प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w01 ५/१५ p. २७
  • पाठकहरूका प्रश्‍नहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रश्‍नहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाको महान्‌ आध्यात्मिक मन्दिर
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • यहोवाको आध्यात्मिक मन्दिरमा उपासना गर्ने सुअवसरको मोल गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • “सब जातिहरूका निम्ति प्रार्थनाको घर”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • “पवित्र शक्‍ति आफैले हाम्रो मनलाई बोध गराउँछ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
w01 ५/१५ p. २७

पाठकहरूका प्रश्‍नहरू

दानियल ९:२४ मा उल्लेख गरिएको “सबैभन्दा पवित्रस्थान[को]” अभिषेक कहिले भयो?

दानियल ९:२४-२७ मा “एक अभिषेक जन, एक राजकुमार” देखापर्ने सम्बन्धमा भविष्यवाणी गरिएको छ। तसर्थ, “सबैभन्दा पवित्रस्थान[को]” अभिषेकले यरूशलेमस्थित मन्दिरको महा पवित्रस्थानको अभिषेकलाई संकेत गर्दैन। बरु, यो “सबैभन्दा पवित्रस्थान” भन्‍ने अभिव्यक्‍तिले स्वर्गमा यहोवाको महान्‌ आत्मिक मन्दिरको स्वर्गीय वासस्थान अर्थात्‌ सबैभन्दा पवित्र स्वर्गीय स्थानलाई बुझाउँछ।a—हिब्रू ८:१-५; ९:२-१०, २३.

परमेश्‍वरको आत्मिक मन्दिर कहिलेदेखि सञ्चालन हुन थाल्यो? सा.यु. २९ मा येशूले बप्तिस्मा लिनुहुँदा के भएको थियो, विचार गर्नुहोस्‌। त्यसबेलादेखि येशूले भजन ४०:६-८ पूरा गर्न थाल्नुभयो। प्रेरित पावलले पछि येशूले परमेश्‍वरलाई यसरी प्रार्थना गर्नुभएको थियो भनेर संकेत गरे: “बलिदान र भेटी तपाईंले चाहनुभएन, तर मेरो निम्ति एक शरीर तयार पारिदिनुभयो।” (हिब्रू १०:५) परमेश्‍वरले यरूशलेमको मन्दिरमा निरन्तर चढाइने जनावरको बलिदान “चाहनुभएन” भनेर येशूलाई थाह थियो। बरु, बलिदान दिनको निम्ति यहोवाले येशूलाई सिद्ध शरीर दिनुभएको थियो। आफ्नो हार्दिक इच्छा व्यक्‍त गर्दै येशूले यसो भन्‍नुभयो: “हेर्नुहोस्‌, हे परमेश्‍वर, तपाईंकै इच्छा पूरा गर्नालाई म आएको छु।’ (पुस्तकको मुट्ठामा मेरो विषय लेखिएको छ)।” (हिब्रू १०:७) अनि यहोवाले के जवाफ दिनुभयो? मत्तीको सुसमाचार यसो भन्छ: “अनि येशू बप्तिस्मा लिएर तुरुन्तै पानीबाट माथि निस्कनुभयो, र हेर स्वर्ग उहाँको निम्ति उघ्रियो, र उहाँले परमेश्‍वरका आत्मालाई ढुकुर झैं ओर्लदै गर्नुभएको औ आफूमाथि आउँदैगर्नुभएको देख्नुभयो। औ हेर स्वर्गबाट यसो भन्‍ने एउटा शब्द भयो, ‘यिनी मेरो प्यारो पुत्र हुन्‌, जोसँग म खुशी छु।’ ”—मत्ती ३:१६, १७.

बलिदानको निम्ति येशूले चढाउनुभएको शरीरलाई यहोवा परमेश्‍वरले ग्रहण गर्नुको अर्थ यरूशलेमको मन्दिरमा भएको वेदीभन्दा पनि ठूलो वेदी अस्तित्वमा आउनु थियो। यो वेदी परमेश्‍वरको “इच्छा[को]” वेदी अथवा येशूको मानव शरीरलाई बलिदानको रूपमा ग्रहण गर्ने प्रबन्ध थियो। (हिब्रू १०:१०) येशूलाई पवित्र आत्माले अभिषेक गर्नुको अर्थ परमेश्‍वरले आफ्नो आत्मिक मन्दिरको सम्पूर्ण प्रबन्ध प्रयोगमा ल्याउनु थियो।b यसकारण, येशूको बप्तिस्मा हुँदा महान्‌ आत्मिक मन्दिरमा परमेश्‍वरको स्वर्गीय वासस्थानको अभिषेक भयो वा “सबैभन्दा पवित्रस्थान[को]” रूपमा अलग पारियो।

[फुटनोटहरू]

a परमेश्‍वरको आत्मिक मन्दिरका विभिन्‍न पक्षबारे छलफलका लागि प्रहरीधरहरा, जुलाई १, १९९६, पृष्ठ १४-१९ हेर्नुहोस्‌।

b पे अटेन्सन टु डानियल्स प्रोफेसी! पुस्तकको पृष्ठ १९५ मा यसबारे संकेत गरिएको थियो।

[पृष्ठ २७-मा भएको चित्र]

येशूले बप्तिस्मा लिनुहुँदा “सबैभन्दा पवित्रस्थान[को]” अभिषेक भएको थियो

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने