प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w95 २/१ pp. २६-२९
  • दोष कसको?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • दोष कसको?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • आर्थिक कठिनाइ
  • छोराछोरीले गर्दा निरुत्साहित हुनु
  • आध्यात्मिक तवरमा वृद्धि हुन नसक्नु
  • अन्तिम बहाना
  • वास्तविकताको सामना गर्ने
  • सधैं मैमाथि दोष थुप्रिन्छ के गर्ने होला?
    ब्यूँझनुहोस्‌!—१९९७
  • के हाम्रो चिन्ता गर्ने एउटा परमेश्‍वर हुनुहुन्छ?
    के हाम्रो चिन्ता गर्ने एउटा परमेश्‍वर हुनुहुन्छ?
  • यहोवालाई दोष लाउनु मिल्दैन
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • “यो मेरो गल्ती होइन”
    ब्यूँझनुहोस्‌!—१९९६
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
w95 २/१ pp. २६-२९

दोष कसको?

प्रथम मानव आदमले एउटा प्रवृत्ति सुरु गऱ्‍यो। पाप गरिसकेपछि तिनले परमेश्‍वरलाई यसो भने: “जुन स्त्री तपाईंले मलाई मसँगै रहन भनी दिनुभएको थियो त्यसैले मलाई त्यो रूखको फल दिई, र मैले खाएँ।” वास्तवमा तिनले “मेरो दोष होइन” भनिरहेका थिए। प्रथम स्त्री हव्वाले पनि त्यस्तै गरिन्‌। तिनले यसो भनी: “साँपले पो मलाई छल गऱ्‍यो, र मैले त्यो खाएँ।”—उत्पत्ति ३:१२, १३.

यसप्रकार अदनको बगैंचामा गल्ती नस्वीकार्ने मानिसहरूका लागि एउटा नजीर स्थापित भयो। के तपाईंले कहिल्यै त्यस्तो गर्नुभएको छ? समस्याहरू आइपर्दा के तपाईं झट्टै अरूमाथि दोष थोपार्नु हुन्छ? अथवा के तपाईं परिस्थितिलाई केलाएर वास्तवमा दोष कसको हो भनी पत्ता लगाउनुहुन्छ? दैनिक जीवनमा आफूले गरेका गल्तीहरूका लागि अरूलाई दोष लाउनु र “दोष मेरो होइन” भन्‍नु साह्रै सजिलो छ। आउनुहोस्‌ सामान्य परिस्थितिहरूलाई केलाऔं र केही मानिसहरू के गर्न प्रवृत हुन्छन्‌ हेरौं। सबैभन्दा महत्त्वपूर्ण कुरा त्यस्तै परिस्थितिहरूमा तपाईं पर्नुभयो के गर्नुहुनेछ त्यसमाथि विचार गरौं।

आर्थिक कठिनाइ

“त्यसमा मेरो के दोष—त्यो त, अर्थतन्त्र, भ्रष्ट व्यापारीहरू र आधारभूत आवश्‍यकताहरूको महंगीले गर्दा भएको हो,” ठूलो आर्थिक संकटमा पर्दा कसै कसैले त्यसै भन्दो हो। तर के ती कुराहरूलाई मात्र दोष दिन मिल्छ? शायद अनिश्‍चित अवस्थाहरूले गर्दा शंकास्पद अथवा अनुमानको आधारमा जोखिमपूर्ण व्यापारमा तिनीहरूले हात हालेका होलान्‌। कहिलेकाहीं लोभले यथार्थलाई ढाक्छ र मानिसहरू त्यति ज्ञान नभएको जोखिमपूर्ण व्यापारमा लाग्छन्‌ र सजिलै धूर्त मानिसहरूको हात पर्छन्‌। “सुन्दै अपत्यारिलो लाग्ने कुरा वास्तवमा कहिल्यै सही हुनसक्दैन,” भनेर तिनीहरू बिर्सन्छन्‌। आफूले सुन्‍न चाहेको सल्लाह तिनीहरू खोज्छन्‌ तर आर्थिक कठिनाइले कटु वास्तविकता प्रकट गर्दा तिनीहरू अरूमाथि दोष थोपार्ने कोशिश गर्छन्‌। दुःखलाग्दो कुरा, मसीही मण्डलीमा पनि कहिलेकाहीं त्यसो हुन्छ।

केही व्यक्‍तिहरू अव्यवहारिक अथवा धोखापूर्ण लगानी योजनाहरूमा फँसेका छन्‌। जसले गर्दा अस्तित्त्वमै नभएका हीराहरू तिनीहरू खरिद गर्न पुगेका छन्‌। अति लोकप्रिय टेलिभिजन कार्यक्रमको प्रायोजन गर्दा पछि कार्यक्रम असफल भएका छन्‌ र तिनीहरूले वित्तीय सहयोग गरेका रियल-इस्टेट कम्पनीहरू टाट पल्टेका छन्‌। धन-सम्पत्तिको अत्यधिक लालसाले गर्दा केही मानिसहरूले बाइबलको यस सल्लाहलाई बिर्सेका हुनसक्छन्‌: “तर धनी हुने इच्छा गर्नेचाहिं, . . . परीक्षा र पासो, औ धेरै मूर्ख र हानिकारक अभिलाषाहरूमा फस्तछन्‌।”—१ तिमोथी ६:९, १०.

अनियन्त्रित ढंगमा खर्च गर्दा पनि आर्थिक विपत्तिमा फँस्न सक्छन्‌। फेशनसम्बन्धी ताजा पत्रिकामा देखाइएका मानिसहरूजस्तै आफू देखिनुपर्छ भनेर केही मानिसहरूले महसुस गरेका छन्‌। तिनीहरू महंगा छुट्टीहरू मनाउँछन्‌, भव्य रेष्टुराँहरूमा भोजन गर्छन्‌ र मनबहलाउने गाडी, डुंगा, क्यामेरा, स्टेरियोजस्ता वयस्कहरूको आधुनिकतम “खेलौनाहरू” किन्छन्‌। निस्सन्देह चतुराइपूर्वक योजना बनाएर अनि पैसा बचाएर कसै कसैले समयमा ती वस्तुहरू किन्‍न सक्लान्‌। यद्यपि, हतार गरेर ती वस्तुहरू प्राप्त गर्न खोज्ने व्यक्‍तिहरू ऋणमा चुर्लुम्म डुब्छन्‌। यदि तिनीहरूले त्यसो गर्छन्‌ भने दोषी को? स्पष्ट छ, तिनीहरूले हितोपदेश १३:१८ मा दिइएको असल सल्लाहलाई बेवास्ता गरेका छन्‌: “अर्ती नमान्‍नेले दरिद्रता र अपमान ल्याउँछ।”

छोराछोरीले गर्दा निरुत्साहित हुनु

“प्राचीनहरूले गर्दा मेरा छोराछोरीले सच्चाइ छाडे,” शायद केही आमाबाबुहरूले त्यसो भन्लान्‌। “तिनीहरूले मेरा छोराछोरीलाई पर्याप्त ध्यानै दिएनन्‌।”

हो, बगालको गोठालो गर्नु र तिनीहरूको हेरविचार गर्नु प्राचीनहरूको जिम्मेवारी हो तर स्वयं आमाबाबुको सम्बन्धमा के भन्‍न सकिन्छ? आफूले गर्ने सबै व्यवहारमा परमेश्‍वरको आत्माको फल प्रदर्शन गरेर के तिनीहरू आफै उदाहरणीय भएका छन्‌? के नियमित तवरले बाइबलको पारिवारिक अध्ययन सञ्चालन गरिन्थ्यो? यहोवाको सेवामा जोश देखाउनुका साथै के आमाबाबुले आफ्ना छोराछोरीलाई त्यसो गर्न मदत दिइरहेका थिए? आफ्ना छोराछोरीको संगति कस्तो छ भनेर के तिनीहरू होशियार थिए?

त्यस्तैगरि पढाइसम्बन्धी यसरी गुनासो गर्नु आमाबाबुलाई सजिलो छ: “मेरो छोराले स्कूलमा राम्रो गर्न नसक्नु शिक्षकहरूकै दोष हो। तिनीहरूलाई मेरो छोरा मन पर्दैन थियो। भनौं भने स्कूलको स्तर पनि त्यति राम्रो कहाँ छ र?” तर के आमाबाबुले स्कूलमा राम्रो सम्पर्क राखेका थिए? आफ्नो छोरा वा छोरीको पाठ्यक्रम र पढाइमा के आमाबाबुले चासो लिएको थियो? के उसको गृहकार्यको व्यवस्थित तालिका थियो र खाँचो पर्दा के उसलाई मदत दिइएको थियो? बच्चा अथवा आमाबाबुको मनोवृत्ति वा अल्छीपना नै समस्याको मूल जरा थियो कि?

आमाबाबुहरूले त्यसरी स्कूल व्यवस्थालाई दोष लगाउनुको सट्टा आफ्ना छोराछोरीहरूको मनोवृत्ति सही छन्‌ वा छैनन्‌ र स्कूलमा तिनीहरूले जे-जति सिक्ने मौका पाउँछन्‌ त्यसको फाइदा उठाइरहेका छन्‌ वा छैनन्‌ भनी निश्‍चित गर्नु नै बढी फलदायी हुन्छ।

आध्यात्मिक तवरमा वृद्धि हुन नसक्नु

कहिलेकाहीं हामी यसो भनेको सुन्छौं: “म आध्यात्मिक तवरमा बलियो हुन्थें होला, तर त्यसो नहुनुमा मेरो कुनै दोष छैन। प्राचीनहरू मलाई ध्यानै दिंदैनन्‌। मेरो कुनै मित्रहरू छैनन्‌। यो मण्डलीमा यहोवाको आत्मा छैन।” तर मण्डलीका अरू व्यक्‍तिहरूका भने मित्रहरू छन्‌, तिनीहरू खुशी छन्‌, आध्यात्मिकतामा राम्रो प्रगति गरिरहेका छन्‌; अनि मण्डलीमा वृद्धि र आध्यात्मिक समृद्धि भइरहेको छ। त्यसोभए कसै कसैका किन समस्याहरू हुन्छन्‌?

नकारात्मक वा गुनासो गर्ने मनोवृत्ति भएकाहरूसँग कमै मानिसहरू घनिष्ठ हुन चाहन्छन्‌। तिखो, घोच्ने वचन बोल्ने र जहिले पनि गुनासो मात्र गर्ने मानिसहरू अति निरुत्साहजनक हुनसक्छन्‌। आध्यात्मिक तवरमा कमजोर नहुन कसै कसैले त्यस्ता व्यक्‍तिहरूसँग कम संगत गर्लान्‌। यसलाई मण्डलीले देखाएको भावशून्यता सम्झी तिनीहरू एक पछि अर्को गर्दै थुप्रै मण्डलीहरूमा बसाइँ सर्लान्‌। हरियो चरनको खोजीमा अफ्रिकी समतल भूमी डुलेर हिंड्‌ने बथान जस्तै यी “घुमन्ते” मसीहीहरू सधैं आफूलाई सुहाउने मण्डलीको खोजीमा हुन्छन्‌। यसो गर्नुको सट्टा अरू मानिसहरूका राम्रा पक्षहरू हेर्ने कोशिश गरेर आफ्नो जीवनमा अझ पूर्ण रूपले परमेश्‍वरको आत्माको फल प्रकट गर्ने कोशिश गरेका भए तिनीहरू कति आनन्दित हुने थिए!—गलाती ५:२२, २३.

राज्य भवनमा हुने हरेक सभामा भिन्‍न भिन्‍न व्यक्‍तिहरूसँग कुरा गर्ने र राम्रो काम गर्दा निष्कपटतासाथ उसको सराहना गर्ने विशेष प्रयत्न गरेर केही व्यक्‍तिहरू त्यसो गर्छन्‌। छोराछोरीको शिष्ट व्यवहार, मसीही सभाहरूमा नियमित उपस्थिति, राम्रो तयारी गरेर प्रहरीधरहरा अध्ययनमा दिइएको टिप्पणी, आफ्नो घरमा मण्डली पुस्तक अध्ययन र क्षेत्र सेवाका लागि सभाहरू सञ्चालन गर्न दिएर देखाएको आतिथ्य र अन्य कुराहरूका लागि हामी सराहना गर्नसक्छौं। तपाईंका मसीही भाइबहिनीहरूको असिद्धताको पर्दामुनि नियाँलेर हेर्ने लक्ष्य बनाउनुभयो भने तपाईंले निस्सन्देह राम्रा गुणहरू भेटाउनुहुनेछ। त्यसो गर्नुभयो भने तपाईं तिनीहरूको प्रिय पात्र बन्‍नुहुनेछ र तपाईंलाई वफादार मित्रहरूको कमी हुनेछैन।

अन्तिम बहाना

“परमेश्‍वरको इच्छा नै त्यस्तो रहेछ।” “दियाबललाई दोष देऊ।” सम्भवतः मानिसहरूले गर्न सक्ने अन्तिम बहाना परमेश्‍वर वा दियाबललाई आफ्ना गल्तीहरूका लागि दोष लगाउनु होला। यो सत्य हो, परमेश्‍वर वा शैतानले हाम्रो जीवनका केही घटनाहरूमा प्रभाव पार्नसक्छ। तथापि, आफ्नो जीवनमा घट्‌ने असल–खराब सबै कुरा, परमेश्‍वर वा शैतानको हस्तक्षेपको प्रभाव हो भनेर केही मानिसहरू विश्‍वास गर्छन्‌। यस्तो विश्‍वास गर्नु, आफूमाथि आइपरेको कुनै पनि घटना आफ्नो कामको नतिजा होइन भन्‍नु बराबर छ। “मैले नयाँ कार पाओस्‌ भन्‍ने परमेश्‍वरको इच्छा छ भने उहाँले त्यो जुटाइ दिनुहुनेछ।”

यस्ता मानिसहरू लापरवाही जीवन बिताउँछन्‌, र परमेश्‍वरले बचाउनुहुनेछ भन्‍ने अनुमान लगाएर तिनीहरू आर्थिक तथा अन्य निर्णयहरू गर्छन्‌। आफ्ना अविवेकी कामहरूले गर्दा आर्थिक वा अन्य कुनै विपत्तिहरू आइपर्दा तिनीहरू दियाबललाई दोष लगाउँछन्‌। पहिले नै ‘खर्च हिसाब’ नगरी हतारिएर काम गर्नु अनि विफल हुँदा शैतानलाई दोष दिनु वा अझ त्योभन्दा खराब, यहोवाले त्यसमा हस्तक्षेप गरोस्‌ भनी चाहनु धृष्ट मात्र नभई शास्त्र विपरीत कार्य पनि हो।—लूका १४:२८, २९.

त्यस ढंगमा सोच्न र आफूले गरेको कामको जिम्मेवारी नलिन शैतानले येशूलाई प्रलोभित गर्ने कोशिश गरेको थियो। दोस्रो प्रलोभनको सम्बन्धमा मत्ती ४:५-७ यस्तो रिपोर्ट दिन्छ: “दुष्टात्माले उहाँलाई पवित्र नगरमा लगेर मन्दिरको गजूरमाथि राख्यो, र उहाँलाई भन्यो, ‘तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ भने, यहाँबाट तल हाम फाल्नुहोस्‌, किनभने यस्तो लेखिएको छ, “उहाँले तपाईंको विषयमा दूतहरूलाई खटाउनुहुनेछ, र तिनीहरूले तपाईंलाई हात-हात उचाल्नेछन्‌, नत्रता तपाईंको खुट्टा ढुंगामा बजारिनेछ।”’” त्यस्तो दुःसाहसी, आत्महत्या गर्ने कदम चाल्ने हो भने यहोवाले हस्तक्षेप गरोस्‌ भनी आशा गर्न सकिन्‍न भनेर येशूलाई थाहा थियो। त्यसैकारण उहाँले यस्तो जवाफ दिनुभयो: “यस्तो लेखिएको छ, ‘तैंले परमप्रभु आफ्ना परमेश्‍वरको परीक्षा नगर्‌।’”

आफूले गरेका शंकास्पद कार्यहरूका लागि दियाबल वा परमेश्‍वरलाई दोष दिने प्रवृत्ति भएका मानिसहरू ज्योतिषीशास्त्रका अनुयायीहरू जस्तै हुन्छन्‌ जसले परमेश्‍वर वा दियाबलका ठाउँमा नक्षत्रलाई राख्छन्‌। आफ्नो जीवनमा घट्‌ने लगभग सबैजसो घटनाहरू आफ्नो नियन्त्रण बाहिर हुन्छ भनेर पूर्णतया विश्‍वस्त भएका यी मानिसहरूले गलाती ६:७ मा उल्लिखित यो सरल सिद्धान्तको वास्ता गर्दैनन्‌: “मानिसले जे रोप्तछ त्यसैको कटनी पनि गर्नेछ।”

वास्तविकताको सामना गर्ने

हामी असिद्ध संसारमा बाँचिरहेका छौं भन्‍ने कुरामा कसैको दुई मत छैन। यहाँ छलफल गरिएका समस्याहरू वास्तविक हुन्‌। मानिसहरूले हाम्रो नाजायज फाइदा उठाएर पैसा थुत्नेछन्‌। केही कामदारहरू पक्षपाती हुनेछन्‌। परिचित मानिसहरूले हाम्रा केटाकेटीहरूमाथि गलत प्रभाव पार्न सक्छन्‌। केही शिक्षक र विद्यालयहरूमा सुधार गर्नु आवश्‍यक छ। कुनै कुनै बेला प्राचीनहरू अझ मायालु हुन र हाम्रो हितमाथि अझ बढी चासो दिन सक्छन्‌। तर हामीले असिद्धताको प्रभाव र बाइबलले भनेझैं “सारा संसार त्यस दुष्टको अधीनमा परेको छ” भनी मानिलिनुपर्छ। अतः हाम्रो जीवन सधैं बाधाबिघ्नहरूबाट मुक्‍त हुनेछ भनी आशा गर्नु व्यवहारिक कुरा होइन।—१ यूहन्‍ना ५:१९.

यसबाहेक हामीले आफ्नै असिद्धता र सीमिततालाई मानिलिनुपर्छ र हाम्रै मूर्खताले गर्दा हाम्रो धेरैजसो समस्याहरू खडा हुन्छन्‌ भनी बुझ्नुपर्छ। पावलले रोमका मसीहीहरूलाई यस्तो सल्लाह दिए: “तिमीहरूमध्ये हरेकलाई म भन्दछु, जसले आफूलाई जस्तो सम्झनु पर्दछ त्यसभन्दा बढ़ी नसम्झ।” (रोमी १२:३) आज हाम्रो लागि यो सल्लाह त्यति नै महत्त्वको छ। हाम्रो जीवनमा कुनै प्रतिकूल घटना घट्‌दा हाम्रा पुर्खा आदम र हव्वाले जस्तै तुरुन्तै यसो भनि हाल्दैनौं: “त्यो मेरो दोष होइन!” बरु हामी आफैलाई यस्ता प्रश्‍नहरू सोध्नेछौं, ‘यस अप्रिय नतिजाबाट बच्न मैले अर्को कुन कुरा गरे हुन्थ्यो? के मैले त्यस विषयमा राम्रो निर्णय गरेर कुनै बुद्धिमान स्रोतद्वारा सल्लाह लिएको थिएँ? यसमा मुछिएका अन्य व्यक्‍तिहरूलाई निर्दोष ठानेर के मैले तिनीहरूको मानमर्यादालाई कायम राखें?’

मसीही सिद्धान्तहरू पालन गऱ्‍यौं अनि सही निर्णय गऱ्‍यौं भने हाम्रा धेरै मित्र र कम समस्याहरू हुनेछन्‌। हाम्रो दैनिक जीवनमा आइपर्ने थुप्रै अनावश्‍यक समस्याहरू समाधान हुनेछन्‌। अरूसँग व्यवहार गर्दा हामीले आनन्द महसुस गर्नेछौं र यो प्रश्‍नद्वारा पीडित हुनेछैनौं: “दोष कसको?”

[पृष्ठ २८-मा भएको चित्र]

छोराछोरीहरूलाई आध्यात्मिक रूपमा फस्टाउन मदत दिन आमाबाबुहरूले थुप्रै कामहरू गर्नसक्छन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने