प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w01 ७/१५ p. २८
  • पाठकहरूका प्रश्‍नहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रश्‍नहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • मिल्दोजुल्दो सामग्री
  • मूर्तिपूजादेखि किन जोगिएर बस्नु?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • हर प्रकारको मूर्तिपूजादेखि जोगिएर बस्नु
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • कठिन परीक्षामा तिनीहरूको विश्‍वास ढलपल भएन
    दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्‌!
  • यहोवासितको सम्बन्धलाई अनमोल ठान्‍नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
w01 ७/१५ p. २८

पाठकहरूका प्रश्‍नहरू

पहिलो पत्रुस ४:३ मा केही मसीहीहरू कुनै समय “घिनलाग्दा [“अवैध,” NW ] मूर्तिपूजाहरूमा” संलग्न थिए भनी लेखिएको पाउँछौं। तर सबै प्रकारको मूर्तिपूजा अवैध हुनुका साथै परमेश्‍वरले भर्त्सना अनि प्रतिबन्धित गर्नुभएको छ, होइन र?

हो, परमेश्‍वरको नजरमा सबै मूर्तिपूजा अवैध छन्‌। उहाँको अनुमोदन प्राप्त गर्न चाहनेहरूले मूर्तिपूजा गर्नुहुँदैन।—१ कोरिन्थी ५:११; प्रकाश २१:८.

तथापि, प्रेरित पत्रुसले यहाँ अर्कै दृष्टिकोणले मूर्तिपूजाबारे उल्लेख गरेजस्तो देखिन्छ। एउटा कारण हो, प्रायजसो पुरातन राष्ट्रहरूमा मूर्तिपूजा गर्नु सामान्य कुरा थियो र यसप्रति सरकारले कुनै कानुनी बन्देजसमेत लगाएको थिएन। भनाइको मतलब, त्यस देशको कानुनले त्यस्तो मूर्तिपूजालाई निषेध गरेको थिएन। केही मूर्तिपूजा त राष्ट्रिय अथवा सरकारी नीतिमा समेत पर्थे। यस अर्थमा, कसैकसैले मसीही हुनुअघि ‘कुनै कानुनी बन्देजबिना मूर्तिपूजा’ गरिरहेका थिए। (न्यु वर्ल्ड ट्रान्सलेशन, १९५० संस्करण) उदाहरणका लागि, बेबिलोनी राजा नबूकदनेसरले सुनको मूर्ति खडा गरेका थिए। तर यहोवाका सेवकहरू, शद्रक, मेशक र अबेद्‌नगोले त्यसको उपासना गर्न इन्कार गरे।—दानियल ३:१-१२.

अर्को कारण हो, मूर्तिपूजासित सम्बन्धित थुप्रै चलन सरासर प्राकृतिक नियम वा वंशाणुगत नैतिक चेतना विपरीत हुनु। (रोमी २:१४, १५) प्रेरित पावलले भ्रष्ट प्रचलनहरूबारे लेखे, जुन ‘अस्वाभाविक’ र “निर्लज्ज” थिए। (रोमी १:२६, २७) अनि यस्ता प्रचलनहरू अक्सर धार्मिक परम्पराहरूमा पाइन्थे। अवैध मूर्तिपूजामा संलग्न पुरुष तथा स्त्रीहरूले, मानव स्वभावले लगाएको बन्देजलाई मानिरहेका थिएनन्‌। त्यसकारण, मसीही भएकाहरूले त्यस्ता भ्रष्ट प्रचलनहरूलाई त्याग्नु पक्कै उपयुक्‍त थियो।

माथि उल्लिखित कुराहरूबाहेक गैरयहूदीहरूमा व्याप्त यस्ता मूर्तिपूजालाई यहोवा परमेश्‍वरले भर्त्सना गर्नुभएको थियो। त्यसकारण पनि ती अवैध थिए।a—कलस्सी ३:५-७.

[फुटनोट]

a पहिलो पत्रुस ४:३ को युनानी पदको शाब्दिक अर्थ “अवैध मूर्तिपूजाहरू” (NW) हो। अंग्रेजी बाइबलमा यो वाक्यांशलाई विभिन्‍न तरिकामा प्रस्तुत गरिएको छ जस्तै: “अवैध मूर्तिपूजा,” “मूर्तिहरूको प्रतिबन्धित उपासना” र “छाडा मूर्तिपूजाहरू” आदि।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने