प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w94 ९/१ pp. ३०-३१
  • पाठकहरूका प्रश्‍नहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रश्‍नहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
  • मिल्दोजुल्दो सामग्री
  • आर्थिक समस्या र ऋण—के बाइबलले मदत गर्न सक्छ?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • साथीहरूबीच लेनदेन
    ब्यूँझनुहोस्‌!—१९९९
  • विश्‍वदर्शन
    ब्यूँझनुहोस्‌!—१९९८
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
w94 ९/१ pp. ३०-३१

पाठकहरूका प्रश्‍नहरू

यस्तो आर्थिक कठिनाइको समयमा थुप्रै व्यक्‍तिहरू र कम्पनीहरूले टाटपल्टेकोमा मुद्दा दायर गर्छन्‌। के एक जना मसीहीले टाटपल्टेको मामिलामा मुद्दा दायर गर्नु शास्त्रीय तवरले उचित हो?

यस प्रश्‍नको जवाफले अत्याधुनिक विषयहरूमा पनि परमेश्‍वरको वचनले प्रदान गर्ने व्यावहारिक दोहोऱ्‍याइसम्बन्धी नमूना प्रदान गर्छ। धेरै देशहरूमा टाटपल्टाइसम्बन्धी नियमहरू छन्‌। हरेक देशअनुसार यी नियमहरू फरक फरक हुन्छन्‌ र यस विषयमा मसीही मण्डलीले कानूनी सल्लाह दिन मिल्दैन। तैपनि टाटपल्टाइसम्बन्धी कानूनी प्रबन्धबारे सरसरती हेरौं।

सरकारले व्यक्‍तिविशेष तथा व्यापार टाटपल्ट्यो भनी घोषणा गर्न छुट दिने एउटा कारण के हो भने यसले सापट अथवा ऋण लिने (ऋणी) तर कर्जा नतिर्ने व्यक्‍तिहरूबाट कर्जा दिने (ऋणदाता) व्यक्‍तिलाई केही हदसम्म सुरक्षा प्रदान गर्छ। ऋणी टाटपल्ट्यो भनी घोषणा गरेर ऋणदाताको सरसम्पत्ति धितोको रूपमा आंशिक भुक्‍तानी गर्नु एउटै मात्र विकल्प जस्तो ऋणदाताहरूले देख्न सक्छन्‌।

कुनै जालसाजी नगरिकन साँच्चै ऋणदातालाई आफ्नो ऋण चुक्‍ता गर्न नसक्ने ऋणीहरूको निम्ति पनि यसले सुरक्षा प्रदान गर्छ। ऋणीले टाटपल्ट्यो भनी मुद्दा दायर गर्न सक्छ जसले गर्दा ऋणदाताले उसको केही सम्पत्ति लिन पाउँछ। तापनि उसको घर तथा केही सानोतिनो सम्पत्ति आफूसितै राख्न र ऋणदाताहरूले आफ्नो सम्पत्ति खोस्ला अथवा अधिग्रहण गर्ला भन्‍ने डरबाट मुक्‍त भएर बाँच्न कानूनले अनुमति दिन्छ।

त्यसकारण स्पष्ट छ, यी नियमहरूले वित्तीय अथवा व्यापारिक कारोबारहरूमा दुवै पक्षलाई केही हदसम्म सुरक्षा प्रदान गर्छ। तापनि यस सम्बन्धमा बाइबलले प्रदान गर्ने मदतकारी मार्गमा ध्यान देऔं।

सम्पूर्ण बाइबल पढेर पनि त्यसमा उल्लिखित ऋणमा नडुब्नु भन्‍ने सल्लाह याद नगर्नु त सम्भवै छैन। त्यस्तो सल्लाह हामी हितोपदेश २२:७ मा पाउँछौं: “धनीले गरीबमाथि प्रभुत्व गर्छ, साहूको चाकरे असामी हुन्छ।”

साथै, मत्ती १८:२३-३४ मा अचाक्ली ऋणमा डुबेको एउटा दासबारे येशूले दिनुभएको उदाहरण पनि सम्झनुहोस्‌। “त्यसका मालिकले त्यो, त्यसकी स्वास्नी र छोरा-छोरीहरू, औ त्यससँग भएका यावत थोक बेची ऋण चुकाउनालाई आज्ञा दिए”, तर पछि राजा अर्थात्‌ मालिकले टिठाएर दया देखाए। पछि गएर त्यो दास निर्दयी साबित हुँदा ‘त्यसका सबै ऋण नतिरूञ्जेल झ्यालखानका हाकिमको हातमा जिम्मा लगाइदिए।’ स्पष्टतः, पैसा सापटी नलिनु नै सर्वोत्तम तथा सुझावित मार्ग हो।

पुरातन इस्राएलमा परमेश्‍वरका जनहरूले व्यापारिक कारोबारहरू गर्थे र कहिलेकाहीं लेनदेन हुन्थ्यो। यहोवाले तिनीहरूलाई के गर्ने निर्देशन दिनुभयो? व्यापारमा लगानी गर्न अथवा आफ्नो व्यापार बढाउने उद्देश्‍यले पैसा सापटी लिन चाहेमा एक जना हिब्रूले व्याज लिनु कानूनी र सामान्य कुरा थियो। तर खाँचोमा परेका इस्राएलीहरूलाई सापटी दिंदा लोभी नहुन परमेश्‍वरले आफ्ना जनहरूलाई आग्रह गर्नुभएको थियो; प्रतिकूल परिस्थितिको फाइदा उठाउँदै व्याज लिएर नाफा कमाउन हुँदैन थियो। (प्रस्थान २२:२५) व्यवस्था १५:७, ८ ले यसो भन्छ: “आफ्नो दाज्यू-भाइलाई दुःखमा परेको देख्यौ भने . . . आफ्नो मुठी खोलेर खाँचोअनुसार जे जति चाहिन्छ दिनू।”

ऋणदाताले ऋणीबाट परिवारको जाँतो अथवा राती न्यानो पार्न चाहिने पोशाकहरू धितोको रूपमा लिन नपाइने जस्ता व्यवस्थाहरूमा पनि त्यस्तै प्रकारको दया अथवा सहानुभूति झल्किन्थ्यो।—व्यवस्था २४:६, १०-१३; इजकिएल १८:५-९.

निस्सन्देह, महान न्यायाधीश र न्यायकर्त्ताले दिनुभएको यी मायालु नियमहरूलाई सम्पूर्ण यहूदीहरूले स्वीकारेनन्‌ र व्यवहारमा पनि उतारेनन्‌। (यशैया ३३:२२) केही लोभी यहूदीहरूले आफ्ना भाइहरूप्रति असाध्यै कठोर व्यवहार गरे। त्यस्तैगरि, आज पनि कुनै अप्रत्याशित घटनाले गर्दा तोकिएको समयमै चुक्‍ता गर्न असक्षम व्यक्‍तिहरू लगायत साँचो मसीहीहरूप्रति पनि केही ऋणदाताहरू आफ्ना मागहरूमा कठोर र अव्यावहारिक हुन सक्छन्‌। (उपदेशक ९:११) त्यस्ता कठोर र निर्दयी दबाबले गर्दा सांसारिक ऋणदाताहरूले ऋणीहरूलाई आफ्नो सुरक्षा गर्न बाध्य हुने परिस्थितिसम्म पुऱ्‍याउनु सक्छन्‌। कसरी? केही परिस्थितिहरूमा ऋणदाताहरूसित हुने एक मात्र उपाय टाटपल्टेको मुद्दा दायर गर्नु हुन सक्छ। अतः आफ्नो ऋण तिर्न कन्जुस्याइँ अथवा लापर्वाही नगर्ने मसीहीले टाटपल्टेको मुद्दा दायर गर्न सक्छ।

तापनि, हामीले यस मामिलाको अर्को पक्षलाई पनि ध्यान दिनुपर्छ। आफ्नो खर्चमा आत्म-संयमी नहुँदा अथवा व्यापारिक निर्णयहरूमा व्यावहारिक अन्तर्दृष्टि प्रयोग नगर्नाले एक जना मसीही ऋणमा डुबेको हुन सक्छ। आफू ऋणमा डुब्नुको कारण विचारै नगरी, आफ्नो गलत निर्णयहरूले अरूलाई दुःख दिंदै के उसले तुरुन्तै टाटपल्टेको मुद्दा दायर गर्न सक्छ? त्यस्तो वित्तीय हेलचेक्य्राइँलाई बाइबलले स्वीकृति दिंदैन। हो भनेको हो होस्‌ भनेर बाइबलले परमेश्‍वरको सेवकलाई आग्रह गर्छ। (मत्ती ५:३७) साथै, धरहरा बनाउनअघि खर्चको हिसाब गर्नुपर्ने सम्बन्धमा येशूको टिप्पणी पनि सम्झनुहोस्‌। (लूका १४:२८-३०) यसअनुरूप वित्तीय ऋण लिनअघि एक जना मसीहीले सम्भाव्य अप्रिय घटनाहरूलाई ध्यान दिएर विचार गर्नुपर्छ। ऋण स्वीकारेपछि आफूले ऋण लिएको व्यक्‍तिविशेष र कम्पनीलाई आफूले लिएको रकम चुक्‍ता गर्नुपर्ने जिम्मेवारी उसले बिर्सनु हुँदैन। यदि अरू थुप्रै व्यक्‍तिहरूले त्यस मसीही लापर्वाही भएको देखेमा अथवा भरपर्दो नभएमा उसले कमाएको राम्रो नाउँ बिग्रिन अथवा बाहिरका व्यक्‍तिहरूबाट राम्रो साक्षी नपाउन सक्छ।—१ तिमोथी ३:२, ७.

यहोवाले रुचाउनु हुने खालका मानिसहरूबारे भजनसंग्रह १५:४ ले के भन्छ, त्यो पनि नबिर्सौं। त्यहाँ यसो भनिएको छ: “[परमेश्‍वरले अनुमोदन गर्नुहुने व्यक्‍तिले] आफ्नो हानि हुँदा पनि किरिया खाएर कुरा बदलँदैन।” हो, आफूलाई जस्तो व्यवहार गरेको चाहन्छन्‌ आफ्ना ऋणदाताहरूप्रति पनि त्यस्तै व्यवहार गरेको परमेश्‍वरले आशा गर्नुहुन्छ।—मत्ती ७:१२.

त्यसोभए, सङ्‌क्षेपमा यो भन्‍न सकिन्छ, असाध्यै कठिन परिस्थितिमा टाटपल्टाइको मुद्दा दायर गरेर सरकारले प्रदान गर्ने सुरक्षाको फाइदा उठाउन सक्ने सम्भाव्यतालाई बाइबलले नकारेको छैन। तर, इमानदार र भरपर्दो हुने सम्बन्धमा मसीहीहरू अरूभन्दा भिन्दै हुनुपर्छ। तसर्थ, आफ्ना वित्तीय दायित्वहरू गम्भीरतापूर्वक पूरा गर्न तिनीहरू उदाहरणीय हुनुपर्छ। (w94 9/1)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने