प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w00 ८/१५ p. ३१
  • पाठकहरूका प्रश्‍नहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रश्‍नहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाको दास “हाम्रा अपराधको निम्ति घायल”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • गर्छु इच्छा तिम्रो
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • के मसीहसम्बन्धी भविष्यवाणीहरूले येसु नै मसीह हुनुहुन्छ भनेर प्रमाणित गर्छ?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • यशैयाको पुस्तकका विशेषताहरू—भाग २
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
w00 ८/१५ p. ३१

पाठकहरूका प्रश्‍नहरू

यशैया अध्याय ५३ मा मसीहसित सम्बन्धित एउटा प्रख्यात भविष्यवाणी छ। पद १० यसो भन्छ: “उसलाई चोट पार्न परमप्रभुको इच्छा भयो। उहाँले उसलाई दुःखमा पार्नुभयो।” यसको अर्थ के हो?

यशैया ५३:१० लाई लिएर प्रश्‍न उठ्‌नु स्वाभाविक हो। किनकि हाम्रा समानुभूतिशील अनि कोमल परमेश्‍वरले ‘कसैलाई चोट पार्नु भएर दुःख दिनुभएको’ साँचो मसीहीहरू कल्पनासमेत गर्न सक्दैनन्‌। बाइबलले निर्दोष व्यक्‍तिलाई दुःख दिएर परमेश्‍वर आनन्द मान्‍नुहुन्‍न भनेर विश्‍वस्त हुने आधार दिएको छ। (व्यवस्था ३२:४; यर्मिया ७:३०, ३१) शताब्दीयौंको दौडान यहोवाले आफ्नो बुद्धि र प्रेमले अनुमति दिने खालका दुःखकष्टहरू कहिलेकाहीं हुन दिनुभएको हुनसक्छ। तर उहाँले आफ्नो प्रिय पुत्र येशूलाई दुःख दिनुभएको पक्कै होइन। त्यसोभए, यस अंशको अर्थ के हो त?

हामीले पूरै पद पढ्यौं भने, यसको अर्थ बुझ्न मदत पाउनेछौं र दुई ठाउँमा “इच्छा” भन्‍ने शब्द उल्लेख भएको रहेछ भनेर थाह पाउनेछौं। यशैया ५३:१० मा यस्तो लेखिएको छ: “उसलाई चोट पार्न परमप्रभुको इच्छा भयो। उहाँले उसलाई दुःखमा पार्नुभयो। जब उसले आफैलाई पापको निम्ति बलिदान गर्छ, तब उसले आफ्नो सन्तान देख्नेछ। उसले आफ्नो दिन बढ़ाउनेछ, र परमप्रभुको इच्छा उसमा पूरा हुनेछ।”

यस पदको अन्तमा उल्लेख गरिएको “परमप्रभुको इच्छा” भन्‍ने वाक्यांशले ईश्‍वरीय राज्यमार्फत आफ्नो उद्देश्‍य पूरा गर्ने उहाँको इच्छालाई बुझाउँछ। यहोवाले यसरी आफ्नो इच्छा पूरा गर्नुभएमा उहाँको सार्वभौमिकता उच्च हुनुका साथै आज्ञाकारी मानिसहरूको जन्मजात पाप—हो हाम्रो पाप हट्‌नेछ। (१ इतिहास २९:११; भजन ८३:१८; प्रेरित ४:२४; हिब्रू २:१४, १५; १ यूहन्‍ना ३:८) यद्यपि, यी सब पूरा हुन परमेश्‍वरको पुत्रले मानव रूप धारण गरी छुटकाराको बलिदान चढाउनुपर्थ्यो। हामीलाई थाह भएकै कुरा हो, येशूले दुःख भोग्नुभयो। “उहाँले भोग्नुभएको शासनाद्वारा उहाँले आज्ञा पालन गर्न सिक्नुभयो” भनेर बाइबलले बताउँछ। मतलब, दुःख भोगेर येशू पनि लाभान्वित हुनुभयो।—हिब्रू ५:७-९.

आफूले छानेको मार्ग असल भए तापनि त्यो मार्गमा लाग्दा केही पीडा सहनुपर्नेछ भनेर येशूलाई थाह थियो। त्यसैकारण त यूहन्‍ना १२:२३, २४ मा येशूले यसो भन्‍नुभयो: “मानिसको पुत्रको महिमा हुने बेला आइपुगेको छ। साँचो साँचो म तिमीहरूलाई भन्दछु, गहुँको दाना भूइँमा परेर मरेन भने त्यो एकलै रहन्छ। मऱ्‍यो भने, त्यसले धेरै फल फलाउँछ।” हो, मृत्युको पीडा खप्नपरुञ्जेल आफ्नो समग्रता कायम राख्नुपर्छ भनेर येशूलाई थाह थियो। उक्‍त विवरण अझै यसो भन्छ: “ ‘अब मेरो प्राण दुःखित भएको छ, औ म के भनुँ? हे पिता, मलाई यस घड़ीबाट बचाउनुहोस्‌? तर म यसैकारण यस घड़ीसम्म आइपुगें। हे पिता, आफ्नो नाउँको महिमा गर्नुहोस्‌।’ तब स्वर्गबाट यसो भन्‍ने एउटा शब्द आयो, ‘मैले महिमा गरेको छु, र फेरि महिमा गर्ने पनि छु।’ ”—यूहन्‍ना १२:२७, २८; मत्ती २६:३८, ३९.

यही कुरालाई ध्यानमा राख्यौं भने, यशैया ५३:१० बुझ्न सजिलो हुनेछ। आफ्नो पुत्रले चोट खानुपर्नेछ भनेर यहोवालाई राम्ररी थाह थियो। तैपनि, त्यसो हुन दिने उहाँले इच्छा गर्नुभयो। किनकि त्यसको गौरवमय नतिजा हुनेछ भनेर उहाँ जान्‍नुहुन्थ्यो। यस अर्थमा यहोवाले मसीहलाई “चोट पार्न इच्छा” गर्नुभयो। अनि येशूले पनि आफूले पूरा गर्नसक्ने र गर्नुभएको कुरामा आनन्द लिनुभयो। साँच्चै, यशैया ५३:१० को अन्तमा भनेझैं ‘यहोवाको इच्छा उसमा पूरा भयो।’

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने