प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w99 ११/१ pp. ३-४
  • २०००—के यो साँच्चै एउटा विशेष वर्ष हो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • २०००—के यो साँच्चै एउटा विशेष वर्ष हो?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • मिल्दोजुल्दो सामग्री
  • तेस्रो सहस्र वर्ष कहिले सुरु हुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • सन्‌ २००० कत्तिको महत्त्वपूर्ण छ?
    ब्यूँझनुहोस्‌!—१९९८
  • आउनुहोस्‌, साँचो आशाको सन्देश सुन्‍नुहोस्‌
    ब्यूँझनुहोस्‌!—१९९९
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२००१
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
w99 ११/१ pp. ३-४

२०००—के यो साँच्चै एउटा विशेष वर्ष हो?

सन्‌ २००० बारे के कुनै कुरा विशेष छ? पश्‍चिमी मुलुकमा बस्ने मानिसहरू साधारणतया यसलाई तेस्रो सहस्र वर्षको पहिलो वर्षको रूपमा लिन्छन्‌। यो भव्य रूपमा मनाउन जोडतोडका साथ तयारीहरू भइरहेका छन्‌। नयाँ सहस्र वर्षको बिहानीको पर्खाइमा बडेमाका इलेक्ट्रोनिक घडीहरू ठाउँ ठाउँमा राखिएका छन्‌। नयाँ वर्षको सन्ध्या मनाउन ठूलठूला भोजहरू आयोजना गरिंदैछ। सहस्र वर्षको अन्तसित सम्बन्धित नाराहरू भएका टिसर्टहरू स-साना शहरका पसलहरूदेखि लिएर ठूलो शहरको ठूलठूला पसलहरूमा पाइन्छन्‌।

वर्षभरि नै साना ठूला सबै चर्चहरूमा विभिन्‍न उत्सवहरू मनाइनेछन्‌। अर्को वर्षको सुरुतिर “रोमन क्याथोलिक चर्चको सहस्र वर्ष जयन्ती उत्सव” समारोहमा पोप जोन पल द्वितीयको नेतृत्वमा रोमन क्याथोलिकहरू इजरायल जाने आशा गरिएको छ। अर्को वर्ष बीस देखि साठी लाख भक्‍तजन तथा जिज्ञासु पर्यटकहरूले इजरायल भ्रमण गर्ने योजना बनाइरहेको अनुमान लगाइएको छ।

किन यति धेरै मानिसहरू इजरायल भ्रमण गर्ने योजना बनाइरहेका छन्‌? पोपको तर्फबाट बोल्दै भ्याटिकनका एक अधिकारी रजर कार्डिनल आचगिरीले यसो भने: “सन्‌ २००० मा यस राष्ट्रमा ख्रीष्ट तथा उहाँको जीवनीको उत्सव मनाइनेछ। त्यसकारण, पोप यहाँ आउनुमा अचम्म मान्‍नुपर्ने कुनै कुरा छैन।” सन्‌ २००० कसरी ख्रीष्टसित सम्बन्धित छ? सामान्यतया सन्‌ २००० मा ख्रीष्टको जन्म भएको ठीक २,००० वर्ष पुग्छ भन्‍ने अवधारणा राखिन्छ। तर के साँच्चै हो त? यसबारे हामी छलफल गर्नेछौं।

कुनै कुनै धार्मिक समूहहरूको निम्ति सन्‌ २००० अझ बढी महत्त्वपूर्ण छ। आगामी एक दुई वर्षमा येशू जैतुनको डाँडामा फर्कनुहुनेछ र प्रकाशको पुस्तकमा वर्णन गरिएको आरमागेडोनको युद्ध मगिद्दोको बेंसीमा हुनेछ भनी तिनीहरू विश्‍वस्त छन्‌। (प्रकाश १६:१४-१६) यस्ता घटनाहरूको पर्खाइमा हजारौं अमेरिकी नागरिकहरू आफ्नो जायजेथा सबै बेचेर इजरायलमा बसाइँ सर्दैछन्‌। आफ्नो घर छोड्‌न नमिल्ने मानिसहरूको निम्तिचाहिं सं.रा.-का एक प्रचलित सुसमाचारकले येशूको पुनरागमन रंगीन टेलिभिजनमा प्रत्यक्ष प्रसारण गर्ने वचन समेत दिएका छन्‌!

पश्‍चिमी मुलुकहरूमा तेस्रो सहस्र वर्षको लागि जोडदार योजनाहरू बनाइरहेका छन्‌। तथापि अन्य कतिपय मुलुकका मानिसहरूचाहिं आफ्नो सामान्य दिनचर्यामा लागिरहेका छन्‌। ती मानिसहरू अर्थात्‌ विश्‍वको अधिक जनसंख्याले नासरतको येशू मसीह हुनुहुन्छ भनी विश्‍वास पनि गर्दैनन्‌। नत तिनीहरूले ई.पू.-ए.डी. तिथिपत्र नै चलाउने गर्छन्‌।a उदाहरणका लागि, मुसलमानहरूको आफ्नै क्यालेन्डर छ र त्यसअनुसार अर्को वर्ष सन्‌ २००० होइन तर १४२० मात्र हुनेछ। अगमवक्‍ता मोहम्मद मेक्काबाट मदिना भागेको दिनदेखि मुसलमानहरूको क्यालेन्डर सुरु हुन्छ। अनि संसारभरि जम्माजम्मी ४० प्रकारका क्यालेन्डरहरू प्रयोगमा छन्‌।

सन्‌ २००० ले मसीहीहरूको लागि कस्तो अर्थ राख्छ? जनवरी १, २००० के साँच्चै नै महत्त्वपूर्ण दिन हो? यी प्रश्‍नहरूको जवाफ अर्को लेखमा दिइनेछ।

[फुटनोट]

a ई.पू.-ए.डी. तिथिपत्रमा येशूको जन्मभन्दा अघिका घटनाहरूलाई “ई.पू.” (ईसा पूर्व) र येशूको जन्मपछिका घटनाहरूलाई “ए.डी” (एन्‍नो डोमिनो—“हाम्रो प्रभुको वर्ष”) भनिन्छ। तथापि, केही जानकार शास्त्रीहरू “सा.यु.पू.” (सामान्य युग पूर्व) र सा.यु. (सामान्य युग) तिथिपत्र चलाउन रुचाउँछन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने