प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w97 ६/१ पृ. ३
  • किन यति गोपनीयता?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • किन यति गोपनीयता?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • जब गोपनीयताले खतरालाई संकेत गर्छ
  • अहिले तिनीहरूका के कस्ता मनसायहरू छन्‌?
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२०१८
  • हामीले थाह पाउनुपर्ने पवित्र रहस्य
    छोराछोरीलाई सिकाउनुहोस्‌
  • मसीहीहरूले गोप्य राख्नै नहुने कुरा!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • ईश्‍वरको नाउँमा गोपनीयता
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
w97 ६/१ पृ. ३

किन यति गोपनीयता?

“गोपनीयताजस्तो बोझ त अरू केही हुँदैन” भन्‍ने फ्रान्सको एउटा भनाइ छ। गोप्य कुरा थाह पाउँदा हामी रमाउँछौं र त्यसबारे कुरा गर्न नपाउँदा चाहिं कहिलेकाहीं उकुसमुकुस हुन्छौं। यस्तो हुनुको पछि के कारण छ, त्यो उपरोक्‍त भनाइले बताउनसक्छ? यद्यपि, शताब्दीयौंदेखि थुप्रै मानिसहरू गोपनीयताको पूजाहारी हुँदै आएका छन्‌ र कुनै लक्ष्य प्राप्त गर्ने सुर कसेर गोप्य गिरोहहरूको छत्रछायाँमा आड लिन पुगेका छन्‌।

मिश्र, ग्रीस र रोमका रहस्यमय धार्मिक पन्थहरू पनि प्रारम्भिक समयका यस्तै गोप्य संस्थाहरूमध्येका थिए। पछि यी समूहहरूमध्ये केहीले आफ्नो धार्मिक छविलाई पन्छाएर राजनैतिक, आर्थिक वा सामाजिक छविको घुम्टो ओढे। उदाहरणस्वरूप, मध्यकालीन युरोपमा संस्थाहरू गठन भएपछि त्यसका सदस्यहरूले मुख्यतः आफ्नो आर्थिक सुरक्षाको लागि गोपनीयताको शरण लिए।

इन्साइक्लोपीडिया ब्रिटानिका-अनुसार वर्तमान समयमा गोप्य गिरोहहरू सम्भवतः “सामाजिक तथा उदारवादी कार्य अनि परोपकार र शैक्षिक कार्यक्रमका” ठूलठूला सपनाहरू सँगालेर गठन भएका हुन्छन्‌। केही भ्रातृ संगठन, युवा क्लब, सामाजिक क्लब र अरू समूहहरू पनि गोप्य छन्‌, पूर्णतया नभए पनि आंशिक रूपमा त गोप्य नै छन्‌। साधारणतया, यी गिरोहहरूले अरूको हानि नोक्सानी गर्दैनन्‌। केवल त्यसका सदस्यहरूलाई गोपनीयता रोमाञ्चकारी लाग्छ। यस्ता गिरोहहरूका नयाँ सदस्यहरूलाई शिक्षा दिने विधिद्वारा ती सदस्यहरू भावनात्मक तवरमा लट्ठ हुन्छन्‌। यसले गर्दा तिनीहरूबीच मित्रता र एकताको गाँठो झन्‌ कसिन्छ। सदस्यहरूले घनिष्ठता महसुस गर्नुका साथै आफूले गरेको गोपनीयताको वाचा अर्थपूर्ण रहेछ भन्ठान्छन्‌। यस प्रकारका संगठनहरूले अरू मानिसहरूको साधारणतया केही नोक्सानी गर्दैनन्‌। अरू मानिसले गोप्य कुरा नजान्‍नुमा बेफाइदा पनि छैन।

जब गोपनीयताले खतरालाई संकेत गर्छ

सबै गोप्य गिरोहहरू एकै हदसम्म गोप्य हुँदैनन्‌। तर इन्साइक्लोपीडिया ब्रिटानिका-ले बताएअनुसार “गोपनीयताभित्र गोपनीयता” राख्ने गिरोहहरूले एउटा विशेष खतरा उत्पन्‍न गर्नसक्छन्‌। उच्च ओहदाका सदस्यहरूले “विशेष नाउँ, आफूले भोगेका कठिन समस्याहरू वा संस्थाबारे हासिल गरेको ज्ञानको” आधारमा “आफूलाई मर्यादित बनाउँछन्‌।” त्यसले “तल्लो दर्जाका सदस्यहरूलाई मर्यादित स्तरमा पुग्न आवश्‍यक प्रयास गर्न” उत्प्रेरित गर्छ। यस्ता गिरोहहरूभित्र कस्तो खतरा छ, उपरोक्‍त कुराले स्पष्टसित देखाउँछ। तल्लो दर्जाका सदस्यहरूलाई संस्थाका वास्तविक उद्देश्‍यहरूबारे केही थाह हुँदैन किनभने तिनीहरू त्यो गोपनीयता थाह पाउने योग्यको दर्जामा पुगेका हुँदैनन्‌। जुन गिरोहको लक्ष्य र तौरतरिकाबारे आंशिक रूपमा मात्र थाह छ अर्थात्‌ भनौं भने त्यसबारे केही पनि थाह छैन, त्यस्ता गिरोहहरूमा संलग्न हुनु सजिलो छ। तर यस्तो गिरोहमा पूर्णतया मुछिएको व्यक्‍तिले पछि त्यसबाट मुक्‍त हुन चाहिं निकै भागदौड गर्नुपर्छ। त्यतिबेला तिनी गोपनीयताको साङलोले टनटन बाँधिएसरह हुन्छन्‌।

तथापि, यस्तो गिरोहले गैरकानुनी वा अपराधी लक्ष्यहरू राख्दा र आफ्नो अस्तित्वलाई लुकाउने प्रयास गर्दा गोपनीयता झन्‌ खतरनाक देखिन्छ। अथवा यसको अस्तित्व र साधारण लक्ष्यहरू पर्दाफास हुँदा यसले आफ्नो सदस्यता र छोटो अवधिका योजनाहरू गोप्य राख्ने प्रयास गर्छ भने पनि यो खतरनाक देखिन्छ। हो, असाध्यै जोसिएको आतंकवादी गिरोहहरूले समय समयमा घातक आक्रमण गरेर संसारलाई थरथर पार्छन्‌।

साँच्चै, गोपनीयता व्यक्‍तिविशेष र समाज दुवैको लागि खतरनाक हुनसक्छ। निर्दोषहरूमाथि हिंसात्मक आक्रमण गर्ने किशोरहरूका समूहहरूबारे सोच्नुहोस्‌। गोप्य माफियाजस्ता अपराधी संगठनहरू, कु क्लक्स क्लानजस्ता श्‍वेत श्रेष्ठता गिरोहहरू,a र यीबाहेक विश्‍वभरिका थुप्रै आतंकवादी गिरोहहरूले संसारमा शान्ति र सुरक्षा ल्याउन चालिएका प्रयासहरूमा निरन्तर बाधा दिइरहेका छन्‌।

अहिले तिनीहरूका के कस्ता मनसायहरू छन्‌?

सन्‌ १९५० दशकको दौडान शीत युद्धको परिणामस्वरूप गोप्य संस्थाहरू पश्‍चिमी युरोपेली देशहरूमा संगठित भए र यी संस्थाहरू सोभियतले कुनै समय पश्‍चिम युरोपलाई जित्ने कोसिस गरेमा प्रतिरोध आन्दोलनको आधारको रूपमा गठन भएका थिए। उदाहरणका लागि, जर्मन समाचारपत्र फोकस-अनुसार “त्यस दौडान अष्ट्रियामा ७९ वटा हतियार भण्डार गोप्यरूपमा स्थापित गरिए। यी गिरोहहरूबारे केही युरोपेली देशहरूले थाहै पाएनन्‌। एउटा समाचारपत्रले सन्‌ १९९० दशकको सुरुतिर यसरी ठीकसित बतायो: “अहिले यस्ता संस्थाहरू कति छन्‌ र अहिलेसम्म कति भइसके होलान्‌, अत्तोपत्तो छैन।”

यो कुरा सोह्रै आना ठीक हो। भनौं भने, हामीले सोचेभन्दा ठूलो खतराको सूत्रपात गर्ने गोप्य समूहहरू आज कति छन्‌ भनेर साँच्चै कसले भन्‍नसक्छ र?

[फुटनोट]

a संयुक्‍त राज्यको यस गिरोहले बल्दो क्रूसलाई आफ्नो प्रतीकको रूपमा प्रयोग गरेर प्रारम्भिक गोप्य संगठनहरूका धार्मिक विशेषताहरू कायम राखेको थियो। विगतमा यसले राती आक्रमण गर्थ्यो। यसका सदस्यहरूले सेतो वस्त्र र सेतो घुम्टो लगाउँथे र कालो वर्णका मानिस, क्याथोलिक, यहूदी, विदेशी र मजदुर संघलाई आक्रमण गर्थे।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने