प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w99 २/१ pp. ९-१३
  • महान्‌ कुमाले अनि उहाँको काम

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • महान्‌ कुमाले अनि उहाँको काम
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • कुमालेले आफ्नो काम बढाउनुहुन्छ
  • तपाईं कस्तो भाँडो बन्‍नुहुनेछ?
  • परीक्षाहरू सहन सक्नेगरी ढालिएको
  • हाम्रा कलिला केटाकेटीलाई आकार दिने
  • हरेकलाई आकार दिने
  • यहोवाको अनुशासनले आकार दिंदा त्यसलाई स्वीकार्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • महान्‌ कुमाले यहोवाको कदर गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • हाम्रो धन माटोको भाँडामा छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • नयाँ विशेष सम्मेलन दिन
    हाम्रो राज्य सेवकाई—२००७
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
w99 २/१ pp. ९-१३

महान्‌ कुमाले अनि उहाँको काम

“सबै असल काममा तम्तयार रहेको, . . . आदरको योग्य, . . . भाँडो [ बन]।”—२ तिमोथी २:२१.

१, २. (क) स्त्री र पुरुष कसरी परमेश्‍वरको उत्कृष्ट सृष्टि थिए? (ख) महान्‌ कुमालेले कुन उद्देश्‍यसहित आदम र हव्वा सृष्टि गर्नुभयो?

यहोवा महान्‌ कुमाले हुनुहुन्छ। उहाँको एउटा उत्कृष्ट सृष्टि, हाम्रो प्रथम पिता आदम हो। बाइबल यसो भन्छ: “परमप्रभु परमेश्‍वरले भूमिको माटोबाट मानिस बनाउनुभयो, र तिनको नाकमा जीवनको सास फुकिदिनुभयो, र मानिस जीवित प्राणी भयो।” (उत्पत्ति २:७) प्रथम मानव सिद्ध थियो। तिनी परमेश्‍वरको स्वरूपमा सृजिएका थिए। अतः तिनी परमेश्‍वरको ईश्‍वरीय बुद्धिका साथै उहाँ साँचो धार्मिकता र न्यायलाई प्रेम गर्नुहुन्छ भन्‍ने प्रमाण थियो।

२ परमेश्‍वरले आदमको करङ्‌गबाट मानिसको निम्ति एउटा पूरक र सहयोगी अर्थात्‌ स्त्री पनि बनाउनुभयो। अहिलेको सबैभन्दा सुन्दरी स्त्रीभन्दा हव्वा कता हो कता सुन्दरी थिइन्‌। (उत्पत्ति २:२१-२३) यसबाहेक, प्रथम मानव दम्पतिलाई यो पृथ्वी प्रमोदवनमा परिणत गर्नसक्ने शरीर र क्षमताहरू दिइएको थियो। तिनीहरूलाई उत्पत्ति १:२८ को आज्ञा पूरा गर्ने क्षमता पनि प्रदान गरिएको थियो। त्यहाँ यसो भनिएको छ: “फल्दै-फुल्दै, वृद्धि हुँदै, पृथ्वीमा भरिंदै र त्यसलाई आफ्नो वशमा पार्दै जाओ। औ समुद्रका माछाहरू, आकाशका पक्षीहरू तथा पृथ्वीका सबै जीवित प्राणीहरूमाथि अधिकार गर।” अन्ततः यो विश्‍वव्यापी बगैंचा लाखौं आनन्दित मानिसहरूले भरिने थियो अनि तिनीहरू “सिद्धताको गाँठो” अर्थात्‌ प्रेममा बाँधिने थिए।—कलस्सी ३:१४.

३. हाम्रो प्रथम आमाबाबु कसरी अनादरको भाँडो भए अनि नतिजा के भयो?

३ दुःखको कुरा, हाम्रो प्रथम आमाबाबुले जानाजानी आफ्नो सार्वभौम सृष्टिकर्ता महान्‌ कुमालेको अख्तियारको विद्रोह गरे। तिनीहरूले यशैया २९:१५, १६ मा वर्णन गरेजस्तै काम गरे: “धिक्कार! तिनीहरूलाई, जसले आफ्नो युक्‍ति परमप्रभुबाट लुकाउने प्रयत्न गर्दछन्‌, जसले आफ्ना काम अँध्यारोमा गर्दछन्‌, जसले भन्दछन्‌, ‘हामीलाई कसले देख्छ र? हामीलाई कसले जान्दछ र? . . . के कुमाले माटोजस्तै गनिन्छ? के बनाएको चीजले बनाउनेको विषयमा भन्छ, ‘त्यसले मलाई बनाएको होइन।’ अथवा रचितले रचयितालाई ‘त्यसको बुद्धिनै छैन’ भन्छ?” तिनीहरूको आफूखुसी व्यवहारले विपत्ति निम्त्यायो—त्यो थियो, सदाका लागि मृत्युदण्ड। यसबाहेक, तिनीहरूबाट उत्पन्‍न सम्पूर्ण मानिसजातिले वंशानुगत पाप र मृत्यु पाए। (रोमी ५:१२, १८) महान्‌ कुमालेको सृष्टिको सुन्दरतामा नराम्रो खत लाग्यो।

४. हामी कुन आदरयोग्य उद्देश्‍यको लागि सेवा गर्नसक्छौं?

४ तथापि, हामी पापी आदमका असिद्ध सन्ततिहरू भए तापनि भजन १३९:१४ का शब्दहरूमा यहोवाको प्रशंसा गर्नसक्छौं: “म तपाईंलाई धन्यवाद दिनेछु। किनकि म भयानक र आश्‍चर्य रीतिले बनिएको छु। तपाईंका कार्यहरू आश्‍चर्यका छन्‌। र ती कुरा मेरो आत्माले राम्ररी जान्दछ।” यद्यपि, महान्‌ कुमालेको सुरुको हस्तकला साह्रै कलंकित हुनु कत्ति दुःखलाग्दो कुरा हो!

कुमालेले आफ्नो काम बढाउनुहुन्छ

५. महान्‌ कुमालेको सीप कसरी अभ्यास गरिने थियो?

५ खुसीको कुरा, कुमालेको हैसियतमा हाम्रा सृष्टिकर्ताको सीप प्रथम मानिसलाई आकार दिनुमा मात्र सीमित हुने थिएन। प्रेरित पावल भन्छन्‌: “ए मानिस, तँ चाहिं परमेश्‍वरको विरुद्धमा जवाफ दिने को होस्‌? के बनेको चीजले बनाउनेलाई, ‘तैंले मलाई किन यस्तो बनाइस्‌’ भन्छ र? अथवा के एउटै माटोको डल्लाबाट एउटालाई आदरको र अर्कोलाई अनादरको भाँड़ा बनाउने कुमालेलाई माटोमाथि अधिकार छैन?”—रोमी ९:२०, २१.

६, ७. (क) थुप्रै मानिसहरू आज कसरी अनादरको निम्ति ढालिने छनौट गर्छन्‌? (ख) धर्मीहरू कसरी आदरको निम्ति ढालिन्छन्‌?

६ हो, महान्‌ कुमालेले कुनै चीज आदरको निम्ति, कुनै अनादरको निम्ति बनाउनुहुनेछ। दिनानुदिन अधार्मिकताको दलदलमा भासिंदै गइरहेको संसारसँग चल्न चाहनेहरू विनाशको निम्ति बनाइएका हुनेछन्‌। महिमामय राजा येशू ख्रीष्ट न्याय गर्न आउनुहुँदा यस्ता “अनादरको” भाँडाहरूमा सबै बाख्राखाले हठी मानिसहरू समावेश हुनेछन्‌ जो मत्ती २५:४६ अनुसार ‘अनन्त विनाशमा जानेछन्‌।’ तर “आदरको” निम्ति बनाइएका भेडाखाले “धार्मिकहरूचाहिं अनन्त जीवनमा जानेछन्‌।”

७ यी धर्मी मानिसहरूले आफूलाई विनम्रसाथ ईश्‍वरीय ढंगमा ढाल्न दिइसकेका हुनेछन्‌। तिनीहरू परमेश्‍वरले चाहनुहुने जीवनशैलीअनुरूप बाँचेका छन्‌। तिनीहरूले १ तिमोथी ६:१७-१९ को सल्लाह स्वीकारेका छन्‌, जहाँ यसो भनिएको छ: ‘अनिश्‍चित सम्पत्तिमा होइन, तर हामीलाई सबै चीज प्रशस्तसँग उपभोग गर्न दिनुहुने परमेश्‍वरमाथिनै आशा राख।’ तिनीहरूले ‘असल गरेका छन्‌, असल काममा उदारचित्त भएर धनवान भएका छन्‌, बाँडचुड गर्नामा तत्पर भएका छन्‌, पछि आउने समयको ख्याल गरेर तिनीहरू आफैको निम्ति असल जग बनाएर तिनीहरूले त्यो जीवन, जो साँच्चै जीवन हो, सो पक्री राखेका छन्‌।’ तिनीहरू ईश्‍वरीय सत्यले ढालिएका छन्‌ अनि आदमको पापले गर्दा हराएका सबै कुरा पुनर्स्थापित गर्न “छुटकाराको मोलको निम्ति आफैलाई सुम्पिदिनु[हुने]” येशू ख्रीष्ट मार्फत यहोवाले गर्नुभएको प्रबन्धमा दृढ विश्‍वास गर्छन्‌। (१ तिमोथी २:६) अतः “नयाँ चोला धारण गरेर, आफूलाई सृष्टि गर्नेको रूपजस्तै भएर पूरा ज्ञानमा परिवर्त्तन” गर भन्‍ने पावलको सल्लाह हामीले स्वेच्छासाथ पालन गर्नु अत्यावश्‍यक छ!—कलस्सी ३:१०.

तपाईं कस्तो भाँडो बन्‍नुहुनेछ?

८. (क) कुनै व्यक्‍ति कस्तो भाँडो बन्छ, त्यो के ले निर्धारण गर्छ? (ख) कुन दुइटा कुराले मानिसलाई आकार दिन्छ?

८ कुन व्यक्‍ति कस्तो भाँडो बन्छ, त्यो के ले निर्धारण गर्छ? उसको मनोवृत्ति र मानसिक झुकाउले। प्रथमतः हृदयको इच्छा तथा झुकाउले मनोवृत्ति र आचरणलाई आकार दिन्छ। बुद्धिमान्‌ राजा सुलेमानले यसो भने: “मानिसले आफ्नो बुद्धिले आफ्नो यात्राको योजना बनाउँछ, तर परमप्रभुलेनै उसको कदम डोऱ्‍याउनुहुन्छ।” (हितोपदेश १६:९) सुनेका अनि देखेका कुराहरू, संगति अनि अनुभवहरूले पनि कुनै व्यक्‍ति कस्तो भाँडा बन्छ, त्यो निर्धारण गर्छ। अतः यो सल्लाह पालन गर्नु अति महत्त्वपूर्ण छ: “बुद्धिमानीहरूको संगत गर्नाले बुद्धिमान होइन्छ मूर्खहरूसित लागे बरालिन्छ।” (हितोपदेश १३:२०) दोस्रो पत्रुस १:१६ को चेताउनीअनुसार हामी “धूर्त्याइँसित अज्माएका दन्त्यकथाहरू” वा नोक्सको रोमन क्याथोलिक अनुवादअनुसार “मानिसले रचेका दन्त्यकथाहरूको” पछि लाग्नु हुँदैन। यसमा धर्मत्यागी मसीहीजगत्‌का थुप्रै शिक्षा अनि धार्मिक चाडहरू समावेश हुनसक्छन्‌।

९. महान्‌ कुमालेले हामीलाई आकार दिनुहुँदा हामी कसरी सकारात्मक प्रतिक्रिया देखाउनसक्छौं?

९ अतः हाम्रो प्रतिक्रिया हेरेर परमेश्‍वरले हामीलाई आकार दिन सक्नुहुन्छ। हामी विनम्रसाथ यहोवासामु दाऊदको यो प्रार्थना दोहऱ्‍याउन सक्छौं: “हे परमेश्‍वर, मलाई जाँच्नुहोस्‌, र मेरो हृदय बुझ्नुहोस्‌, मलाई खार्नुहोस्‌, र मेरा विचारहरू जान्‍नुहोस्‌। र हेर्नुहोस्‌, ममा दुराचरण केही रहेछ कि रहेनछ, र मलाई अनन्तको चालमा डोऱ्‍याउनुहोस्‌।” (भजन १३९:२३, २४) यहोवाले राज्य सन्देश प्रचार गर्न लगाइरहनु भएको छ। हाम्रो हृदयले सुसमाचार र उहाँको डोऱ्‍याइलाई मूल्यांकनसहित स्वीकारेको छ। आफ्नो संगठन मार्फत उहाँ हामीलाई सुसमाचार प्रचारकार्यसित सम्बन्धित विभिन्‍न विशेषाधिकार दिनुहुन्छ। हामी यी विशेषाधिकारहरूलाई थामिरहन र कदर गर्नसकौं।—फिलिप्पी १:९-११.

१०. आध्यात्मिक प्रबन्धहरूमा भाग लिन हामीले कसरी उत्कट प्रयत्न गर्नुपर्ने हो?

१० परमेश्‍वरको वचनमा निरन्तर ध्यान दिनु अत्यावश्‍यक छ। यसो गर्न दिनहुँ बाइबल पढ्‌नुपर्छ अनि धर्मशास्त्र र यहोवाको सेवालाई परिवार तथा साथीभाइसँग कुराकानी गर्ने आधार बनाउनुपर्छ। यहोवाका साक्षीहरूको बेथेल र मिसनरी परिवारले बिहान चिया-चमेना खानुअघि प्रभातकालीन उपासनामा साधारणतया हप्तैपिच्छे पालैसित बाइबल वा वार्षिक पुस्तक-को केही अंश पढ्‌छन्‌। तपाईंको परिवारमा पनि यस्तो प्रबन्ध मिलाउन सकिन्छ कि? साथै मसीही मण्डलीमा संगत गरेर, एकसाथ भेला भएर अनि विशेषगरी साप्ताहिक प्रहरीधरहरा अध्ययनमा भाग लिएर पनि हामी प्रशस्त फाइदा उठाउँछौं!

परीक्षाहरू सहन सक्नेगरी ढालिएको

११, १२. (क) हाम्रो दैनिक जीवनमा आइपर्ने परीक्षाहरूबारे याकूबले दिएको सल्लाह कसरी प्रयोगमा ल्याउनसक्छौं? (ख) अय्यूबको अनुभवले निष्ठा कायम राख्न हामीलाई कसरी प्रोत्साहन दिन्छ?

११ हाम्रो दैनिक जीवनमा आउने कुनै कुनै परिस्थितिहरूलाई परमेश्‍वरले परिवर्तन गर्नुहुन्‍न। तीमध्ये कुनै कुनै सहन हामीलाई गाह्रो हुनसक्ला। हामीले त्यसलाई कुन दृष्टिकोणले हेर्नुपर्छ? याकूब ४:८ ले सल्लाह दिएअनुसार, हामी कहिल्यै रुष्ट नहोऔं बरु, सारा हृदयले उहाँमाथि भरोसा राखेर ‘उहाँको नजिक आयौं भने, उहाँ हाम्रो नजिक आउनुहुनेछ’ भन्‍ने विश्‍वाससाथ उहाँको नजिक होऔं। हो, हामीले कठिनाइ र परीक्षाहरूको सामना गर्नुपर्छ तर त्यसले हामीलाई आकार दिन योगदान पुऱ्‍याउने हुँदा यहोवाले त्यसै हुन दिनुहुन्छ। त्यसको नतिजा मीठो हुन्छ। याकूब १:२, ३ हामीलाई यस्तो आश्‍वासन दिन्छ: “हे मेरा भाइ हो, तिमीहरू अनेक किसिमका परीक्षाहरूमा पर्दा पूरा आनन्द सम्झ। यो जानेर कि, तिमीहरूको विश्‍वासको जाँचले धीरज उत्पन्‍न गराउँछ।”

१२ याकूब यसो पनि भन्छन्‌: “परीक्षामा पर्दा कुनै मानिसले पनि यसो नभनोस्‌, ‘परमेश्‍वरबाट मेरो परीक्षा भएको छ,’ किनभने कुनै खराब कुराबाट परमेश्‍वरको परीक्षा हुनसक्‍तैन, औ उहाँ आफैले कुनै मानिसको परीक्षा गर्नुहुन्‍न। तर हरेक मानिस आफ्नै तृष्णाबाट खिंचिई लोभिएर परीक्षामा पर्दछ।” (याकूब १:१३, १४) हामीले थुप्रै अनि विभिन्‍न प्रकारका परीक्षाहरू सामना गर्नुपर्ला तर अय्यूबलाई जस्तै त्यसले हामीलाई आकार दिन मदत गर्छ। धर्मशास्त्रले याकूब ५:११ मा हामीलाई अद्‌भुत आश्‍वासन दिएको छ: “हेर, हामी ता धीरज धर्नेहरूलाई धन्यका भन्छौं। तिमीहरूले अय्यूबको स्थिरताको विषयमा सुनेका छौ, र प्रभुको अन्त्य पनि देखेकै छौ, कि प्रभु कस्तो टिठाइमा भरिपूर र कृपालु हुनुहुन्छ।” हामी महान्‌ कुमालेको हातमा भएका भाँडाहरू भएकाले अन्तिम नतिजा राम्रै हुनेछ भनी अय्यूबजस्तै विश्‍वस्त भएर सदा सर्वदा निष्ठा कायम राख्नसकौं!—अय्यूब २:३, ९, १०; २७:५; ३१:१-६; ४२:१२-१५.

हाम्रा कलिला केटाकेटीलाई आकार दिने

१३, १४. (क) आमाबाबुले कहिलेदेखि अनि कस्तो नतिजा मनमा राखेर आफ्ना बच्चाहरूलाई ढाल्न थाल्नुपर्छ? (ख) तपाईं कस्ता आनन्दित नतिजाहरू बताउन सक्नुहुन्छ?

१३ आमाबाबुले आफ्ना कलिला केटाकेटीलाई शैशवकालदेखि नै आकार दिन सक्छन्‌। अनि त्यसो गर्दा हाम्रा किशोरकिशोरीहरूले अत्युत्तम ढंगमा निष्ठा कायम गर्न सक्ने हुनसक्छन्‌! (२ तिमोथी ३:१४, १५) कठिन परीक्षा सामना गर्नुपर्दा समेत हाम्रा किशोरकिशोरीहरूले निष्ठा कायम गरेका छन्‌। केही वर्षअघि, एक अफ्रिकी मुलुकमा घोर सतावट भइरहेको बेला एउटा भरोसायोग्य परिवारले मुद्रणयन्त्र करेसाबारीमा लुकाएर प्रहरीधरहरा छापे। युवाहरूलाई सेनामा भर्ती गर्न एक दिन सिपाहीहरू घर-घर छापा मार्दै आउँदैथे। यस परिवारका दुई जवान ठिटाहरूले लुक्ने समय नपाएका होइनन्‌। तर सिपाहीहरूले तिनीहरूको खोजतलास गर्दा पक्कै पनि मुद्रणयन्त्र फेला पारिने थियो। फलस्वरूप, पूरै परिवारलाई यातना दिन वा सम्भवतः मार्न पनि सक्थ्यो। अब के गर्ने? यी दुई जवान ठिटाहरूले साहसपूर्वक यूहन्‍ना १५:१३ उद्धरण गर्दै यसो भने: “आफ्नो प्राण मित्रहरूका लागि अर्पण गरिदिनु भन्दा बढ़ता प्रेम कसैको हुँदैन।” तिनीहरू बैठक कोठामै बसिरहे। सिपाहीहरूले तिनीहरूलाई फेला पार्नसक्थे अनि पक्कै पनि क्रूर यातना दिने थिए। त्यति मात्र होइन, सेनामा भर्ती हुन इन्कार गरेमा तिनीहरूको हत्यासमेत गर्नसक्थे। तर तिनीहरूले अन्यत्र खोजतलास गर्ने थिएनन्‌। मुद्रणयन्त्र र परिवारका अन्य सदस्यहरू बच्ने थिए। तथापि, त्यहाँ एउटा अद्‌भुत घटना भयो। सिपाहीहरू ती दुई ठिटाहरूको घरमा खोजतलास नगरी अन्य घरतिर लागे! आदरको निम्ति बनाइएका यी ठिटाहरू सामयिक आध्यात्मिक खाना प्रकाशित गर्न मुद्रणयन्त्रसहित बचे। अहिले यी ठिटाहरूमध्ये एक र तिनकी दिदी बेथेलमा सेवारत्‌ छन्‌; तिनी अहिले पनि त्यही पुरानो मुद्रणयन्त्र चलाउँदैछन्‌।

१४ कलिला केटाकेटीहरूलाई प्रार्थना गर्ने तरिका सिकाउन सकिन्छ। निस्सन्देह, परमेश्‍वरले तिनीहरूको प्रार्थना सुन्‍नुहुन्छ। यसको उल्लेखनीय उदाहरण रूवाण्डामा मच्चिएको काटमारको दौडान अनुभव गरियो। छ वर्षीया केटी र उसको आमाबाबुलाई विद्रोहीहरूले हाते बम हानेर मार्नै लागेका थिए। त्यतिखेर यो छोरीले यहोवाको सेवा गरिरहन बाँच्न सकौं भनेर जोड जोडले प्रार्थना गरिन्‌। तिनीहरूको हत्या गर्नै लागेका मानिसहरूको मन पग्लियो अनि तिनीहरूले यसो भने, “यो सानो ठिटीले गर्दा तिमीहरूको ज्यान बच्यो।”—१ पत्रुस ३:१२.

१५. पावलले कस्ता भ्रष्ट प्रभावहरूबारे चेताउनी दिए?

१५ हाम्रा प्रायजसो कलिला केटाकेटीहरूले माथि उल्लेख गरिएजस्ता कठिन परिस्थितिहरूको सामना गर्नु पर्दैन। तर तिनीहरूले स्कूल अनि आजको भ्रष्ट समाजमा थुप्रै परीक्षाहरूको सामना गर्नुपर्छ। थुप्रै ठाउँमा फोहर बोली, अश्‍लील पत्र-पत्रिका, पतित मनोरञ्जन र गलत कामकुरा गर्न उक्साउने साथीहरूको दबाब व्याप्त छ। प्रेरित पावलले यस्ता प्रभावहरूबारे बारम्बार चेताउनी दिए।—१ कोरिन्थी ५:६; १५:३३, ३४; एफिसी ५:३-७.

१६. कुनै व्यक्‍ति कसरी आदरको भाँडो बन्‍नसक्छ?

१६ पावलले कुनै भाँडा “आदर र कुनै अनादरको निम्ति हुन्छ” भनेपछि यसो भने: “यसकारण यदि कुनै मानिस यी कुराबाट आफूलाई शुद्ध राख्छ भने, त्यो सबै असल काममा तम्तयार रहेको, मालिकको प्रयोगको निम्ति आदरको योग्य, चोख्याइराखेको भाँड़ो हुनेछ।” अतः हाम्रा जवानहरूलाई तिनीहरूको साथीसंगत कस्तो छ, विचार गर्न प्रोत्साहित गरौं। तिनीहरू ‘जवानीका अभिलाषाहरूबाट भागून्‌, र शुद्ध हृदयले प्रभुका नाउँ लिनेहरूका साथसाथै, धार्मिकता, विश्‍वास, प्रेम, शान्तिका पछि लागून्‌।’ (२ तिमोथी २:२०-२२) हाम्रा जवानहरूलाई आकार दिन “एउटाले अर्कोलाई सुधार” गर्ने पारिवारिक प्रबन्ध मूल्यवान्‌ साबित हुनसक्छ। (१ थिस्सलोनिकी ५:११; हितोपदेश २२:६) सोसाइटीका उपयुक्‍त साहित्यहरू प्रयोग गरेर दिनहुँ बाइबल पढ्‌नु र अध्ययन गर्नु आध्यात्मिक उन्‍नति गर्ने उत्तम तरिका हुनसक्छ।

हरेकलाई आकार दिने

१७. अनुशासनले हामीलाई कसरी ढाल्छ अनि कस्तो आनन्दित नजिता प्राप्त हुन्छ?

१७ हामीलाई आकार दिन यहोवाले आफ्नो वचन तथा संगठन मार्फत सल्लाह दिनुहुन्छ। त्यसलाई कहिल्यै तिरस्कार नगर्नुहोस्‌! बुद्धिमानीसाथ त्यसलाई पालन गर्नुहोस्‌ अनि आफूलाई यहोवाको हातबाट आदरको भाँडो बन्‍न दिनुहोस्‌। हितोपदेश ३:११, १२ यस्तो सल्लाह दिन्छ: “हे मेरो छोरो, परमप्रभुको अनुशासनलाई अवहेलना नगर्‌, अथवा उहाँको ताड़नादेखि चित्त नदुःखा। किनभने जसलाई परमप्रभु प्रेम गर्नुहुन्छ तिनीहरूलाईनै उहाँले हप्काउनुहुन्छ, र आफ्ना प्यारो छोरालाई उहाँले दण्ड दिनुहुन्छ।” हिब्रू १२:६-११ मा पनि बुबाले जस्तै सल्लाह दिएको छ: “जसलाई परमेश्‍वर प्रेम गर्नुहुन्छ, त्यसैलाई अनुशासन गर्नुहुन्छ, . . . सबै अनुशासन हालको निम्ति मजाको हुँदैन, तर दुःखको हुन्छ, तापनि सहेर परिपक्व भएकाहरूलाई पछिबाट शान्तिको फल, अर्थात्‌ धार्मिकताको फल दिइन्छ।” यस्तो अनुशासनको मुख्य स्रोत परमेश्‍वरको प्रेरित वचन हुनुपर्छ।—२ तिमोथी ३:१६, १७.

१८. पश्‍चात्तापबारे हामी लूका अध्याय १५ बाट के सिक्छौं?

१८ यहोवा दयालु पनि हुनुहुन्छ। (प्रस्थान ३४:६) घोर पाप गर्दासमेत भित्री हृदयदेखि नै पश्‍चात्ताप गरेमा उहाँ दया देखाउनुहुन्छ। वर्तमान समयका “उडन्ता[हरू]” समेत आदरयोग्य भाँडो बन्‍न सक्छन्‌। (लूका १५:२२-२४, ३२) हाम्रो पाप उडन्ताको जस्तै गम्भीर नहोला। तर विनम्रसाथ धर्मशास्त्रीय सल्लाह पालन गर्नाले हामी सधैं आदरयोग्य भाँडो बन्‍नेछौं।

१९. हामी यहोवाको हातमा कसरी आदरयोग्य भाँडो भएर सेवा गरिरहनसक्छौं?

१९ पहिलो पटक सत्य पाउँदा हामी यहोवाले हामीलाई आकार दिऊन्‌ भन्‍ने इच्छा गर्थ्यौं। हामीले सांसारिक तौरतरिकाहरू त्याग्यौं, नयाँ व्यक्‍तित्व धारण गर्न थाल्यौं अनि समर्पित तथा बप्तिस्माप्राप्त मसीही बन्यौं। हामीले एफिसी ४:२०-२४ को सल्लाह पालन गरेर ‘पुरानो मानिसलाई जो छलको लालसाअनुसार भ्रष्ट भएर जानेहुन्छ, त्याग्यौं, र आफ्नो मनको आत्मामा नयाँ भयौं, र नयाँ मानिसलाई धारण गऱ्‍यौं, जो परमेश्‍वरअनुसार धार्मिकता र सत्यको पवित्रतामा सृष्टि भएको हुन्छ।’ आदरयोग्य भाँडोको हैसियतमा सधैं उहाँको सेवा गर्दै महान्‌ कुमाले यहोवाले अझ आकार दिऊन्‌ भन्‍नाका लागि हामी सधैं नरम भइरहौं!

पुनरावलोकन

◻ महान्‌ कुमालेले कुन उद्देश्‍य लिएर हाम्रो पृथ्वी बनाउनुभयो?

◻ तपाईं कसरी आदरयोग्य भाँडो बन्‍न सक्नुहुन्छ?

◻ हाम्रा छोराछोरीलाई कुन तरिकामा ढाल्न सकिन्छ?

◻ हामीले अनुशासनलाई कुन दृष्टिले हेर्नुपर्छ?

[पृष्ठ १०-मा भएको चित्र]

तपाईं आदरयोग्य भाँडो बन्‍नुहुन्छ कि नाश हुने भाँडो?

[पृष्ठ १२-मा भएको चित्र]

स-साना केटाकेटीहरूलाई शैशवकालदेखि नै आकार दिन सकिन्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने