प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w97 ८/१५ पृ. ३०
  • पाठकहरूका प्रश्‍नहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रश्‍नहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • मिल्दोजुल्दो सामग्री
  • येशूको आगमन कि येशूको उपस्थिति?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • क४ हिब्रू धर्मशास्त्रमा परमेश्‍वरको नाम
    पवित्र बाइबल नयाँ संसार अनुवाद
  • मेसोरेट पद भनेको के हो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
w97 ८/१५ पृ. ३०

पाठकहरूका प्रश्‍नहरू

के मत्तीरचित सुसमाचारको हिब्रू अंशमा पाइने टेट्राग्रामाटन (परमेश्‍वरको नाउँको चार हिब्रू अक्षर) १४ औं शताब्दीका यहूदी चिकित्सक शेम-टोब बेन इसाहक इब्न साप्रुतले सारेका हुन्‌?

होइन। तथापि, अगस्त १५, १९९६ प्रहरीधरहरा-को पृष्ठ १३ मा औंल्याएअनुसार मत्तीको त्यस अंशमा हास-शेम (पूर्ण वा संक्षिप्त रूपमा) १९ पटक प्रयोग गरिएको छ।

हिब्रू शब्द हास-शेम-को अर्थ “नाउँ” हो। निस्सन्देह, यसले ईश्‍वरीय नाउँलाई बुझाउँछ। उदाहरणका लागि, शेम-टोबको पुस्तकमा हास-शेम-को संक्षिप्त रूप मत्ती ३:३ मा पाइन्छ जहाँ मत्तीले यशैया ४०:३ पनि उद्धृत गरेका छन्‌। मत्तीले टेट्राग्रामाटन भएको हिब्रू धर्मशास्त्रबाट उद्धृत गर्दा आफूले लेखेको सुसमाचारको पुस्तकमा ईश्‍वरीय नाउँ राखे भन्‍ने निष्कर्षमा पुग्नु तार्किक छ। अतः शेम-टोबले प्रस्तुत गरेको हिब्रू अंशमा टेट्राग्रामाटन नचलाइएको भए तापनि मत्ती ३:३ जस्ता ठाउँहरूमा “नाउँ” चलाएको कारण मसीही युनानी धर्मशास्त्रमा “यहोवा” चलाइएको थियो भन्‍ने जायज कारण देखिन्छ।

शेम-टोबले मत्तीरचित हिब्रू अंश आफ्नो विवादास्पद पुस्तक इभेन बोखान-मा सारेका थिए। तर, त्यस हिब्रू अंशको स्रोत के थियो त? यसबारे विस्तृत रूपमा अनुसन्धान गर्ने प्राध्यापक, जर्ज हवार्ड यस्तो अनुमान लाउँछन्‌, “शेम-टोबको मत्तीरचित हिब्रू सुसमाचार लगभग मसीही युगको पहिलो चार शताब्दीभित्रको हुनुपर्छ।”a

तर अरू मानिसहरू तिनीसित सहमत नहुन पनि सक्छन्‌।

हवार्ड यसो भन्छन्‌: “शेम-टोबको मत्तीरचित हिब्रू पुस्तकको अंश विशेषगरि युनानीमा लेखिएको मत्तीरचित पुस्तकभन्दा एकदमै भिन्‍न छ।” उदाहरणका लागि, शेम-टोबको पदअनुसार येशूले यूहन्‍नाबारे यसो भन्‍नुभयो: “म तिमीहरूलाई साँच्चै भन्दछु, मानिसमध्ये बप्तिस्मा दिने यूहन्‍नाभन्दा ठूलो कोही उठेको छैन।” तर त्यसपछि येशूले भन्‍नुभएका शब्दहरू यसले उल्लेख गरेको छैन: “तरैपनि स्वर्गको राज्यमा जो सबैभन्दा सानो छ, त्यो यिनीभन्दा ठूलो हो।” (मत्ती ११:११) त्यसरी नै, हिब्रू धर्मशास्त्रको प्रचलित हिब्रू पद र यसैसँग मिल्दोजुल्दो युनानी सेप्टुआजिन्ट संस्करणमा चलाइएका शब्दहरूबीच धेरै भिन्‍नता छ। यस प्रकारका भिन्‍नताहरू हामी स्वीकार्छौं र यस्ता पुरातन पदहरू तुलानात्मक अध्ययन गर्न मदतकारी साबित हुनसक्छ।

माथि उल्लेख गरेझैं शेब-टोबले मत्तीरचित सुसमाचारको पुस्तकमा “नाउँ” भनी प्रयोग गरेको ठाउँमा मत्तीले वास्तवमा टेट्राग्रामाटन चलाएका थिए भनेर विश्‍वास गर्ने यथेष्ट कारणहरू छन्‌। अतः, १९५० देखि मसीही युनानी धर्मशास्त्रमा ईश्‍वरीय नाउँ राख्ने आधारको रूपमा शेम-टोबको पद चलाइएको छ र यो पवित्र धर्मशास्त्रको नयाँ विश्‍व अनुवाद—सन्दर्भिकासहित-मा (अंग्रेजी) अझै त्यसको उद्धृत गरिन्छ।b

[फुटनोटहरू]

a नयाँ नियमका अध्ययनहरू-को (अंग्रेजी) खण्ड ४३, संख्या १, जनवरी १९९७, पृष्ठ ५८-७१ पनि हेर्नुहोस्‌।

b वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा १९८४ मा प्रकाशित।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने