बाइबलमा पाइने अनमोल धन | उत्पत्ति ९-११
“पृथ्वीका सबै मानिसको भाषा एउटै थियो”
बाबेलमा यहोवाले अनाज्ञाकारी मानिसहरूको भाषा खलबल्याइदिएर तिनीहरूलाई तितरबितर पारिदिनुभयो। आज उहाँ हरेक राष्ट्र र भाषाका मानिसहरूको ठूलो भीड जम्मा गरेर तिनीहरूलाई “एउटा शुद्ध भाषा” सिकाउँदै हुनुहुन्छ। त्यसको नतिजास्वरूप तिनीहरूले ‘यहोवाको नाम पुकारिरहेका छन् अनि काँधमा काँध मिलाएर उहाँको सेवा गरिरहेका छन्।’ (सप ३:९; प्रका ७:९) यो “शुद्ध भाषा”-ले यहोवाबारे सत्य कुरा र उहाँको उद्देश्यलाई बुझाउँछ, जुन बाइबलमा लेखिएको छ।
नयाँ भाषा सिक्न नयाँ शब्दहरू याद गरेर मात्र पुग्दैन। नयाँ भाषा सिक्न नयाँ तरिकाबाट सोच्नुपर्छ। त्यसैगरि, सत्यको शुद्ध भाषा सिक्दा हाम्रो सोचाइ नयाँ हुँदै जान्छ। (रोमी १२:२) यसरी नयाँ भाषा सिक्ने क्रम चलिरहन्छ र यसले गर्दा परमेश्वरका जनहरूमाझ एकता छाउँछ।—१को १:१०.