प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w02 ९/१५ pp. ८-९
  • शीतले जस्तै स्फूर्ति दिने युवाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • शीतले जस्तै स्फूर्ति दिने युवाहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • युवाहरू सप्रने ठाउँ
  • ‘औषधि र मलहम’
  • परमेश्‍वरको सेवा गर्ने जवान व्यक्‍तिहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • युवाहरू हो, यहोवाको प्रशंसा गर्नुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • सत्य मन पराउने युवायुवतीहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • “मेरो जुवा तिमी आफैले बोक”
    हाम्रो राज्य सेवकाई—२००८
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
w02 ९/१५ pp. ८-९

“मकहाँ आओ, म तिमीहरूलाई विश्राम [“स्फूर्ति,” Nw] दिनेछु”

शीतले जस्तै स्फूर्ति दिने युवाहरू

येशू ख्रीष्टले “मकहाँ आओ, म तिमीहरूलाई विश्राम [“स्फूर्ति,” NW] दिनेछु” भन्‍नुहुँदा पक्कै पनि आफ्ना स-साना अनुयायीहरूलाई पनि सम्बोधन गर्दै हुनुहुन्थ्यो। (मत्ती ११:२८) मानिसहरूले आफ्ना नानीहरूलाई उहाँकहाँ ल्याउँदा चेलाहरूले रोक्ने प्रयास गरे। तर येशूले भन्‍नुभयो: “साना केटाकेटीहरूलाई मकहाँ आउनदेओ, तिनीहरूलाई नरोक।” त्यसपछि, “उहाँले तिनीहरूलाई काखमा लिएर तिनीहरूमाथि आफ्नो हात राखेर आशीर्वाद दिनुभयो।” (मर्कूस १०:१४-१६) येशूले सानाहरूलाई पनि मूल्यवान्‌ ठान्‍नुहुन्थ्यो भन्‍ने कुरामा कुनै शंका छैन।

बाइबलले हामीलाई यहोवाको सेवामा उत्कृष्ट उदाहरण कायम गरेका विश्‍वासी जवान पुरुष तथा स्त्रीहरूका साथै किशोर किशोरी अनि साना केटाकेटीबारे बताउँछ। भजनका पुस्तकहरूले “जवानी” अवस्थालाई शीतजस्तै स्फूर्ति दिने हुनेछन्‌ भनेर भविष्यवाणी गरेको छ। यसले यहोवाको नाउँको प्रशंसा गरिरहेका “जवान ठिटा र कुमारीहरू[बारे]” पनि बताउँछ।—भजन ११०:३; १४८:१२, १३.

युवाहरू सप्रने ठाउँ

युवाहरूलाई शीतसित तुलना गरिनु एकदमै उपयुक्‍त छ किनभने शीत प्रचुरता र आशिष्‌सित सम्बन्धित छ। (उत्पत्ति २७:२८) शीत सौम्य र स्फूर्तिदायी हुन्छ। ख्रीष्टको उपस्थितिको यस घडीमा थुप्रै जवान मसीहीहरू स्वेच्छा अनि जोसका साथ आफैलाई अर्पण गर्छन्‌। स्फूर्तिदायी शीतजस्तै थुप्रै जवान पुरुष तथा स्त्रीहरू रमाउँदै परमेश्‍वरको सेवा गर्छन्‌ र आफ्ना सँगी उपासकहरूलाई साथ दिन्छन्‌।—भजन ७१:१७.

मसीही युवाहरू अरूका लागि मात्र नभई आफ्नै लागि पनि स्फूर्ति दिने खालका हुन्छन्‌। तिनीहरूलाई त्यसरी सप्रन सक्ने किसिमको वातावरण परमेश्‍वरको संगठनले तयार पारिदिएको छ। उच्च नैतिक स्तरहरू कायम राखेर जवान पुरुष तथा स्त्रीहरू परमेश्‍वरसित घनिष्ठ सम्बन्धको आनन्द उठाउँछन्‌। (भजन ११९:९) मण्डलीभित्रको स्वास्थ्यकर गतिविधिहरूमा पनि तिनीहरू भाग लिन्छन्‌ र असल मित्रहरू पाउँछन्‌। ती कुराहरूले तिनीहरूको जीवनलाई सन्तोषजनक र सार्थक बनाउन ठूलो योगदान पुऱ्‍याउँछ।

‘औषधि र मलहम’

के मसीही युवाहरू आफूलाई “शीत” जस्तै महसुस गर्छन्‌? मण्डलीमा सक्रिय भई भाग लिनुका साथै हरेक महिना सेवकाईमा ७० घण्टा बुझाउने टानियाबारे जान्‍नुहोस्‌। तिनी कस्तो महसुस गर्छिन्‌? “म स्फूर्ति अनि हौसला पाएझैं महसुस गर्छु” तिनी बताउँछिन्‌। “यहोवा र उहाँको पार्थिव संगठन पाएर मैले ‘औषधि र मलहम’ पाएझैं महसुस गरेकी छु।”—हितोपदेश ३:८.

अर्का जवान पूर्ण-समय सेवक एरियल मण्डलीमा पाइने आध्यात्मिक भोजनको मूल्यांकन गर्छिन्‌। “म मसीही सभा, अधिवेशन र सम्मेलनहरूमा जाँदा यहोवाको आध्यात्मिक टेबलमा खानपीन गर्न पाउँछु र यसले मलाई आध्यात्मिक तवरमा साँच्चै स्फूर्ति दिन्छ,” भनेर तिनी टिप्पणी गर्छिन्‌। “अनि संसारभरि मेरा सहकर्मीहरू छन्‌ भन्‍ने कुरा थाह पाउँदा मलाई धेरै हौसला मिल्छ।” स्फूर्तिको एकमात्र स्रोतबारे वर्णन गर्दै तिनी अझ भन्छिन्‌: “विशेष गरी यस रीतिरिवाजले मानिसहरूमाथि पारिरहेको डरलाग्दो असरबारे सुन्दा अनि देख्दा यहोवासित मित्रता गाँस्न पाएकोमा मैले एकदमै स्फूर्ति पाएको महसुस गरेकी छु।”—याकूब २:२३.

अविशै २० वर्षको उमेरमा पूर्ण-समय प्रचारक तथा मण्डलीका सेवकाई सेवकको हैसियतमा सेवा गर्दैछन्‌। तिनी आफ्नो अनुभवको व्याख्या यसरी गर्छन्‌: “मैले एकदम स्फूर्ति पाएको महसुस गरेको छु किनभने आज जवानहरूले सामना गर्ने थुप्रै समस्याहरूसित कसरी जुझ्नुपर्छ भन्‍ने कुरा मलाई थाह छ। बाइबल सच्चाइले मलाई यहोवाको सेवा आफ्नो सारा प्राणले गर्न के-कस्ता कुराहरू जरुरी छन्‌, त्यसमा ध्यान केन्द्रित गरिरहन मदत गरेको छ।”

सानै छँदा एन्टोने झनक्क रिसाउने गर्थे। तिनले एकपल्ट आफ्नै सहपाठीलाई मेचले हिर्काएका थिए भने अर्को एक जनालाई चाहिं सिसाकलमले घोचेका थिए। त्यसबेला एन्टोने अरूको मनलाई स्फूर्ति प्रदान गर्ने खालका थिएनन्‌! तर बाइबलका निर्देशनहरूले तिनको आनीबानीमा परिवर्तन ल्यायो। अहिले १९ वर्षको उमेरमा मण्डलीमा सेवकाई सेवक र पूर्ण-समय सेवकको रूपमा काम गरिरहेका एन्टोने भन्छन्‌: “यहोवाले मलाई उहाँको ज्ञान हासिल गर्नुका साथै धीरजी हुन र आफ्नो मार्ग त्याग्नुपर्ने आवश्‍यकता महसुस गर्न मदत गर्नुभएकोमा धेरै धन्यवाद चढाउन चाहन्छु। यसरी मैले थुप्रै समस्याहरूबाट छुटकारा पाएको छु।”

अरूचाहिं जवान मसीहीहरूको स्फूर्ति प्रदान गर्ने मनोवृत्तिबारे टिप्पणी गर्छन्‌। इटालीको मट्यु एक जना जवान साक्षी हुन्‌। तिनको शिक्षकले अश्‍लील शब्दहरू उच्चारण गर्ने कक्षाका विद्यार्थीहरूलाई जरिवाना तिराउने निर्णय गरे। केही समयपछि ती विद्यार्थीहरूले “त्यस्तो खराब बोलीहरू प्रयोग नगर्नु त असम्भवै छ” भन्दै त्यो नियमको अन्त्य गर्न आग्रह गरे। मट्यु यसरी वर्णन गर्छन्‌, “तर त्यसो गर्नु गाह्रो छैन भन्दै शिक्षकले, म एक जना यहोवाको साक्षीलाई उदाहरण स्वरूप प्रयोग गर्दै सम्पूर्ण कक्षासामु मेरो राम्रो बोलीचालीको प्रशंसा गर्नुभयो।”

थाईल्याण्डको एउटा अनुशासनहीन विद्यार्थीहरू भएको कक्षाकोठामा शिक्षिकाले ११ वर्षीय रत्यालाई कक्षाको अगाडि बोलाएर तिनको बानीव्यहोराको प्रशंसा गर्दै यसो भनिन्‌: “किन तिमीहरू सबै जना उसको नकल गर्दैनौ? ऊ पढाइमा मेहनत गर्छ र उसको बानीबेहोरा पनि राम्रो छ।” त्यसपछि तिनले विद्यार्थीहरूलाई यसो भनिन्‌: “मेरो विचारमा तिमीहरू पनि रत्याजस्तै भएर आफ्नो चालचलन सुधार्न यहोवाको साक्षी हुनुपर्छ।”

हजारौं मसीही युवाहरूले यहोवालाई राम्रोसित चिनेर उहाँको इच्छाअनुरूप गरिरहेको हेर्न पाउनु असाध्यै खुसीको कुरा हो। त्यस्ता असल युवाहरूले प्रायजसो तिनीहरूभन्दा ठूला उमेरका व्यक्‍तिहरूमा पाइने समझ प्रकट गर्छन्‌। अहिलेको जीवनमा सफलता हासिल गर्न र आउँदो नयाँ संसारमा महिमित भविष्य प्राप्त गर्न तिनीहरूलाई परमेश्‍वरले मदत गर्न सक्नुहुन्छ। (१ तिमोथी ४:८) अप्रसन्‍न अनि निराश तुल्याउने युवाहरूले भरिएको आजको आध्यात्मिक तवरमा बाँझो रीतिरिवाजमा तिनीहरू कस्तो स्फूर्ति दिने भिन्‍न बानीबेहोरा प्रकट गर्छन्‌!

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने