प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w03 ५/१ p. ३१
  • पाठकहरूका प्रश्‍नहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रश्‍नहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • मिल्दोजुल्दो सामग्री
  • पाठकहरूका प्रश्‍न
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • भूत लागेको ठिटा निको हुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • दुष्ट स्वर्गदूत बास गरेको केटा निको हुन्छ
    सबैभन्दा महान्‌ पुरुष
  • येसु प्रेतले सताएको केटालाई निको पार्नुहुन्छ
    येसु—बाटो, सत्य र जीवन
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
w03 ५/१ p. ३१

पाठकहरूका प्रश्‍नहरू

कुनै मसीहीले कोही बोलेजस्तो आवाज सुन्यो भने, के यसको मतलब तिनलाई भूतप्रेतले आक्रमण गरेकै हो भन्‍न मिल्छ?

अहँ, मिल्दैन। हुन त, भूतप्रेतहरूले आफूलाई यसरी नै प्रकट गर्ने गर्छन्‌ भनिए तापनि यस्तो आवाज सुन्‍ने वा कुनै अस्पष्ट तथा दिमाग खलबल्याउने कुरा अनुभव गर्ने अधिकांश व्यक्‍तिहरूलाई स्वास्थ्य समस्या भएको कुरा अनुसन्धानबाट पत्ता लागेको छ।

प्रथम शताब्दीमा समेत, भूतप्रेतले आक्रमण गर्छ र शारीरिक अवस्थाहरूले पनि कहिलेकाहीं त्यस्तै लक्षणहरू देखाउँछ भन्‍ने कुरा प्रत्यक्ष देखिएको थियो। हामी मत्ती १७:१४-१८ मा येशूले निको पार्नुभएको एक जना केटोबारे पढ्‌छौं। त्यस केटोमा छारे रोगका लक्षणहरू देखिए तापनि वास्तवमा तिनलाई भूतप्रेतले सताइरहेको थियो। तथापि, पहिले पनि येशूकहाँ निको पार्न भनी ल्याइएका बिरामी मानिसहरूमध्ये कतिपय “भूत लागेकाहरू, र छारेरोग लागेकाहरू” थिए। (मत्ती ४:२४) यसबाट कुन कुरा प्रस्ट हुन्छ भने, छारे रोग लागेका सबै भूतप्रेतले गर्दा नै पीडित थिएनन्‌। तिनीहरूको शारीरिक समस्या थियो।

औषधोपचार गरेमा निको हुने रोग, सिजोफ्रेनियाका कुनै-कुनै रोगीहरूले कोही बोलेजस्तो आवाज सुन्‍ने वा त्यस्तै अन्य अनिष्ट लक्षणहरू अनुभव गर्ने गर्छन्‌।a अन्य शारीरिक अवस्थाहरूले पनि मानसिक भ्रम पैदा गर्न सक्छ, जसले गर्दा कसै-कसैले यो भूतप्रेतले गर्दा भएको हो भन्ठान्छन्‌। तसर्थ, कोही बोलेजस्तो आवाज सुन्‍ने वा अन्य दिमाग खलबल्याउने कुरा अनुभव गर्ने व्यक्‍तिलाई कतै यो भूतप्रेतले गर्दा पो भएको हो कि जस्तो लागे तापनि तिनलाई आफ्नो स्वास्थ्य परीक्षण गराउन भने प्रोत्साहन दिनै पर्छ।

[फुटनोट]

a प्रहरीधरहरा-को सहपत्रिका सेप्टेम्बर ८, १९८६ को अवेक!-मा दिइएको “मानसिक रोगको रहस्य पत्ता लगाउने” भन्‍ने लेख हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने