प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w97 ८/१५ पृ. २-४
  • विपत्तिको बेला उद्धार

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विपत्तिको बेला उद्धार
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • हतारिनुपर्ने समय
  • जीवन रोज्नुहोस्‌!
  • परमेश्‍वरको राज्यले के गर्नेछ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • परमेश्‍वरको उद्देश्‍य चाँडै पूरा हुने
    जीवनको उद्देश्‍य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?
  • जीवनमा अझ बढी केही छ!
    जीवनमा अझ बढी केही छ!
  • के हाम्रो चिन्ता गर्ने एउटा परमेश्‍वर हुनुहुन्छ?
    के हाम्रो चिन्ता गर्ने एउटा परमेश्‍वर हुनुहुन्छ?
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
w97 ८/१५ पृ. २-४

विपत्तिको बेला उद्धार

दक्षिण कोरियामा अकस्मात्‌ एउटा पाँच तल्ले डिपार्टमेन्ट स्टोर भत्किंदा सयौं मानिसहरू त्यहीं पुरिए! धेरैभन्दा धेरैको ज्यान जोगाउन उद्धारकर्मीहरू रात दिन जुटे। तर दिन बित्दै जाँदा कंक्रिट र स्टीलको थुप्रोभित्र जिउँदो मान्छेहरू फेला पार्ने सम्भावना झिनो हुँदै गयो।

बाँचेकाहरू भेट्टाउने आशै मारेको बेला एउटा एकदमै आश्‍चर्यलाग्दो घटना भयो। भग्नावशेषको थुप्रोमुनिबाट मसिनो स्वरमा कसैले ऐय्या भन्दै कराएको आवाज सुनियो। उद्धारकर्मीहरूले १६ दिनसम्म जिउँदै पुरिएकी त्यस १९ वर्षीया केटीलाई बचाउन हतारपतार हातैले खन्‍न थाले। भत्केको लिफ्टले गर्दा टनका टन कंक्रिट तिनीमाथि नखसेको रहेछ। शरीरमा पानीको निकै अभाव र चोट लागे तापनि तिनी बचिन्‌!

आजकल, महिनै पिच्छे भैंचालो, आँधीबेहरी, ज्वालामुखी विस्फोटन, दुर्घटना वा अनिकालजस्ता विपत्तिको समाचार सुन्‍नमा आइन्छ। अनि अचम्मलाग्दो ढंगमा उद्धार गरिएको र बचेका घटनाहरू सुनेर लाखौं मानिसहरू चित खान्छन्‌। तथापि, मानव इतिहासमा पहिला कहिल्यै नभएको आउनै लागेको विपत्तिबारे चाहिं चेताउनी दिंदा दिंदै पनि मानिसहरू प्रायः त्यसलाई बेवास्ता गर्छन्‌। (मत्ती २४:२१) बाइबलले आउनै लागेको त्यस विपत्तिलाई यी शब्दहरूमा वर्णन गर्छ: “हेर, विपत्ति एक जातिदेखि अर्को जातिसम्मै फैलिंदै जानेछ, पृथ्वीको पल्लो भागदेखि एउटा ठूलो तूफान चल्नेछ। त्यस दिन परमप्रभुले मार्नुभएकाहरू पृथ्वीको एक कुनादेखि अर्को कुनासम्म हुनेछन्‌। तिनीहरूका निम्ति कसैले विलाप गर्नेछैन, नता ती लाशहरूलाई कसैले जम्मा गर्नेछ, न गाड़नेछ। तिनीहरू जमीनमा मल हुनेछन्‌।”—यर्मिया २५:३२, ३३.

कस्तो आङै सिरिङ्‌ङ हुने शब्दहरू! तर अन्य प्राकृतिक प्रकोप तथा दुर्घटनाहरूजस्तो यो विपत्तिले सबैको संहार गर्नेछैन। हो, तपाईं त्यस विपत्तिबाट बच्ने सम्भावना छ!

हतारिनुपर्ने समय

यस कुरालाई राम्ररी बुझ्न प्रथमतः यो विश्‍वव्यापी विपत्ति किन आउनु परेको, त्यो थाह पाउनुपर्छ। वास्तवमा, यो विश्‍वव्यापी विपत्तिबाट मात्र मानिसजातिको समस्याको समाधान हुन्छ। आज कमै मानिसहरू सुरक्षित महसुस गर्छन्‌। वैज्ञानिकहरूले भरमग्दुर प्रयास गरे तापनि सरुवा रोगहरूले पृथ्वीको जनसंख्यालाई सखाप पारिनै रहेका छन्‌। धार्मिक, जातीय तथा राजनैतिक भिन्‍नताका कारण भएका युद्धहरूले हजारौंको ज्यान लिइरहेका छन्‌। अनिकालले निर्दोष पुरुष, स्त्री तथा बच्चाहरूको दुःखमाथि दुःख थपिदिन्छ। नैतिक पतनले गर्दा समाजको जग नै धरमराइरहेको छ। यसले बच्चाहरूलाई समेत भ्रष्ट बनाएको छ।

उन्‍नाइस सय वर्षअघि गरिएको बाइबल भविष्यवाणीले हाम्रो परिस्थितिको एकदम सही वर्णन गरेको छ। त्यसले यसो भन्छ: “यो जान, कि आखिरी दिनमा डरलाग्दो समय आउनेछ।”—२ तिमोथी ३:१; तुलना गर्नुहोस्‌ मत्ती २४:३-२२.

के मायालु परमेश्‍वरले हाम्रो दुःखकष्टको वास्तै गर्नुहुन्‍न जस्तो तपाईंलाई लाग्छ? बाइबलले यसो भन्छ: “स्वर्ग सृजने परमप्रभु यसो भन्‍नुहुन्छ, (उहाँ परमेश्‍वर हुनुहुन्छ!) जसले पृथ्वी रच्नुभयो र बनाउनुभयो। . . . उहाँले त्यो व्यर्थको वस्तु सृष्टि गर्नुभएन, उहाँले त्यो आबाद गर्नलाई बनाउनुभयो।” (यशैया ४५:१८) हो, परमेश्‍वरले यस सुन्दर पृथ्वी र यसमा रहनेहरू सबैको नाश हुन दिनुहुनेछैन। बरु, उहाँले हस्तक्षेप गर्नुहुनेछ। तर प्रश्‍न उठ्‌छ, उहाँले त्यो गर्नुहुनेछ, कसरी?

जीवन रोज्नुहोस्‌!

भजन ९२:७ मा बाइबलले त्यसको जवाफ यसरी दिन्छ: “जब दुष्टहरू घाँसझैं बढ्‌छन्‌, र सबै अधर्म गर्नेहरूको फलिफाप हुन्छ, यही कारणले हो, कि तिनीहरू सधैंको निम्ति नष्ट हुनेछन्‌।” परमेश्‍वरले दुष्टहरूलाई हटाएर पृथ्वीको समस्या समाधान गर्नुहुनेछ। खुशीको कुरा, यसरी दुष्टहरू हटाइँदा सबै मानिसहरूको विनाश हुनेछैन। भजन ३७:३४ ले यस्तो आश्‍वासन दिन्छ: “परमप्रभुको बाटो हेर्‌, उहाँकै मागमा हिंड्‌, र उहाँले तँलाई देश अधिकार गर्न बढ़ाउनुहुनेछ, दुष्टहरू नष्ट भएर जाँदा तैंले त्यो देख्नेछस्‌।”

यी शब्दहरूले मानिसजातिमा आइपर्ने सबैभन्दा ठूलो विपत्तिबाट बच्ने मौका छ भनी संकेत गर्छन्‌। परमेश्‍वरले हामीलाई छनौट गर्ने मौका दिनुभएको छ। प्रतिज्ञा गरिएको देशमा पुग्नै लागेको बेला मोशाले इस्राएलीहरूलाई दिएको सल्लाह आज पनि उत्तिकै लागू हुन्छ: “आज म स्वर्ग र पृथ्वीलाई तिमीहरूको सामने साक्षी राख्तछु, कि मैले तिमीहरूका अगि जीवन र मृत्यु, आशिष र सराप राखेको छु। यसकारण जीवननै रोज र तिमीहरू र तिमीहरूका भावी पुस्ता जिउनेछौ।” (व्यवस्था ३०:१९) तर ‘जीवननै रोजेर’ कसरी उद्धार पाउने? अनि साँचो उद्धारको वास्तविक अर्थ के हो?

[पृष्ठ २-मा भएको चित्रको स्रोत]

आवरण: विस्फोटन: Copyright © Gene Blevins/Los Angeles Daily News

[पृष्ठ ३-मा भएको चित्रको स्रोत]

Yunhap News Agency/Sipa Press

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने