प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w04 ९/१ pp. ३-४
  • आनन्दको खोजीमा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आनन्दको खोजीमा
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • के हामीले सही ठाउँमा खोजिरहेका छौं?
  • यहोवाको सेवा गर्नमा साँचो आनन्द छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • आनन्दित हुन किन यत्तिको गाह्रो
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • साँचो सुख कहाँ पाउन सकिन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • आनन्दित हुन्‌ ती मानिसहरू, जसले “आनन्दित परमेश्‍वर”-को सेवा गर्छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
w04 ९/१ pp. ३-४

आनन्दको खोजीमा

केही वर्ष पहिले फ्रान्स, जर्मनी, बेलाइत र संयुक्‍त राज्य अमेरिकाका जनताहरूलाई यस्तो प्रश्‍न सोधियो, “आनन्दित हुनको लागि के चाहिन्छ?” उत्तर दिनेहरूमध्ये ८९ प्रतिशतले राम्रो स्वास्थ्य; ७९ प्रतिशतले सफल विवाह अथवा राम्रो समझदारी; ६२ प्रतिशतले आमाबाबु हुनुका इनामहरू; अनि ५१ प्रतिशतले सफल पेसा चाहिन्छ भनी बताए। अनि पैसाले आनन्द दिन सक्दैन भन्‍ने आम-मान्यता रहेको भए तापनि ४७ प्रतिशत भने आनन्दित हुनको लागि पैसा चाहिन्छ भन्‍ने कुरामा विश्‍वस्त थिए। वास्तविकता कस्तो छ?

सर्वप्रथम, पैसा र आनन्दबीचको कथित सम्बन्धलाई एकछिन केलाउनुहोस्‌। संयुक्‍त राज्य अमेरिकाका एक सय जना अति धनाढ्य व्यक्‍तिहरूसित लिइएको सर्वेक्षणले तिनीहरू आम-मानिसहरूभन्दा बढी आनन्दित नभएको कुरा देखाउँछ। यसको अतिरिक्‍त, मानसिक-स्वास्थ्य विशेषज्ञहरूका अनुसार संयुक्‍त राज्य अमेरिकामा धेरैले विगत तीन दशकहरूमा आफ्ना भौतिक सरसम्पत्तिहरूलाई झन्डै दुई गुणा बढाए तर तिनीहरू ती धनसम्पत्तिहरूले गर्दा पहिलाभन्दा बढी आनन्दित हुन सकेनन्‌। वास्तवमा, एउटा रिपोर्ट यस्तो टिप्पणी गर्छ: “त्यस अवधिमा डिप्रेशनको दर अकासियो। किशोर-किशोरीहरूको आत्महत्याको दर तीन गुणा बढ्यो। सम्बन्ध विच्छेदको दर दुई गुणा बढ्यो।” करिब ५० राष्ट्रहरूमा पैसा र आनन्दबीचको सम्बन्धबारे अध्ययन गरेका अनुसन्धाताहरू एउटै निष्कर्षमा पुगे, पैसाले आनन्द किन्‍न सक्दैन।

अर्को कुरा, आनन्दको लागि सुस्वास्थ्य, सफल विवाह र सफल पेसाजस्ता पक्षहरू कत्तिको महत्त्वपूर्ण छन्‌? आनन्दित हुनको लागि यी तत्त्वहरू साँच्चै चाहिन्छ भने राम्रो स्वास्थ्य र सफल विवाह नहुने ती करोडौं मानिसहरूबारे चाहिं के भन्‍न सकिन्छ? बच्चा नभएका दम्पती र सफल पेसा नहुने पुरुष र स्त्रीहरू नि? के त्यस्ता व्यक्‍तिहरू आनन्दरहित जीवन जीउन बाध्य छन्‌ त? अनि अहिले राम्रो स्वास्थ्य, सफल विवाहको कारणले गर्दा आफू आनन्दित छु भन्‍ने व्यक्‍तिहरूको परिस्थिति परिवर्तन हुँदा के तिनीहरूको त्यो आनन्द रहिरहनेछ त?

के हामीले सही ठाउँमा खोजिरहेका छौं?

सबै आनन्दित हुन चाहन्छन्‌। यो कुनै अनौठो कुरा होइन किनकि सृष्टिकर्तालाई “आनन्दित परमेश्‍वर” भनेर व्याख्या गरिएको छ अनि मानिसलाई उहाँकै स्वरूपमा सृष्टि गरिएको थियो। (१ तिमोथी १:११, NW; उत्पत्ति १:२६, २७) तसर्थ, मानिसले आनन्दको खोजी गर्नु स्वाभाविक हो। यद्यपि, आनन्दित हुनु र बालुवालाई मुठ्ठीमा च्यापेर राख्नु उस्तै हो भनेर धेरैले भन्‍ने गर्छन्‌ किनभने दुवै सजिलै फुत्केर जान्छन्‌।

तैपनि, कसै-कसैले आनन्द प्राप्त गर्ने धुनमा अचाक्ली पो गरिरहेका छन्‌ कि? सामाजिक दर्शनशास्त्री इरीक होफरको विचारमा यस्ता मानिसहरू छन्‌। तिनले यसो भने: “आनन्दको खोजी नै आनन्द खोस्ने एउटा मूल कारण हो।” यदि हामी गलत ठाउँमा आनन्द खोजिरहेका छौं भने यो भनाइ सोह्रै आना सही हो। यस्तो बेला हामीले निश्‍चय नै निरुत्साह र नैराश्‍य भोग्नेछौं। धनी हुन दौडधूप गर्नु, मान र इज्जत कमाउन मरिमेट्‌नु; राजनीतिक, सामाजिक अथवा आर्थिक लक्ष्यहरूको पछाडि दौडनु; केवल आफ्नो स्वार्थको लागि बाँच्नु र आफ्ना इच्छाहरू तत्काल तृप्त पार्न खोज्नु जस्ता कुराहरूले आनन्द दिन सक्दैन। कसै-कसैले एक जना लेखकको यस्तो विवादास्पद विचारलाई समर्थन गरेको देख्दा अचम्म मान्‍नुपर्दैन: “आनन्दित हुन प्रयासै गर्न छोडिदिनुभयो भने बरु हामी केही हदसम्म आनन्दित हुन सक्छौं।”

उल्लेखनीय कुरा त के छ भने, यस लेखको सुरुमा उल्लेख गरिएको सर्वेक्षणले देखाएअनुसार १० जनामा ४ जनाले अरूको लागि असल गरिदिंदा अनि अरूलाई मदत गर्दा आनन्दित हुन सकिन्छ भन्‍ने विचार राखेको पाइयो। अनि ४ जनामा १ जनाले आनन्दित हुनको लागि विश्‍वास र दृढ धार्मिक आस्थाले मुख्य भूमिका खेल्ने कुरालाई जोड दिए। स्पष्टतः कुन कुराले साँचो अर्थमा आनन्दित बनाउँछ भनी गहिरिएर केलाउनु आवश्‍यक छ। यसो गर्न अर्को लेखले हामीलाई मदत गर्नेछ।

[पृष्ठ ३-मा भएका चित्रहरू]

धेरैले पैसा, सफल पारिवारिक जीवन अथवा सफल पेसालाई आनन्दको कुञ्जी ठान्छन्‌। के तपाईंलाई पनि यस्तै लाग्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने