प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w03 ५/१ p. १३
  • रगतको पवित्रता कायम राख्न मदत

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • रगतको पवित्रता कायम राख्न मदत
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • मिल्दोजुल्दो सामग्री
  • उपचार गराउँदा के तपाईं आफ्नो धार्मिक अडानमा दृढ रहन तयार हुनुहुन्छ?
    हाम्रो राज्य सेवकाई—१९९०
  • अरूको सेवा गर्दा पीडा कम हुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • तपाईंको छोराछोरीलाई रगतको दुरुपयोग देखि सुरक्षित राख्नु
    हाम्रो राज्य सेवकाई—१९९२
  • रक्‍तविहीन औषधोपचार तथा शल्यक्रियाको—बढ्‌दो माग
    ब्यूँझनुहोस्‌!—२०००
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
w03 ५/१ p. १३

राज्य उद्‌घोषकहरूको रिपोर्ट

रगतको पवित्रता कायम राख्न मदत

संसारभरि यहोवाका सेवकहरूले रगतको पवित्रता कायम राख्ने सन्दर्भमा परमेश्‍वरप्रति वफादारी प्रदर्शन गरेका छन्‌। (प्रेरित १५:२८, २९) विश्‍वासी र बुद्धिमान्‌ दासले मसीही भ्रातृत्वलाई मदतको प्रबन्ध गरेको छ। (मत्ती २४:४५-४७) आउनुहोस्‌, फिलिपिन्समा कस्ता नतिजा प्राप्त भए, हेरौं।

फिलिपिन्सको शाखा कार्यालय यस्तो रिपोर्ट दिन्छ: “सन्‌ १९९० मा ब्रूकलिन बेथेलका प्रतिनिधिहरूले यहाँ फिलिपिन्समा सेमिनारको आयोजना गर्नेछन्‌ भनी हामीलाई जानकारी दिइयो। कोरिया, ताइवान र हङकङलगायत एसियाका अन्य केही शाखा कार्यालयका भाइहरूलाई आमन्त्रित गरियो। यस सेमिनारको उद्देश्‍य ती भाइहरूलाई आ-आफ्नो शाखा कार्यालयमा अस्पताल सूचना सेवा स्थापना गर्नका साथै अस्पताल सम्पर्क समितिको प्रबन्ध मिलाउन मदत गर्नु थियो। सुरुमा फिलिपिन्सका चारवटा प्रमुख शहरहरूमा त्यस्ता समितिहरू स्थापना गरियो।” ती समितिहरूले रगतको सन्दर्भमा हाम्रो मसीही अडानको कदर गर्ने चिकित्सकहरूलाई भेट्टाउने प्रयास गर्ने थियो। रगतको सन्दर्भमा भाइहरूलाई समस्याहरू आइपर्दा पनि ती समितिहरूले मदत गर्ने थियो।

बागियो शहरको अस्पताल सम्पर्क समितिमा सेवा गर्न रेमिग्यो छानिए। समय बित्दै जाँदा चिकित्सकहरूले यसका नतिजाहरू याद गर्न थाले। रेमिग्यो एउटा घटना सम्झन्छन्‌, चिकित्सकहरू, अस्पताल सम्पर्क समितिसितको भेटघाट कार्यक्रममा रक्‍तक्षेपण गर्न इन्कार गर्ने साक्षीहरूको उपचार कसरी गर्ने भनी जान्‍न चाहन्थे। रेमिग्योले यसो भने: “चिकित्सकहरूले प्रश्‍नहरू सोध्न थाले तर मलाई त केही भन्‍न नआएको जस्तो महसुस भयो किनभने प्रश्‍नहरू पूर्णतया चिकित्सा-विज्ञानसित सम्बन्धित थिए।” यस चुनौतीको सामना गर्न तिनले यहोवासित प्रार्थनामा मदत मागे। रेमिग्योले अझ यसो भने: “हरेक प्रश्‍नपछि अरू चिकित्सकहरूले हात उठाउँथे र त्यस्तो परिस्थितिमा के गरे भनी बताउँथे।” यस्तो मदतको लागि रेमिग्यो विशेष गरी कृतज्ञ थिए किनभने यो प्रश्‍नोत्तर कार्यक्रम दुई घण्टासम्म चल्यो।

अहिले देशभरि २१ वटा समितिहरू छन्‌ र ७७ जना भाइहरू सेवारत छन्‌। ड्यानिलो नाउँ गरेका साक्षी जो चिकित्सक पनि हुन्‌, यसो भन्छन्‌: “साक्षीहरूको सहयोगको लागि एउटा मायालु, ख्याल राख्ने संगठन पनि जुटेको छ भनी डाक्टरहरूलाई थाह भइसक्यो।” एक जना चिकित्सक सुरुमा एक जना भाइको रक्‍तक्षेपणविना शल्यक्रिया गर्न आनाकानी गरिरहेका थिए। तथापि, ती भाइ आफ्नो अडानमा दृढ थिए। शल्यक्रिया गरियो र सफल पनि भयो। अस्पताल सम्पर्क समिति यस्तो रिपोर्ट दिन्छ: “हाम्रो भाइको स्वास्थ्यलाभ देखेर उक्‍त चिकित्सक तीन छक परे। तिनले यसो भने: ‘अब त तपाईंहरूका सदस्यलाई रगतविना यस्तो प्रकारको शल्यक्रिया गर्न म तयार छु।’ ”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने