मैले जीवनमा गर्न सक्ने सबैभन्दा राम्रो कुरा
बब् एन्डरसनले गरेको बयानअनुसार
करीब दश वर्षअघि केही साथीहरूले मलाई यो प्रश्न गरे: “तपाईंले यतिका लामो समयसम्म अग्रमामी सेवा कसरी गर्न सक्नु भयो, बब्?” मुसुक्क हाँसेर मैले भने: “किन, अग्रगामी सेवाभन्दा अझ राम्रो अरू कुनै काम छ र?”
मैले १९३१-मा अग्रगामी सेवा सुरु गर्दा म २३ वर्षको थिएँ। अहिले ८७ वर्षको उमेरमा पनि म अग्रगामी नै छु। म जान्दछु मैले जीवनमा यो भन्दा राम्रो अरू केही गर्न सक्ने थिइनँ। यसको कारण म तपाईंलाई बताउन चाहन्छु।
१९१४-मा एउटा पर्चा हाम्रो घरमा छाडिएको थियो। त्यो पर्चाका प्रकाशकहरू यहोवाका साक्षीहरू थिए। तिनीहरूलाई त्यतिखेर अन्तर्राष्ट्रिय बाइबल विद्यार्थीहरू भनिन्थ्यो। त्यो पर्चा छाडेर जाने साक्षी फर्केर आउँदा मेरी आमाले उनलाई नरक-कुण्डबारे निकै केरकार गरिन्। मेरी आमाले केटाकेटीदेखि नै वेलिजियन मेथोडिस्थ सम्प्रदायको कट्टर सदस्य हुने शिक्षादिक्षा पाएकी थिइन्। तापनि एकातिर अनन्त सन्ताप भोग्ने र अर्कोतिर परमेश्वर प्रेम हुनुहुन्छ भन्ने शिक्षा बीच तिनले कुनै सामन्जस्य पाइनन्। तर अब सत्य कुरा बुझ्नासाथै तिनले यसो भनिन्: “जीवनमा प्रथम पटक मैले यतिको खुशी अनुभव गर्न सकेकी छु!”
मेरी आमाले मेथोडिस्ट सन्डे स्कूलमा पढाउन तुरुन्तै छाडिन्। बरु बाइबल विद्यार्थीहरूको त्यो सानो झुण्डमा तिनी सामेल भइन्। तिनले हामी बसेको शहर बर्कहेडमा प्रचार गर्न थालिन्। बर्कनहेड शहर लिबरपूल बन्दरगाहको सामने तथा मर्सी नदीको पारीपट्टि छ। चाँडै अनेकौं छेउछाउका शहरहरूमा पनि आमा साइकल चढेर प्रचार गर्न जान छालिन्। तिनले यो विशाल क्षेत्रमा आफ्नो बाँकी जीवनभरि साक्षी दिने काम गरिन्। तिनलाई नचिन्ने प्रायः कोही थिएन। यसप्रकार तिनले आफ्ना छोरा-छोरीहरूका लागि राम्रो उदाहरण कायम गरिन्। तिनी सन् १९७१-मा ९७ वर्षको पाको उमेर पुगेपछि मरिन्। अन्तसम्मै तिनी एउटी सक्रिय साक्षी थिइन्।
मेरी दिदी क्याथलीन र मलाई पनि आमाले मेथोडिस्ट सन्डे स्कूलबाट निकालेर आफूसितै बाइबल विद्यार्थीहरूका सभाहरूमा लैजाने गरिन्। पछिपछि मेरा पिता पनि आउन थाले। यसपश्चात् आमा र बाबु दुवैले हार्फ अप गड (परमेश्वरको वीणा) नामक पुस्तकमा आधारित पारिवारिक अध्ययन गर्ने प्रबन्ध मिलाए। ती दिनहरूमा यस्तो अध्ययन एउटा नौलो कुरा थियो। तापनि यसरी सानै उमेरदेखि पाइएको प्रशिक्षण हाम्रालागि पछि गएर अत्यन्त लाभदायक साबित भयो। केही समयपछि हामी दिदी-भाइले पनि अग्रगामी सेवा सुरु गऱ्यौं।
आमाको भनाइअनुसार १९२०-मा लिवरपुल गएर “फोटो ड्रामा अफ क्रियेशन” हेरेपछि नै हामी केटाकेटीहरूको आध्यात्मिक सोचाइमा ठूलो परिवर्तन आएको थियो। र तिनी ठिकै भन्थिन्। म सानै भए तापनि त्यो फोटो ड्रामाले मेरो मनमा गहिरो प्रभाव पारेको थियो। खसगरी येशूको जीनवीसम्बन्धी त्यो दृश्य जहाँ येशू मर्न जानु हुन्छ। त्यो अनुभवबाट मैले जीवनको सबैभन्दा मुख्य काममाथि ध्यान केन्द्रित गर्ने मदत पाएँ। र त्यो काम थियो प्रचार!
सन् १९२०-को दशक लाग्नासाथै मैले आइतबार अपरान्ह आमासित पर्चाहरू वितरण गर्न थालें। पहिले हामीलाई ती पर्चाहरू घरघरमा छाडि दिने निर्देशन दिइयो; तर पछिबाट चाहिं तिनलाई घरधनीहरूको हातैमा दिने तथा चासो व्यक्त गर्नेहरूकहाँ फर्केर जाने निर्देशन पायौं। मैले त्यसलाई सधैं नै आज अति फलदायक साबित भएको आधुनिक पुनः भेट तथा बाइबल अध्ययन गतिविधिको सुरुवात ठान्दै आएको छु।
अग्रगामी सेवामा प्रवेश
क्याथलिन र मैले १९२७-मा बप्तिस्मा लियौं। १९३१-मा यहोवाका साक्षीहरू भन्ने नाम स्वीकार्ने प्रस्तावबारे मैले सुनें। त्यतिबेला म लिवरपुलमा विश्लेषक रासायनविदको काम गर्थें। मैले सोसाइटीका कलपर्टर्सहरूलाई (आजका अगग्रामीहरू) व्यापारिक क्षेत्रहरूमा काम गरेको अक्सर देख्थें। तिनीहरूको उदाहरणले ममा गहिरो प्रभाव पारेको थियो। सांसारिक संगतदेखि मुक्त भएर यहोवाको सेवामा जीवन बिताउन म पनि कति इच्छुक थिएँ!
त्यसै सालको गर्मीमा वाच टावर सोसाइटीको दोस्रो सभापति जोसेफ एफ. रदरफर्डले मेरो साथी गेरी गरार्डलाई भारतमा गएर प्रचार गर्न नियुक्त गरे। मेरो साथी पनि मञ्जुर भए र पानी जहाजमा भारत रवाना हुनअघि उनी मकहाँ आएर पूर्ण-समय सेवाको विशेषाधिकारबारे कुरा गरे। बिदा हुने बेलामा उनले मलाई अझ प्रोत्साहित गर्दै यसो भने: “मेरो विचारमा, तिमी पनि चाँडै नै अग्रगामी हुनेछौ बब्।” र त्यस्तै भयो। त्यही अक्टोबर महिनादेखि मैले पनि अग्रगामी सेवा सुरु गरें। साइकल चलाउँदै गाउँघरका साना साना गल्लीहरूमा तथा अनकन्टार क्षेत्रका मानिसहरूलाई प्रचार गर्दा कस्तो आनन्द, कस्तो स्वतन्त्रता अनुभव हुन्थ्यो! मैले गर्न सक्ने सबैभन्दा महत्त्वपूर्ण काममा म लागेको छु भनी मलाई त्यतिखेर नै महसुस भयो।
अगग्रामी सेवकको हैसियतमा मलाई सर्वप्रथम दक्षिण वेल्स पठाइयो। त्यहाँ मसित काम गर्न सिरित स्टेन्टिफोर्ड आए। सिरिलले पछि क्याथलीनसित विवाह गरे। अनि तिनी दुवै धेरै वर्षसम्म अग्रगामी सेवामा लागिरहे। तिनीहरूकी छारी रुथ पनि पछि अग्रगामी सेवामै लागिन्। १९३७-मा म फ्लिटवु, ल्याङ्काशायरमा थिएँ र त्यहाँ मसित काम गर्ने साथी थिए एरिक कुक। ती दिनहरूमा अग्रगामीहरूले ब्रिटेनका गाउँले क्षेत्रहरूमा मात्र अर्थात् मण्डलीहरूको क्षेत्र बाहिर प्रचार गर्ने गर्थें। तर त्यति बेला सोसाइटीका लन्डन शाखालाई रेखदेख गर्ने एल्बर्ट श्रोडरले हामीलाई योर्कशायरको ब्रेडफर्ड शहरमा सरुवा गर्ने फैसला गरे। ब्रिटेनमा प्रथम पटक अग्रगामीहरू एउटा खास मण्डलीलाई सहायता दिन पठाइयो।
१९४६-मा एरिक वाच टावर बाइबल स्कूल अफ गिलियड गए। त्यसपछि उनलाई दक्षिण रोडेसिया अर्थात् वर्तमान जिम्बाब्वे पठाइयो। उनी र उनकी पत्नी दक्षिण अफ्रिकाको डर्बन शहरमा आजसम्म विश्वासिलो भएर मिसनेरी सेवा गर्दै छन्।
मैले चाहिं १९३८-मा एउटा नयाँ जिम्मेवारी पाएँ। उत्तरपश्चिम ल्याङ्काशायर अर्थात् कम्ब्रियन पहाडहरूको सुन्दर इलाकामा म जिल्ला सेवक अर्थात् वर्तमान क्षेत्र निरीक्षक नियुक्त भएँ। त्यहाँ मेरो भेट अलिव डकेटसित भयो र हाम्रो विवाहपश्चात् तिनी पनि तुरुन्तै क्षेत्र सेवामा मसित आउन थालिन्।
आयरलैन्ड—युद्धग्रस्त सालहरूमा
सेप्टेम्बर १९३९-मा ब्रिटेनले जर्मनी विरुद्ध युद्ध एलान गर्नासाथै मेरो सरुवा आयरलैन्डमा भयो। ब्रिटेनमा मानिसहरूलाई फौजमा भर्ना हुनु अनिवार्य हुन थाल्यो। तर युद्ध चलुञ्जेल प्रायः तटस्थ नै रहने दक्षिण आयरलैन्डको गणतन्त्रमा चाहिं उक्त नियम लागू थिएन। उत्तरी आयरलैन्ड र आयरलैन्डको गणतन्त्रलाई एउटै क्षेत्र बनाउनु परेको थियो। तथापि, नाकाबन्दी लागू थियो र ब्रिटेनबाट आयरलैन्डको कुनै पनि भागमा जानका निम्ति अनुमतिपत्र चाहिन्थ्यो। अधिकारीहरूले मलाई जाने अनुमति त दिए। तर मेरो उमेरकाहरूलाई फौजमा भर्ना हुन बोलाइँदा म ब्रिटेन फर्कनु पर्छ भन्ने सर्त तिनीहरूले राखे। मैले पनि मौखिक स्वीकृति दिएँ। तर छक्क पर्दो कुरा के थियो भने, पछि तिनीहरूले अनुमतिपत्र पठाउँदा त्यहाँ त्यस्तो कुनै पनि सर्त थिएन!
त्यस बेला सारा आयरलैन्डभरि साक्षीहरूका सङख्या १०० भन्दा अलिकता बढी मात्र थियो। हामी नोभेम्बर १९३९-मा डबलिन आइ पुग्दा त्यहाँ हामीलाई भेट्न एक जना पुराना अग्रगामी, ज्याक कोर आएका थिए। उनको भनाइअनुसार नजिकको एउटा शहरका अझ दुई जना अग्रगामीहरू र डबलिनका केही जिज्ञासु व्यक्तिहरू लगायत हाम्रो जम्माजम्मी २० जना मानिसहरू थिए। ज्याकले डबलिनमा सभाहरू गर्न भाडामा कोठा लिए। त्यहाँ हामी सबै जना नियमित रीतिले प्रत्येक आइतवार भेला हुने फैसला गऱ्यौं। यो प्रबन्ध १९४०-मा मण्डली स्थापित नहोउञ्जेल कायम रह्यो।
संयुक्त राज्यकै भाग हुनाले उत्तर आयरलैन्ड जर्मनी विरुद्ध युद्ध लडिरहेको थियो। अतः बेलफास्टतिर अझ उत्तर जाँदा खाने कुराको रासन कार्ड र रातीको घोर अन्धकारसित मुकाबिला गर्न पर्थ्यो। नाजी वायुयानहरूलाई बेलफास्टसम्म आएर फेरि युरोपमा आफ्नो अड्डासम्म फर्कन कम्तीमा पनि १,६०० किलोमिटर भन्दा बढी उड्नु पर्थ्यो। तापनि शहरमाथि बम खसाल्न तिनीहरू चुक्तैन थिए। प्रथम बमवर्षामा हाम्रो राज्य सभा गृह भत्कियो र हामी बस्ने घर पनि भताभुङ्ग भयो। तर यी सबै हुँदा हामी शहरको अर्को भागमा बस्ने भाइहरूलाई भेट्न गएका थियौं। हो, हामी गजबसित बाँच्यौं। त्यही राती साक्षीहरूको एउटा परिवार बमबाट बाँच्न बनाइएको साझा शरणस्थलमा लुक्न दौडे। तर तिनीहरू पुगुञ्जेल त्यो ठाउँ मानिसहरूले भरिभराउ भइसकेको थियो। तिनीहरू फेरि घर फर्के। पछि बम त्यही शरणस्थलमाथि खस्यो र त्यहाँ भएका सबै जना मरे। यी कठिन युद्धग्रस्त सालहरूमा हाम्रा एक जना भाइ पनि गम्भीर रूपमा घाइते भएनन् र यसका लागि हामीले यहोवालाई धन्यवाद चढायौं।
आध्यात्मिक भोजन उपलब्ध
युद्ध बढ्दै जाँदा प्रतिबन्धहरू पनि कसिंदै गए। अन्ततः चिठीपत्रहरूमाथि सेन्सर लागू भयो। यसको अर्थ द वाचटावर पत्रिकालाई बीचैमा जफतगरेर देशभित्र आउन दिइएन। यस्तो बेलामा के गर्ने भनी हामी विचलित भयौं तर यहोवाको हात भने शक्तिहीन थिएन। एक दिन बिहानीपख मैले क्यानाडामा बस्ने मेरो “भाइ” पर्ने बाट पारिवारिक गन्थनसम्बन्धी पत्र पाएँ। उनी को थिए, मलाई केही थाह थिए। तर यसै पत्रका साथै मेरो निम्ति “एउटा रुचिकर बाइबल लेख पनि पठाइरहेछु” भनी उनले पत्रको अन्तमा लेखेका थिए। त्यो लेख वाचटावर-को एक प्रति थियो। त्यसको खोल नभएको हुनाकारण सेन्सर गर्नेहरूले त्यसलाई निकालेका थिएनन्।
तुरुन्तै स्थानीय साक्षीहरूको मदतले [जसमध्ये फोटो ड्रामा उफ क्रिएशनमा काम गर्ने मेगी कुपर पनि थिइन्] मेरी र म मिलेर ती लेखहरूको नकल बनाउन लाग्यौं। चाँडै नै हामीले देशभरि १२० प्रति पठाउने व्यवस्था मिलाउन सक्यौं। साथै, क्यानाडा, अस्ट्रेलिया र संयुक्त राज्य अमेरिकाका नयाँ नयाँ साथीहरूबाट खोल नभएको वाचटावर पत्रिकाहरू नियमित तवरमा आइ नै रहे। तिनीहरूको मेहनत र दयाले गर्दा हामी युद्ध ग्रस्त सालहरूभरि एउटै अङ्कबाट पनि वञ्चित भएनौं।
हामी सम्मेलनहरू पनि आयोजित गर्न सक्षम भयौं। सबैभन्दा स्मरणीय त १९४१-को त्यो सम्मेलन थियो जसमा चिल्ड्रेन [केटाकेटीहरू] नामक नयाँ प्रकाशनको विमोचन भयो। सो पुस्तक केटाकेटीबारे होला भनी ठानेर सेन्सरले केही आपत्ति व्यक्त नगरेको जस्तो देखियो। अतः कुनै कठिनाइ बिना हामीले आफूलाई चाहिदो जति प्रति देशमा भित्र्याउन सक्यौं। फेरि अर्को पटक चाहिं हामीले पीस—क्यान इट लास्ट? नामक पुस्तिकालाई देशभित्रै छपायौं किनभने लन्डनबाट त्यसको पैठारी गर्न असम्भव थियो। यसप्रकार, हामीमाथि लगाइएको जम्मै प्रतिबन्धहरूको बावजूद हाम्रो आध्यात्मिक हेरविचारमा केही कमी भएन।
विरोधको मुकाबिला
यहोवाका एक जना साक्षीले चलाउने नर्सिङ होममा बसेको पादरीले बेलायतमा आफ्नी पत्नीलाई रिचेस नामक पुस्तकको एक प्रति पठाए। तर तिनी सच्चाइको विरोध गर्थिन् र सो कुरा तिनले आफ्नो पत्रमा पनि खुलस्त पारिन्। तिनले हाम्रो “सङ्गठन अराष्ट्रिय” हो भन्ने समेत लेखिन्। यस कुरालाई पत्र-सेन्सर टिपेर अपराध अनुसन्धान विभागलाई खबर दियो। परिणामस्वरुप मलाई प्रहरी ब्यारेकमा स्पष्टिकरण दिन बोलाइयो। साथमा रिचेस नामक पुस्तकको एक प्रति पनि लिएर आउन भनियो। यसमा चासोको कुरा के थियो भने त्यो पुस्तक मैले पछि फिर्ता पाउँदा त्यसमा चिह्न लगाएका भागहरू जम्मै रोमन क्याथोलिक गिर्जासम्बन्धी थिए। मलाई यो निकै नै महत्त्वपूर्ण लाग्यो किनभने प्रहरीहरू आइरिश रिपब्लिकन आर्मीको गतिविधिबारे सतर्क थिए।
युद्धको बेलामा हाम्रो तटस्थताबारे मलाई तिनीहरूले निकै केरकार गरे। प्रहरीहरूलाई हाम्रो अडान बुझ्न निकै गाह्रो लाग्यो। तापनि अधिकारीहरूले हाम्रो विरुद्धमा केही कार्वाही चाहिं चलाएनन्। पछि मैले सम्मेलन आयोजित गर्ने अनुमति माग्दा तिनीहरूले दुई जना प्रहरी पठाउने जिद् गरे। मैले भने: “हामी उनीहरूको स्वागत गर्नेछौं!” अतः उनीहरू आएर अपरान्हको बैठकभरि सर्टह्यान्डमा [संकेत लिपि] टिपोट लिंदै बसे। बैठकका अन्तमा उनीहरूले सोधे “हामीलाई यहाँ किन पठाएको होला? हामीलाई त यहाँ रमाइलो भइ रहेछ!” उनीहरू भोलिपल्ट पनि आए र आनन्दसाथ पीस—क्यान इट लास्ट? नामक पुस्तिकाको एउटा निशूल्क प्रति पनि स्वीकारे। सम्मेलनका बाँकी दिनहरूमा कुनै खास घटना घटेन।
युद्ध समाप्त हुनासाथै तथा यात्रीहरूमाथि लगाइएका प्रतिबन्धहरू अलिक कम भएपछि लन्डन बेथेलबाट बेलफास्टमा प्राइस् ह्युज आए। उनका साथमा हेरल्ड किङ पनि थिए जसलाई पछि चीनमा मिसनेरी बनाएर पठाइयो। लन्डनको शाखा-कार्यालयबाट छ वर्षदेखि अलग्गिएर बसेपछि यी भाइहरूको भाषण सुन्दा हाम्रो हौसला नै बढ्यो। अलिक समयपछि बेलायतबाट एक जना अर्का विश्वासी अग्रगामी, हेरल्ड ड्युरडनलाई पनि बेल्फास्टमा राज्यको कामलाई बल दिन पठाइयो।
बेलायत फिर्ता
आयरलैन्डमा भाइहरूका लागि हाम्रो हृदयमा गहिरो प्रेमले जरा लिइसकेको थियो। बेलायत फर्कन हाम्रो मन मान्दैन थियो। तर मेरी पत्नी र मलाई मेन्चेस्टरमा फिर्ता बोलाइयो। यसको केही समय पश्चात् हाम्रो सरुवा ल्याङ्काशायरकै एउटा अर्को शहर, न्युटन-ल-विलोस्मा भयो जहाँ राज्य प्रचारकहरूको बढी खाँचो थियो। हाम्री छोरी लोविसको जन्म १९५३-मा भयो र तिनले पनि १६ वर्षकै उमेरमा अग्रगामी सेवा सुरु गरेको देख्न पाउनु हृदयस्पर्शी अनुभव थियो। तिनको विवाह एक जना अर्को अग्रगामी, डेविड पार्किन्शनसित भयो। यसपछि तिनीहरू दुवै जना उत्तर आयरलैन्डमा अक्सर अलिब र मेरै पदचिह्नमा हिंडे अर्थात् हामी गएकै ठाउँहरूमा फेरि जाँदै अग्रगामी सेवा गरिरहे। अब तिनीहरू आफ्ना छोराछोरीसित फेरि बेलायत आएका छन् र हामी सबै एउटै मण्डलीमा छौं।
हाम्रो परिस्थितिमा अदलबदल भए तापनि मैले अग्रगामी सेवा कहिल्यै छाडिनँ। यो सेवा छाड्न नता म इच्छुक थिएँ न अलिव। मेरो यतिको लामो अग्रगामी सेवामा मेरो मात्र नभएर मेरी पत्नीको पनि ठूलो योगदान छ। तिनको अथक र मायालु सहयोगबिना मलाई सायद आजसम्मै पूर्णसमय सेवामा रहन सम्भव हुने थिएन। हुन त हिजोआज हामी दुवै चाँडै थाक्छौं। तर साक्षी दिने काम गर्दा हामी आज पनि उही आनन्द अनुभव गर्छौं। विशेषगरी जब हामी एकसाथ मिलेर आफ्ना छिमेकीहरूसित बाइबल अध्ययन गर्ने गर्छौं। बितेका वर्षहरूको दौडान हामीले करीब १०० जनालाई यहोवाका समर्पित तथा बप्तिस्मा प्राप्त सेवकहरू हुन मदत दिने सुअवसर पाएका छौं। यो हाम्रो लागि कति ठूलो आनन्दको कुरा हो! मेरो हिसाबमा त्यो सङख्या अबसम्म केही गुना बढी सक्यो होला। किनकि ती परिवारहरूका तेस्रो र चौथो पुस्ता समेत साक्षीहरू भएका छन्।
बितेका सालहरूको दौडान हाम्रा थुप्रै विशेषाधिकारहरू तथा अनुभवहरूबारे अलिव र म बसेर अक्सर कुरा गर्छौं। ती कति रमाइला सालहरू थिए र कति चाँडो बिते पनि! म जान्दछु जीवनमा अग्रगामी भएर यतिका साल मेरो परमेश्वर यहोवाको सेवा भन्दा अझ राम्रो काम मैले कहिल्यै पाउने थिइनँ। अब कृतज्ञताको भावसाथ फर्केर बितेका सालहरूतिर हेर्दा होस् या भविष्यको प्रतीक्षा गर्दा होस्, म यर्मियाका यी शब्दहरूमा अत्यन्त गहन अर्थ महसुस गर्छु: “परमप्रभुको दृढ प्रेम कहिल्यै थामिंदैन, उहाँको कृपाको अन्त कहिल्यै हुँदैन। हरेक बिहान ती नयाँ हुन्छन्। . . . ‘यसैकारण म धैर्यसाथ उहाँको प्रतीक्षा गरिरहन्छु।’”—विलाप ३:२२-२४.
[पृष्ठ २६-मा भएको चित्र]
बब् र अलिव एन्डरसन्