन्‍ने मानिस थियो। (उत्पत्ति १०:८, ९) मानवजातिको अदृश्‍य र प्रमुख शत्रु, शैतानले त्यसको सङ्‌गठनको पार्थिव भाग स्थापित गर्न, निम्रोदलाई विशेष रूपमा प्रयोग गरयो। निम्रोद आफ्नो निम्ति एउटा ठूलो नाउँ कमाउन चाहन्थ्यो र यही अहङ्‌कारी प्रवृत्ति उसका अनुयायीहरूले पनि अपनाए। तिनीहरू सबै मिलेर, शिनारको देशमा, एउटा विशेष निर्माणको काम शुरू गरे। उत्पत्ति ११ अध्यायको चौथो पद्य अनुसार, तिनीहरूले भने: “लौ हामी आफ्ना निम्ति एउटा शहर र टुप्पा स्वर्गसम्म भएको एउटा धरहरा बनाएर आफ्नो नाउँ राखौं, नत्रता हामीलाई पृथ्वीभरि जताततै छरिनुपर्नेछ।” “पृथ्वीलाई भरिंदै . . . जाओ” भन्‍ने परमेश्‍वरको उद्देश्‍यको विरोध गर्ने त्यो कार्यक्रमलाई, यहोवाले ती विरोधीहरूको भाषा अल्मलाइ दिनु भएर, अन्त गरी दिनु भयो। बाइबलको लेख भन्दछ: “तब परमप्रभुले [यहोवाले, न्यु.व.] त्यहींबाट तिनीहरूलाई जम्मै पृथ्वीभरि तितर-बितर पारिदिनुभयो, र तिनीहरूले त्यो शहर बनाउन छोड़िदिए।” (उत्पत्ति ९:१; ११:२-९) त्यो शहरको नाउँ बाबेल अथवा बेबिलन (जसको अर्थ हो भद्रगोल) राखियो, “किनभने त्यहीं नै यहोवाले सारा पृथ्वीको भाषा अलमल्याई दिनु भयो।”—बायिङ्‌टन.

५. (क) परमेश्‍वरले मानव जातिको भाषा अल्मलाई दिनु भएको हुनाले, कुन कुरा हुन पाएन? (ख) नूह र शेमको भाषाबारे हामी कुन निष्कर्षमा पुग्नु सक्छौं?

५ त्यो चमत्कार—अर्थात्‌ एक मात्र मानव भाषामा गडबडी उत्पन्‍न भए पछि—परमेश्‍वरले नूहलाई दिनु भएको आदेश अनुसार, पृथ्वी भरिनु थाल्यो। यसका साथै, स्वर्ग र पृथ्वीको सार्वभौम प्रभुको विरोध गर्ने मानिसहरूलाई संयुक्‍त पारेर, शैतानले आफ्नै अपवित्र उपासना स्थापित गर्ने सम्भाव्य योजनामा पनि रोक्का लाग्यो। यो साँचो हो, मानिसहरूले झूटो धर्म जुन सुकै रूपमा माने तापनि, तिनीहरू दियाबलकै शिकार भए र तिनीहरूले देव-देवीहरू बनाएर, यिनीहरूलाई आ-आफ्ना भाषाहरू अनुसार बेग्ला-बेग्लै नाउँ दिंदै यिनीहरूको उपासना गर्दा, तिनीहरूले प्रेतहरूको सेवा गरिरहेका थिए। (१ कोरिन्थी १०:२०) तर एक मात्र साँचो परमेश्‍वरले बाबेलमा गर्नु भएको कार्य द्वारा, दियाबललाई त्यसले चाहेको उपासना दिने एउटा संयुक्‍त झूटो धर्म स्थापित हुन पाएन। तर निश्‍चय पनि, शिनार देशको त्यो उलटपलटमा धर्मी नूह र तिनको पुत्र शेम विथोलित भएनन्‌। यसकारण, तिनीहरूले बोलेकै भाषा—अर्थात्‌ जुन भाषामा परमेश्‍वर आदमसँग अदनको बगैंचामा बोल्ने गर्नु हुन्थ्यो—पछि त्यही भाषा विश्‍वासी अब्रामले (अथवा अब्राहामले) पनि बोलेको हुनु पर्छ भन्‍ने निष्कर्षमा पुग्न मुनासिब हुनेछ।

६. यहोवाले विभिन्‍न भाषाहरू बोल्ने योग्यता दिन सक्नु हुन्छ भनी सा. यु. ३३ को पेन्तीकोसको दिनमा कसरी दर्शाउनु भयो?

६ मानव जातिको प्रारम्भिक भाषा अलमल्याइ दिनु हुने यहोवाले बेग्ला-बेग्लै भाषाहरूमा बोल्ने क्षमता पनि दिन सक्नु हुन्छ। उहाँले यही कुरा हाम्रा सामान्य युगको ३३ सालमा, पेन्तीकोसको दिनमा गर्नु भयो! प्रेरित २:१-११ अनुसार, येशू ख्रीष्टका करीब १२० जना चेलाहरू, यरूशलेममा, एउटा माथिल्लो तलामा भेला भएका थिए। (प्रेरित १:१३, १५) अचानक, स्वर्गबाट “ठूलो बतास बहेको जस्तो” आवाज सुनियो। “आगोको जस्तो चिरा चिरा परेका जिब्राहरू” देखा परे र ती सबैमाथि बसे। यसो हुँदा, चेलाहरू “पवित्र आत्माले भरिए र आत्माले तिनीहरूलाई उच्चारण गर्नदिए बमोजिम, तिनीहरू अरू भाषामा बोल्न लागे।” ईश्‍वरबाट वरदान सरह पाइएका ती भाषाहरूमा तिनीहरूले “परमेश्‍वरका महाकार्यहरूको विषयमा” बोल्न लागे। यो वास्तवमा एउटा चमत्कार थियो किनभने मेसोपोटामिया, मिश्र, लिबिया र रोम जस्ता टाढ़ा टाढ़ा ठाउँहरूबाट आएका दुवै यहूदी र यहूदी धर्ममा लागेका विभिन्‍न भाषा बोल्नेहरूले त्यो जीवन-दायी समाचार बुझ्न सके!

ईश्‍वर प्रदत भाषा आज!

७. संसारभरि एउटै भाषा बोलिने र बुझिने भएको भए, के हुने थियो?

७ परमेश्‍वरले विभिन्‍न भाषाहरू चमत्कारपूर्ण ढङ्‌गमा प्रदान गर्न सक्नु भएको हुनाकारण, विश्‍वभरि बोलिने र बुझ्न सकिने उहाँले एउटै भाषा दिनु भएमा अति नै राम्रो हुने थिएन होला? मानव परिवार बीच बढ़ी मेल हुनमा त्यसले मदद पुर्‌याउने थियो। वर्ल्ड बुक एनसायक्लोपिडियाले भने झैं: “सबै मानिसहरूले एउटै भाषा बोलेमा, सांस्कृतिक र आर्थिक सम्बन्धहरू अझ बलियो हुने थिए र देश देश बीच सद्‌-भावना बढ़ने थियो।” भनौं भने, यसका लागि बितेका सालहरूमा ६०० भन्दा बढ़ी भाषाहरू प्रस्तावित भए। ती मध्य, एसपेरान्टो भाषाले सबै भन्दा ठूलो असर पारेको छ किनभने १८८७ मा त्यसको सृजना भए देखिन्‌, प्रायः १०,०००,००० जना मानिसहरूले त्यो बोल्न सिकेका छन्‌। तापनि, मानव जातिलाई एउटा विश्‍व-व्यापी भाषा द्वारा एकताबद्ध पार्ने मानव कोशिश कहिले सफल भएन। यसको विपरीत, जसै “खराब मानिसहरू र ठगाहाहरू . . . झन झन खराब हुँदै” जाँदैछन्‌, संसारमा अझ बढ़ी समस्याहरूको कारण फूट उत्पन्‍न भइरहेछ।—२ तिमोथी ३:१३.

८. आजको संसारमा एउटै विश्‍व-व्यापी भाषा अपन्याइएता पनि, के चाँहि रहिरहने थियो र किन?

८ धर्महरू बारे कुरा गर्ने हो भने, त्यसमा झन ठूलो गडबडी छ। तर यो कुनै आश्‍चर्यको कुरा होइन किनभने झूटो धर्मको विश्‍व-साम्राज्यलाई बाइबलमा प्रकाशको पुस्तकमा “महान बेबिलोन” भनिएको छ। (प्रकाश १८:२) र बेबिलोनको अर्थ “भद्रगोल” हो। कृत्रिम अथवा कुनै प्राकृतिक भाषा नै, जस्तो कि अँग्रेजी, फ्रेन्च, जर्मन अथवा रूसीलाई एउटा विश्‍व-व्यापी भाषा मान्दै आजको संसारमा अपनाएता पनि, धार्मिक र अन्य अरू क्षेत्रहरूमा फूट रही रहने थियो। किन? किनभने, “सारा संसार दुष्टको अधीनमा परेको छ।” (१ यूहन्‍ना ५:१९) स्वार्थको त्यो नै सबै भन्दा ठूलो नमूना हो र निम्रोद र बाबेलको धरहराका दिनहरूमा झैं, त्यसले सारा मानव जातिबाट उपासना पाउने लोभपूर्ण तिर्सना गर्छ। पापी मानिसहरूले एउटा विश्‍व-व्यापी भाषा बोल्न पाएको भए, शैतानले संयुक्‍त दियाबल-पूजा स्थापित गर्ने मौका पनि छोप्न सक्ने थियो! तर यहोवाले त्यसो हुन कहिले पनि दिनु हुने छैन; बरु, उहाँले दियाबल द्वारा प्रेरित सबै झूटो धर्मको अन्त गरी दिनु हुनेछ।

९. सबै राष्ट्रहरूका र जातिहरूका मानिसहरू आज एकताबद्ध कसरी भइरहेका छन्‌?

९ तापनि, एउटा अचम्म लाग्दो कुरा के हो भने, सबै राष्ट्रहरू र जातिहरूका असल असल मानिसहरू अहिले एक भइ रहेकाछन्‌। यो कुरा परमेश्‍वरको नियम बमोजिम, उहाँकै उपासनाका लागि भइ रहेछ। आज, पृथ्वीको एक मात्र शुद्ध भाषा बोल्न र सिक्न परमेश्‍वरले मानिसहरूका निम्ति सम्भव पारि दिनु हुँदैछ। र त्यो वास्तवमा एउटा विश्‍व-व्यापी भाषा हो। साँच्चैनै, यहोवा परमेश्‍वरले पृथ्वीका सबै राष्ट्रहरूका धेरै मानिसहरूलाई आज यो शुद्ध भाषा सिकाउनु हुँदैछ। परमेश्‍वरले उहाँका अगमवक्‍ता र साक्षी सपन्याह द्वारा गर्नु भएका अगमवाणीको पूर्तिमा यो भइरहेछ: “त्यस बेला देश देशका मानिसहरूलाई एउटा शुद्ध भाषा [शाब्दिक ढङ्‌गमा, “एउटा सफा ओंठ”] बोल्न लाउनेछु, र तिनीहरू सबैले परमप्रभुको [यहोवाको, न्यु. व.] नाउँको पुकारा गरेर एकै हृदयको भएर उहाँको सेवा गर्नेछन्‌।” (सपन्याह ३:९) यो शुद्ध भाषा के हो?

शुद्ध भाषा परिभाषित

१०. शुद्ध भाषा के हो?

१० शुद्ध भाषा परमेश्‍वरको सच्चाइ हो जो उहाँको वचन, पवित्र शास्त्रमा पाइन्छ। त्यो खासगरी, पृथ्वीमा मानव जातिका लागि शान्ति र अन्य अरू आशिषहरू ल्याउने परमेश्‍वरको राज्यसँग सम्बन्धित सच्चाइ हो। शुद्ध भाषाले धार्मिक त्रुटि र झूटो उपासनालाई हटाउँदछ। त्यसले यो भाषा बोल्ने सबैलाई जीवित र सत्य परमेश्‍वर, यहोवाको शुद्ध, सफा र हितकर उपासना द्वारा एकताबद्ध गराउँदछ। आज केही ३,००० भाषाहरू सम्झौताको बाटोमा तगारो भएर बसेकाछन्‌ र सयौं झूटो धर्महरूले मानव जातिलाई अन्योलमा पार्दछन्‌। यसकारण, परमेश्‍वरले मानिसहरूलाई यो शुद्ध भाषा दिनु भएकोमा हामी कति खुशी छौं!

११. शुद्ध भाषाले सबै राष्ट्रहरूका मानिसहरूका लागि के गरी दिएको छ?

११ हो, सबै राष्ट्रहरू र जातिहरूका मानिसहरूले शुद्ध भाषा पूर्णरूपमा सिकी रहेकाछन्‌। पृथ्वीमा यो एक मात्र आत्मिक रूपमा शुद्ध भाषा भएको हुनाकारण, मानिसहरूलाई एकताबद्ध गराउने एउटा ठूलो शक्‍तिको रूपमा यसले काम गर्दछ। यो भाषा बोल्ने सबैलाई यसले “परमप्रभुको [यहोवाको, न्यु.व.] नाउँको पुकारा गरेर एकै हृदयको भएर उहाँको सेवा” गर्ने मद्दत दिइरहेछ। यस प्रकार, तिनीहरूले “एकै सम्मति” “एकै संयुक्‍त सम्मति” र “काँधमा काँध मिलाएर” परमेश्‍वरको सेवा गर्दछन्‌। (दी न्यु इङ्‌गलिश बाइबल; दी एमप्लिफाइड्‌ बाइबल) स्टिवन टी. बायिङ्‌गटनले गरेको अनुवाद यस प्रकार छ: “तिनीहरू सबैले यहोवाको नाउँमा पुकारा गरून्‌ र उहाँको सेवा गर्न सहयोग गरून्‌ भनेर, म [यहोवा परमेश्‍वरले] सबै मानिसहरूको ओंठ सफा तुल्याउनु छु।” यस प्रकार विश्‍वभरि, विभिन्‍न भाषा बोल्नेहरूका बीच, परमेश्‍वरको सेवामा सहयोगको भाव, यहोवाका साक्षीहरूको बीचमा मात्र छ। आज, २१२ मुलुकहरूमा, राज्यका यी चालीस लाख भन्दा बढ़ी उद्‌घोषकहरूले बेग्ला-बेग्लै मानव भाषाहरूमा सुसमाचारको प्रचार गरिरहेकाछन्‌। तापनि, यी साक्षीहरू “एउटै कुरा बोल्छन्‌” र “एकै मन र एकै विचारमा सिद्ध भएकाछन्‌।” (१ कोरिन्थी १:१०) किनभने पृथ्वीको जुन सुकै भागमा भएता पनि, यहोवाका साक्षीहरू, स्वर्गमा हुनु हुने आफ्ना पिताको प्रशंसा र महिमा गर्दै, त्यो एक मात्र शुद्ध भाषा बोल्छन्‌।

शुद्ध भाषा अहिले सिक्नु होस्‌!

१२, १३. (क) शुद्ध भाषा सिक्ने विषयमा तपाईंले किन चासो लिनु पर्दछ? (ख) सपन्याह ३:८, ९ का शब्दहरू आज यतिका महत्त्वपूर्ण किन छन्‌?

१२ शुद्ध भाषा बोल्नमा तपाईंले चासो लिनु किन उचित हो? किनभने, त्यो भाषा सिकेर बोल्नुमा नै तपाईंको जीवन भर पर्दछ। परमेश्‍वरले “देश देशका मानिसहरूलाई एउटा शुद्ध भाषा बोल्न” लाउने प्रतिज्ञा गर्नु अघि, उहाँले यो चेताउनी दिनु भयो: “परमप्रभु [यहोवा, न्यु.व.] भन्‍नु हुन्छ, ‘यसकारण नाश पार्नलाई म उठुञ्जेल तिमीहरू मलाई पर्खिरहो। जाति जातिहरू र राज्य राज्यहरूलाई जम्मा गरेर तिनीहरूमाथि मेरो रीस, मेरो भयानक रीस पूरा खन्याउने मेरो इच्छा छ, किनकि पृथ्वी मेरो डाहको आगोले भस्म हुनेछ।’”—सपन्याह ३:८.

१३ सार्वभौम प्रभु यहोवाका ती शब्दहरू प्रथम पटक २६ शताब्दी अघि यहूदामा, जसको राजधानी यरूशलेममा थियो, घोषणा गरियो। तर ती शब्दहरू विशेषगरी हाम्रो दिनका निम्ति थिए किनभने यरूशलेम मसीही जगतको एउटा अग्रिम चित्र थियो। र हाम्रो समय, अर्थात्‌ १९१४ मा, परमेश्‍वरको स्वर्गीय राज्य स्थापित भइ सके पछि, राष्ट्रहरूलाई जम्मा गर्ने र राज्यहरूलाई एकत्रित पार्ने यहोवाको दिन आएको छ। एउटा महान साक्षी दिने काम द्वारा उहाँले तिनीहरूलाई नियालेर हेर्नु हुँदैछ। यसले गर्दा, तिनीहरू संयुक्‍त रूपमा उहाँको उद्देश्‍यको विरुद्धमा जुरमुराइ रहेकाछन्‌। तथापि, यी राष्ट्रहरूबाट आएका मानिसहरूलाई शुद्ध भाषा बोल्नमा एकताबद्ध हुने मदद दयापूर्वक यहोवा परमेश्‍वरले दिनु हुँदैछ। साधारणतया, आर-मागेडोन कहलिने “सर्वशक्‍तिमान परमेश्‍वरको ठूलो दिनको लड़ाइँमा” ईश्‍वरीय क्रोधको अग्निमय प्रकाश हुँदा, ती राष्ट्रहरू भस्म हुनेछन्‌। तर तेसो हुन भन्दा अघि, परमेश्‍वरले प्रतिज्ञा गर्नु भएको नया संसारमा जीवन चाहने सबैले नै एकताका साथ, शुद्ध भाषा सित उहाँको सेवा गर्न सक्नेछन्‌। (प्रकाश १६:१४, १६; २ पत्रुस्‌ ३:१३) एकताबद्ध साँचा उपासकहरूको हैसियतमा शुद्ध भाषा बोल्ने र विश्‍वासका साथ यहोवाको नाउँको पुकारा गर्नेहरूले त्यो विश्‍व-सङ्‌कष्टको तापमा, ईश्‍वरीय बचाउ अनुभव गर्नेछन्‌। परमेश्‍वरले तिनीहरूलाई सुरक्षाका साथ, नया संसारमा प्रवेश गराउनु हुनेछ जहाँ अन्ततोगत्वा सारा मानव जातिले शुद्ध-भाषा मात्र बोल्नेछन्‌।

१४. वर्तमान रीतिरिवाजको अन्तमा बाँच्नका लागि तुरुन्तै कदम चाल्नु आवश्‍यक छ भनी परमेश्‍वरले सपन्याह द्वारा कसरी देखाउनु भयो?

१४ आफ्ना अगमवक्‍ता सपन्याह द्वारा, यहोवाले साफ-साफ बताउनु हुन्छ कि वर्तमान दुष्ट रीतिरिवाजको अन्तमा बाँच्ने आशा राख्नेहरूले तुरुन्तै आवश्‍यक कदम चाल्नु पर्दछ। सपन्याह २:१-३ अनुसार, परमेश्‍वर भन्‍नु हुन्छ: “ए लाज नभएको जाति हो, तिमीहरू एकसाथ जम्मा होऊ, र सजायको आज्ञा आउन अघिनै र भूस जस्तै दिन बितेर जान अघिनै, परमप्रभुको [यहोवा, न्यु.व.] भयंकर रीस तिमीहरूमाथि आउन अघिनै, परमप्रभुको [यहोवाको, न्यु.व.] रीसको दिन तिमीहरूमाथि आउन अघिनै जम्मा होऊ। हे पृथ्वीका दीन जन हो, जसले उहाँको न्यायको वचन पालन गरेको छ, परमप्रभुको [यहोवाको, न्यु.व.] खोजी गर। धार्मिकता खोज, नम्रता खोज, परमप्रभुको [यहोवाको, न्यु.व.] रीसको दिनमा सायद तिमीहरूले शरण पाउँछौ कि।”

१५. (क) सपन्याह २:१-३, प्रथम पटक कहिले पूरा भयो? (ख) परमेश्‍वरले यहूदामाथि न्याय दण्ड ल्याउनु हुँदा, बाँच्नेहरू को थिए र हाम्रो दिनमा पनि के हुनेछ?

१५ ती शब्दहरू प्रथम पटक प्राचीन यहूदा र यरूशलेममा पूरा भयो। परमेश्‍वरले बेबिलोनीहरू द्वारा, यहूदाका पापी मानिसहरूमाथि, सा. यु. पू. ६०७ मा गर्नु भएको इन्साफबाट देखिन्छ कि परमेश्‍वरले गर्नुको भएको आह्वानको तिनीहरूले वास्ता गरेका रहेनछन्‌। जसरी परमेश्‍वरको सामुन्‍ने एउटा “लाज नभएको जाति” यहूदा थियो, त्यसरी नै मसीही जगत पनि यहोवाको सामुन्‍ने एउटा निर्लज्ज “जाति” साबित भएको छ। तथापि, परमेश्‍वरको वचन सुनेर यहूदाका केही बासिन्दा र अन्य अरूहरू बाँचे जसमध्ये यहोवाका विश्‍वासी अगमवक्‍ता यर्मिया पनि थिए। कूशी एबेदमेलेक र योनादाबका सन्तान्‌हरू पनि बाँच्नेहरू मध्ये थिए। (यर्मिया ३५:१८, १९; ३९:११, १२, १६-१८) त्यसैगरी आज पनि, सबै जातिहरूबाट जम्मा गरिएका, येशूका “अरू भेड़ाका” एउटा “ठूलो भीड़” आर-मागेडोनमा बाँचेर परमेश्‍वरको नया संसारमा प्रवेश गर्नेछन्‌। (प्रकाश ७:९; यूहन्‍ना १०:१४-१६) शुद्ध भाषा सिक्ने र बोल्नेहरू मात्र हर्षमय बाँच्ने मानिसहरू मध्यका हुनेछन्‌।

१६. यहोवाको “रीसको दिनमा शरण” पाउनका निम्ति, के गर्नु आवश्‍यक छ?

१६ जसरी यहोवाको आदेश बमोजिम, यहूदा र यरूशलेम नामेट हुनै परेको थियो, त्यसरी नै मसीही जगत पनि नष्ट हुनै पर्छ। वास्तवमा, सबै झूटो धर्मको नाश अब नजिकै छ र बाँच्न चाहनेहरू सबैले तुरुन्तै उचित कदम चाल्नु पर्दछ। दाइँ गर्ने ठाउँमा अन्‍नलाई उफार्दा उड़ेर जाने “भूस जस्तै दिन बितेर जान अघिनै” तिनीहरूले सो काम गर्नु पर्छ। परमेश्‍वरको क्रोधबाट छुटकारा पाउनका लागि, हामीले शुद्ध भाषा बोल्ने गर्नु पर्छ र यहोवाको भयङ्‌कर रीस हामी माथि आइ पर्नु अघि नै, परमेश्‍वरको चेताउनी सुनेर त्यस बमोजिम काम गर्नु पर्दछ। सपन्याहको दिनमा र आज पनि, नम्र जनहरूले धार्मिकता र नम्रताका साथै, यहोवा परमेश्‍वरको खोजी गर्दछन्‌। हामीले यहोवाको खोजी गर्नुको अर्थ उहाँलाई हाम्रा सारा हृदय, प्राण, मन र शक्‍तिले प्रेम गर्नु हो। (मर्कूस १२:२९, ३०) “सायद (यसो गर्नेहरूले) शरण” पाउँछन्‌ कि। तर यो अगमवाणीमा “सायद” भन्‍ने शब्दको प्रयोग किन गरिएको छ? किनभने विश्‍वासिलोपना र धैर्य धारण गर्नुमा मुक्‍ति निर्भर गर्दछ। (मत्ती २४:१३) परमेश्‍वरका धार्मिक सिद्धान्तहरू अनुरूप जीवन बिताउने र शुद्ध भाषा बोली रहनेहरूले यहोवाको रीसको दिनमा शरण पाउँनेछन्‌।

१७. हामीले विचार गर्नु पर्ने कुन प्रश्‍नहरू बाँकी नै रहन्छन्‌?

१७ यहोवाको रीसको दिन नजिक आइ सकेको र शुद्ध भाषा सिक्नु र बोल्नुमा मुक्‍ति निर्भर भएको हुनाले, त्यो भाषा अध्ययन गर्नु र बोल्नुमा सम्पूर्णतया ग्रस्त हुने बेला यही हो। तर शुद्ध भाषा कसरी सिक्न सकिन्छ? र त्यो भाषा बोलेर तपाईंले कसरी लाभ उठाउन सक्नु हुन्छ? (w91 5/1)

तपाईं कसरी जवाफ दिनु हुन्छ?

◻ मानव जातिको भाषाको शुरुआत कसरी भयो?

◻ शुद्ध भाषा के हो?

◻ सपन्याह ३:८, ९ का शब्दहरू आज यतिका महत्त्वपूर्ण किन छन्‌?

◻ “यहोवाको रीसको दिनमा” शरण पाउनका लागि हामीले के गर्नु पर्दछ?

[पृष्ठ १७-मा भएको चित्र]

बाबेलमा, मानिसहरूको भाषा अल्मलाइ दिनु भएर, यहोवाले तिनीहरूलाई तितरबितर पारी दिनु भयो

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने