प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w03 ११/१ p. ३१
  • पाठकहरूका प्रश्‍नहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रश्‍नहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • मिल्दोजुल्दो सामग्री
  • आत्मत्याग र वफादारीको नमुना
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • एलीशाले अग्निमय रथहरू देखे—तपाईंले नि?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • तिनले अन्तसम्मै सहे
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
  • के तपाईं वृद्ध सँगी विश्‍वासीहरूको कदर गर्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
w03 ११/१ p. ३१

पाठकहरूका प्रश्‍नहरू

एलिशाले किन एलियाको आत्माको “दोबर भाग” मागे?

एलियाले इस्राएलमा अगमवक्‍ताको रूपमा आफ्नो जिम्मेवारी पूरा गर्नुभन्दा एकैछिनअघि, जवान अगमवक्‍ता एलिशाले तिनलाई यस्तो बिन्ती गरे: “तपाईंको आत्माको दोबर भाग ममाथि परोस्‌।” (२ राजा २:९) आध्यात्मिक अर्थमा भन्‍ने हो भने, एलिशाले जेठो छोराले झैं दोबर भाग पाउनुपर्ने माग गरिरहेका थिए। (व्यवस्था २१:१७) यस घटनाबारे संक्षिप्तमा विचार गर्दा यो कुरा स्पष्ट हुनेछ र त्यति बेला भएको घटनाबाट हामीलाई पाठ सिक्न मदत गर्नेछ।

अगमवक्‍ता एलियाले यहोवाको निर्देशन अनुरूप एलिशालाई आफ्नो उत्तराधिकारी नियुक्‍त गरेका थिए। (१ राजा १९:१९-२१) लगभग छ वर्षसम्म एलिशाले एलियाको विश्‍वासी चाकरको रूपमा सेवा गरे अनि तिनी अन्तसम्मै त्यसो गर्न कटिबद्ध थिए। इस्राएलको अगमवक्‍ताको रूपमा एलियाको अन्तिम दिनमा समेत एलिशाले आफ्ना गुरुको साथ छोडेनन्‌। एलियाले एलिशालाई आफ्नो पछि-पछि नआउने सल्लाह दिंदा, यी जवान अगमवक्‍ताले तीन पटकसम्म यसो भने: “म तपाईंलाई छोड़नेछैनँ।” (२ राजा २:२, ४, ६; ३:११) वास्तवमा, एलिशाले यी वृद्ध अगमवक्‍तालाई आफ्नो आध्यात्मिक बुबाको रूपमा हेर्थे।—२ राजा २:१२.

तथापि, एलियाका आध्यात्मिक छोरा एलिशा मात्र थिएनन्‌। एलिया र एलिशा “अगमवक्‍ताहरूका छोराहरू” भनेर चिनिने मानिसहरूको एउटा समूहसित सम्बन्धित थिए। (२ राजा २:३, NW) दोस्रो राजाको विवरणले संकेत गरेअनुसार यी “छोराहरू” पनि आफ्नो आध्यात्मिक बुबा, एलियासित घनिष्ठ थिए। (२ राजा २:३, ५, ७, १५-१७) यद्यपि, चुनिएका उत्तराधिकारीको रूपमा, एलियाका आध्यात्मिक छोराहरूमध्ये एलिशा सबैभन्दा पहिलो भएकोले तिनी जेठो छोराजस्तै थिए। प्राचीन इस्राएलमा, जेठो छोराले आफ्नो बुबाको जायजेथाको दुई भाग पाउँथ्यो भने बाँकी छोराहरूले एक भाग पाउँथे। त्यसैकारण, एलिशाले एलियाको आध्यात्मिक जायजेथाको दोबर भाग मागे।

एलिशाले किन यति नै बेला यो आग्रह गरे? किनभने तिनले इस्राएलमा अगमवक्‍ताको रूपमा एलियाको उत्तराधिकारी हुने एउटा गह्रौं जिम्मेवारी सम्हाल्नै लागेका थिए। यो चुनौतीपूर्ण कार्यभारसित सम्बन्धित जिम्मेवारीहरू पूरा गर्न तिनलाई आफ्नो क्षमताभन्दा बाहिरको आध्यात्मिक शक्‍ति अर्थात्‌ यहोवाले मात्र दिन सक्नुहुने शक्‍ति चाहिन्छ भन्‍ने कुरा एलिशाले महसुस गरे। तिनी एलिया जत्तिकै निडर हुनुपर्ने थियो। (२ राजा १:३, ४, १५, १६) त्यसैले तिनले एलियाको आत्माको दोबर भाग मागे, जुन आत्मा साहसको आत्मा र यहोवाको निम्ति “ठूलो जोश[को]” आत्मा हो अर्थात्‌ यी परमेश्‍वरको आत्माले उत्पन्‍न गर्ने मनमोहक गुणहरू हुन्‌। (१ राजा १९:१०, १४) एलियाले कस्तो प्रतिक्रिया देखाए?

एलिशाले मागेको कुरा आफ्नो वशमा नभएको तर यहोवाले मात्र दिन सक्नुहुन्छ भन्‍ने कुरा एलियालाई थाह थियो। त्यसकारण एलियाले नम्र हुँदै यस्तो प्रत्युत्तर दिए: “तिमीले ता गाहारो कुरा पो माग्यौ। यदि तिमीले मलाई तिमीबाट उठाइलगेको देख्यौ भने तिम्रो इच्छा पूरा हुनेछ।” (२ राजा २:१०) अनि साँच्चै एलिशालाई यहोवाले एलियालाई भुमरीले उठाएर लगेको हेर्न दिनुभयो। (२ राजा २:११, १२) एलिशाको बिन्ती मन्जुर गरियो। यहोवाले तिनलाई आफ्नो नयाँ काम सम्हाल्न र आउँदै गरेका परीक्षाहरूको सामना गर्न आवश्‍यक पर्ने उहाँको आत्मा दिनुभयो।

आज, अभिषिक्‍त मसीहीहरू (कहिलेकाहीं एलिशा वर्ग भनिन्छ) र साधारणतया परमेश्‍वरका सेवकहरूले यस बाइबल विवरणबाट प्रशस्त प्रोत्साहन पाउन सक्छन्‌। कहिलेकाहीं, नयाँ जिम्मेवारी पाउँदा हामीले आत्तिएको वा त्यो सम्हाल्न अयोग्य भएको महसुस गर्न सक्छौं वा हाम्रो इलाकामा बढ्‌दो भावशून्यता वा सतावटको सामना गर्नुपर्दा राज्य प्रचार कार्यमा लागिरहन आफ्नो साहस गुमाउन सक्छौं। यद्यपि, हामीले यहोवाको सहयोग माग्यौं भने, चुनौती तथा परिवर्तित परिस्थितिहरूको सामना गर्न पवित्र आत्माको आवश्‍यकता पर्दा उहाँले हामीलाई यो दिनुहुनेछ। (लूका ११:१३; २ कोरि. ४:७; फिलि. ४:१३) हो, यहोवाले एलिशाका गह्रौं जिम्मेवारीहरू सम्हाल्न तिनलाई बलियो तुल्याउनुभएझैं चाहे जवान होऔं वा वृद्ध, उहाँले हामी सबैलाई हाम्रो सेवाको काम पूरा गर्न मदत गर्नुहुनेछ।—२ तिमो. ४:५.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने