प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w98 ४/१५ पृ. ३१
  • के तपाईंलाई सम्झना छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईंलाई सम्झना छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • मिल्दोजुल्दो सामग्री
  • नयाँ करारद्वारा महान्‌ आशिष्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • इस्राएली इतिहासका महत्त्वपूर्ण चाडहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • तिमीहरू “पूजाहारीहरूको एक राज्य” हुनेछौ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • अरू भेडा र नयाँ करार
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
w98 ४/१५ पृ. ३१

के तपाईंलाई सम्झना छ?

के तपाईंले प्रहरीधरहरा-का हालैका अंकहरूमा कुनै व्यवहारिक मूल्यका कुराहरू पाउनुभयो? त्यसो भए निम्न प्रश्‍नहरूबाट आफ्नो स्मरणशक्‍ति जाँचे कसो होला?

▫ “प्रभुको दिन” र ‘यहोवाको दिनबीच’ के भिन्‍नता छ? (प्रकाश १:१०; योएल २:११)

“प्रभुको दिन[मा]” प्रकाश अध्याय १ देखि २२ भित्र उल्लिखित १६ वटा दर्शनहरू तथा चेलाहरूले येशूलाई उहाँको उपस्थितिको चिह्न के हुनेछ भनी सोधेका प्रश्‍नहरूको जवाफ दिंदा भन्‍नुभएका आधारभूत घटनाहरू समावेश छन्‌। प्रभुको दिन चरमसीमामा पुग्दा यहोवाले शैतानको भ्रष्ट संसारमाथि न्याय गर्नुहुँदा यहोवाको भयानक दिन सुरु हुन्छ।—(मत्ती २४:३-१४; लूका २१:११)—१२/१५, पृष्ठ ११.

▫ माकारियोस बाइबलका केही विशिष्ट पक्षहरू के हुन्‌?

माकारियोस बाइबलमा यहोवाको नाउँ ३,५०० भन्दा बढी पटक उल्लेख गरिएको छ। रूसी धार्मिक साहित्यका एक शास्त्रविद्‌ले यसो भने: “हिब्रू भाषाको हुबहु अनुवाद . . . र भाषा शुद्ध हुनुका साथै विषय सुहाउँदो छ।”—१२/१५, पृष्ठ २७.

▫ येशूले भन्‍नुभएको हामीलाई स्वतन्त्र पार्ने “सत्य” के हो? (यूहन्‍ना ८:३२)

येशूले “सत्य” भन्‍नुहुँदा ईश्‍वरप्रेरित जानकारी अर्थात्‌ विशेषगरि बाइबलमा सुरक्षित राखिएका परमेश्‍वरको इच्छा औंल्याउँदै हुनुहुन्थ्यो।—१/१, पृष्ठ ३.

▫ आधुनिक समयको येहू तथा यहोनादाब को हुन्‌?

“परमेश्‍वरका इस्राएल” अर्थात्‌ अभिषिक्‍त मसीहीहरूले यस पृथ्वीमा येहूले चित्रित गर्ने येशू ख्रीष्टको प्रतिनिधित्व गर्छन्‌। (गलाती ६:१६; प्रकाश १२:१७) येहूलाई भेट्‌न आएजस्तै जातिजातिका “ठूलो भीड़” येशूका पार्थिव प्रतिनिधिहरूले साँचो उपासनाको पक्षमा लिएको अडानलाई समर्थन गर्न ओइरिरहेका छन्‌।—(प्रकाश ७:९, १०; २ राजा १०:१५)—१/१, पृष्ठ १३.

▫ ‘परमेश्‍वरसित हिंड्‌नुको’ अर्थ के हो? (उत्पत्ति ५:२४; ६:९)

त्यसो गर्नेहरूले हनोक अनि नूहले जस्तै यसरी जीवन बिताए कि तिनीहरूको कामैले परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वास बलियो रहेछ भन्‍ने प्रमाण दिन्छ भन्‍न खोजेको हो। यहोवाले जे जे भन्‍नुभयो तिनीहरूले त्यही त्यही गरे अनि आफूले परमेश्‍वरबारे र उहाँले मानवजातिसित गर्नुभएको व्यवहारबारे के कति जानेको छ, त्यसको भरमा तिनीहरूले आफ्नो जीवन बिताए।—१/१५, पृष्ठ १३.

▫ मृत्यु हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै एक व्यक्‍तिले किन पहिल्यै योजना बनाउनु पर्ने हो?

भनौं भने, यस्ता प्रबन्धहरू मिलाउनु परिवारलाई उपहार दिएसरह हो। यसले परिवारप्रतिको मायालाई दर्शाउँछ। यसले आफू परिवारबीच नरहे तापनि त्यस व्यक्‍ति ‘आफ्नो परिवारको पालनपोषण गर्न’ इच्छुक थियो भन्‍ने प्रमाण दिन्छ।—(१ तिमोथी ५:८)—१/१५, पृष्ठ २२.

▫ “पुरानो करार[ले]” कुन काम पूरा गऱ्‍यो? (२ कोरिन्थी ३:१४)

यसले नयाँ करारको पूर्व झाँकी देखायो र पुरानो करारअनुरूप निरन्तर बलिदान चढाइरहनुपर्ने हुँदा मानिसजातिलाई पाप र मृत्युबाट छुटकारा आवश्‍यक छ भनेर पनि प्रस्ट पाऱ्‍यो। यो “ख्रीष्टमा ल्याउनालाई . . . जिम्मावाल” थियो।—(गलाती ३:२४)—२/१, पृष्ठ १४.

▫ कुन अर्थमा नयाँ करार अनन्तसम्म रहनेछ? (हिब्रू १३:२०)

प्रथमतः व्यवस्था बाचाझैं नयाँ करार रद्द हुनेछैन। दोस्रो कुरा, त्यसको प्रभाव स्थायी हुनेछ। अनि तेस्रो कुरा, नयाँ करारको प्रबन्धबाट परमेश्‍वरका पार्थिव जनताहरूले हजार वर्षे शासनकालभरि लाभान्वित भइरहनेछन्‌।—२/१, पृष्ठ २२.

▫ कृतज्ञता व्यक्‍त गर्दा के फाइदाहरू हुन्छन्‌?

हृदयदेखि नै कृतज्ञ भएको हुँदा एक व्यक्‍तिले महसुस गर्ने न्यानोपनले तिनलाई आनन्दित र शान्त हुन मदत दिन्छ। (हितोपदेश १५:१३, १५ तुलना गर्नुहोस्‌।) कृतज्ञता सकारात्मक गुन भएकोले यसले मानिसलाई रिस, ईर्ष्या, द्वेषजस्ता नकारात्मक भावनाहरूदेखि सुरक्षित राख्छ।—२/१५, पृष्ठ ४.

▫ आत्मा-अभिषिक्‍त जनहरू कुन करारहरूमा बाँधिएका छन्‌?

यहोवाले आत्मिक इस्राएलसित बाँध्नुभएको नयाँ करार तथा येशूले उहाँको पाइला टेकेर हिंड्‌ने अभिषिक्‍त अनुयायीहरूसित बाँध्नुभएको स्वर्गीय राज्यको करार।—(लूका २२:२०, २८-३०)—२/१५, पृष्ठ १६.

▫ इस्राएलीहरूलाई कुन तीन महान्‌ चाडहरू मान्‍न अह्राइएको थियो?

नीसान १४ को लगत्तैपछि पर्ने अखमीरे रोटीको चाड; नीसान १६ को ५० औं दिनमा पर्ने साताहरूका चाड र सातौं महिनामा पर्ने बाली भित्र्याउने चाड वा झुप्रो-बासको चाड।—(व्यवस्था १६:१-१५)—३/१, पृष्ठ ८, ९.

▫ मसीही जमघटहरूमा उपस्थित हुनु किन एउटा सुअवसर हो?

येशूले भन्‍नुभयो: “जहाँ दुइ कि तीन जना मेरो नाउँमा भेला हुन्छन्‌, त्यहाँ म तिनीहरूका बीचमा हुन्छु।” (मत्ती १८:२०; २८:२०) मण्डलीका सभा, सम्मेलन तथा अधिवेशनजस्ता ठूलठूला जमघटहरू आध्यात्मिक भोजन दिने एउटा महत्त्वपूर्ण तरिका हो।—(मत्ती २४:४५)—३/१, पृष्ठ १४.

▫ निम्रोद नाउँ कसरी रहनगयो?

केही शास्त्रज्ञहरूको विचारमा पनि निम्रोद नाउँ, जन्मँदा दिइएको नाउँ होइन। बरु, तिनीहरूको विचारमा त्यो नाउँ तिनको विद्रोही स्वभाव प्रस्ट देखिन थालेपछि राखिएको हुनुपर्छ।—३/१५, पृष्ठ २५.

▫ मानव समाजका लागि परिवार कत्तिको महत्त्वपूर्ण छ?

परिवार मानव आवश्‍यकता हो। पारिवारिक बन्धन टुक्रिएपछि समाज तथा राष्ट्र नै कमजोर हुन्छ भनी इतिहासले औंल्याएको छ। अतः यसले समाजको स्थिरता र बच्चाहरू तथा भावी सन्ततिहरूको हकहितमा प्रत्यक्ष प्रभाव पार्छ।—४/१, पृष्ठ ६.

▫ बाइबल परमेश्‍वरको वचन हो भनेर देखाउने तीनवटा प्रमाणहरू के हुन्‌?

(१) यो वैज्ञानिक तवरमा सही छ, (२) यसमा आधुनिक समयका लागि पनि व्यवहारिक चिरकालीन सिद्धान्तहरू छन्‌ र (३) यसमा पूरा भइसकेका र ऐतिहासिक तथ्यहरूले पनि प्रमाणित गरेका केही खास भविष्यवाणीहरू छन्‌।—४/१, पृष्ठ १५.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने