प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w00 १०/१ पृ. ३
  • पृथ्वी—परीक्षण थलो मात्र हो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पृथ्वी—परीक्षण थलो मात्र हो?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • मिल्दोजुल्दो सामग्री
  • “स्वर्गमाझैं यस पृथ्वीमा”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • अनन्त आनन्द—स्वर्ग वा पृथ्वीमा?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • पुनः प्रमोदवनतर्फ
    ब्यूँझनुहोस्‌!—१९९७
  • हाम्रा पुर्खाहरूका लागि नयाँ जीवन
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
w00 १०/१ पृ. ३

पृथ्वी—परीक्षण थलो मात्र हो?

बल्ल ढुक्क भयो! उनी जाँचमा उतीर्ण भइन्‌। जाँचको बेला दुई हप्ता घोटिएर पढेकी विद्यार्थीले राम्रो परीक्षाफल पाइन्‌। अब उनले पहिल्यैदेखि इच्छा गरिरहेको जागिर खान सजिलो हुने भयो।

थुप्रै मानिस पृथ्वीमा जीवनप्रति त्यस्तै दृष्टिकोण राख्छन्‌। तिनीहरू पृथ्वीमा जन्म लिनु भनेको सबैले सामना गर्नैपर्ने एउटा प्रारम्भिक जाँच ठान्छन्‌। “उतीर्ण” हुनेहरू यसपछिको संसारमा अझ उत्तम कुराको हकदार हुनेछन्‌। जेनतेन जीवन धानिरहेका थुप्रैको लागि यो वर्तमान जीवन नै मानिसहरूले पाउने सर्वोत्तम जीवन हो भने अवश्‍य रमाइलो लाग्नेछैन। आफ्नो अधिकांश जीवन स्वस्थ र संवृद्ध अवस्थामा बिताएका, बाइबल पात्र अय्यूबले यस्तो टिप्पणी गरे: “स्त्रीबाट जन्मेको मानिस अल्प–आयुका र अशान्तिले भरिएको हुन्छ।”—अय्यूब १४:१.

थुप्रैको सोचाइ झल्काउँदै न्यु क्याथोलिक इन्साइक्लोपीडिया यसो भन्छ: “परमेश्‍वरले मानिसहरूको लागि तोक्नुभएको भविष्य स्वर्गीय महिमा हो। . . . स्वर्गीय आनन्द प्राप्त गर्ने आशामा नै मानिसको आनन्द निर्भर छ।” हालै संयुक्‍त राज्य अमेरिकामा चर्च अफ क्राइस्टले गरेको सर्वेक्षणअनुसार ८७ प्रतिशतले आफू मृत्युपछि स्वर्ग जाने कुरा बताए।

मसीहीहरूबाहेक अरू थुप्रै पनि मृत्युपश्‍चात्‌ पृथ्वीभन्दा उत्तम ठाउँमा जाने आशा व्यक्‍त गर्छन्‌। उदाहरणका लागि, मुस्लिमहरू स्वर्गीय प्रमोदवनमा जाने आशा राख्छन्‌। चीन र जापानका प्योर ल्याण्ड गुटका अनुयायीहरू “आमिदा” भनेर असीमित ज्योतिको बुद्धको नाउँ जपेको जपेकै गर्छन्‌। भनिन्छ, यसो गर्दा पवित्र भूमि अथवा पश्‍चिमी प्रमोदवनमा तिनीहरूको पुनर्जन्म हुनेछ र सर्वोत्तम आनन्द उठाउनेछन्‌।

चाखलाग्दो कुरा, संसारमा सबैभन्दा बढी अनुवाद र वितरण भएको पुस्तक बाइबलले पृथ्वी भनेको अर्को अवस्थामा प्रवेश गर्न सबैले पार गर्नैपर्ने ठाउँ हो भनेर बताउँदैन। उदाहरणका लागि, यसो भनिएको छ: “धर्मात्माहरूले देश अधिकार गर्नेछन्‌, र त्यसैमा सधैंभरि रहन्छन्‌।” (भजन ३७:२९) बाइबलमा येशूको यो प्रख्यात भनाइ पनि पाइन्छ: “धन्य नम्र हुनेहरू, किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्‌।”—मत्ती ५:५.

पृथ्वीमा हाम्रो बसाइ क्षणिक हो भन्‍ने साधारणतया राखिने दृष्टिकोणले मृत्युपश्‍चात्‌ आनन्दमय जीवनको बाटो खुल्नेछ भन्‍ने संकेत गर्छ। त्यसो हो भने, मृत्यु पक्कै आशिष्‌ हो। तर के मानिसहरू मृत्युप्रति त्यस्तो दृष्टिकोण राख्छन्‌ वा आफ्नो जीवनलाई लम्ब्याउने प्रयास गर्छन्‌? मानिसहरूको स्वास्थ्य पनि राम्रै छ अनि सुरक्षित महसुस गर्छन्‌ भने, त्यस्तो अवस्थामा तिनीहरू मर्न चाहँदैनन्‌ भनेर अनुभवले देखाउँछ।

तर जे होस्‌, पृथ्वीमा जीवन दुष्टता र दुःखकष्टले भरिएको हुँदा थुप्रैले साँचो शान्ति र आनन्द पाउने ठाउँ स्वर्ग नै हो भन्ठान्छन्‌। के त्यसो भए स्वर्ग दुष्टता र गोलमाल पटक्कै नभएको शान्ति नै शान्तिले छाएको आनन्दमय ठाउँ हो? अनि के मृत्युपश्‍चात्‌ जीवन, स्वर्गमा मात्र हुने कुरा हो? यी विषयहरूबारे बाइबलका जवाफहरू थाह पाउनुहुँदा तपाईं छक्कै पर्नु होला। कृपया अर्को लेख पनि पढ्‌नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने