प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w98 ५/१ पृ. ५-७
  • यहोवा को हुनुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवा को हुनुहुन्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • उहाँको नाउँको सार्थकता
  • यहोवाका प्रमुख गुनहरू
  • सबै जातिका परमेश्‍वर
  • यहोवालाई चिन्दा हुने फाइदाहरू
  • यहोवा—उहाँ को हुनुहुन्छ?
    यहोवा—उहाँ को हुनुहुन्छ?
  • साँचो परमेश्‍वर को हुनुहुन्छ?
    ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ
  • एक मात्र साँचो परमेश्‍वरको रूपमा यहोवाको महिमा गर्नुहोस्‌
    एक मात्र साँचो परमेश्‍वरको उपासना गर्नुहोस्‌
  • साँचो ईश्‍वरको नाम के हो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०१९
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
w98 ५/१ पृ. ५-७

यहोवा को हुनुहुन्छ?

यहोवाले आफ्ना एक विश्‍वासी उपासकलाई यसो भन्‍नुभयो: “मेरो अनुहार हेरेर मानिस जीवित रहनसक्‍तैन।” (प्रस्थान ३३:२०) “परमेश्‍वर आत्मा हुनुहुन्छ,” र मानिसहरू भौतिक आँखाले उहाँलाई हेर्नसक्दैनन्‌। (यूहन्‍ना ४:२४) मध्यदिनमा सोझै सूर्यलाई हेर्नु त हाम्रो आँखाको निम्ति हानिकारक हुन्छ भने, हामीले देख्ने चहकिलो सूर्य मात्र नभई ब्रह्‍माण्डका त्यस्ता कैयौं सूर्यहरू सृजनुहुने अतुलनीय उर्जाका स्रोतलाई हेर्नु हाम्रोनिम्ति विनाशकारी नै हुन्छ।

खुसीको कुरा, परमेश्‍वरबारे थाह पाउन हामीले उहाँलाई देख्नैपर्छ भन्‍ने छैन। बाइबलले त्यस अद्‌भुत उपहार अर्थात्‌ यस पृथ्वी तयार पार्नुहुनेको परिचय दिनुका साथै उहाँको व्यक्‍तित्व प्रकट गर्छ। अतः हामीलाई जीवन दिनुहुने र जीवनको आनन्द उठाउन रमाइलो घरको पनि प्रबन्ध गरिदिनुहुने पिताबारे थाह पाउन बाइबल केलाएर हेर्नु उपयुक्‍त छ।

उहाँको नाउँको सार्थकता

हरेक नाउँको अर्थ हुन्छ जुन सबैलाई थाह नहुनसक्छ। उदाहरणका लागि, लोकप्रिय अंग्रेजी नाउँ डेभिड “प्रिय” अर्थ लाग्ने हिब्रू शब्दबाट आएको हो। सृष्टिकर्ताको नाउँ यहोवाको पनि अर्थ छ। त्यो के हो? बाइबलको मूल भाषा हिब्रूमा यस ईश्‍वरीय नाउँलाई चारवटा वर्णहरू YHWH मा लेखिएको छ र बाइबलको हिब्रू अंशमा ७,००० भन्दा बढी पटक त्यस नाउँ प्रयोग गरिएको छ। यो ईश्‍वरीय नाउँको अर्थ “उहाँले हुन दिनुहुन्छ” भन्‍ने बुझिन्छ। भनाइको तात्पर्य, आफ्नो उद्देश्‍य पूरा गर्न आवश्‍यकताअनुसार यहोवा बुद्धिमानीसाथ आफूलाई जे पनि हुन दिनुहुन्छ। उहाँ सृष्टिकर्ता, न्यायकर्ता, रक्षक, जीवनदाता हुनुभएकोले आफ्ना वाचाहरू पनि पूरा गर्न सक्नुहुन्छ। त्यति मात्र कहाँ हो र, यहोवा भन्‍ने हिब्रू नाउँको अर्थमा लुकेको भावले पूरा हुनै लागेको कार्य भन्‍ने बुझाउँछ। हो, यहोवाले आफैलाई अझै पनि आफ्ना वाचाहरू पूरा गर्ने व्यक्‍ति हुन दिइरहनुभएको छ। उहाँ जीवित्‌ परमेश्‍वर हुनुहुन्छ!

यहोवाका प्रमुख गुनहरू

बाइबलले सृष्टिकर्तालाई “टिठाउनमा भरिपूर्ण र दयालु परमेश्‍वर, रीस गर्नमा ढीलो, र कृपा र सत्यतामा प्रशस्त हुनुहुन्छ, हजारौं हजारमाथि कृपा देखाउनुहुने, दुष्टता, अपराध, र पाप क्षमा गर्नुहुने” भनेर व्याख्या गरेको छ। (प्रस्थान ३४:६, ७) “कृपा देखाउनुहुने” अर्थ लाग्ने हिब्रू शब्दको गहिरो अर्थ छ। त्यसले कुनै पनि वस्तुप्रति राखिएको उद्देश्‍य पूरा नहोउञ्जेल त्यस वस्तुसित मायालु ढंगमा टाँसिएर बस्नु भन्‍ने बोध गराउँछ। यसलाई “वफादार प्रेम” भनेर पनि अनुवाद गर्न सकिन्छ। यहोवाको कृपा उहाँका प्राणीहरूसित मायालु ढंगमा टाँसिएर बस्छ र आफ्ना अद्‌भुत उद्देश्‍यहरू पूरा गर्छ। के तपाईं जीवनदाताले गर्नुहुने यस्तो मायाको कदर गर्नुहुन्‍न?

यहोवा रिसाउनमा ढिलो र पापहरू क्षमा गर्नमा छिटो हुनुहुन्छ। यस्तो व्यक्‍तिसित घनिष्ठ हुनपाउनु निकै प्रोत्साहनजनक हुन्छ। यद्यपि, यसको अर्थ उहाँले गलत कामहरूको भर्त्सना नै गर्नुहुन्‍न भन्‍ने चाहिं पटक्कै होइन। उहाँको घोषणा सुन्‍नुहोस्‌: “[म यहोवा] न्यायलाई प्रेम गर्दछु, अन्यायको लूट मलाई घीन लाग्छ।” (यशैया ६१:८) न्यायको परमेश्‍वर हुनुभएकोले दुष्कर्ममा लागिरहने ढीट पापीहरूलाई उहाँ सधैं माफ गरिरहनुहुन्‍न। यसकारण, आफ्नो निश्‍चित समयमा यहोवाले यस संसारमा भइरहेको अन्याय हटाउनुहुनेछ भनेर हामी ढुक्क हुनसक्छौं। दुःखीहरूतर्फ उहाँले आफ्नो ढाड फर्काउनु हुनेछैन।

प्रेम र न्यायबीच अचूक सन्तुलन कायम गर्नु सधैं सजिलो हुँदैन। तपाईं आमा वा बुबा हुनुहुन्छ भने छोराछोरीले अभद्र व्यवहार गर्दा तिनीहरूलाई कहिले, कसरी र कुन हदसम्म सजाय दिने भनेर निर्णय गर्न के तपाईंलाई सधैं सजिलो लाग्छ र? न्याय र अनुकम्पालाई सन्तुलनमा राख्न निकै बुद्धि चाहिन्छ। मानिसहरूसित व्यवहार गर्नुपर्दा यहोवा यही गुन प्रचुर मात्रामा प्रयोग गर्नुहुन्छ। (रोमी ११:३३-३६) निस्सन्देह, सृष्टिकर्ताको बुद्धि सर्वव्याप्त छ। उदाहरणका लागि, हामी वरपरका उदेकलाग्दा सृजनाहरूलाई लिनुहोस्‌।—भजन १०४:२४; हितोपदेश ३:१९.

तथापि, बुद्धि मात्र भएर पुग्दैन। आफ्नो उद्देश्‍य पूरा गर्न सृष्टिकर्तासित शक्‍ति पनि हुनैपर्छ र बाइबलले उहाँ अत्यन्त शक्‍तिशाली हुनुहुन्छ भनेर यसरी बताउँछ: “तिमीहरूका आँखा माथि उठाएर हेर, यी कसले बनाएका हुन्‌? उहाँलेनै होइन र? जसले तिनीहरूका दललाई गन्ती गरेर नाउँ बोलाउँदै ल्याउनुहुन्छ। उहाँको शक्‍तिको बड़प्पनले गर्दा, उहाँ सामर्थ्यमा बलियो भएको हुनाले, तिनीहरूमध्ये एउटै पनि हराउनेछैन।” (यशैया ४०:२६) “सामर्थ्यमा बलियो भएको हुनाले” आफूले गर्न खोज्नुभएका कामहरू यहोवा पूरा गर्नुहुन्छ। के यस्तो गुनले तपाईंलाई उहाँप्रति आकर्षित गर्दैन र?

सबै जातिका परमेश्‍वर

तर यहोवा त “पुरानो नियमका” परमेश्‍वर पो हुनुहुन्छ, होइन? सायद तपाईंको मनमा यस्तै प्रश्‍न उठ्यो होला। हो, हुन त यहोवाले इस्राएलीहरूलाई आफ्नो परिचय दिनुभएको थियो। तैपनि, प्रथम मानव दम्पतीलाई सृजनुभएकोले “पृथ्वीमा हरेक परिवारको नाउँ” यहोवा परमेश्‍वरबाटै “राखिएको छ।” (एफिसी ३:१५) पुर्खालाई आदर गर्नु उचित छ भन्‍ने विश्‍वास तपाईं गर्नुहुन्छ भने आज पृथ्वीमा भएका सबै परिवारको वंशजको मूल अर्थात्‌ हाम्रो साझा बुबा—पहिलो पुरुषलाई जीवन दिनुहुनेप्रति नतमस्तक हुनु के झन्‌ उचित छैन?

मानिसजातिका सृष्टिकर्ता संकुचित विचारको हुनुहुन्‍न। हो, कुनै समय इस्राएल राष्ट्रसित उहाँको विशेष सम्बन्ध थियो। तैपनि, उहाँको नाउँ पुकार्ने सबैलाई उहाँले अंगाल्नुभयो। इस्राएलका एक बुद्धिमान्‌ राजाले यहोवालाई प्रार्थनामा यसो भने: “तपाईंको प्रजा इस्राएली कुलदेखि बाहिरको कुनै विदेशी तपाईंको ख्याति सुनेर टाढ़ाबाट आए [भने] . . . स्वर्गमा त्यो प्रार्थना सुनेर त्यस विदेशीले गरेको पुकाराको प्रत्युत्तर दिनुहोस्‌। यसरी तपाईंको प्रजा इस्राएलझैं पृथ्वीका सबै मानिसहरूले तपाईंको ख्यातिलाई जानून्‌।” (१ राजा ८:४१-४३) त्यसबेलादेखि आजसम्म पनि सारा राष्ट्रका मानिसहरूले यहोवालाई चिन्‍न र उहाँसित अर्थपूर्ण सम्बन्ध गाँस्न पाएका छन्‌। तर उहाँलाई चिनेर तपाईंलाई के फाइदा?

यहोवालाई चिन्दा हुने फाइदाहरू

अघिल्लो लेखको उदाहरणलाई फेरि विचार गरौं। यदि तपाईंले आकर्षक उपहार पाउनुभयो भने त्यो उपहार के को लागि हो, त्यो त पक्कै पनि थाह पाउन चाहनुहुन्छ। अनि तपाईं सोच्नुहुन्छ, त्यसको प्रयोग र हेरचाह कसरी गर्नुपर्ला? त्यसैगरि, परमेश्‍वरले कुन उद्देश्‍यसहित यो पृथ्वी हाम्रोनिम्ति तयार पार्नुभयो, त्यो हामी बुझ्न चाहन्छौं। बाइबल भन्छ, “उहाँले त्यो व्यर्थको वस्तु सृष्टि गर्नुभएन” तर मानिसहरूद्वारा “आबाद गर्नलाई बनाउनुभयो।”—यशैया ४५:१८.

तथापि, सृष्टिकर्ताले दिनुभएको यो उपहारको अधिकांश मानिसहरूले त्यति वास्ता गरेका छैनन्‌। तिनीहरूले यस पृथ्वीको विनाश गर्नै लागेका छन्‌ र यो यहोवालाई पटक्कै मन परेको छैन। यद्यपि, आफ्नो नाउँको अर्थअनुरूप यहोवाले मानिस तथा पृथ्वीको निम्ति राख्नुभएको मूल उद्देश्‍य पूरा गर्ने निश्‍चय गर्नुभएको छ। (भजन ११५:१६; प्रकाश ११:१८) उहाँले यो पृथ्वी मर्मत गर्नुहुनेछ र उहाँका आज्ञाकारी छोराछोरीको रूपमा यस पृथ्वीमा जीवन बिताउन चाहनेहरूलाई त्यो पुर्ख्यौली सम्पत्तिस्वरूप दिनुहुनेछ।—मत्ती ५:५.

त्यतिखेर अवस्था कस्तो हुनेछ, बाइबलको अन्तिम पुस्तक यसरी व्याख्या गर्छ: “हेर, परमेश्‍वरको बासस्थान मानिसहरूसँग भएको छ। उहाँ तिनीहरूसँग बास गर्नुहुनेछ र तिनीहरू उहाँका मानिसहरू हुनेछन्‌। . . . उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीड़ा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्‌।” (प्रकाश २१:३, ४) त्यसबेला कसैले पनि प्रियजनको मृत्युको कारण दुःखी हुँदै वा शोकमा डुबेर आँसु बगाउनुपर्नेछैन। आकुलव्याकुल भएर वा प्राणघातक रोगहरूको पीडाले गर्दा सुस्केरा हाल्दै गुहार्नुपर्नेछैन। ‘मृत्युसमेत नामेट’ हुनेछ। (१ कोरिन्थी १५:२६; यशैया २५:८; ३३:२४) यहोवाले हाम्रा प्रथम पुर्खाहरूलाई सृष्टि गर्नुहुँदा हामीले यस्तै जीवन बिताओस्‌ भन्‍ने चाहनुभएको थियो भनेर उक्‍त विवरण बताउँछ।

अहिले पनि तपाईं यहोवाका उपासकहरू माझ पक्कै पनि यस्तो प्रमोदवनरूपी अवस्थाको झलक पाउन सक्नुहुन्छ। उहाँ ती उपासकहरूलाई यसो भन्‍नुहुन्छ: “म परमप्रभु तेरा परमेश्‍वर हुँ, जसले तेरो फायदाको निम्ति तँलाई सिकाउँछ। जसले तँ जाने बाटोमा तँलाई डोऱ्‍याउँछ।” (यशैया ४८:१७) यहोवा उहाँका छोराछोरीहरू अर्थात्‌ हामीलाई सर्वोत्तम जीवन बिताउन सिकाउने पिता हुनुहुन्छ। उहाँले मानिसहरूलाई दिनुभएका निर्देशनहरूले अनुचित बन्देजमा पार्दैनन्‌। बरु, ती मायालु सुरक्षा हुन्‌। ती निर्देशनहरूलाई पालन गर्दा तल भनिएझैं साँचो स्वतन्त्रता र आनन्द प्राप्त हुन्छ: “अब प्रभु [यहोवा] ता आत्मा हुनुहुन्छ। औ जहाँ प्रभुका [यहोवाका] आत्मा हुन्छ, त्यहाँ स्वतन्त्रता हुन्छ।” (२ कोरिन्थी ३:१७) उहाँको शासनलाई स्वीकार्नेहरूले बाइबलमा भएका निर्देशनहरू पालन गरेर आज पनि मनोशान्ति प्राप्त गरिरहेका छन्‌ र त्यही शान्ति एक दिन संसारको मानिसजातिमा व्याप्त हुनेछ।—फिलिप्पी ४:७.

यहोवा कस्तो उपकारी पिता! सृष्टिका अद्‌भुत कुराहरू बनाउनुहुनेबारे अझ धेरै कुरा थाह पाउन के तपाईं इच्छुक हुनुहुन्छ? इच्छुक हुनेहरूले अहिले नै अनमोल लाभहरू पाउनसक्छन्‌। अनि भविष्यमा अनन्त आशिष्‌।

[पृष्ठ ५-मा भएको चित्र]

चार हिब्रू वर्णमा लेखिएको ईश्‍वरीय नाउँ पुराना चर्चहरूका भित्ताहरूमा अझै देख्न सकिन्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने